कतारमा एक नेपालीको आत्महत्या
उद्धव मगर दोहा कतार – मिति २०१५÷१०÷११ का दिन काम गरीरहेको अवस्थामा आत्महत्या गरेको छ । एक प्रतिष्ठित कम्पनी अल मोइद इयर कन्डिशनमा कार्यरत नेपाली कामदार १९ बर्षीय सुर्य बहादुर बुढाथोकी गत २९÷०६÷२०१५ का दिनमा कतार आईपुगेको थियो भने हाल रामेछाप जिल्ला मन्थली न.पा वार्ड नं ६ सानीमधौ का वासीन्दा रहेको छ मृतक सुर्य बहादुर बुढाथोकी नेपालको मार्वलस मेन पावर बाट साउदी इयरवेज हुदै कतार आएका थिए कामको शिल शिलामा कतारको अल फरदान बैंक पछाडि निमार्णधिन १२ तल्ले करीमा टावरमा काम गर्दै गर्दा साथीहरुलाई म केही तार छुटेछ तार लिएर आउछु भन्दै ९ तल्लामा रस्सीले बाँधी आत्महत्या गरेका थिए । आत्महत्या गर्नुको कारण सामान्य पारिवारिक समस्य भएको र हालै बुबा दुर्गा बहादुर बुढाथोकीको किडनी फेल भई किडनीको अप्रेशन सकुशल भए लगतै सुर्य बहादुर बुढाथोकीले आत्मअत्या गरेका हुन । हाल लास पोसट मार्डम गरी सकेको र पोष्ट मार्डमको रिपोर्टमा डोरीले आफैले बाँधी आत्महत्या गरेको रिपोर्ट आएको र सो डेड बडीलाई यही आउदो १० अक्टुर ३१ का दिन सोही कम्पनी अल मोइद इयर कन्डिशनले नेपाल पठाउने व्यवस्था गरेको छ । र लास संग मृतकका दाई कुमार घिमिरे साथमा जाने भएका छन् ।
No comments:
Post a Comment