Thursday, November 26, 2015

                                                       वक्तव्य

Umaoist
२०७२/ o८/१०
भारतको विहारवाट निर्वाचित भाजपाका सांसद किर्ति अजादले व्यक्त गरेका विचारहरूप्रति हाम्रो पार्टीको गम्भीर रूपले ध्यान आकर्षण भएको छ । उनले नेपालको तराई भूभागका १५ जिल्लाहरूलाई कुटनैतिक तरिका वा त्यो नभए युद्ध गरेर भएपनि भारतमा सामेल गर्ने अभिव्यक्ति प्रकट गरेका छन् । विहारको दरभड्डाको एउटा सार्वजनिक सभामा भाषण गर्दा उक्त अभिव्यक्ति दिएका थिए । आजादले प्रकट गरेको उक्त अभिव्यक्तिको काठमाडौँस्थित भारतीय राजदूतावासले आधिकारिक नभएको भनेर खण्डन गरेको छ । तर भारतीय दुतावासले नेपालको सन्दर्भमा संशोधनका लागि भारतले अगाडि ल्याएको सात बूंदे प्रस्तावलाई पनि आधारहीन भएको भनेर खण्डन गरेको थियो । तर व्यवहारमा भारतले ती संशोधनहरूलाई व्यावहारिक रूप दिन पूरा प्रयत्न गरिरहेको कुरा आमरूपमा थाहा भएको कुरा हो । त्यसैगरेर सुनसरीमा भारतीय जवानहरूले नेपालभित्र आएर नेपाली नागरिकहरूमाथि गोली प्रहार गरेको कुरालाई पनि भारतीय दूतावासले खण्डन गरेको छ । त्यसरी भारतीय दूतावासले बारम्बार सत्यलाई असत्य बताउने लामो श्रृङ्खलाको पृष्ठभूमिमा अहिले विहारका सांसदको अभिव्यक्तिलाई त्यसले आधिकारिक नबताएपनि भारत सरकारका सम्पूण नीति र गतिविधिहरूमाथि विचार गर्दाआजादको त्यो भनाइलाई हल्का रूपमा लिनु कुनै स्वतन्त्र र सार्वभौमिक राष्ट्रका सन्दर्भमा व्यक्त गरिएको आजादका अभिव्यक्ति पनि भारत सरकार वा सत्तारूढ भारतीय जनता पार्टीको मतलाई नै व्यक्त गरेको कुरा बुझ्न गार्‍हो पर्दैन ।
भारतले नेपालको संविधानमा संशोधनको लागि प्रस्तुत गरेको ७ बुँदे संशोधन प्रस्ताव र भारतीय नाकावन्दी समेतमाथि विचार गर्दा अन्तमा भारतले तराईका जिल्लाहरूमा प्रभुत्व कायम गर्ने उद्देश्यले नै काम गरेको देखिन्छ । त्यो नीतिलाई कार्यान्वित गर्न भारतले लामो समयदेखि योजनावद्ध प्रकारले काम गर्दै आएको छ । किर्ति आजादको अभिव्यक्ति त्यही सिलसिलाको पछिल्लो कडी हो । उनले इतिहासका सन्दर्भ र तथ्यहरूलाई तोडमोड गरेर अभिव्यक्ति दिएका छन् । उनले अङ्ग्रेजले नेपाललाई दिएको भनेर नेपालका १५ जिल्ला भारतले युद्ध गरेर भएपनि लिनुपर्ने कुरा गरेका छन् । तर इतिहासको कुरा गर्ने हो भने सन् १८१५ को सुगौली सन्धीद्वारा गढवाल, कुमाउ सहित नेपालका कैयौँ भागहरू अङ्ग्रेजले नेपालबाट लगेको थियो । नेपाल–अङ्ग्रेज युद्ध पश्चात् सम्पन्न सुगौली सन्धीमा नेपालले गुमाएका भू–भागहरूमध्ये पछिल्लो कालक्रममा अङ्ग्रेजसँगको कुटनीतिक सम्बन्ध, लेनदेन र सम्झौताका आधारमा नेपालले केही भू–भागहरू फिर्ता लिएको थियो । त्यसवेला भारत अङ्ग्रेज शासित भूमि थियो भने नेपाल एउटा स्वतन्त्र र स्वाधीन मुलुक थियो । १८१५को सुगौली सन्धी अनुसार नेपालले गुमाएका भू–भागहरूमध्ये केही भू–भाग नेपालले फिर्ता गर्न सफल भएपनि कुमाउ गढवाल समेतका कैयौँ क्षेत्रहरू भने फिर्ता भएनन् । किर्ति आजादले झैं इतिहासका ती सबै कुराहरू उल्टाउन खोज्ने हो भने राजनीतिक विषय कहाँ पुग्नेछ ? त्यो स्पष्ट छ ।
नेपालका विरुद्ध भारतीय नाकावन्दी चलिरहेको वेला आजादद्वारा व्यक्त अभिव्यक्तिलाई नेपालले हल्का रूपमा लिनु सही हुनेछैन । वास्तवमा आजादको अभिव्यक्ति भारतीय शासकवर्गको नेपालप्रतिको विस्तारवादी नीतिको एउटा झलक मात्र हो । त्यो अभिव्यक्तिले प्रश्न उठाउँछ कि भारतले प्रस्तुत गरेका संशोधन प्रस्ताव र नाकावन्दी समेतको उद्देश्य तराईलाई नेपालबाट अलग गर्ने र त्यसलाई भारतीय सङ्घमा मिलाउने त होइन ? त्यो पक्षबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ ।
सरकारले तराईका मधेशी वा थारू जनसमुदायहरूका न्यायपूर्ण मागहरूलाई पूरा गर्ने नीति अपनाउने तथा त्यहाँ शान्ति र सद्भावना कायम गर्ने प्रयत्न गर्नु पर्दछ । त्यहाँ निरपराध जनतामाथि शक्तिको प्रयोग वा कुनै दमनकारी कार्य नहोस् त्यसबारे पनि उच्च प्रकारको सतर्कता अपनाउन पर्ने आवश्यकता छ । तर तराइको आन्दोलनको सन्दर्भमा भारतले अगाडि सारेका संविधानमा संशोधनहरूको प्रस्तावलाई स्वीकार गर्नु, नाकावन्दी वा कुनै प्रकारको दवावका अगाडि झुकेर देशको राष्ट्रियतामा आँच पुग्ने प्रकारको कुनै काम गरिएमा त्यसका दूरगामी दूष्परिणामहरू हुनेछन् । कुनै पनि बाह्य हस्तक्षेप, दवाव र धम्कीका कारणले देशको राष्ट्रियता वा राष्ट्रहितमा आँच पुग्ने प्रकारका कुनै सम्झौता नगर्न पनि हाम्रो पार्टीले सरकारको ध्यान आकर्षण गराउन चाहन्छ ।
दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता
राष्ट्रिय जनमोर्चा

Sunday, November 15, 2015

ओमानमा जनवादी देउसीभैलो कार्यक्रम सम्पन्न, भारतीय नाकाबन्दीको जोडदार बिरोध

ओमान, मस्कट
शुभ-दिपावली~२०७२ को अवसरमा ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिको आयोजनामा शुक्रवार देउसीभैलो सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 अन्तर्राष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने ज्यूको प्रमुख आतिथ्य तथा अलखुवैर एरिया समितिका अध्यक्ष दिल प्रसाद पौडेलको अध्यक्षतामा नेपाली राष्ट्रिय गान र सहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात् अघि बढेको सो समारोहको सञ्चालन इन्दिरा गुरुङले गरेका थिए भने लक्ष्मण हमालले स्वागत मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि शोभाकान्त लामिछानेले आज हामी यसरी तिहार मनाई रहँदा हाम्रो मुलुक र जनताले भने अत्यन्तै संकटपूर्ण अवस्थाको सामना गर्न परिरहेको र भारतले नेपालको संविधान सभाको करिब नब्बे प्रतिशत बहुमतद्वारा जारी संविधान माथि शंसोधन गर्नु पर्ने शर्त सहित जारी राखेको नाकाबन्दीले स्पष्ट रुपमा नै नेपालको राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेप गरिएको प्रमाणित भएको बताउदै हामी प्रवासबाट पनि यसको बिरुद्ध सशक्त रुपले आवाज उठाउँदै हामीले आफ्नो स्वाभिमानलाई कहिल्यै पनि झुक्न दिन नहुने सन्देश नेपाल सरकार समक्ष पर्याउनु पर्ने आवश्यकता औल्याउदै यो दीपावलीले सबैलाई आफ्नो राष्ट्रीयता प्रति समर्पित रहन प्रेरण मिलोस् भन्ने शुभकामना ब्यक्त गर्नु भयो ।

ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले हामीले प्रवासमा रहेपनि हाम्रो बिभिन्न चाडपर्वहरुलाई सम्झिदै बेलाबखत मनाइँदै आइरहेका छौ भन्दै अलखुवैर एरिया समितिले शुभकामना आदानप्रदान सहितको देउसीभैलो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिंदै एकता समाजका प्रत्येक एरिया तथा बिभागहरुले बिभिन्न कार्यक्रमको आयोजना गर्दै संगठनलाई अझ सक्रिय बनाउन सकिने र सदस्यहरुको ब्यक्तित्व बिकासमा समेत मद्दत पुग्ने बताउनु भयो । भारतले गरेको नाकाबन्दीको कारण भोगीरहेको कठिनाईका बावजूत पनि नेपालीहरु हाँसोख़ुशीका साथ चाडपर्व मनाई रहेको बताउदै जस्तो सुकै समस्यामा पनि नेपालीहरु रम्न सक्ने सन्देश बिश्वलाई नै दिईरहेको र भारतीय हस्तक्षेपको बिरुद्ध आम प्रवासी नेपालीहरु एकजुट हुनु पर्ने कुरामा जोड दिनु भयो ।
रक्तिम अभियान ओमानद्वारा "मधेसी पहाडी हिमालका हिमाली सयौ जाति जनजाति हामी सबै नेपाली" बोलको गीत सहित अघि बढेको सांस्कृतिक कार्यक्रममा रक्तिम कलाकारहरुद्वारा रोचक देउसी भैलो गीत र नाच प्रस्तुत गरिएको थियो । "कस्तो होला नेपालको चित्र यही कुरा खेल्दैछ मनभित्र", " पानी पिउदै बसौला नदीको, मुखै हेर्न मन छैन मोदीको" जस्ता गीतका टुक्कामा कलाकारहरुसंगै दर्शकहरु पनि नाचेका थिए ।
"जहाँ भोको पेटले दानापानी मागेको हुन्छ, अन्याय र अत्याचारले जहाँ सिमा नाघेको हुन्छ त्यहाँ फुट्छ ज्वालामुखी" बोलको जोशिला गीत र नृत्यले साँच्चै नै नाकाबन्दिले आक्रान्त नेपाली जनतालाई हौसला प्रदान गरिरहेको आभाष हुन्थ्यो भने सम्पूर्ण दर्शकहरुले ताली बजाई समर्थन जनाई रहेको थियो । "पयौ फुल्दा त्यो लेक लेक...सयपत्री फुल्दा तिहारको बेला भाई मेरो कहाँ डुल्दैछ" बोलको गीत तथा नृत्यले सबैलाई भाबुक बनाएको थियो ।
यसरी नै "नेपाली माटोले भन्छ तिमीलाई", "सामन्तले नौ जाल बुन्छ आखिरीमा जनताकै जित हुन्छ ", "पसिना हाम्रो बगेर गयो धनको आशैमा"," उठ बेली उठ चमेली", "म निर्धाको गाथा लेखेर" जस्ता मार्मिक र जोशिला गीतहरुमा प्रस्तुत नृत्य र अभिनयले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।

सो कार्यक्रममा महिला बिभागकी अध्यक्ष लक्ष्मी रायमाझी, रक्तिम ओमानका अध्यक्ष नारायण ज्ञवाली, केन्द्रीय सचिब राम कुमार चौधरी, रुवी एरिया समितिका अध्यक्ष टंक आचार्य, घाला एरिया समितिका अध्यक्ष लोकेन्द्र सुनुवार, सीब एरियाका अध्यक्ष दिल बहादुर बिक, भानुभक्त द्विषतबार्षिकी समारोहकी अध्यक्ष मुना नेपाल, अर्घाखाँची टाइम्सका पत्रकार शालिकराम आचार्य लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । 
 
कार्यक्रम सभापति दिल प्रसाद पौडेलले संस्कृतिको नाममा आज अश्लिता र छाडापन मौलाई रहेको र यस्तै जनवादी गीत संगीतद्वारा जनचेतना जगाउनु अहिलेको आवश्यकता भएको हुनाले यो कार्यक्रमको आयोजना गरिएको बताउदै कार्यक्रम सफल पार्न उपस्थिति जनाई दिने सबै महानुभावलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रम समापन गरिएको थियो ।
 

Saturday, November 7, 2015

पहिलोपटक सरकारमा गएका केसीको यस्तो पृष्ठभूमि

पहिलोपटक सरकारमा गएका केसीको यस्तो पृष्ठभूमि  

 http://i0.wp.com/halkaranepal.com/wp-content/uploads/2015/11/Chitra-Bahadur-Kc.jpg
काठमाडौं, १९ कार्तिक ।
 जिन्दगीको उत्तराद्र्ध अर्थात ७५ वर्षको उमेरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्रीसहित सहकारी तथा गरिवी निवारण मन्त्रीको शपथ खाएका छन् । आजीवन राजनीतिमा होमिएका केसी यसअघि अस्थिर सरकार बन्दै र ढल्दै गर्दा ठूलाठूला अफरहरु आउँदा पनि सरकारमा गएनन् । मुलुक संकटबाट गुज्रिरहेको अवस्थामा उनको मातृपार्टी नेकपा (मसाल)ले पहिलोपटक सरकारमा जाने निर्णय गरेपछि उनी सरकारमा गएका हुन् । पहिलोपोष्टसंघीयताको विपक्षमा एक्लो बृहस्पतिझैं उभिएका नेता केसी र उनको पार्टीले २०६२/०६३ को उपलव्धिलाई संस्थागत गर्न जुनसुकै मूल्यमा पनि संविधानसभाबाट संविधान जारी गर्नुपर्ने दृढ अडान लिएको थियो । संघीयताको सवालमा कडा बिमति भएतापनि भारतीय रुचिबाहिर गएर संविधानसभाबाट नयाँ संविधान जारी हुनु, सरकार निर्माण हुनु र नयाँ संविधान कार्यान्वयनमा देखिएको जटिलतामा साथ दिन उनको पार्टीले राजमो अध्यक्ष केसीकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो ।माता पार्वती केसी र पिता नरिश्वर शर्माको कोखमा मल्म गाउँ विकास समिति वडा नं. ३ बागलुङमा वि.सं. १९९७ सालमा जन्मिएका केसी हाल करहिया–८ दीपनगर रुपन्देहीमा बस्दै आएका छन् । २०१४ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा क्रियाशील नेता केसी २०४० सालमा नेकपा (मसाल) को महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । २०४६ को जनआन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको अध्यक्षको रुपमा आन्दोलनलाई उत्कर्षमा पुराउन भूमिका खेलेका केसी लामो समयसम्म नेकपा (मसाल) को पोलिटब्यूरो सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेका केसी २०५२ सालदेखि २०५९ सम्म राष्ट्रिय जनमोर्चाको अध्यक्ष बनेका थिए ।२०५६ को संसदीय निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट विजयी भएका केसीले २०५९ देखि २०६३ सम्म जनमोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गरे । २०६३ देखि हालसम्म पुनः राजमोको अध्यक्षका रुपमा सक्रिय राजनीतिको बागडोर सम्हालिरहेका छन् । संसद तथा संविधानसभा दुबैमा राजमोको संसदीय दलका नेता रहेका केसीले २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदमा सार्वजनिक लेखा समितको सभापतिको जिम्मेवारी सम्हालेका थिए । संविधानसभामा संवैधानिक समितिमा रहेर काम गरेका केसी सङ्घीयताविरूद्ध राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्षसमेत हुन् ।पञ्चायती कालरात्रिमा २०२५ देखि २०४६ सम्म २१ वर्ष भूमिगत राजनीति गरेका केसीले पटकपटक गरी ९ महिना बन्दी जीवन बिताएका छन् । २०४६ सालमा बहुदलीय व्यवस्था आइसकेपछि पनि २०४८ सालमा राजकाज मुद्दा खेपेका नेता केसीले २०३६, २०४६, २०६२÷६३ लगायतका देशमा चलेका राजनीतिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०२१ देखि २०२६ सम्म ५ वर्ष शिक्षण पेशामा पनि संलग्न रहेका नेता केसी दोस्रो संविधानसभा निर्वाचनका लागि राजमोका समानुपातिक उम्मेदवार बनेका थिए ।आजसम्मको राजनीतिक यात्रामा सरल, स्वच्छ र निष्कलङ्क छवि बनाउन सफल केसीको बाँकी राजनीतिक यात्रा पनि उस्तै रहनुपर्ने उनका शुभेच्छुकहरुको चाहना छरपष्ट भएको छ । सामाजिक सञ्जालहरुमा समेत उनले पाएको जिम्मेवारी र भूमिकाप्रति खुशी व्यक्त गरिएका छन् । सामाजिक सञ्जालहरुमा एकातिर खुशी व्यक्त गरिएका छन् भने अर्कोतिर उनको बाँकी राजनीतिक यात्रा उस्तै सरल, निष्कलङ्क र स्वच्छ रहनुपर्ने र देश तथा जनताप्रतिको चट्टानी अडान कायम रहनुपर्ने अपेक्षा गरिएका छन् ।
काठमाडौं, १९ कार्तिक । जिन्दगीको उत्तराद्र्ध अर्थात ७५ वर्षको उमेरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्रीसहित सहकारी तथा गरिवी निवारण मन्त्रीको शपथ खाएका छन् । आजीवन राजनीतिमा होमिएका केसी यसअघि अस्थिर सरकार बन्दै र ढल्दै गर्दा ठूलाठूला अफरहरु आउँदा पनि सरकारमा गएनन् । मुलुक संकटबाट गुज्रिरहेको अवस्थामा उनको मातृपार्टी नेकपा (मसाल)ले पहिलोपटक सरकारमा जाने निर्णय गरेपछि उनी सरकारमा गएका हुन् ।
तस्वीर : पहिलोपोष्ट
तस्वीर : पहिलोपोष्ट
संघीयताको विपक्षमा एक्लो बृहस्पतिझैं उभिएका नेता केसी र उनको पार्टीले २०६२/०६३ को उपलव्धिलाई संस्थागत गर्न जुनसुकै मूल्यमा पनि संविधानसभाबाट
- See more at: http://halkaranepal.com/?p=3665#more-3665

पहिलोपटक सरकारमा गएका केसीको यस्तो पृष्ठभूमि

       हलकारा नेपाल |  1591 Views  |   Published Date : 5th November 2015
काठमाडौं, १९ कार्तिक । जिन्दगीको उत्तराद्र्ध अर्थात ७५ वर्षको उमेरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्रीसहित सहकारी तथा गरिवी निवारण मन्त्रीको शपथ खाएका छन् । आजीवन राजनीतिमा होमिएका केसी यसअघि अस्थिर सरकार बन्दै र ढल्दै गर्दा ठूलाठूला अफरहरु आउँदा पनि सरकारमा गएनन् । मुलुक संकटबाट गुज्रिरहेको अवस्थामा उनको मातृपार्टी नेकपा (मसाल)ले पहिलोपटक सरकारमा जाने निर्णय गरेपछि उनी सरकारमा गएका हुन् ।
तस्वीर : पहिलोपोष्ट
तस्वीर : पहिलोपोष्ट
संघीयताको विपक्षमा एक्लो बृहस्पतिझैं उभिएका नेता केसी र उनको पार्टीले २०६२/०६३ को उपलव्धिलाई संस्थागत गर्न जुनसुकै मूल्यमा पनि संविधानसभाबाट संविधान जारी गर्नुपर्ने दृढ अडान लिएको थियो । संघीयताको सवालमा कडा बिमति भएतापनि भारतीय रुचिबाहिर गएर संविधानसभाबाट नयाँ संविधान जारी हुनु, सरकार निर्माण हुनु र नयाँ संविधान कार्यान्वयनमा देखिएको जटिलतामा साथ दिन उनको पार्टीले राजमो अध्यक्ष केसीकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो ।
माता पार्वती केसी र पिता नरिश्वर शर्माको कोखमा मल्म गाउँ विकास समिति वडा नं. ३ बागलुङमा वि.सं. १९९७ सालमा जन्मिएका केसी हाल करहिया–८ दीपनगर रुपन्देहीमा बस्दै आएका छन् । २०१४ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा क्रियाशील नेता केसी २०४० सालमा नेकपा (मसाल) को महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । २०४६ को जनआन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको अध्यक्षको रुपमा आन्दोलनलाई उत्कर्षमा पुराउन भूमिका खेलेका केसी लामो समयसम्म नेकपा (मसाल) को पोलिटब्यूरो सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेका केसी २०५२ सालदेखि २०५९ सम्म राष्ट्रिय जनमोर्चाको अध्यक्ष बनेका थिए ।
२०५६ को संसदीय निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट विजयी भएका केसीले २०५९ देखि २०६३ सम्म जनमोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गरे । २०६३ देखि हालसम्म पुनः राजमोको अध्यक्षका रुपमा सक्रिय राजनीतिको बागडोर सम्हालिरहेका छन् । संसद तथा संविधानसभा दुबैमा राजमोको संसदीय दलका नेता रहेका केसीले २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदमा सार्वजनिक लेखा समितको सभापतिको जिम्मेवारी सम्हालेका थिए । संविधानसभामा संवैधानिक समितिमा रहेर काम गरेका केसी सङ्घीयताविरूद्ध राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्षसमेत हुन् ।
पञ्चायती कालरात्रिमा २०२५ देखि २०४६ सम्म २१ वर्ष भूमिगत राजनीति गरेका केसीले पटकपटक गरी ९ महिना बन्दी जीवन बिताएका छन् । २०४६ सालमा बहुदलीय व्यवस्था आइसकेपछि पनि २०४८ सालमा राजकाज मुद्दा खेपेका नेता केसीले २०३६, २०४६, २०६२÷६३ लगायतका देशमा चलेका राजनीतिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०२१ देखि २०२६ सम्म ५ वर्ष शिक्षण पेशामा पनि संलग्न रहेका नेता केसी दोस्रो संविधानसभा निर्वाचनका लागि राजमोका समानुपातिक उम्मेदवार बनेका थिए ।
आजसम्मको राजनीतिक यात्रामा सरल, स्वच्छ र निष्कलङ्क छवि बनाउन सफल केसीको बाँकी राजनीतिक यात्रा पनि उस्तै रहनुपर्ने उनका शुभेच्छुकहरुको चाहना छरपष्ट भएको छ । सामाजिक सञ्जालहरुमा समेत उनले पाएको जिम्मेवारी र भूमिकाप्रति खुशी व्यक्त गरिएका छन् । सामाजिक सञ्जालहरुमा एकातिर खुशी व्यक्त गरिएका छन् भने अर्कोतिर उनको बाँकी राजनीतिक यात्रा उस्तै सरल, निष्कलङ्क र स्वच्छ रहनुपर्ने र देश तथा जनताप्रतिको चट्टानी अडान कायम रहनुपर्ने अपेक्षा गरिएका छन् ।
- See more at: http://halkaranepal.com/?p=3665#more-3665

ओमान नेपाली एकता समाज अलखुवैर एरिया भेला सम्पन्न

एकता समाज अलखुवैर एरिया भेला सम्पन्न



 




मस्कट,
ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिको भेला शुकवार अलखुवैर बगैंचामा सम्पन्न भएको छ । अलखुवैर क्षेत्र आसपासमा बसोबास रहेका एकता समाज समर्थित श्रमजीवि मजदुरहरुबीच सम्पन्न सो भेलाले अलखुवैर ए र बि गरी स्थापित दुई पुरानो एरिया समितिहरुलाई भंग गरी एउटा नयाँ अलखुवैर समितिको निर्माण गरिएको छ ।

केन्द्रीय सदस्य शालिकराम आचार्यको बिशेष पहलमा भिम भट्टराईको सञ्चालन तथा रूपलाल पाण्डेको अध्यक्षतामा सम्पन्न सो भेलाले एघार पूर्ण र चार वैकल्पिक गरी पन्ध्र सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको छ । जसमा अध्यक्ष दिल प्रसाद पौडेल, उपाध्यक्ष गिता लिम्बू, सचिब इन्दिरा गुरुङ कोषाध्यक्ष लक्ष्मण हमाल सदस्यहरुमा जे. बि. राई, कुमारी गुरुङ, महेन्द्र राइका, कमला खनाल, बिक्रम तामाङ, भिम प्रसाद भट्टराई, कुमारी तितुङ रहेका छन् । त्यसै गरी बैकल्पिक सदस्यहरूमा कृष्ण लोप्चन, सुर्य खनाल, गोपाल थापा, खगेन्द्र निरौला छन् ।
सोही भेलाले तिन सदस्यीय सल्लाहकार समितिको पनि चयन गरिएको छ जसमा, शालिकराम आचार्य र युबराज आर्याल र रुपलाल पाण्डे रहेका छन् । अन्तर्राष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने, केन्द्रीय अध्यक्ष छबीलाल बस्नेत, महिला बिभाग प्रमुख लक्ष्मी रायमाझी, रुवी एरिया समितिका अध्यक्ष टंक आचार्य, घाला ए एरिया समितिका अध्यक्ष लोकेन्द्र सुनुवार लगायतका अतिथिहरुले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले प्रस्तुत गर्नु भएको नयाँ कार्यसमितिको प्यानल माथि केहीबेर छलफल पश्चात सर्वसम्मतबाट पारित गरिएको थियो । ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात अघि बढेको सो भेलामा उपस्थित सबैलाई बिष्णु अर्याललेआफ्ना शब्द सुमनबाट स्वागत गरिएको थियो ।

Sunday, November 1, 2015

संस्था तमु समाज ओमानले

                                           14438218612.jpg
मस्कट, ओमान
ओमानमा आफ्नो संस्कृति भेषभूषा र रीतिरिवाजको जगेर्नाका खातिर केहि समय अघि स्थापित सामाजिक संस्था तमु समाज ओमानले बिभिन्न मिडियाहरुसंग आबद्ध रहि निष्पक्ष रूपमा समाचार सम्प्रेषण गरिरहेका पत्रकारहरुलाई एक समारोहकाबिच शुक्रवार मस्कट स्थित हाईएस्ट माउन्टेन रेस्टूरेन्टको सभा हलमा सम्मान गरिएको छ ।
                                      14438222641.jpg

  तमु समाज ओमानका अध्यक्ष अमीर गुरुङ्गको अध्यक्षतामा नेपाली राष्ट्रियगानसँगै अघि बढेको सो समारोहको सञ्चालन तमु समाज ओमानका प्रमुख सल्लाहकार बिकास गुरुङ्गले गरेका थिए ।
आफ्नो जन्मभूमिदेखि टाढा रहेर पनि निष्पक्ष रुपले समाचार सम्प्रेषण गर्दै स्वदेश तथा बिदेशका कुनामा छरिएर रहेका नेपालीहरुलाई सूचना र समाचारबाट सुसुचित गराउदै आएको आफ्नो कार्यकुशलताको कदर गर्दै भविष्यमा पनि यस्तै आशा सहित तमु समाज ओमानद्वारा कदरपत्र प्रदान गरिएको ब्यहोरा सहितको कदरपत्रद्वारा प्रवास खबर डटकमका सम्पादक बसन्त नेपाल, हाँक सप्ताहिकका ओमान संवाददाता जी।बी।लामा, ऐक्यबद्धता, अर्घाखाँची टाइम्सका शालिकराम आचार्य, प्रवासखबर डटकमका पशुपति जी सीलाई अध्यक्ष अमीर गुरुङ्गद्वारा सम्मान गरिएको थियो ।

  प्रवास खबरका सम्पादक बसन्त नेपालले ओमानमा पत्रकारीता शुरुवात गर्दाको क्षणको स्मरण गराउदै शुरुमा नेपाली फोन्टको समस्या झेल्दै हस्तलिखित समाचार सम्प्रेषणबाट शुरुवात गरिएको भएतापनि अहिले त्यस्तो अवस्था नभएको र आजको दिनसम्म आईपुग्दा आफ्नो रोजीरोटीको लागि रोजगारीको क्रमसँगै ओमानमा पत्रकारिता अंगालेका मित्रहरुको पनि बृद्धि भएकोले चाँडै नै ओमानमा नेपाल पत्रकार महासंघ ओमान शाखाको स्थापना गर्न पहल भै रहेको बताए । साथै तमु समाजले जून किसिमले पत्रकारिताको महत्वलाई बुझ्दै सम्मान कार्यक्रम राखिएको छ यसरी नै अन्य संघसंस्थाहरुले पनि यसको महत्वलाई बुझ्दै आगामी दिनमा पत्रकारितालाई संस्थागत गर्न सबैतिरबाट प्रयास गर्नु पर्ने कुरामा जोड दिए ।
                                     14438218581.jpg
  हाँक साप्ताहिक ओमानका प्रतिनिधि जी।बी।लामाले राज्यको चौथो अंगको महत्व बुझेर नै तमु समाजले प्रवासमा आफ्नो संस्थाको बिकासको प्रयासको बावजूद पनि पत्रकारिता प्रति गरिएको सम्मानको सराहना गर्दै स्वच्छ र सही पत्रकरीताले राष्ट्र र समाजलाई प्रगति र उन्मुक्तितिर डोर्याउने तर पीत पत्रकारिताले समाजलाई बिकृति, बिसङ्गति र नराम्रो बाटोतीर लैजाने हुनाले पत्रकारहरुले सदा सचेत भएर सधै सत्यतथ्य र न्यायको पक्षमा आफ्नो कलम चलाउनु पर्ने कुरामा जोड दिए ।
 ऐक्यबद्धता, अर्घाखाँची टाइम्सका प्रतिनिधि शालिकराम आचार्यले पत्रकारले कुनै ब्यक्ति बिशेष वा दलगत बिचारद्वारा गरिएको दवाबमा नपरी पत्रकारितालाई निष्पक्ष ढंगले अघि बढाउन सकेमा मात्र त्यसले सही परिणाम दिने र जनमुखी हुने बिचार ब्यक्त गरेका थिए ।

 सो सम्मान कार्यक्रममा तमु समाजलाई आर्थिक नैतिक र भौतिक सहयोग गर्नुहुने सहयोगीहरु तेज शाही ठकुरी, प्रेम गुरुङ, सम्सेर पाइजा मगर, भुपेन्द्र राई, तोक मगर, अर्जुन राई, सालु गुरुङ, चेत कुमार गुरुङ तथा पूर्ण गुरुङ लाई बिशेष सहयोग गरेबापत खादा तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । साथै कार्यक्रम संयोजक तथा तमु समाजका प्रथम उपाध्यक्ष दिल गुरुङ्ग, उपाध्यक्ष नानु गुरुङ,

महासचिव पदम गुरुङ, सहसचिव देव गुरुङ कोषाध्यक्ष बिजय गुरुङको पनि आतिथ्य रहेका थिए भने उल्लेख्य संख्यामा ओमानमा कार्यरत तमु तथा तमुस्योहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

एकता समाज घाला एरिया समितिद्वारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न-

एकता समाज घाला एरिया समितिद्वारा बक्तृत्वकला 
                प्रतियोगिता सम्पन्न-


 

मस्कट,
"प्रवासी नेपालीहरुको समस्या र एकता समाजको भूमिका" बिषयमा ओमान नेपाली एकता समाज घाला एरिया समितिको आयोजनामा समाजका बिभाग तथा एरिया समितिका सहभागीहरु सम्मिलित बकतृत्वकला प्रतियोगिता शुक्रवार कुरुम पार्कमा सम्पन्न भएको छ ।
घाला एरिया समिति 'ए'का कोषाध्यक्ष कुर्वान अलीको सञ्चालनमा एरिया उपाध्यक्ष झबिन्द्र भूषालको अध्यक्षतामा सम्पन्न सो प्रतियोगितामा नौ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेका थिए । अन्तर्राष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने तथा ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेत निर्णायक रहेको सो प्रतिस्पर्धमा रुवी एरिया समितिका टंक आचार्य प्रथम, अलखुवैर एरिया समितिका दिल प्रसाद पौडेल द्वितीय र महिला बिभागकी कमला खनालले तृतीय स्थान हासिल गरेका थिए । 

 
निर्णायक शोभाकान्त लामिछाने ज्यूले यो प्रतियोगिताले प्रतियोगीहरुको बकतृत्व कलामा बृद्धि हुने तथा उनिहरुले केही नयाँ ज्ञान हासिल गरेको साथै उनीहरुमा भएको कमिकमजोरीहरुलाई सच्याउने मौका समेत मिलेको र आगामी दिनमा यस्ता कार्यक्रमहरु लाई अन्य एरिया तथा बिभागहरुले पनि अझ बृहत् रुपमा आयोजना गर्नु पर्ने कुरामा जोड दिनु भयो । प्रतियोगीहरुको सम्बोधन, बिषयबस्तुमाथि केन्द्रित र समापन शैलीलाई हेरेर आफुले तीन जना विजेताहरुको छनौट गरेतापनि सबै जनाको प्रयास अति नै उत्साहजनक र सबैको भनाई तार्किक र गहन रहेको उनले बताउनु भयो ।
अर्का निर्णायक तथा अतिथि ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले ओमान नेपाली एकता समाजले ओमानमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ स्थापना कालदेखि नै सामूहिक हित सर-सहयोगको भावनालाई महत्व दिंदै आइरहेको र आफ्ना सदस्यहरुको ब्यक्तित्व बिकासको लागि पनि ध्यान केन्द्रित गर्दै बेलाबखत बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको भएतापनि बकतृत्वकला प्रतियोगिता भने पहिलो चोटी आयोजना गरिएकोमा आयोजक घाला एरिया समिति 'ए' लाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । उहाँले बिगतका दिनहरुमा यहाँ नेपाली महिलाहरुलाई नेपालीहरुले नै हेर्ने दृष्टिकोण र ब्यवहार नराम्रो भएतापनि अहिले आएर त्यसमा परिवर्तन भएको र त्यसको लागि एकता समाजको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । एकता समाजले महिलाहरुलाई सम्मानजनक रुपमा हेरिएको र यी कुराहरु सम्पूर्ण सदस्यहरुलाई पनि सिकाउदै आइरहेको साथै ओमान नेपाली एकता समाजले स्थापना कालदेखि अहिलेसम्म नेपालीहरुको समस्या समाधानको लागि उल्लेख्य कामहरु गर्दै आइरहेको जनाउनु भयो ।

सो प्रतियोगितामा बिभिन्न एरिया र बिभागहरुबाट सन्तोष सापकोटा, टंक आचार्य, कमला खनाल, कुमारी तितुङ्, मेख बहादुर खत्री, दिल बहादुर बिक, राम कुमार चौधरी र दिल प्रसाद पौडेलको सहभागिता रहेका थिए भने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विजेताहरुलाई पुरस्कारको पनि ब्यवस्था रहेका थिए ।
 

कतारमा एक नेपालीको आत्महत्या

                                  कतारमा एक नेपालीको आत्महत्या 
                       Displaying IMG_4218.JPG 
उद्धव मगर दोहा कतार – मिति २०१५÷१०÷११ का दिन काम गरीरहेको अवस्थामा आत्महत्या गरेको छ । एक प्रतिष्ठित कम्पनी अल मोइद इयर कन्डिशनमा कार्यरत नेपाली कामदार १९ बर्षीय सुर्य बहादुर बुढाथोकी गत २९÷०६÷२०१५ का दिनमा कतार आईपुगेको थियो भने हाल रामेछाप जिल्ला मन्थली न.पा वार्ड नं ६ सानीमधौ का वासीन्दा रहेको छ मृतक सुर्य बहादुर बुढाथोकी नेपालको मार्वलस मेन पावर बाट साउदी इयरवेज हुदै कतार आएका थिए कामको शिल शिलामा कतारको अल फरदान बैंक पछाडि निमार्णधिन १२ तल्ले करीमा टावरमा काम गर्दै गर्दा साथीहरुलाई म केही तार छुटेछ तार लिएर आउछु भन्दै ९ तल्लामा रस्सीले बाँधी आत्महत्या गरेका थिए । आत्महत्या गर्नुको कारण सामान्य पारिवारिक समस्य भएको र हालै बुबा दुर्गा बहादुर बुढाथोकीको किडनी फेल भई किडनीको अप्रेशन सकुशल भए लगतै सुर्य बहादुर बुढाथोकीले आत्मअत्या गरेका हुन । हाल लास पोसट मार्डम गरी सकेको र पोष्ट मार्डमको रिपोर्टमा डोरीले आफैले बाँधी आत्महत्या गरेको रिपोर्ट आएको र सो डेड बडीलाई यही  आउदो १० अक्टुर ३१ का दिन सोही कम्पनी अल मोइद इयर कन्डिशनले नेपाल पठाउने व्यवस्था गरेको छ । र लास संग मृतकका दाई कुमार घिमिरे साथमा जाने भएका छन् ।