अाेमा नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन भब्यताका साथ सम्पन्न
मस्कट,ओमान
८ जुलाई २०१६ का दिन ओमान नेपाली एकता समाजको "प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन" समापन तथा घोषणा सभा भब्यता सम्पन्न भएको छ ।
नेपाली राजदूतावासकी कार्यबाहक राजदूत रोजिना ताम्राकारको विशिष्ट आतिथ्य तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय कोषाध्यक्ष शोभाकान्त लामिछानेको प्रमुख आतिथ्य रहेको कार्यक्रम जिबि लामाको सञ्चालनमा अघि बढेको उक्त समारोहको अध्यक्षता भिमलाल गिरीको रहेको थियो ।
देश र जनताको निम्ति आफ्नो प्राणको आहुति दिने ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात् नेपाली राष्ट्रिय गानका साथ प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा दिप प्रज्वलन गरि औपचारिक रुप शुरूवात गरिएको उक्त समारोहमा भिम प्रसाद भट्टराईले स्वागत मन्तब्य र रक्तिम परिवारद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथि शोभाकान्त लामिछाने द्वारा प्रथम राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित कार्यसमितिको घोषणा का साथै पद, गाेपनियता तथा जिम्मेवारीको सपथ गराईएको थियो ।
राष्ट्रिय सम्मेलनले छबिलाल बस्नेतको अध्यक्षता १९ सदस्यीय पूर्ण र ५ बैकल्पिक गरि २४ सदस्यीय केन्द्रीय समितिको गठन गरेको छ ।
साथै तीन सदस्यीय सल्लाहकार समितिको पनि चयन गरिएको छ ।
जसअनुसार प्रथम उपाध्यक्ष जि.बि लामा(रामेछाप), द्वितीय उपाध्यक्ष राम कुमार चौधरी(दाङ), महासचिव ईन्द्रलाल खनाल(बागलुङ), सचिब भिम प्रसाद भट्टराई (सर्लाही), कोषाध्यक्ष तुलसीराम खनाल(बाग्लुङ), सह-कोषाध्यक्ष लक्ष्मी रायमाझी(अर्घाखाँची) रहेका छन् ।
सदस्यहरुमा गीता लिम्बू(तेह्रथुम), मनु सुनार(तनहुँ), कमला ज्ञवाली(चितवन), नारायण ज्ञवाली(चितवन), दिल प्रसाद पौडेल(बाग्लुङ), नमराज आचार्य(अर्घाखाँची), कुर्वान अलि(झापा), बुद्ध बिक(पाल्पा),
लोकेन्द्र सुनुवार(सिन्धुली), कुल बहादुर परियार(बागलुङ) र मेख बहादुर खत्री(अर्घाखाँची) र भिमलाल गिरी(कपिलवस्तु) रहेका छन् । बैकल्पिक सदस्यहरुमा जय कुमारी थापा(झापा), लालु सुनार(नवलपरासी), गुनाखर खनाल(बागलुङ), दिल बहादुर बि क (बागलुङ) दुर्गा गिरी(बागलुङ) रहेका छन । त्यसैगरी सल्लाहकारहरुमा शोभाकान्त लामिछाने, बिष्णु अर्याल र शालिकराम आचार्य रहेका छन् ।
त्यस्तै गरि महिला बिभागमा गीता लिम्बूको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको चयन गरिएको छ । जसअनुसार उपाध्यक्ष मनु सुनार, सचिब कमला ज्ञवाली, कोषाध्यक्ष जय कुमारी थापा, सदस्यहरु मन्जु बानिया, कुमारी तितुङ, रिता चौधरी, साबित्रा पोख्रेल र कुमारी गुरुङ रहेका छन् सल्लाहकारमा लक्ष्मी रायमाझी तथा छविलाल बस्नेत रहेका छन ।
ओमान नेपाली एकता समाजको साँस्कृतिक बिभाग(रक्तिम परिवार ओमान)मा अध्यक्ष नारायण ज्ञवाली, सचिब लक्ष्मण हमाल, कोषाध्यक्ष कुल बहादुर परियार, मनु सुनार, नमराज आचार्य, जय कुमारी थापा, भिमलाल गिरी, लक्ष्मी रायमाझी र गीता लिम्बू तथा सल्लाहकारमा छविलाल बस्नेत, ईन्द्रलाल खनाल र शालिकराम आचार्य रहेका छन ।
त्यसैगरि खेलकुद बिभागमा अध्यक्ष दिल प्रसाद पौडेल, उपाध्यक्ष थम बहादुर परियार, सचिब लक्ष्मण हमाल, कोषाध्यक्ष बुद्ध बि क, सदस्यहरु तुलसीराम खनाल, दिपक रम्तेल र केशव खत्री रहेका छन् ।
ओमान नेपाली एकता समाजको निर्वाचित कार्यसमितिलाई शुभकामना दिने क्रममा विशिष्ट अतिथि कार्यबाहक राजदूत रोजिना ताम्राकारले प्रवासमा हामी एक जुट भएर रहनु नै नेपालीको पहिचान हो भन्दै जुनसुकै आस्था र बिचारको संघसंगठनसंग नजिक भएतापनि नेपालिहरुको हित र समस्या समाधानको निम्ति हामी सधैं एकताबद्द भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिदै त्यसकार्यमा दूतावासको पनि सदा साथ रहि रहने बताईन । साथै यो प्रथम राष्ट्रिय सम्मेलनले एकता समाजले आफ्नै नाम अनुसार सबै नेपालीहरुलाई एकताबद्द गरि सबैको हित र सहयोग गर्न सफल रहोस् भन्ने शुभेच्छा प्रकट गर्रियो ।
प्रमुख अतिथि शोभाकान्त लामिछानेले सन् २००७ डिसेम्बरमा स्थापना भएको ओमान नेपाली एकता समाजले श्रमजीवी मजदूरहरुको पक्षमा काम गर्दै आईरहेको हुनाले तीनै मजदूरहरुको साथले आज प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्न सफल भयकाे बताए । लामिछानेले जाेडे आज आम युवाहरू जति सबै बिदेशिएको हुनाले देश युवाबिहिन अवस्था पुगेको र अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाल मजदूर उत्पादन गर्ने कारखाना जस्तै भएको हुँदा आम प्रवासी युवाहरूले देशको निम्ति सोच्ने बेला आएकोले अब चुप लागेर बस्न नहुने बिचार व्यक्त गर्दै संविधान सभाको चुनाव पश्चात् संविधान प्राप्त गरेपनि राज्यको पुनर्संरचना बिषयमा संघीयताले मुलुकलाई अन्योल र दिशाहिन अवस्थामा पुर्याएको छ । नेपालको सदर्भमा संघीयता जनताको अधिकार प्राप्तिको लागि नभई केही ठुला ठालुहरुले छुट्टै राज्यको नाममा आफू मुख्य मन्त्री भएर हालीमुहाली गर्ने चाल भएको जिकिर गरे । उनले एकत्माक राज्य ब्यवस्थामा पनि शक्ति बिकेन्द्रित गरेर स्थानिय तहमा जनतालाई अधिकार सम्पन्न बनाउन सकिने बताउदै छिमेकी मुलुक चीनमा एकात्मक शासन ब्यवस्थामा पनि हरेक भाषि र जनजातिहरु अधिकार सम्पन्न भएको उदाहरण दियका थिए । तसर्थ नेपालमा संघीयताको नाममा जनतामा भ्रम छर्दै जनताकै अधिकार अपहरण गर्ने चालबाजि भएको हुनाले यस बिषयमा जनतालाई सचेत गराउनु पर्ने कुरामा जोड दिनु पर्ने बताए । नवनिर्वाचित कार्यसमितिले सम्पूर्ण प्रवासी नेपालीहरुको हितमा अझ प्रभावकारी कार्यहरु गर्दै समुन्नत समाज निर्माणमा योगदान पुर्याउन सक्ने बिश्वास व्यक्त गरेका थिय ।

संयुक्त बैचारिक सयन्त्र ओमानका प्रतिनिधि तुला गिरीले ओमानका नेपालीहरुमाझ स्थापित यस सयन्त्र कुनै नयाँ संस्था नभएर बिशेष गरि प्रवासी नेपालीहरु हक हितको लागि प्रभावकारी ढङ्गले काम गर्न र सम्बन्धित निकायसम्म आवाज पुर्याउनको लागि चारवटा बैचारिक आस्थाको सङगठनहरुको साझा मोर्चा भएको कुरा बताउदै नेपालीहरुको हितमा नै समर्पित भएको बताए । प्रवासी नेपाली मन्चका अध्यक्ष गगन कार्कीले नयाँ कार्यसमितिद्वारा प्रस्तुत भावी कार्य योजनामा भएका प्रवासी नेपालीहरुको हितको लागि हुने कार्यमा हातेमालो गरेर अघि बढ्ने बिचार व्यक्त गरेका थिए ।
सो अवसरमा नवनियुक्त अध्यक्ष छबिलाल बस्नेत द्वारा दुई वर्षको कार्यकालको लागि भावी कार्ययोजना प्रस्तुत गर्दै आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको हक अधिकार प्राप्तिको लागि निरन्तर रुपमा अझ सशक्त ढंगले लागि रहने साथै जनतन्त्र जनजिविका र राष्ट्रियताको सवाल स्वदेशमा हुने न्यायपूर्ण आन्दोलनमा समेत साथ दिन प्रतिबद्ध रहने बिचार ब्यक्त गरिएको थियो ।
सो समारोहमा जनप्रगतीशिल मन्च ओमानका महासचिव हेम आचार्य, नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्शुराम पोख्रेल, नेपाली समाज ओमानका अध्यक्ष ईच्छा राई, गैर आवासीय नेपाली संघ ओमानका लालु प्रसाद न्यौपाने, नेपाली महिला समूह ओमानका अध्यक्ष पार्वती श्रेष्ठ, बुद्ध भिजन ओमानका ओमकार तामाङ, तामाङ समाज ओमानका अध्यक्ष राम तामाङ, मगर संघ ओमानका ईश्वर राना, दलित एकता सन्जालका डम्बर बराईली, प्रवास खबरका सम्पादक वसन्त नेपाल, अन्तर्राष्ट्रिय साहित्य समाज ओमानका लक्ष्मण हमाल, ओमान नेपाली एकता समाज सललाह क्षेत्रीय समितिका सहसचिव दिपक क्षेत्री, अलखुवैर एरिया समितिका अध्यक्ष दिल प्रसाद पौडेल, रुसेल एरिया समितिका अध्यक्ष दिल बहादुर बिक, सीब एरिया समितिका यम प्रसाद पौडेल, कुरुम एरिया समितिका अध्यक्ष गुनाखर खनाल लगायतका अतिथिहरुले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
कतार, बहराईन, इजरायलका एकता समाजहरुद्वारा पठाईएका शुभकामना सन्देशहरु पढेर सुनाईएको थियो । बिचबिचमा रक्तिम साँस्कृतिक ओमानका कलाकारहरुद्वारा जोशिला जनवादी गीत तथा नृत्यहरु प्रश्तुत गरिएको थियो ।
प्रथम राष्ट्रिय सम्मेलन सफल पार्न उपस्थित सबै हार्दिक धन्यवाद दिदै अन्तमा सभाध्यक्ष भिमलाल गिरी द्वारा सभा समापन गरिएको थियो ।