Saturday, May 13, 2017

२५६१ औं बुद्द जयन्ती ओमान मा मनाउने


२५६१ औं बुद्द जयन्ती ओमान मा मनाउने 


Image result
शालिकराम आचार्य/ मस्कट,ओमान 


मस्क्ट,ओमान- २५६१ औं बुद्द जयन्तीको शुभकामना आदानप्रदान सहित ओमान मा क्रियाशिल रहेको  संस्था नेपाली बुद्ध भिजन ओमान ले आउँदो शुक्रबार मई १९ तारिख मा सांस्कृतिक कार्यक्रम को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम संस्थाको ओमानमा नौऔं प्रस्तुति हो । 

 बिगतमा पनि संस्थाले  बुद्ध नेपाल मा जन्मेका  हुन् साथै सेवा नै धर्म हो तथा भगवान गौतम बुद्ध को अर्ति,उपदेशलाई अन्तर्राष्ट्रिय जगतमा फैलाउने उद्धेश्यका साथ विभिन्न र्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।  सो कार्यक्रममा बिदेशी भुमि मा रहेर पनि नेपाली कला संस्कृतिलाई माया गर्दै नेपाली गित संगित को क्षेत्रमा निरन्तर अगाडि बढिरहेका ओमानमा कार्यरत नेपाली कलाकारहरुले आफ्नो विशेष प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।  कार्यक्रमको सबै तयारी लगभग अन्तिम चरणमा पुगिसकेको संस्थाले जानकारी गराएको छ । साथै ओमान मा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाईदिन संस्थाले आग्रह गरेको छ । 

Image result for budda
  उक्त कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहाने कलाकारहरुले कृस्ण लामा ९५८९३१०६ र ओमकार तामाङ ९९४१३४९७ लाई सम्पर्क गरि नाम दर्ता गराउन पनि अनुरोध गरिएको छ । कार्यक्रम मस्कट स्थित अलमाहा इन्टरनेशनल होटेलको सभाहलमा बिहान ११ बजे बाट शुरु हुने छ ।







No comments:

Post a Comment