Saturday, May 13, 2017

साहित्य, कलाकारिता तथा पत्रकारिता लगायत बिविध विदामा लागेका ब्यक्तित्वहरुलाई खादा तथा सम्मान

साहित्य, कलाकारिता तथा पत्रकारिता लगायत बिविध विदामा लागेका ब्यक्तित्वहरुलाई खादा तथा सम्मान
 14946178153.jpg
शालिकराम आचार्य/ मस्कट,ओमान 
अन्तर्राष्ट्रिय साहित्य समाज ओमान च्याप्टरले एक समारोहको आयोजना गरि १२ मैं शुक्रबारका दिन पत्रकार तथा लेखक बसन्त नेपालको नयाँ कृति भुमरी उपन्यासमाथि चर्चापरिचर्चा गरिनुको साथै विभिन्न विदाका स्रष्टाहरुको सम्मानित पनि गरिएको छ ।
Image may contain: 6 people, people sitting, indoor and food समाजका अध्यक्ष दिल प्रसाद पौडेलको अध्यक्षता ज्ञातअज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात् नेपाली राष्ट्रिय गान सहित सुशील पुन बिरहीको संचालनमा अघि बढेको सम्पन्न सो समारोहमा प्रमुख अतिथि नेपाली कुट्नितिक नियोग प्रमुख रोजिना ताम्राकार तथा विशेष अतिथिको रूपमा बसन्त नेपाल रहेका थिए भने कृष्ण प्यासीले स्वागत मन्तव्य राखेका थिए ।
  Image may contain: 2 people, indoor
Image may contain: 2 people, people standing 
सो अवसरमा ओमान स्थित साहित्य, कलाकारिता तथा पत्रकारिता लगायत बिविध विदामा लागेका ब्यक्तित्वहरुलाई खादा तथा सम्मान-पत्र सहित प्रमुख अतिथिद्वारा सम्मान प्रदान गरिएको थियो ।
Image may contain: 4 people, people standing
 मिर्मिरे साँस्कृतिक परिवार, रक्तिम साँस्कृतिक परिवार लगायत, कलाकारिता क्षेत्रका करिब तीन दर्जन कलाकारहरुलाई पनि उनिहरुको कला र साहित्य प्रतिको योगदानलाई कदरलाई गर्दै सम्मानित गरिएको आयोजकले जनाएका छन् ।
Image may contain: 4 people, people standing and people sitting समारोहमा गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक डिबी क्षेत्री, गैर आवासिय नेपाली संघ ओमानका अदध्य दिपक श्रेष्ठ  जनप्रगतिशिल मन्चका अध्यक्ष पदम प्रसाद अर्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, नेपाली समाज ओमानका किरण राई, प्रवासी नेपाली मन्च ओमानका रामहरि गिरी, गजलकार सोमकृष्ण श्रेष्ठ, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, पत्रकार शालिकराम आचार्य, समाज सेवी तोलाकान्त भट्टराई लगायतले उपन्यास भुमरी माथि आ-आफ्नो टिप्पणी प्रस्तुत गरिएको थियो l 
Image may contain: 4 people, people standing, people sitting and indoor वैदेशिक रोजगारसंग सम्बन्धित तथा समाजिक बिषयबस्तु समेटिएको उपन्यास "भुमरी" नेपालको दोश्रो कृति हुन् जुन वैदेशिक रोजगारीको शिलशिलामा नै लेखिएको थियो । 
 भने अन्तमा लेखक बसन्त नेपालले आफ्नो उपन्यास बिषय बस्तुहरुमाथी अमुल्य सुझाव तथा प्रतिक्रियाको लागि धन्यवाद दिदै आगामी प्रकाशनहरु ती सबै बिषयहरुलाई समेट्ने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।Image may contain: 2 people, people standing
Image may contain: 3 people, people standing and indoorImage may contain: 4 people, people standing and indoorImage may contain: 4 people, people standing

No comments:

Post a Comment