कतार नेपाली एकता समाजले १२८ औं अन्तर्राष्ट्रिय मजदूर दिवस मनायो ।
उद्धव मगर दोहा कतार– मिति २०१७÷०५÷०५ का दिन कतारको राजधानी दोहामा संसारक मजदूर एक हौं महान अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं मजदूर दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढार्औं भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको सभा अध्यक्ष लुमाकान्त पुन मगरको रहेको थियो भने कार्यक्रम संचालन राम इन्दलथिङ्गको रहेको थियो । यस कार्यक्रममा उपस्थित अतिथिहरु सचिवालय सदस्य हेमन्त वाईवा, सचिव विष्णु थापा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर, प्रथम उपाध्यक्ष मदन श्रीस मगर, पुर्व उपाध्यक्ष दावा लामा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्य, महिला विभागका अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका कमल आचार्य, केन्दि«य सल्लाहाकार बलदेव राना, केनिद«य सदस्य रेणुका चौलागाईको आतिथ्य रहेको थियो उक्त कार्यक्रममा एकता समाजको विभिन्न एरियाबाट पनि आतिथ्य रहेको थियो जसमा सनैया ए एरिया समितिका अध्यक्ष विष्णु आचार्य, सनैया बी एरिया समितिका धन बहादुर बलम्पाकी मगर, सी एरिया समितिका जीवी कुँवर, डी एरिया समितिका अध्यक्ष टेकराज थापा, दोहा एरिया समितिका केयरसिंह थापा, सलता एरिया समितिका सालीकराम पुन मगर, सहलीया एरिया समितिका लक्ष्मण कोईराला, मनसुरा एरिया समितिका इश्वर के.सी, गरफा एरिया समितिका अध्यक्ष सन्जु सुन्दास, साथै मिडिया पत्रकारहरु हाँक साप्ताहिकका उद्धव मगर, पत्रकार राम प्रसाद पराजुली, साझा नेटवर्क का टेकराज थापा रहेको थियो ।
No comments:
Post a Comment