Wednesday, May 31, 2017

एमालेसँग चुनावी तालमेल र अन्तरघातको श्रृंखला

                                         
 एमालेसँग चुनावी तालमेल र अन्तरघातको श्रृंखला
                                   Image may contain: 1 person, smiling, eyeglasses and closeup
स्थानीय निर्वाचनमा तालमेलको समस्या
स्थानीय निर्वाचनको सिलसिलामा कार्यगत एकताका लागि राष्ट्रिय जनमोर्चाको सबैभन्दा बढी सम्पर्क वा वार्ता एमालेसित नै हुने गरेको छ । खास गरेर सरकारमा ओली नेतृत्वको सरकारमा संयुक्त सहभागिता, प्रचण्ड सरकारले संसदमा प्रस्तुत गरेको दोस्रो संविधान संशोधनका विरुद्ध संसदभित्र र देशव्यापी रुपमा चलेको आन्दोलनमा एमालेसित देशव्यापी रुपमा कायम भएको एकता आदि समेतका कारणले स्थानीय चुनावमा पनि जनमोर्चाको चुनावी तालमेल सम्बन्धी वार्ता बढी एमालेसित नै हुने गर्यो ।
यस अनुसार बाग्लुङमा स्थानीय चुनावका सन्दर्भमा उनीहरुसित कार्यगत एकता नै भयो भने प्यूठानमा पनि त्यसका लागि लिखित सम्झौता नै भएको थियो ।
Advertisment
एमालेसित हुने गरेका विभिन्न चुनावी तालमेलहरुमा हाम्रा धेरै नै कटु र अप्रिय अनुभवहरु रहने गरेका छन् । त्यस सिलसिलामा सबैभन्दा महत्वपूर्ण कुरा यो हुने गरेको छ कि उनीहरुसित कायम भएको चुनावी तालमेलमा उनीहरु कैयौंपल्ट इमान्दार रहने गरेका छैनन् र अन्तर्घात गर्ने गरेका छन् ।
जनमोर्चाले आपसमा कायम भएको समझदारीलाई सधैं नै इमान्दारिता र दृढतापूर्वक लागू गर्ने गरेको छ । तर, संसदीय चुनावका बेलामा एमालेले भैरव रेग्मीलाई राष्ट्रिय सभामा समर्थन गर्ने सझदारी भएको थियो । तर, उनीहरुले अन्तर्घात गरेर राजेश्वर देवकोटालाई समर्थन गरेर जिताए ।
तेस्रो संसदीय चुनावमा एमालेसित चुनावी तालमेल हुँदा एमालेले कपिलवस्तुमा दुर्गा पौडेललाई समर्थन गर्ने समझदारी भएको थियो । तर, उनीहरुले अन्तर्घात गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई भोट दिएर जिताए ।
केही समय पहिले भएको कर्मचारीको चुनावमा जनमोर्चाको पक्षले एमालेको प्यानललाई समर्थन गर्ने र चुनावपछि उनीहरुले जनमोर्चा पक्षलाई केन्द्रमा एक सिट दिने समझदारी भएको थियो । चुनावपछि उनीहरुले केन्द्रमा अध्यक्षसहित ८ सिट जिते । तर, जनमोर्चा पक्षलाई एक सिट पनि दिन अस्वीकार गरे ।
यसरी एमालेले बारम्बार स्वयं आफ्नो समझदारीप्रति इमान्दार नहुने गरेका कैयौं उदाहरणहरु छन् । अहिलेको स्थानीय चुनावको बेलामा पनि एमालेका त्यस प्रकारका प्रवृत्तिहरु बारम्बार देखापर्ने गरेका छन् ।
स्थानीय चुनावमा पनि अन्तरघात
बाग्लुङमा एमालेसित राष्ट्रिय जनमोर्चाको तालमेल भएको थियो । तर, उनीहरुले कैयौं ठाउँमा अन्तर्घात गरे ।
ढोरपाटनमा नगरपालिकाको प्रमुखको पदमा उनीहरुले राजमोे उम्मेदवारलाई समर्थन गर्ने लिखित समझदारी नै बनेको थियो । तर, उनीहरुले अन्तिम समयमा आफ्नो मान्छेलाई उम्मेदवार बनाए र जिताए पनि ।
जैमुनि नगरपालिकामा उनीहरुले प्रमुख पदमा राजमो उम्मेदवार नरबहादुर पुनलाई समर्थन गर्ने र उपप्रमुख पदमा हामीले एमालेको उम्मेदवारलाई समर्थन गर्ने समझदारी भएको थियो । तर त्यहाँ पनि उनीहरुले अन्तर्घात गरे र राजमो उम्मेदवारहरुलाई हराए र आफ्नो उपप्रमुखको उम्मेदवारलाई विजयी बनाए ।
प्यूठानमा राजमो र एमालेको बीचमा चुनावी तालमेलबारे लिखित सम्झौता समेत भइसकेको थियो । तर पछि एमाले पक्षले त्यस प्रकारको समझदारीको कैयौं ठाउँमा विरोध गर्यो । स्वर्गद्वारी नगरपालिकामा राजमोका वीरबहादुर पुनलाई प्रमुखमा समर्थन गर्ने समझदारी भएको थियो । तर, स्वर्गद्वारीका एमालेका कार्यकर्ताहरुले बैठक नै गरेर उहाँलाई भोट नदिने निर्णय मात्र गरेनन्, त्यस प्रकारको समझदारीलाई बदर गर्न एमालेको जिल्ला कार्यालयमा जुलुस नै लगेर गए ।
पछि एमालेको जिल्ला नेतृत्वले पहिलेको समझदारी कायमै राख्ने भनी वक्तव्य दियो । तर, स्वर्गद्वारीमा एमालेका कार्यकर्ताहरुले आफ्नो विरोधलाई कायम राखे ।
झिम्रुक गाउँपालिकामा तिलक जीसीलाई अध्यक्ष पदमा समर्थन गर्ने समझदारी भएको थियो । तर, त्यो गाउँपालिकाका एमालेका कतिपय सदस्यहरुले बैठक नै गरेर राजमोको अध्यक्ष पदको उम्मेदवारलाई भोट नदिने निर्णय गरे । एमालेको जिल्ला नेतृत्वले पनि पहिले राजमोका उम्मेदवारहरुलाई समर्थन गर्ने समझदारी भएका कतिपय वडाहरुमा एमालेका नै उम्मेदवार हुनुपर्छ भनेर दावी गर्न थाले ।
यस प्रकारको पृष्ठभूमिमा राष्ट्रिय जनमोर्चाको जेठ १५ गते बसेको जिल्ला समितिको बैठकले एमालेसित भएको चुनावी तालमेलको सम्झौतालाई भंग गर्ने निर्णय गरी वक्तव्य समेत जारी गरेको छ ।
एमालेसित हुने गरेका विभिन्न चुनावी तालमेलमा उनीहरुले बारम्बार अन्तरघात गर्ने गरेका छन् । तर, त्यो कारणले राजनीतिक प्रश्नहरुमा उनीहरुसित हुने एकताबाट पछाडि हट्ने हाम्रो कहिल्यै पनि दृष्टिकोण रहेको छैन । उनीहरुसित पहिले भएका कैयौं चुनावी तालमेलहरुमा उनीहरुले धोका दिनुका बाबजुद जुन राजनीतिक प्रश्नहरुमा उनीहरुसित एकता हुन सक्दथ्यो, त्यसबारे हामीले उनीहरुसित बिना हिचकिचाहट एकता गर्ने नीति अपनाउँदै आएका छौं ।
अहिले बाग्लुंग र प्यूठानमा चुनावी तालमेल बारे उनीहरुले अपनाएका अवाच्छित प्रकारका तौरतरिकाहरुका बाबजुद राष्ट्रिय प्रश्नमा उनीहरुले अपनाउने सकारात्मक नीति वा अडानलाई समर्थन गर्ने वा आवश्यकतानुसार कार्यगत एकता गर्ने हाम्रो नीति कायमै रहेको छ । यो कुरा देशका अन्य राजनीतिक शक्तिहरुबारे पनि सत्य हो ।
अहिले बाग्लुङ वा प्यूठानमा उनीहरुले अपनाएका गलत प्रकारका तौरतरिकाका बाबजुद चुनावपछिका विकास कार्यहरु वा अन्य प्रश्नहरुमा सहमति हुन सक्ने विषयमा आपसमा एकता कायम गरेर काम गर्ने हाम्रो प्रयत्न भइरहने छ ।
बाग्लुङको चुनाव समाप्त भइसकेको छ । तर, प्युठानको चुनाव हुन बाँकी नै छ । उनीहरुसित भएको वार्ता र तालमेलको सम्झौता भंग भएको छ र अब त्यहाँउनीहरुसित पुनः चुनावी तालमेलको सम्भावना छैन । तर, त्यो कारणले हामी निराश छौं भन्ने होइन । हामीले आफ्नो पार्टीको इतिहासमा कैयौंपल्ट नेपाली काँग्रेस, एमाले वा माओवादीसँग एक्लै लामो समयदेखि संघर्ष गर्दै आएका छौं ।
हामीले मूल रुपमा सिद्धान्त, आस्था वा मूल्य र मान्यताको राजनीति गर्दछौं । त्यस आधारमा हामी कुनै पनि ठूलोभन्दा ठूलो राजनीतिक शक्ति वा सरकारसित संघर्षका लागि कहिल्यै पछाडि हट्ने, हिच्किचाउने वा आत्मसमर्पण गर्ने गरेका छैनौं ।
त्यस प्रकारको गौरवपूर्ण इतिहासको सन्दर्भमा, अहिले स्थानीय चुनावको सन्दर्भमा कुनै राजनीतिक पक्षसित हाम्रो तालमेल हुन्छ वा हुँदैन ? यो कुराले हाम्रा लागि निर्णयात्मक महत्व राख्दैन । हाम्रो संयुक्त मोर्चा वा कार्यगत एकताको नीति अनुसार कैयौंपल्ट हामीले आन्दोलन वा चुनावको बेलामा अन्य पक्षहरुसित पनि एकता कायम गरेर काम गर्दछौं । तर, एकताका नाममा आफ्ना नीति वा कार्यक्रमलाई तिलाञ्जली दिने हाम्रो परम्परा रहेको छैन ।
केही समय पहिले हाम्रो पार्टीबाट जारी गरिएको एउटा वक्तव्यमा भनिएको थियो: स्थानीय चुनावको सन्दर्भमा विभिन्न पक्षहरुसित पारस्पारिक समझदारी अनुसार चुनावी तालमेल गर्ने हाम्रो नीति हुनेछ । तर, त्यस प्रकारको तालमेल सम्मानजनक प्रकारले हुन नसकेमा त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नु पर्दछ ।’
त्यस अनुसार नै अहिले प्युठानमा एमाले वा कुनै पक्षसित तालमेल नभए पनि हामी दृढतापूर्वक चुनावमा लाग्नु पर्दछ । हामीले बारम्बार यो कुरा स्पष्ट गर्ने गरेका छौं कि चुनाव हाम्रा लागि राजनीतिक संघर्ष वा जनतालाई राजनीतिक रुपले प्रशिक्षण गर्ने एउटा माध्यम हो । त्यसकारण त्यस प्रकारको नीतिअनुसार नै अहिले चुनावको अभियानलाई सफल पार्ने प्रयत्न गर्नुपर्दछ । यो कुरा प्यूठान वा दोस्रो चरणको चुनाव हुन थालिरहेका सबै जिल्लाहरुका सन्दर्भमा पनि सत्य हो ।
जनमोर्चाको तालमेल नीति
कुनै खास बेला वा परिस्थितिको आवश्यकता अनुसार दुश्मन, प्रतिक्रियावादी वा मित्र राजनीतिक शक्तिसित पनि संयुक्त मोर्चा वा कार्यगत एकता गर्नुपर्ने आवश्यकतालाई माक्र्सवादी-लेनिनवादी सिद्धान्तले स्वीकार गर्दै आएको छ । ०४६ को जनआन्दोलन, गिरिजा शासनका विरुद्धको संयुक्त आन्दोलन, महाकाली सन्धि विरोधी आन्दोलन, ०६२-६३ को जनआन्दोलन, लोकमानसिंह कार्की नियुक्ति विरोधी आन्दोलन, अपर कणर्ाली, लिपु लेक आदि विरोधी आन्दोलन, विगतका विभिन्न संसदीय वा स्थानीय चुनावहरु, जनवर्गीय संगठनहरुका विभिन्न चुनावहरु, भारतीय नाकाबन्दी विरोधी आन्दोलन आदिका सन्दर्भमा माओवादी, एमाले, कांग्रेस मधेसवादी, राप्रपा समेतसित पनि राष्ट्रिय जनमोर्चाले कार्यगत एकता गर्दै आएको छ ।
राष्ट्रपतिको चुनावमा जनमोर्चाले रामवरण यादवलाई पनि समर्थन गरेको थियो । त्यही कार्यगत एकताको नीतिअनुसार नै चित्रबहादुर के.सी.को नेतृत्वमा राष्ट्रिय जनमोर्चा ओली नेतृत्वको सरकारमा सामेल भएको थियो ।
बेग्लाबेग्लै समयमा अपनाएका कार्यगत एकताका नीतिहरुसित सम्बन्धित एउटा अर्को पक्षप्रति पनि हामीले प्रकाश हाल्न चाहन्छौं ।
हामीले बेग्लाबेग्लै समयको आवश्यकता अनुसार कुनै पक्षसित कार्यगत एकता गरे पनि त्यससित भएका मतभेदहरु बारे आवश्यकतानुसार विरोध वा संघर्ष गर्ने नीतिलाई कहिल्यै पनि तिलाञ्जली दिने गरेका छैनौं । ०४६ सालको आन्दोलनमा कांग्रेसप्रति कार्यगत एकताको नीति अपनाए पनि पछि गिरिजा शासनका विरुद्ध वामपन्थी शक्तिहरुको साढे २ वर्षसम्म संयुक्त आन्दोलन चलेको थियो । जसमा नेकपा मसाल पनि लगातार सामेल भएको थियो ।
त्यस्तै ०६२-६३ को आन्दोलनमा माओवादीसित कार्यगत एकता गरे पनि पछि त्यसका गलत नीतिहरुका विरुद्ध हामीले लगातार संघर्ष गर्ने नीति अपनाएका थियौं । महाकाली सन्धिका विरुद्ध राप्रपासित कार्यगत एकता गरे पनि पछि त्यसका गलत नीतिहरुका विरुद्ध हामीले लगातार संघर्ष गरिरह्यौं ।
एमालेको नेतृत्वमा सरकारमा सामेल भए पनि राजमोले ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको दोस्रो संविधान संशोधन विधेयकका विरुद्ध मतदान गरेको थियो । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले अहिलेको स्थानीय चुनावको सन्दर्भमा पनि आफ्नो नीति निर्धारित गरेका छौं ।
हाम्रो शुरुदेखि नै यो मत रहेको थियो कि जुन राजनीतिक शक्तिहरु मिलेर संविधानको निर्माण गरे, संविधानको कार्यान्वयनको लागि पनि उनीहरुका बीचमा एकता कायम हुनुपर्छ । यस सिलसिलामा मुख्यतः एमाओवादी, एमाले र नेकाको बीचमा एकता कायम हुनुपर्छ भन्ने कुरामा जोड दिँदै आएका थियौं । ती बेग्लाबेग्लै राजनीतिक शक्तिहरु वा संविधानमा समेत हाम्रो गम्भीर प्रकारका मतभेदहरुका बाबजुद आफ्ना मतभेदहरुलाई सुरक्षित राख्दै संविधानको कार्यान्वयनमा उनीहरुले गर्ने प्रयत्नहरुलाई समर्थन गर्ने हाम्रो नीति रहेको थियो ।
तर, भारतीय विस्तारवादको षडयन्त्रका कारणले उनीहरुका बीचको त्यो एकता बारम्बार खण्डित हुँदै गयो । भारतले पहिले सुशील कोइरालालाई प्रधानमन्त्रीको प्रलोभन दिएर ने.का.लाई फुटायो भने पछि प्रचण्डलाई त्यही प्रकारको प्रलोभन दिएर माओवादी केन्द्रलाई फुटायो । त्यसरी संविधानको निर्माणको क्रममा उनीहरुका बीचमा कायम भएको एकता टिक्न सकेन । तैपनि हाम्रो पार्टीले ०६२-६३ को आन्दोलन वा संविधानको निर्माणको कालमा उनीहरुसित कायम भएको कार्यगत एकताको नीतिलाई अहिले पनि परिवर्तन गरेको छैन ।
अहिले स्थानीय चुनावको सन्दर्भमा पनि हामीले संविधानको निर्माणको क्रममा एकता कायम भएका माओवादी केन्द्र, एमाले वा ने.का.सित आवश्यकतानुसार कार्यगत एकता गर्ने हाम्रो नीति रहेको छ ।
निश्चय नै कुनै जिल्लाको स्थिति, आवश्यकता र परस्परमा कायम हुन सक्ने समझदारी अनुसार तीमध्ये कुनै पक्षसित कार्यगत एकता गर्ने वा नगर्ने बारे निर्णय गर्ने अधिकार सम्बन्धित जिल्ला समितिलाई नै दिएका छौं ।
(सिंह राष्ट्रिय जनमोर्चाको मातृ पार्टी नेकपा मसालका महामन्त्री हुन् ।

राष्ट्रिय जनमोर्चाको गुल्मीमा चुनावी कार्यक्रम जारी


No automatic alt text available.

तमघास । राष्ट्रिय जनमोर्चा क्षेत्रकोट गाउँपालिकाको आयोजनामा २०७४ जेठ २ गते हर्दिनेटामा चुनावी सभा सम्पन्न भएको छ ।
राजमो हर्दिनेटा गाउँसमितिका सचिव दधिराम कँडेलको अध्यक्षता तथा गाउँ समिति संयोजक गुमान पुनको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा रहनु भएको थियो ।
कार्यक्रममा राजमो गुल्मी जिल्ला अध्यक्ष जीवन राना, सचिव छविलाल सर्तुङी, महिला सङ्घकी गुन कुमारी रेश्मी, मूल प्रवाह अभाने एकता समाजका कुल बहादुर रेश्मी मगर, गाउँपालिकाका उपमेयर पदका उम्मेदवार चम्पा पुन, गाउँ समिति अध्यक्ष चेत नारायण भण्डारी, जनजाति नेता कमल पुलामी, महिला नेतृ राधा शर्मा लगायतले आ–आफ्ना मन्तव्य राख्नु भएको थियो ।
बलिथुममा सभा
गुल्मी दरबार गाउँपालिकाको बलीथुममा जेठ ३ गते सभा सम्पन्न भएको छ ।
राजमो गुल्मी दरबार गाउँ समिति अध्यक्ष नर बहादुर माझकोटी मगरको अध्यक्षता तथा अखिल नेपाल युवक सङ्घका जिल्ला संयोजक तारा कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जनजाति नेता राम बहादुर बुढा रहनु भएको थियो । त्यसै गरी कार्यक्रममा छविलाल सर्तुङी, राजमो जिल्ला सदस्य हरि न्यौपाने, गुल्मी दरबार गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार विष्णु माझी र कुल बहादुर रेश्मीको पनि आतिथ्यता रहेको थियो भने रक्तिम कलाकारद्वारा स्वागत गीतबाट कार्यक्रमको स्वगत गरिएको थियो ।
देउरालीमा पनि सभा
मुसीकोट नगरपालिकाको देउरालीमा जेठ ५ गते सभा सम्पन्न भएको छ ।
राजमो मुसीकोट गाउँ समिति अध्यक्ष इश्वरी आचार्यको सभापतित्व, समता समाजका नेता बुद्ध कुमार सुनारको सञ्चालन तथा राजमो वडा गाउँ समिति सचिव अर्जुन परियारको स्वागतबाट अगाडि बढेको जनसभामा प्रमुख अतिथि राम बहादुर बुढा हुनु हुन्थ्यो भने अतिथिहरूमा राजमो जिल्ला सचिव छविलाल सर्तुङी, समता समाजका जिल्ला अध्यक्ष केशर विक, मुसिकोट नगरपालिकाका प्रस्तावित मेयर पदका उम्मेदवार मोहन लाल श्रेष्ठ लगायत हुनु हुन्थ्यो ।
इश्मामा समिति गठन
यस्तै, जेठ ६ गते इश्मा गाउँपालिकाको वडा नं. ३ दर्लामचौरमा पनि राजमोले चुनावी सभा सम्पन्न भएको छ । राजमो इश्मा गाउँ समितिका सह–संयोजक लक्ष्मण पन्थीको अध्यक्षता, जिल्ला सदस्य गुमान सिंह पुनको सञ्चालन तथा गाउँ समिति सचिव खुम बहादुर खत्रीको स्वागतबाट कार्यक्रम अघि बढेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि राम बहादुर बुढा रहनु भएको थियो भने वक्ताहरूमा इश्मा गाउँपालिकाका प्रस्तावित अध्यक्ष पदका उम्मेदवार राजमो गुल्मीका का.वा. अध्यक्ष रामेश्वर खत्री, वडा नं. ३ का प्रस्तावित वडा अध्यक्षको उम्मेदवार खिम कुमारी खत्री, छविलाल सर्तुङी, छत्रकोट समिति सदस्य खिम बहादुर बुर्जा मगर, राजमो धुर्कोट गाउँपालिका सह–संयोजक रविन्द्र भण्डारी, इश्मा गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार खिमा पाण्डे लगायत रहनु भएको थियो ।
सोही अवसरमा दर्लामचौरमा राजमो वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो ।
मदानेमा सांस्कृतिक सभा
मदाने गाउँपालिकाको बाँझकटेरीमा जेठ ७ गते राजमोले सांस्कृतिक सभा सम्पन्न गरेको छ । राजमो बाँझकटेरी गाउँ समितिका अध्यक्ष टीका केसीको अध्यक्षता, जिल्ला सदस्य चिन्तामणि भट्टराईको सञ्चालन तथा राजमो सिर्सेनी गाउँ समितिका सदस्य प्रेम प्रकाश अर्यालको स्वागतबाट कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा राम बहादुर बुढा प्रमुख अतिथि हुनु हुन्थ्यो भने अतिथिहरूमा रामेश्वर खत्री, छविलाल सर्तुङी, चन्द्र प्रकाश भट्टराई, मदाने गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार पार्वता केसी, धुर्केट गाउँपालिकाका प्रस्तावित अध्यक्ष पदका उम्मेदवार बाबुराम थापा लगायत हुनु हुन्थ्यो ।
सोही अवसरमा माओवादी–केन्द्र सहित विभिन्न दलबाट राजमोमा प्रवेश गरेका कार्यकर्ताहरूलाई राम बहादुर बुढाले अविर लगाएर स्वागत गर्नु भएको थियो । ती सबै सभाहरूमा रक्तिमका कलाकार उषा थापा मगर, जनक श्रीस मगर, राधिका सर्तुङी लगायतले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
छत्रकोटको द्वौघामा सभा सम्पन्न
राजमोले अगाडि बढाएको चुनावी अभियान अन्तर्गत छत्रकोट गाउँपालिका वडा नं. ६ को द्वौघामा पनि सभा सम्पन्न भएको छ ।
जेठ ९ गते सम्पन्न सभाको अध्यक्षता द्वौघा गाउँ समितिका अध्यक्ष मान बहादुर थापाले गर्नु भएको थियो भने सञ्चालन राजमो जिल्ला सदस्य गुमान सिंह पुनले गर्नु भएको थियो । जनजाति नेता राम बहादुर बुढा प्रमुख अतिथि एवं अतिथिहरू राजमो जिल्ला सचिव छविलाल सर्तुङी, वडा नं. ६ का उम्मेदवार कृष्ण बहादुर रेश्मी र नेकपा (एमाले) गाउँ समितिका अध्यक्ष थम्मन ज्ञवाली रहनु भएको थियो ।
चोरकाटेमा सभा
त्यसै गरी, राजमोले सत्यवति गाउँपालिकाको चोरकाटेमा पनि सभा सम्पन्न जेठ १० गते सभा सम्पन्न गरेको छ । नेता कमल पुलामीको अध्यक्षताबाट अगाडि बढेको कार्यक्रमको सञ्चालन गुमान सिंह पुनले गर्नु भएको थियो । राम बहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको अतिथिहरू छविलाल सर्तुङी, राजमो छत्रकोट गाउँपालिकाका सदस्य खिम बुचा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य उषा थापा, टीकाराम भण्डारी, विष्णु प्रसाद भण्डारी, लक्ष्मण आले, जीवलाल भण्डारी, राजु भण्डारी, प्रवीण भण्डारी, रवि भण्डारी र बल बहादुर पुलामी रहनु भएको थियो । प्रजातान्त्रिक विकेन्द्रीयता संविधानको कार्यान्वयन, स्थानीय विकासका लागि स्थानीय निर्वाचन भन्ने मूल नारा सहित चुनावी सभा सम्पन्न भएको थियो । ती सबै सभाहरूमा रक्तिमका कलाकार उषा थापा मगर, जनक श्रीस मगर, राधिका सर्तुङी लगायतले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
बराहमा राजमोको नगर समिति
इटहरी । राष्ट्रिय जनमोर्चाले पूर्वाञ्चलमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र स्थानीय निर्वाचनको प्रचार प्रसारलाई एक साथ अगाडि बढाई रहेको छ । दोस्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा राजमोले पूर्वाञ्चलको सुनसरीमा पनि प्रचार प्रसार र सङ्गठन विस्तारको क्रमलाई तीव्रता दिएको हो ।
सुनसरी जिल्लामा सङ्गठनात्मक अभियानलाई अघि बढाउने सिलसिलामा बराह नगरपालिकामा राजमोले नगर समिति गठन गरेको छ । राष्ट्रिय जनमोर्चाका नेता हरिकान्त शर्मा र राजमो सुनसरीका अध्यक्ष अमृत पाण्डेको विशेष उपस्थितिमा २०७४ जेठ ११ मा सम्पन्न एक भेलाले सो समिति गठन गरेको हो ।
गठित समितिको अध्यक्षमा तिर्थराज कोइराला रहनु भएको छ । समितिको उपाध्यक्षमा पूर्ण बहादुर खड्का, सचिवमा बाबुराम चौहान र कोषाध्यक्षमा डम्बर खड्का रहनु भएको छ । समितिका सदस्यहरूमा कृष्ण बहादुर खड्का, भरत खड्का, शान्ता पाण्डे, तारा चौहान र जीत बहादुर भुजेल रहनु भएको छ ।
बर्दिया राजमोको सम्पर्क समिति
गुलरिया । बर्दिया जिल्लाको बरबर्दिया नगरपालिका वडा नं. १ मा राजमोको वडा सम्पर्क समिति गठन भएको छ । तीन सदस्यीय उक्त समितिमा अध्यक्ष टीका बहादुर घर्ती, सदस्यहरू नुमकला रोकाया र सीता मल्ल रहेका छन् । सो सम्पर्क समितिले निर्वाचन प्रचार प्रसारका लागि सदस्यता वितरण एवं जन भेटघाटलाई तीव्रता दिने जनाएको छ ।
यही जेठ ३१ गते हुन गई रहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७ नं. प्रदेशका विभिन्न जिल्लाहरूमा प्रचार प्रसारको अभियान तीव्र रूपमा अगाडि बढाइएको राजमो सेती–महाकालीले जनाएको छ ।
कञ्चनपुरका भिमदत्त नगरपालिका, महाकालीपारीको महाकाली नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँट नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी र लालझाडी गाउँपालिकामा घरदैलो जन भेटघाट लगायत प्रचार प्रसार अभियान जारी रहेको बेलौरी नगरपालिकाका प्रमुख पदका उम्मेदवार एवं राजमो केन्द्रीय सदस्य राजाराम चौधरीले बताउनु भयो । यसै क्रममा बेलौरी नगरपालिकामा लाहानु चौधरीको अध्यक्षतामा एक सय ५१ सदस्यीय प्रचार समिति गठन गरेको छ ।
यस्तै कैलालीका गाउँगाउँमा पनि प्रचार प्रसार चली रहेको राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्यले बताउनु भयो । कैलालीमा तेह्र वटा स्थानीय तह छन् ।
राजमोको टोल समिति गठन
प्युठान । बुबागाउँ बाग्दुलामा राजमोले २०७४ जेठ २ गते टोल समिति गठन गरेको छ । समितिको अध्यक्षमा प्रेम बहादुर महरा, उपाध्यक्षमा शङ्कर पुन मगर, सचिवमा प्रेम बहादुर खड्का, सहसचिवमा सुकमती रावत र कोषाध्यक्षमा सुकलाल घर्ती तथा सदस्यहरूमा रेशम घर्ती, खिम बहादुर बुढा, सन्तराम बुढा, मन कुमारी रोका तथा सल्लाहकारमा खलवीर पुन रहनु भएको छ ।
हांक साप्ताहिक

Tuesday, May 30, 2017

नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय


वक्तव्य

आर्थिक वर्ष २०७४–७५ को बजेट वक्तव्य यही २०७४ साल जेष्ठ १५ गते जारी संसदमा प्रस्तुत भयो । स्थानीय तहको दोस्रो चरणको चुनावभन्दा पहिले बजेट प्रस्तुत गर्न निर्वाचनको आचार संहिताका विरुद्ध हुने भएकाले २०७४–७५ को बजेटमा नयाँ योजनाहरू पेश नगर्ने गरी बजेट प्रस्तुत गरिएको छ । त्यसरी जुन प्रकारको स्थितिमा यो बजेट प्रस्तुत गरियो, त्यो स्थितिको सिर्जना स्वयं सरकारको अदुरदर्शी नीतिका कारणले नै भएको हो । बजेट प्रस्तुत गर्न संविधानमा निर्धारित जेष्ट १५ गतेको मीतिभन्दा पहिला नै दोस्रो चरणको चुनावको मिति ठेगान गर्न सकिन्थ्यो, त्यसो गरिएको भए सरकारले अगाडि पहिलेको बजेटलाई नै निरन्तरता दिनु पर्ने वाध्यतात्मक परिस्थिति उत्पन्न हुने थिएन । त्यसरी जुन स्थितिको सृजना भयो, त्यसले सरकारको अक्षमतालाई नै बताउँछ । सरकारको त्यस प्रकारको अक्षमताका कारणले देश र जनताले बजेटद्वारा योजनाहरू प्राप्त गर्ने अवसरबाट बञ्चित हुन गएका छन् ।
अहिले सरकारले ठूलो आकारको बजेट ल्याएको छ । तर गत अनुभवले बताउँछ कि जति ठूलो आकारको बजेट ल्याए पनि त्यसको अत्याधिक ठूलो अंशको खर्च नै हुँदैन । खास गरेर प्रशासन यन्त्रको नोकरशाही र भ्रष्ट स्वरूप तथा तल्ला निकायहरूमा पनि उपयुक्त निकायहरूको अभावमा बजेटको ठूलो भाग खर्च नै हुँदैन । त्यसबाट देशको विकास बारम्बार कुण्ठित हुने वा पछाडि पर्ने गर्दछ । अहिलेको बजेटमा पनि जुन कारणले बजेटको ठूलो अंशको खर्च हुने गर्दैन, त्यो अर्थमा सुधारको लागि पनि कुनै ठोस कार्यक्रम ल्याइएका छैनन् । त्यसकारण नयाँ आ.व.मा पनि पुरानो इतिहासको नै पुनरावृत्ति हुने बढी सम्भावना छ ।
गाउँपालिका वा नगरपालिकाहरूका लागि जुन बजेट छुट्याइएको छ, आवश्यकताका तुलनामा त्यो धेरै नै कम छ । त्यसका लागि अहिले जेजति बजेट छुट्याइएको छ त्यसको ठूलो माग कर्मचारीको तलब भत्ता वा कार्यकर्ताहरूको व्यवस्थापनहरूमा नै खर्च हुने छ । त्यो अवस्थामा जनकल्याण वा विकाससम्बन्धी कार्यहरूको लागि अत्यन्त कम रकम बच्ने छ । अहिलेका गाउँपालिका वा नगरपालिकाहरूका आकार पहिलेका गाविसहरू वा नगरपालिकाहरूको आकारभन्दा कैयौँ गुणा ठूला छन् । त्यो अर्थमा नयाँ गठित गाउँपालिका वा नगरपालिकाहरूको विकासमा अहिले छुट्याइएको रकमबाट खास मद्दत नपुग्ने कुरा निश्चित छ । त्यही पनि बीस वर्षपछि स्थानयि निर्वाचनको कार्य सम्पन्न भएकोले स्थानीय निर्वाचनमा जनपरिचालन र विकास कार्यमा समेत केही न केही मद्दत पुग्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिलेको बजेट वा स्थानीय निर्वाचनबाट सङ्घीय व्यवस्थाको कार्यान्वयन हुने आधार तयार हुने कुरा गरिएको छ । तर स्थानीय निर्वाचन हुँदैमा सङ्घीय व्यवस्थाको कार्यान्वयन हुन्छ वा आधार तयार हुन्छ भन्ने होइन । स्थानीय तह वा निकायहरूको चुनाव एकात्मक प्रणाली अन्तर्गत पनि हुने कुराहरू हुन् । त्यसकारण स्थानीय निर्वाचन हुँदैमा सङ्घीय व्यवस्थाको आधार तयार भयो भन्ने निष्कर्षमा पुग्नु सही हुँदैन ।
कृषि देशको अर्थतन्त्रको मेरुदण्ड र अर्थतन्त्रको एउटा मुख्य आधार हो । कृषिको विकासका लागि त्यसको आधुनिकीकरण गर्दै जाने कुरामा बजेटले जोड दिएको छ र त्यसको लागि कतिपय सुधारसम्बन्धी कार्यक्रमहरूको पनि उल्लेख गरिएको छ । तर कृषि माथिको सामन्ती भूस्वामित्वको अन्त्य गर्ने, हदभन्दा बढी जमीन गरिब र सुकुम्बासी किसानहरूलाई वितरण गर्ने जस्ता प्रारम्भिक प्रकारका भूमिसुधारका कामहरूलाई पनि बजेटले समावेश गरेको छैन । त्यो अवस्थामा कृषि उत्पादनमा तीव्र गतिले विकास हुन नसक्ने र मेहनतकश किसानहरूको अवस्थामा सुधार हुन नसक्ने कुरा प्रष्ट छ । बजेटले देशमा विद्यमान जलसम्पदाको लगानी र विद्युतको विकासमा जोड दिने कुरा गरेको छ । तर नेपालको जलसम्पादमाथि ठूलो पैमानामा विदेशीहरूको स्वामित्व भएको अवस्थामा नेपालको जलसम्पदा नेपालको लागि नै उपयोग हुने वा त्यसमाथि विदेशीहरूको प्रभूत्व खतम गर्ने कार्यहरू नगरिकन नेपालको जलसम्पदा र उर्जा समेतको समुचित रूपमा विकास हुने र त्यसबाट नेपालको विकासमा मद्दत पुग्ने सम्भावना अत्यन्त कम छ । बजेटले त्यो दिशामा कुनै खास ध्यान दिएको पाइन्न ।
बजेटले उद्योग र व्यापारको विकासको कुरा गरे पनि राष्ट्रिय उद्योग र व्यापारलाई विदेशी प्रतिस्पर्धाबाट संरक्षण गर्ने र देशमा बढ्दै गएको विदेशी प्रभूत्वलाई कम गर्ने दिशामा कुनै ठोस नीति अपनाएको देखिन्न ।
देशमा पर्यटनको विकासका लागि व्यापक सम्भावनाहरू छन् र सरकारले परम्परागत प्रकारको पर्यटन व्यवसायलाई यथास्थितिमा राख्नु बाहेक पर्यटनको विकासको दिशामा कुनै ठोस कार्यक्रम प्रस्तुत गरेको छैन । खास गरेर ग्रामीण पर्यटन र त्यसको लागि पूर्वाधार तयार पार्नका लागि बजेटले कुनै कार्यक्रम ल्याएको छैन ।
चीनसितको वानवेल्ट–वानरोड तथा केरुङबाट लुम्बिनीसम्म रेल लाइनको निर्माणसम्बन्धी योजनाहरूले राष्ट्रिय रूपले नै निर्णयात्मक महत्वव राख्दछ । तर पहिले चीनसित भएका कैयौँ सम्झौता कार्यान्वयन गर्ने प्रश्नमा सरकारले उपेक्षाको नीति अपनाएको कुरामाथि विचार गर्दा अहिलेका यी योजनाहरू पनि कहाँसम्म कार्यान्वयन गरिने छ भन्न मुस्किल पर्दछ । खास गरेर भारतीय विस्तारवादको दवाव र छिटै बन्ने सम्भावित देउवा सरकारको प्रधानमन्त्रीत्व कालमा सरकारले उक्त विषयहरूलाई कार्यान्वयन गर्न कहाँसम्म ध्यान दिने छ यो विचारणीय प्रश्न हो ।
बजेटले नेपालको व्यापार घाटा निकै बढेको देखाएको छ । तर त्यो घाटा कम गर्न कुनै ठोस कार्यक्रम अगाडि ल्याइएको छैन । खास गरेर नेपालका राष्ट्रिय उद्योगहरूलाई विदेशी प्रतिस्पर्धाबाट संरक्षण गर्ने, विदेशी आयातमाथि कडा भन्सार नीति अपनाउने व्यापारको विविधिकरणमा जोड दिने कार्य नगरीकन व्यापारको घाटा कम हुने छैन ।
नेपालीहरू ठूलो सङ्ख्यामा विदेशमा बस्दछन् । उनीहरूलाई आफू बसेको देशहरूमा नै मतदान गर्ने व्यवस्था गर्नका लागि बजेटले कुनै खास कार्यक्रम प्रस्तुत गरेको छैन । बजेटमा देशमा सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने कुरामा जोड दिएको छ । त्यो सही नीति हो । तर त्यो गर्ने बेलामा त्यसका दुरवर्तीय ग्रामीण क्षेत्रमा फैलिएका एतिहासिक र पुरातात्विक महत्वका स्थानहरूको पनि संरक्षण र उत्खननमा जोड दिनु पर्दछ । त्यसो गरेमा नै देश सांस्कृतिक दृष्टिकोणले पनि समृद्धशाली बन्न सक्ने छ ।
वातावरणको संरक्षणको प्रश्न पनि राष्ट्रिय महत्वको विषय हो । त्यसको रक्षामा बजेटले जुन जोड दिएको छ, त्यो सकारात्मक महत्वको विषय हो । तर चुरे पहाडको उत्खनन, क्रसर उद्योगको अनियन्त्रित रूपमा विकास, बालुवा, गिट्टि, ढुङ्गाहरूको बढ्दो विदेशमा निकासी र तस्करी, बनजङ्गलको विनास आदिले गर्दा वातावरणको संरक्षणको प्रश्न अत्यन्त गम्भीर बन्दै गइरहेको छ । ती र पर्यावरणसितसम्बन्धी सबै प्रकारका वाधाहरूमा नियन्त्रण गरेर पर्यावरणको प्रभावशाली प्रकारले संरक्षण गर्नेतिर बजेटले कुनै खास उपायहरू अगाडि ल्याएको देखिन्न । बजेटले दुई छिमेकी मुलुकहरूसित समदुरीको सम्बन्ध राख्ने कुरामा जोड दिएको छ । त्यो अत्यन्त महत्वपूर्ण नीति हो । तर अहिले माओवादी र ने.का.को गठबन्धन सरकारले जुन प्रकारका नीतिहरू अपनाइरहेको छ, त्यसबाट त्यस प्रकारको समदुरीको नीतिलाई व्यवहारिक रूप दिन वर्तमान सरकार कहाँसम्म सफल होला ? त्यसबारे शङ्का गर्नको लागि प्रसस्त ठाउँ छ ।

मिति – २०७४ जेष्ठ १६ गते
मोहनविक्रम सिंह
महामन्त्री

Image may contain: 2 people

कतार नेपाली एकता समाज अन्तर्गत सलता एरिया समितिको भेला सम्पन्न भएको छ ।


उद्धव मगर दोहा कतार
 मिति २०१७ मई २६ का दिन कतार नेपाली एकता समाज मातहत रहेको सलता एरिया समितिको भेला सम्पन्न भएको छ । यस भेलाका अध्यक्षता सलता एरिया अध्यक्ष तेजविर घर्ती मगरको रहेको थियो भने प्रमुख अतिथी एकता समाज केन्दि«य अध्यक्ष लुमाकान्त पुन मगरको  अतिथ्य रहेको कार्यक्रममा अतिथी के.स.का सदस्य सत्य बहादुर पुन रहेको यस कार्यक्रममा सञ्चालन एरिया समितिका सचिव केशर बहादुर पुनले सञ्चालन गर्नु भएको थियो उक्त कार्यक्रममा स्वागत मन्तव्य एरियाका उपाध्यक्ष सासिलकराम पुनले हलमा उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको छ । भेलमा नयाँ कार्यसमितिमा चयन हुनु भएका पदाधिकारीहरु निम्न रहेका छन् अध्यक्ष, शालिकराम पुन, उपाध्यक्ष,मिन बहादुर वि.क, सचिव केशर बहादुर पुन मगर, कोषाध्यक्ष, बोम बहादुर बुढा, सदस्य दिल बहादुर वि.क, मुक्त बहादुर घर्ती इन्द« बहादुर लिम्बु, तेज बहादुर घर्ती, हरिलाल चौधरी, सल्लाहाकार केशर पुन, तेजविर घर्ती, मिनराज पुन, रिक्त दुइ स्थान सहित १४ सदसीय चयन गरिएको छ । यस कार्यक्रमका प्रमुख अतिथी लुमाकान्त पुन मगरले निर्वाचित सबै पदाधिकारी लगाएत सम्पुर्णलाई शुभकामना दिनु भएको थियो । अन्तमा यस कार्यक्रमका अध्यक्ष तेजविर भर्तीले कार्यक्रम सौहाद«पुर्ण वातावरणमा सु सम्पन्न भएको घोषणा गर्नु भएको थियो । 

देश भक्तका मनको भावना

Image may contain: 1 person, closeup

देश भक्तका  मनको भावना           

जे बी राई 


मेरो प्यारो देश नेपाल प्रा ण भन्दा पनि प्यारो लाग्छ ! आज यिनै प्यारो देशका राजनैतिक दलहरु माथी प्रस्नचिन्न उथेकोछ ? भारतको झणडा जस्तै डिजाइमा मधेसी दल रा, ज , पा, ले पनि आफ्नो दलको झणडा त्यस्तै बनाएकोछ त्यही झन्डा लाई हेरेर प्रष्ट हुन्छकी राजपा रास्ट्रोयाता प्रती कतिको गम्भीर रहेछ भनेर... ?
यति मात्र हैन अहिले देशमा दोस्रो चरणको निर्बाचन को मुखैमा आएर निर्बाचन बहिस्कार साथै देशब्यापिरुपमा गयर जिम्मेवारी पुर्ण आन्दोलन जस्तो घोषणा गर्नुले देशमा स्थायी शान्ति अ्मन चयन र उन्नति चाहादैनन भन्ने प्रष्ट हुन्छ भने महन्त ठाँकुर ले संविधान सन्सोधन नगरे देश रहदैन भन्नू र सि, के , राउत जस्तो देश द्रोहिले दिएको देश टुक्रायाउने अभिव्यक्ति ले छर्लङ्ग पारिसकेकोछकी यिनिहरुको मनभित्र कालो दागछ ! बिना एजेन्डाको आन्दोलन गर्नुनै यिनिहरुमाथी प्रस्न चिन्न खडा हुन्छ  यी बिखनडन कारी तत्यहरुको उदेस्या लाई बिफल तुल्याउन रास्ट्रप्रेमी जनताहरु सजक हुन अत्यन्तै जरुरी देखिन्छ  




कतारमा नेपाली महिला समाजले गर्यो रक्तदान

कतारमा नेपाली महिला समाजले गर्यो रक्तदान

उद्धव मगर, कतार ।

गत शुक्रबारका दिन कतारमा रहेको गतिशिल एक मात्रै महिला समाजले कतारको सरकारी हस्पिटल हमादमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । महिला समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा कतारमा रहेको विभिन्न वैचारिक संगठन लगाएत जिल्ला संगठनहरुको उल्लेख्य उपस्थित रहेको थियो । यस कार्यक्रममा उपस्थित ८१ जनाले रक्तदान गरेको थियो भने अन्य ४० जना सदस्यहरुको रक्त वदर भएको छ ।

Saturday, May 27, 2017

ओमानमा बुद्ध जयन्ति

ओमानमा बुद्ध जयन्ति 



सालीक राम आचार्य 
  मस्कट ओमान

भगवान गौतम बुद्धको २५६१ औँ जन्मजयन्तिको पावन अबसरमा बुद्ध भिजन ओमानले  भब्य कार्यक्रम गरी बुद्ध जयन्ति मनाएको छ । १९ मई शक्रबारका दिन मस्कट सहरको गुबरा स्थित अलमाहा होटलमा  सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता  बुद्ध भिजन ओमानका उपाध्यक्ष सुजन पण्डितको  रहेको थियो भने अञ्जु लामाको संचालन रहेको थियो ।  
कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुताबास ओमानका कार्यबाहक राजदुत रोजिना ताम्राकारको थियो भने अतिथिहरुमा नेपाली समाज ओमान, जनप्रगतिशिल मञ्च ओमान, ओमान नेपाली एकता समाज, गैर आवासिय नेपाली संघ ओमान, महिला समुह ओमान, दलित एकता संजाल ओमान, प्रवासी मञ्च ओमान, नेपाल मगर संघ, सगरमाथा समुह ओमान, क्रिश्चियन फिलोसोफी ओमान,  नेपाली साहित्य समाज ओमान च्याप्टर, तमु तमाज ओमान, जनसम्पर्क समिती ओमान, तमाङ्ग समाज ओमान लगायतका संघ सस्थाहरुका प्रतिनिधीहरु हरु रहेका थिय ।

  उल्लेख्य नेपालीहरुको उपस्थित रहेको कार्यक्रममा सबै संघ सस्थाहरुका प्रतिनिधीहरुले बुद्धले दिन खोजेको सन्देशलाई ब्यवहारमा उतार्दै अगाडी बढ्नु पर्ने बताएका थिय तथा , प्रवासमा रहेर पनि भगवान बुद्धप्रति समर्पित भई शान्तिको सन्देश फैलाउँने बुद्ध  भिजन ओमानलाई  बिषेश धन्यबाद दिर्दै दुताबास यस्ता कार्यप्रति सदैब हातेमालो गर्दै अगाडी बढ्ने कार्यबाहक राजदुत रोजिना ताम्राकारको  भनाई रहेको थियो ।

शुश्मा तमाङ्ग, सिता तमाङ्ग,  उमेश घिसिङ्ग तमाङ्ग, गिता लिम्बु, पार्वति श्रेष्ठ, दिल प्रसाद पौड्याल,  बेदनिधी आचार्य, खड्ग पाख्रिन तमाङ्ग, रञ्जित आचार्य, सपना वाईवा, सुशिल पुन बिरही, , नारायन ज्ञवाली, शन्देश राई, बिनोद तमाङ्ग आदी स्थानिय कलाकारको बेजोड प्रस्तुतीले कार्यक्रममा रौनकता थपिएको थियो । बुद्ध भिजन ओमानले हरेक कार्यक्रम चितवनमा रहेको सहाराको घरको सहयोगार्थका लागी गर्दै आएको छ जसमा सबै संघ संगठनहरु पनि आगामी दिनमा सहभागी हुन चाहेको बताएका थिए ।

































Tuesday, May 16, 2017

सच्चा देश भक्ति ले यो कुरा बुझ्न जरुरि रहेछ

सच्चा देश भक्ति ले यो कुरा बुझ्न जरुरि रहेछ

https://www.youtube.com/watch?v=jpliXHWO8Dg#t=67.083833


 https://www.youtube.com/watch?v=atZdzowy_X0



https://www.youtube.com/watch?v=V_N9v-NH82c

सुपा देउराली मन्दिर

                                     सुपा देउराली मन्दिर

नेपालको तिर्थ स्थल मध्ये एक हो सुपा देउराली मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँची जिल्लाको पहिचान हो । चारैतिर बाट चटन नै चटनले बनेको र हरिया पहाडका बिचमा रहेको छ । सुपा मन्दिर धार्मिक, सास्कृतिक र प्राकृतिक रुपले भरिपुणृ रहेको छ यहाँ दर्शन गर्न आउने भक्तजनहरुले स्वच्छ, सफा मनले मागेको कुरा देउराली माताले पुरा गर्छिन भन्ने जन आस्था र विश्वास रहेको छ यहाँ दैनिक भक्तजनहरुको भिड रहन्छ झण्डै ४,५०० फिटको उचाइमा अर्घाखाचँी जिल्लाको मध्ये रहेको छ ।
यस्को स्थापना २०४२ साल भएको थियो । मन्दिरको नजिकै एउटा ठुलो चटनमा मान्छे जस्तो छायाँ छ । भनिन्छ सुपा देउराली माताले लाहुरे टासेकी हुन् लाहुर जदा भाकल गरेर पुरा नगरि पटक पटक छल गरि हिड्दा माताले भिरमा टासेकी हुन भन्ने भनाइ छ । यो भिरलाइ लाहुरे टासीएको भिर भनिन्छ ।
यस मन्दिरमा बलि नचड्ने दिनहरु एकादर्शी औशी राम नवमी ऋषि पन्चमी शिबरात्री अष्ठतृर्तिया श्रीकृष्णा अष्ठमी हुन ।
सुपा मन्दिर हेर्दा अति सुन्दर छ अझ पछिको समयमा बाटो निर्माण गर्ने क्रममा मन्दिर नजिकको खाँची खोला दोभानमा नयाँ गुफा भेटिएको छ । गुफा बाहिरबाट हेर्दा सामान्य भए पनि भित्र शिव लिङ्ग, गणेश जस्ता विभिन्न कलात्मक दृष्य हरु पनि देख्न सकिन्छ

दिनहुँ मेथी भिजाएको पानी

बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, पाउनुहुने छ फाइदैफाइदा


बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, पाउनुहुने छ फाइदैफाइदा
एजेन्सी । के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा:
कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।
जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।
उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।
एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ ।
सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ ।
(म त मित लाउँछु )

म त मित लाउँछु दिल्लीसँग
म त एक जीऊ हुन्छू उहाँसँग
       मित लाउदा
      केही कुरा दिनुपर्छ
     केही कुरा लिनुपर्छ
       म मधेस दिन्छु
       म हिन्दी भाषा लिन्छु

साटेरै लाऊछू मित
आँटेरै लाऊछू मित
जोडेरै लाऊछू मित
इतिहास
     तोडरै लाऊछू मित
    किनकि
मेरो कुरामा नाइनास्तिनगरी
दश दश वर्षसम्म
युद्धमा सघाउनु भो
तेती धेरै हतियार दिनु भो
बार बुदे सम्झौता लेखिदिनु भो
लोकतन्त्रसङ्गै संघीयता दिनु भो
      त्यसैले
मैले अब छोडेपो दिल्लीलाई
लाउँछु मित
पृथ्वीनारायण शाहले
भक्तपुरसङ्ग मित लाउन हुने
नेपाल एकीकरण गर्न हुने
तल्लो जातको
दमाइ  ( विशेनगरचीको ) सल्लाह मान्न हुने
मैले विशाल देशसँग मित लाउन नहुने
उसको सल्लाह मान्न नहुने
जाबो माटै माटो भएको त्यो छेउ दिन नहुने
     साटेरै लाऊछू मित
  आँटेरै लाऊछू मित
मधेस दिएरै लाउँछु मित
हिन्दी भाषा लिएरै लाउँछु मित
त्यै पनि उहाँ बुझक्कड हुनुहुन्छ
एकैचोटी होइन, बिस्तारै लिनुहुन्छ
त्यो जिम्मा यतैकालाइ दिनुहुन्छ
     त्यसैले लाऊछू मित

भित्र भित्रै त
52 सालबाटै लाएको थिए मित
यसपटक खुलेआम लाऊछू मित
विपक्षीहरूले जे भने पनि मान्दिन म
मित जीऊ भन्दा ठूलो अरु ठान्दैन म
लाऊछू मित

ज्ञानेन्द्रको प्रधानमन्त्री भएका
असक्षम भनी बर्खास्त भएका
मेरै टाउकोको मुल्य
बहूतै मिलाएर तोक्ने
डडेलधुरेसङग सानो मित त लाईसके
2/2 पटकसम्म प्रधानमन्त्री खाइसके
        यसपटक पाको मित लाउँछु दिल्लीसँग
  जाबो 17 प्रतिशत मधेस दिन्छु
 मिठो हिन्दी भाषा अनि लाखौं
अङगीकृत नागरिक लिन्छु
 केही फरक पर्दैन मलाई
   किन कि, मलाई अब
थवाङमा लुक्नुछैन
ती गनाउने बस्तिमा जानुछैन
घाइते र अपाङ्गलाई भेट्नु छैन
 सम्झन्न म होलरी, दाङ डोल्पा
फर्केर जाँदैन म अब रूकुमरोल्पा
      त्यसैले मित ऊतै लाऊछू म

कर्मश दिए भू पूहरूले
मातृका, विपी, गिरिजा देउवा र समेत वली
कोसी, गन्डक, टनकपुर र महाकाली
नौमूरे मैले नै दिएँ
बिप्पाचाहिँ भट्टराई
झलनाथ र शूशिलले मात्र
दिनलाई गरे अटेराई
     म त दिन्छु, खूलेरै दिन्छु
प्रक्रिया पुराएरै दिन्छु
हिन्दी भाषा र स्थानीय तहमा
ऊतैका मान्छे लिन्छु
 किनकी -नेपाली चेलीहरू पनि त ऊतै छन्
बम्बई, कलकतता र दिल्लीमा
जबरजस्त पसल खोल्न लगाइएको छ
दिनमा सयौ चेली मितजूकातिरै भगाइएको छ
गराहाकको कमीछैन पसलमा
गराहाकको कमीछैन पसलमा
HlV  भयो भने मात्र
यता पठाईदिनूहुन्छ
अन्यथा देह व्यापारमा खटाइदिनूहुन्छ
त्यसैले लाऊछू मित

उहाँत रक्षक हो रक्षक
कालापानीमा उतैका सेना
खटाउनु भएको छ
समयसमयमा यता
दूत पनि पठाउनू भएको छ
   
        नबूझ्नेहरूले जेसुकै भनून्
बरू गल्ती महसुस गरूला
जसरी गिरिजालाई राष्ट्रपति नबनाएर
कटुवाललाई जिस्काएर
गल्ती महसुस गरे
सत्ताबाट झरेँ
त्यस्तै मितजीऊको सल्लाह बिना
सम्विधान घोषणा गरे
शुशिल र वलीको हुरकोमा परे
भनेर गल्ती महसुस गरूला
तर मित त लाऊछू लाऊछू
साटेरै लाऊछू
आँटेरै लाऊछू
        दोस्रो सम्सोधन ल्याइसकेँ
स्थानीय तह हिन्दी भाषा
अनि आत्मनिणयको आधार खडा गर्न
एक मधेश एक प्रदेशको माग पूरा गर्न
मितजीऊको शङ्का निवारण गर्न
   तेती मात्र होइन
न्यायलयमा हमला गरी सके
महाभियोग दर्ता गरी सके
मलाई कमजोर ठान्ने
मैले गरेको सिफारिस नमान्ने
बडो कानुन पलाटाऊने
शुशिला, अझ न्याय मूर्ति
गए तिम्रा फूर्ति
इतिहासमा यस्तो हिम्मत कसैले गर्यो ?
अब राष्ट्रपतिर सेना प्रमुख पछारन परेयो
विपक्षी भरी तह लगाऊछु
छिन्न भिन्न पारछु
यताबाटै भगाऊछु
देउवा र म एक छौ
गए जाऊ निधि
तिमी त मितजूकै प्रतिनिधि
जाऊ उतै जाऊ
अचेल बेला बेलामा
मितजीऊको आउछ फोन
बाबै-कति मीठो टोन
हेलो जी
आच्छा जी
क्या क्या हो रा हे _ मैने भेजाथा न उ वाला
आया कि नाई
आया जि आया
निशचिन्त रहिहे  जी
जिन्दा रहुङगा तो करूङगा
य तो मामूली बात हे जी
चिन्ता मत किजिए
मे तो आपकी विश्वास पात्र हू
 ओ के  थ्याङकिऊ भन्दै राख्नुहुन्छ फोन
                            बाबै कति मीठो टोन
                            त्यो हिन्दी भाषा
                                      कति आच्छा
                    जय हिन्द, बन्दे मातरम ।।।।

आउछ  मित ज

ल्वाङ खानुहोस! यस्ता छन १० फाइदा

                        ल्वाङ खानुहोस! यस्ता छन १० फाइदा 



ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ। ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ। जान्नुहोस्, ल्वाङका यस्ता १० फाइदाहरु :
१. एसिडिटी – ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन ।
२. मुटुको समस्या – दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ।
३. घाउ – ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ।
४. रोगसँग लड्ने क्षमता – यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ।
५. अनुहारमा चमक – दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ।
६. नरम छाला – ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ।
७. कमजोरी भगाउँछ – यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ।
८. आँखाका लागि – अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ।
९. दाँत दुखाई – ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ।
१०. पिनास – यसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ।

Saturday, May 13, 2017

कतार नेपाली एकता समाजले १२८ औं अन्तर्राष्ट्रिय मजदूर दिवस मनायो ।

कतार नेपाली एकता समाजले १२८ औं अन्तर्राष्ट्रिय मजदूर दिवस मनायो ।  












उद्धव मगर दोहा कतार– मिति २०१७÷०५÷०५ का दिन कतारको राजधानी दोहामा संसारक मजदूर एक हौं महान अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं मजदूर दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढार्औं भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको सभा अध्यक्ष लुमाकान्त पुन मगरको रहेको थियो भने कार्यक्रम संचालन राम इन्दलथिङ्गको रहेको थियो । यस कार्यक्रममा उपस्थित अतिथिहरु सचिवालय सदस्य हेमन्त वाईवा, सचिव विष्णु थापा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर, प्रथम उपाध्यक्ष मदन श्रीस मगर, पुर्व उपाध्यक्ष दावा लामा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्य, महिला विभागका अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका कमल आचार्य, केन्दि«य सल्लाहाकार बलदेव राना, केनिद«य सदस्य रेणुका चौलागाईको आतिथ्य रहेको थियो उक्त कार्यक्रममा एकता समाजको विभिन्न एरियाबाट पनि आतिथ्य रहेको थियो जसमा सनैया ए एरिया समितिका अध्यक्ष विष्णु आचार्य, सनैया बी एरिया समितिका धन बहादुर बलम्पाकी मगर, सी एरिया समितिका जीवी कुँवर, डी एरिया समितिका अध्यक्ष टेकराज थापा, दोहा एरिया समितिका केयरसिंह थापा, सलता एरिया समितिका सालीकराम पुन मगर, सहलीया एरिया समितिका लक्ष्मण कोईराला, मनसुरा एरिया समितिका इश्वर के.सी, गरफा एरिया समितिका अध्यक्ष सन्जु सुन्दास, साथै मिडिया पत्रकारहरु  हाँक साप्ताहिकका उद्धव मगर, पत्रकार राम प्रसाद पराजुली, साझा नेटवर्क का टेकराज थापा रहेको थियो । यस कार्यक्रमका वक्ताहरु लुमाकान्त पुन मगर, मदन श्रीस, हेमन्त वाइवा, दावा लामा, अमिना खान, रेणुका चौलागाई, लागाएत उपस्थित सम्पूर्ण एरिया समितिका अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । अन्तमा यस कार्यक्रम भव्यरुपमा सु–सम्पन्न भएको यस कार्यक्रमका अध्यक्ष लुमाकान्त पुनले कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भएको थियो ।