Sunday, July 26, 2015

ओमानमा “लोकतान्त्रिक संविधान निर्माण गरौं, संघीयता खारेज गरौं र लिपुलेक हाम्रो हो भन्ने  नारा


शालीकराम आचार्य

ओमान  मस्कट १० साउन । ओमानमा बस्ने नेपालीहरुले पनि नेपालमा जारी हुन थालेको संघीयता र लिपुलेकमा भएको विदेशी हस्तक्षेपबारे चासो देखाउन थालेका छन् । ओमान नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा ओमानमा “लोकतान्त्रिक संविधान निर्माण गरौं, संघीयता खारेज गरौं र लिपुलेक हाम्रो हो भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
एकता समाज महिला विभागकी कोषाध्यक्ष तथा केन्द्रीय सदस्य गीता लिम्बुको सभापतित्व तथा महिला विभागकै सदस्य इन्दिरा गुरुङको सञ्चालनमा भएको  थियो । सहिदहरुप्रति एक मिनेट मौनधारणपश्चात केन्द्रीय सदस्य मेखबहादुर खत्रीले स्वागत मन्तव्य राख्दै भूकम्पको मार र राजनीतिक अस्थिरता खेपिरहेका बखत नेपालको भूभाग लिपुलेकमाथि दुई ठूला छिमेकी राष्ट्रहरुले हस्तक्षेप गरेकोमा दुःख ब्यक्त गर्दै सचेत जनताले स्वदेश तथा विदेश र सबैतिरबाट विरोधको आवाज उठाउनु पर्ने बताएका थिए ।
 कार्यक्रममा बोल्दै ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष शिवलाल गिरीले नेपालको अन्तरिम संविधानमा २०६५ सालमा संघीयताको उल्लेख भएदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालले संघीयता धान्न नसकिने र जातीय संघीयताले देशमा जातीय द्वन्द्व सिर्जना भएर देश नै बिखण्डित हुने सम्भावना औंल्याउँदै थपे, “त्यो बेला हाम्रो विरोध एक्लो र सानो पार्र्टीको महत्वहीन विरोध भनेर सबै दलहरुले टिप्पणी गरे तापनि करीब ८ वर्षको राजनैतिक अभ्यासपछि त्यो कुरा सही साबित भएको छ ।
अहिले आएर संघीयताको वकालत गर्दै हिड्ने र अब्बल दर्जाको कम्युनिस्ट बताउने पार्टीहरुको संघीयताको डुङ्गा नदीको बीचमा पुगेर न यता न उता भएको छ । सबै जनजातिहरुलाई आआफ्नो अधिकारसहित जातीय राज्य दिन्छु भनेर आफ्नो पक्षमा जनमत जुटाउने पार्टीका नेताले नै त्यो जनतालाई जवाफ दिन नसकेपछि त्यही जनताकै तिरस्कार र मार खेप्नु परेको उनले बताए । त्यस अवसरमा गिरीले नेपालको संघीयता र लिपुलेकको विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । रक्तिम अभियान ओमानका अध्यक्ष नारायण ज्ञवालीले सन् १७७९ मा भारत र चीनबीच युद्ध भएपछि आफ्नो सुरक्षित स्थलको रूपमा भारतीय सेनाहरुले नेपालको कालापानीलाई प्रयोग गर्दै आइरहेको बताउदै सन् १९१६ मा भएको असमान सुगौली सन्धिपछि नेपालको दुईतिरको पखेटा भूमि र तराईको धेरै समथर भूभाग गुमाउनु परेको उल्लेख गरे । उनले पश्चिममा नेपालको भूभाग महाकाली नदी किटान भएको र त्यसको नौ महिनापछि ब्रिटिश सरकारले सर्भे गरी बिशाल नक्शा बनाएर महाकाली नदीको उदगम् स्थल लिम्पियाधुरा र त्यसबीचमा पर्ने कालापानी, नादी, कुटियाङ्दी लिपुलेक सबै नेपालको भूमि सावित भए पनि भारतले महाकाली नदीको उदगम थलो लिपुलेकलाई बताएर माथिका सबै भूमि उनीहरुले दाबी गरेको र त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । त्यहाँ भारतीय सेनाले अड्डा जमाएर बस्दा पनि नेपाल सरकारको अदूरदृष्टि, सत्ता र कुर्सीको निम्ति भारतसँग नै जस्तोसुकै सन्धिसम्झौता गर्न पनि पछि नपर्ने कारणले गर्दा नेपालले आफ्नै भूभागहरु गुमाउनु परिरहेको र नेपाली राष्ट्रियताको मुद्दा सधै ओझेलमा परेको हुनाले अब जनता नै सचेत भएर उठनु पर्नेमा जोड दिए । एकता समाज खेलकूद विभाग प्रमुख तुल्सीराम खनाल, महिला विभाग प्रमुख लक्ष्मी रायमाझी, सूचना तथा प्रकाशन विभाग प्रमुख जीबी लामा, रुवि एरिया समितिका अध्यक्ष टंक खत्री, घाला ए एरिया समितिका अध्यक्ष लोकेन्द्र सुनुवार, अल्खुवैर ए एरिया समितिका महेन्द्र राईखा, अल्खुवैर बी एरियाका लक्ष्मण हमाल, कुरुम एरिया समितिका गुणाखर खनाल, केन्द्रीय सदस्य शालिकराम आचार्य लगायत उपस्थित सबैले लिपुलेक, लोकतान्त्रिक संविधान र संघीयताबारेमा आआफ्नो धारणा राखेका थिए । समारोहका अध्यक्ष गीता लिम्बुले यस्ता खाले कार्यक्रमहरु आयोजना गरी राष्ट्रियताको रक्षाको निम्ति प्रवासबाट पनि खबरदारी र दवाव सिर्जना गर्न आवश्यक रहेको बताउँदै सहभागी सबैलाई धन्यवादसहित समापन गरेकी थिइन् ।
२४र०७र२०१५ का दिन ओमन नेपाली एकता समाज केन्द्रीय समितिको आयो जनामा भएको अनरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणा पत्र यसप्रकार छ ।
         
                    लिपू लेक सम्झौता र राष्ट्रिय स्वाधीनताको प्रश्न

१। २०७२ जेठ १ गतेका दिन चीनको राजधानी बेइजिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्रीका बीच लिपू लेक नाकालाई दुई देशका बीच व्यापारिक नाकाको रूपमा विकास गर्ने सम्झौता भएको छ । त्यो सम्झौताका बारेमा धारणा राख्नु पूर्व लिपू लेक नाकासम्बन्धी भौगोलिक जानकारीलाई यहाँँ प्रस्तुत गर्न सान्र्दभिक हुने छ ।
लिपू लेक दार्चुला जिल्लाको व्यास गाविसको वडा नंं १ अन्तर्गत पर्दछ । लिपू लेकको उत्तरमा झण्डै पाँच किमीको दुरीमा तिब्बतको पारूङ काउन्टीको सीमा पर्दछ भने लिपू लेकदेखि झण्डै ५३ किमी पश्चिमतिर भारतको पिथौरागढ पर्दछ । लिपू लेकमा कुनै मानव बस्ती बस्दैनन् । त्यहाँँँबाट अन्दाजी ३ किमी तल टिङ्कर भन्ज्याङमा मात्र झण्डै वर्षको दुई÷तिन महिना मात्र मानव बस्ती बस्छ । त्यसका साथै नेपाल सरकारको त्यहाँँँ टिङ्कर भन्ज्याङ छोटी भन्सार रहेको छ । त्यो छोटी भन्सार पनि वर्षको त्यही दुई÷तिन महिना बस्छ र हिउँ पर्न सुरू भएपछि सदरमुकामतिर फर्कन्छ । त्यहाँँ पुग्न नेपालको बाटो करिब ४ दिन लाग्छ र भारतको बाटो प्रयोग गरेर पनि त्यहाँँ जान सकिन्छ तर भारतले त्यहाँँ जान आफ्नै नागरीकहरूलाई समेत अनुमति पत्र दिने गरेको छैन अर्थात झण्डै ९ महिना जति त्यहाँँ सम्पूर्ण आवातजावत बन्द हुने गर्दछ । उपर्युक्त दिइएको विवरणबाट यो कुरामा कुनै शङ्का छैन कि लिपू लेक नेपालको एकलौटी स्वामित्व भएको भूभाग हो । त्यसको सिमाना चीनसँग जोडिए पनि भारतसँग नजोडिएकाले त्यो त्रिदेशिय सीमा विन्दुभित्र पर्ने भूभाग पनि होइन ।
२। नेपालको एकलौटी हक, अधिकार भएको लिपू लेकका सन्र्दभमा नेपालसँग भारत र चीनले कुनै सहमति नलिई वा छलफल नगरी त्यसलाई चीन र भारतका बीचको व्यापारिक नाकाको रूपमा विकास गर्ने निर्णय लिई चीन र भारत दुई वटै मूलुकले नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि ठाडो हस्तक्षेप गरेका छन् । बताइरहनु पर्ने आवश्यकता छैन कि नेपाल चीन वा भारतको कुनै प्रदेश वा काउन्टी होइन । नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । त्यस्तो राष्ट्रको भूभागका बारेमा नेपाल वाहेक अरू कसैलाई पनि निर्णय गर्ने अधिकार छैन ।
३। २००९ सालमा मातृकाप्रसाद कोइरालाको सरकारको कार्यकालमा नेपाली सेनाको पुनःसंरचनाका लागि भारतबाट एउटा सैनिक मिसन नेपाल आएको थियो रपछि त्यहीँ मिसन अन्तर्गत भारतीय सेनाहरू नेपालका १८ वटा उत्तरी सीमा अर्थात चीनतिब्बत सिमानामा तैनाथ गरीएका थिए । त्यस अन्तर्गत दार्चुला जिल्लाको टिङ्कर भन्ज्याङमा पनि भारतीय सेनाहरू आएर बसेका थिए । १९६० मा चीन र भारतका बीच भएको सीमा युद्धका दौरान चिनियाँ सेनाद्वारा लखेटिएका भारतीय सेनाहरू पनि दार्चुला जिल्लाको टिङ्कर भन्ज्याङ नजिक आएर बसे । पञ्चायत कालमा कृतिनिधि विष्ट सरकारको कार्यकालमा उत्तरमा रहेका सम्पूर्ण चेक पोष्टहरू हटाउने कार्य भयो तर कालापानीबाट भारतीय सेना हटेन र भारतीय सेनाले कालापानीको तुलसी, न्युराङ, नाभी, गुञ्जी र छोटा कैलास लगायतका ठाउँँहरूमा सैनिक क्याम्प खडा गरेर कालापानी लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरेर बसेका छन् । उक्त क्षेत्रभित्र कालापानी, लिपू लेक, तुलसी भञ्ज्याङ, नाभी, डाडू, गुञ्जी, नाभी, कुटी, निहाल, ब्लिसा र लिम्पियाधुरासम्मको झण्डै ३७,००० हेक्टरसम्मको भूभाग भारतले अतिक्रमण गरेको छ ।
४। सन् १८१६ मा नेपाल र ब्रिटिस इण्डियाका बीच भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना माहाकाली नदी तोकेको छ । काली नदीको उद्गम स्थल लिम्पियाधुरा हो । त्यसै गरी १९६१ मा नेपालचीनबीच सीमा सम्झौता हँुदा उक्त सन्धिको धारा १ र उपधारा १ मा नेपालको पश्चिमी बोर्डर लिम्पियाधुरालाई बताइएको छ । त्यसै गरी हालसम्म उपलब्ध झण्डै १० वटा नक्साहरूले काली नदीको उद्गम स्थल लिम्पियाधुरा भनी उल्लेख गरेका छन् । लिम्पियाधुरादेखि पूर्वको भाग स्वतः नेपालको स्वामित्वभित्र पर्दछ । १८१७ को फेब्रुअरी ४ मा ब्रिटिस सरकारका मुख्य सचिव जे। आदमले कुमाउ सरकारका नाममा जारी गरेको आदेशलाई यहाँ चर्चा गर्नु सान्दर्भिक हुने छ ।
काली नदीको पूर्वमा पर्ने ब्यास प्रगन्ना जस अन्तर्गत छाङ्गरू, टिङ्कर, नाभी, गुञ्जी, कुटी, धौलिगाड आदि गाउँहरू सम्मिलित ठाउँहरू भन्ने बुझिन्थ्यो । १८१६ सुगौली सन्धि मुताविक चौतारिया बम साहले उक्त ठाउँहरू नेपालको हो भनी दावी गरेको हुनाले उक्त ठाउँहरू सुगौली सन्धि पूर्व कुमाउ अन्तर्गत भए पनि त्यसलाई नेपाल सरकारलाई सुपुर्दगी गरिदिनु भनी कुमाउ सरकारका नाममा आदेश जारी गरेका थिए । यद्यपि त्यस बेला ब्यास प्रगन्ना अन्तर्गतका भोटिया जमिन्दारले आफू ब्रिटिस सासन अन्तर्गत बस्न पाउनु पर्ने माग गरेता पनि सो मागलाई तात्कालीन ब्रिटिस सरकारले अस्विकार गर्दै उक्त ठाउँहरू नेपालकै भएको हुनाले त्यसकारण ब्रिटिस सरकारले केही गर्न नसक्ने बताएका थिए ।
५। कालीको उद्गम लिम्पियाधुरा हिमाल पर्वत हो भन्ने कुरा एकदम प्रस्ट हँुदा हँुदै पनि एक्कासी आएर नेपालले चीनसँग १९६१ मा सीमा सम्झौता गर्दा लिम्पियाधुरा त्रिदेशीय सीमा बिन्दु हो भन्ने पूर्व अडानलाई त्यागेर लिपू भन्ञ्ज्याङलाई त्रिदेशीय सीमा विन्दु हो भन्ने मान्यतालाई स्विकार गर्न पुग्यो, जसको परिणाम लिम्पियाधुरादेखि लिपू लेकसम्मको ५३।१२ किमी लम्बाइ भएको ३१० वर्ग किमी नेपालको क्षेत्र भारतले अतिक्रमण गर्न पुग्यो ।
६। आश्चर्यको कुरा अहिलेसम्म भारतीय पक्षले एकलौटी ढङ्गबाट दुई देशबीचका सीमा नक्सा संशोधन गर्दा भारतीय सेना कालापानी आएर बस्दा नेपाल सरकारले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न दब्बु नीति अपनायो । भारतबाट आफ्नो शासन व्यवस्थामा असर पर्छ कि भन्ने डरले राजा महेन्द्रले वीरेन्द्र र तत्कालीन पञ्चायती ब्यवस्थाले भारत अगाडि आत्मसमपर्णवादी नीति अपनाए । २०५५ असार ४ गते मात्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा कालापानीमा भारतीय सेना बसेको र लिम्पियाधुराबाट बगेर आउने खोला नै वास्तविक काली नदी भएको सरकारी धारणा पहिलो पटक प्रस्तुत गरियो । सरकारी धारणा अनुसार पनि यदि लिपू लेक वा लिपूधुरालाई कालीको उद्गम मान्ने हो भने पनि भारतीय पक्षले नेपालको ३५ वर्ग किमी भूभाग अतिक्रमण गरको देखिन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको धारणाले गुञ्जी, नाभी, कुटी लगायतका गाउँहरू गुमाउनु परेको छ ।
७। भारतले तुलसी न्यूराङलाई कालापानी मानेको छ । त्यसबाट ६ किमी उत्तरतर्फ लिपूधारा वा लिपू लेक पर्दछ । भारतले नक्कली कालीको मन्दिर बनाएर त्यसलाई नै नक्कली कालपानी बताएर झुटको खेती गरिरहेको छ । यद्यपि १८५५ को अक्टोबरमा भारतको नापी विभागले पहिलो पटक बनाएको नक्सामा पनि कालीको उद्गम लिम्पियाधुरा देखाए पनि सीमा नदी लिपू लेकबाट निस्कने खोला भनी देखाएको छ । भारतको नापी विभागले १८७७ मा दोस्रो पटक र १९०५ मा तेस्रो पल्ट नक्सा प्रकाशित गर्यो, जसमा लिपू लेकबाट निस्कने खोलालाई सीमा नदी तोक्यो । त्यसका बाबजुद पनि आफ्नो नक्साले कोरेको सीमालाई मिच्दै सन् ५० को दशकमा आएर सेना राख्ने काम भयो ।
८। काली नदीको सवालमा तिन वटा विचारहरू देखा परेका छन् ः १० कालीको मुहान लिम्पियाधुरा हो । २० कालीको मुहान लिपू लेक भञ्ज्याङ हो । ३० कालीको मुहान भारतले खडा गरेको तुलसी न्युराङमा कृत्रिम कालीको मूर्ति भएको ठाउँ हो ।
यी तिन वटा बेग्लाबेग्लै विवादास्पद विचारहरूमा कालीको मुहान लिम्पियाधुरा हो । त्यसलाई भारतले लगातार उल्टाउँदै तुलसी न्युराङमा कालीको नक्कली मन्दिर बनाएर पहाडबाट बाट निस्केको तिरतिरे खोलालाई काली नदी बनाउने कोशिस गरिएको छ । महाकाली नदीमा मिसिने त्यसका सहायक नदीहरूको सङ्ख्या १२ वटा रहेको छ । तीमध्ये पनि अधिकांश सहायक नदीहरू हिमाल पर्वतबाट निस्केर आउँछन् । त्यस्तो अवस्थामा मूल नदी कसलाई मान्ने भन्नेसम्बन्धी जल विज्ञानसम्बन्धी अन्तर्राष्टिय सिद्धान्तका बारेमा हामिले विचार पुर्याउनु पर्दछ । नदीको उद्गम निर्धारण गर्न जल विज्ञानको सिद्धान्त अनुसार जुन बढी लामो, गहिरो र फराकिलो चौडाइ सहीत पानीको मात्रा बढी हुन्छ, त्यसै नदीलाई मूल नदी मानिन्छ । यो सिद्धान्तलाई हामीले इलामको अन्तुडाँडाको सम्बन्धमा प्रयोग गरिसकेका छौँ । १८८४ मा सिक्किमले उत्तर पश्चिमबाट उमे्रको खोलालाई मेची नदी मानेर अन्तुडाँडा आफ्नो हो भनेर दावी गरेको थियो तर तत्कालीन ब्रिटिस सरकारका प्रतिनिधि सर जर्ज कम्बेलले जुन नदी लामो र धेरै चौडा छ, त्यसलाई मूल नदी मान्ने सिद्धान्त प्रतिपादन गरी उत्तरपूर्वबाट उद्गम भएको नदीलाई मूल नदी अर्थात मेची नदी ठहराएर अन्तुडाँडा नेपालको स्वामित्वमा पर्ने निर्णय गरेको थियो ।
९। १९६१ मा नेपालचीनबीच सीमाङ्कन गर्दा नेपालको पश्चिम र पूर्वी छेउमा नेपाल, भारत र चीन तिन वटै देशको भूभाग भेटिने ठाउँ भएकाले यस्तो ठाउँमा त्रिदेशीय सम्बन्ध कायम गर्न ३ वटै देशका प्रतिनिधि आवश्यक पर्ने भएको र त्यस बेला भारतचीनबीच १९६२ मा धमासान युद्ध भएका कारण सम्बन्ध बिगे्रकोले भारत उपस्थित हुन सकेन र अहिलेसम्म पनि कायम भएको छैन् । त्यसैले लिपू लेकलाई त्रिदेशीय सीमाविन्दु मान्न सकिन्न । लिपू लेकसँग चीनको सीमा जोडे पनि भारतको सीमा त्यहाँँबाट झण्डै ५३ किमी टाढा लिम्पियाधुरादेखि पश्चिम पर्दछ । त्यसैले त्रिदेशीय सीमा विन्दु लिपू लेक नभएर लिम्पियाधुरा मात्र हुन सक्दछ । नेपाल र भारतबीच ब्रह्मदेव मन्दिरदेखि कालापानीसम्मको भूभागको सीमाङ्कन हुन सकेको छैन । नेपाल र चीनबीच पश्चिमी टिङ्करदेखि पूर्वको ताप्लेजुङसम्म सीमाङ्कन गरे पनि भारत र चीनबीच अझै सीमाङ्कन हुन सकेको छैन । त्यसैले पनि कालापानी विवाद सामाधान गर्न अप्ठ्यारो परेको छ ।
१०। कालापानी कब्जा गरेपछि १९६२देखि भारतले लिपू लेक पास मार्फत आफ्ना देशका नागरिकलाई तिब्बतको मानसरोवर र कैलाशमा तीर्थाटन गराउन लैजानका लागि यो मार्ग प्रयोग गर्दै आएको छ । यसका साथै भारतबाट चीनको ताक्लाकोट पुग्न सबैभन्दा छोटो बाटो यही रहेको छ । चीन र भारतबीच परम्परादेखिकै छोटो कुनै व्यापारिक नाका छैन । चीनले नेपालको बाटो भएर भारतसँग सातौँ शताब्दीपछि व्यापार गर्दै आउनु परेको छ । सिक्किममा भएको नाथुला नाका र हिमाचलमा पर्ने सिप्किला नाका आवागमनका लागि अत्यत्त अप्ठ्यारो मानिन्छ । त्यस्तो अवस्थामा लिपू लेक नै भारतको लागि चीन पुग्ने सजिलो र छोटो बाटो हो । त्यसैले भारत यो नाका प्रयोग गरी चीनसँग व्यापार गर्न चाहन्छ भने चीन पनि यो नाका प्रयोग गरेर आफ्नो उत्पादन भारतीय बजारसम्म पुर्याउन चाहन्छ । २००३देखि चीन र भारतबीच चलेको व्यापार अहिले आएर झण्डै १५ गुणा वृद्धि भएको छ । चीन र भारत २०१५ मा आएर झण्डै १ खरब अमेरिकी डलर बराबरको व्यापार भैरहेको छ । त्यस्तो अवस्थामा २ वटै राष्ट्रले आफ्नो व्यापारिक स्वार्थ पूरा गर्न नेपालको राष्ट्रिय अस्मितामाथि हस्तक्षेप गरेको छ । त्यति मात्र नभएर चीनको यो कदमले भारतले नेपालको अतिक्रमण गरेको ३७२ किमी भूमिलाई पनि वैधानिकता दिने काम गरेको छ ।
११। नेपालको राष्ट्रियताप्रति सुरूदेखि नै चीन र भातको बेग्लाबेग्लै दृष्टिकोण रहेको छ । चीन हमेशा नेपालको राष्ट्रियता, अखण्डताप्रति दृढ छ । नेपालको जे जति राष्ट्रियता बेचिएको छ, त्यसको पछाडि चीनको भूमिकाले पनि महत्वपूर्ण काम गरेको छ । त्यसका विपरीत ब्रिटिस कालीन भारत र ब्रिटिसबाट स्वतन्त्र भए पश्चात भारतीय शासकले हमेशा नेपालको सार्वभौमसत्ता र अखण्डता कुण्ठित गर्न लगातार प्रयत्न गर्दै आएका छन् । अहिले नेपालको राष्ट्रियताको विगुल जसरी लिपू लेक मामिलामा चीन र भारत एक ठाउँमा उभिन पुगे । त्यसले देशको राष्ट्रिय स्वाधीनताको लडाइँलाई झन् जटिल बनाउँदै आएको छ ।
१२। चीनले नेपालको पश्चिम सिमाना लिम्पियाधुरासम्म पर्दछ भन्ने मान्यताबाट पछाडि हट्नुका साथै लिपू लेक भञ्ज्याङ नेपालको भूमि हो भन्ने मान्यताबाट पनि पछाडि हटेको छ । १९९१देखि भारत र चीनका बीच लिपू लेक नाका खोल्ने भनेर विभिन्न स्थानमा वार्ता र छलफल चलिरहेका छन् । जहाँसम्म भारतको प्रसङ्ग छ, उसले १८६०देखि नै कालीको उद्गम लिम्पियाधुरालाई बदलेर आफू अनुकुलको ठाउँ तोक्ने लगातार प्रयास गरिरहेको छ । स्वयं आफैले बनाएका नक्साहरूलाई समेत मिचेर कालीको उद्गम लिम्पियाधुराको ठाउँमा लिपू खोला देखाएका छन् । लिपू खोलाबाट बग्ने नदीलाई सीमा नदीको रूपमा मान्यता भारतीय नक्साले दिए पनि त्यहाँँबाट झण्डै ६ किमी पूर्वमा आएर तुल्सी न्युराङलाई कब्जा गरी त्यसलाई वास्तविक कालापानी देखाउने कसरत भारतले गरीरहेको छ । नेपालभारतबीच सीमासम्बन्धी कैयौँ वैठकमा भारतले तुल्सी न्युराङसम्बन्धी आफ्नो दावीलाई सःप्रमाण पुष्टि गर्न सकिरहेको छैन । भारतको यो कार्यबाट नेपालको भूभागलाई कब्जा गरिरहने उसको नियत कसैबाट लुकेको छैन ।
१३। कतिपयले लिपू लेक समस्यालाई भारत र नेपालका बीच आआफ्नो भूभाग लेनदेन गरेर समाधान गर्नु पर्ने तर्क पनि अघि सारेका छन् तर त्यसलाई सही तर्क मान्न सकिन्न । लिपू लेक नाकालाई चीन भारतका बीचको व्यापारिक मार्गका रूपमा विकास गर्ने सम्झौता गर्दा नेपालसँग कुनै सल्लाह वा सहमति नलिने कुरा गम्भीर विषय त छँदै छ, अझै त्योभन्दा ठूलो गम्भीर विषय भनेको त्यसको आडमा भारतीय पक्षले अनाधीकृत रूपमा भारतले कब्जा गरेको भूभागलाई भारतकै हो भनेर वैधानिकता दिन खोज्नु पनि रहेकाले यो समस्या दुई देशका बीच जमिन सट्टापट्टा गरेर वा नेपालले लिपू लेकको सट्टा आफू अनुकुलको कुनै व्यापारिक नाका भारतबाट माग्ने सोचाइलाई कदापि सही मान्न सकिन्न । 
१४। नेपालको कालापानीबाट भारतीय सेनालाई हटाएर त्यस पश्चात नेपाल र भारतका बीच बाँकी रहेको सीमाङ्कन कार्य सम्पन्न गर्नु पर्दछ । चीनभारतबीच लिपू लेकलाई व्यापारिक नाकाका रूपमा विकास गर्ने समझदारी खारेज गर्नु पर्दछ । तर यो हामीले साचे जस्तो सरल छैन । किनभने एकातर्फ विशाल भारतको विस्तारवादी नीति र अर्कातर्फ विशाल चीनको आफ्नो व्यापारिक लाभलाई ध्यानमा राखेर छिमेकीसँग सम्बन्ध कायम गर्न खोजिएको सम्भावित नयाँ नीतिका कारण यो कार्य सजिलैसँग हुने सम्भावना छैन । त्यसका लागि राष्ट्रियताका पक्षधर शक्तिहरूको उच्च स्तरको एकता र सङ्घर्षबाट मात्र त्यो सम्भव हुने छ । त्यसका लागि पहल गर्नु हामी सबैको दायित्व बन्दछ ।

Sunday, July 19, 2015

 श्रम राज्यमन्त्री ले खाडी मुलुकहरुमा रोजगारीका लागि जाने नेपालीबाट प्रवेश अनुमतिपत्र र टिकटको पैसा लिन नपाउने निर्णय


 



श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले खाडी मुलुकहरुमा रोजगारीका लागि जाने नेपालीबाट प्रवेश अनुमतिपत्र र टिकटको पैसा लिन नपाउने निर्णय गरेसँगै मुलुकभरका वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित बने । उनीहरुको आन्दोलन अहिलेसम्म पनि जारी छ । मन्त्री गुरुङले गरेको निर्णय कामदारका पक्षमा देखिएका कारण मुलुकभर उनको पक्षमा बहस गरिदैं छ । तर व्यावसायीहरु गुरुङका कारण वैदेशिक रोजगारी खोसिने दाबी गर्दैैछन् । सरकारको निर्णय नमानेर अटेर गर्ने व्यवसायीलाई सरकारले कारवाही गर्ने मन्त्री गुरुङको दाबी छ । प्रस्तुत छ, ईमेजखबर डटकमका लागि ठाकुर बेलवासेले मन्त्री गुरुङसँग गरेको वार्ताको केही महत्वपूर्ण अंश : सरकारको निर्णय नमान्ने भन्दै वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलनमा छन् ।व्यवसायीहरु आन्दोलनमै जानुपर्ने यो कस्तो निर्णय गर्नुभयो तपाईले ? मैले पनि केही बुझन सकिरहेको छैन । सरकारले वैदेशिक रोजगार व्यवसाय संचालन गर भनेर अनुमतिपत्र दिएको छ । सरकारको निगरानीमा उनीहरु बस्नु पर्छ । सरकारले दिएका निर्देशन पनि पालना गर्नु पर्छ । यो उनीहरुलाई मैले बुझाइरहनु पर्ने कुरै होईन । अहिले खाडीमा काम गर्न जाने युवाहरु गरिब नेपालीका छोराहरु हुन् । ऋण काढेर खाडी गएका छन् । खाडीका राम्रा कम्पनीहरुले निःशुल्क प्रवेश अनुमतिपत्र र टिकट दिने गर्छ । तर हाम्रा व्यवसायीहरु खुलेआम उताका कम्पनीहरुलाई कमिशन खुवाउँछन् र नेपालीलाई लुट्छन्, यो कस्तो बिडम्बना ? यसैलाई नियममा बाधौँ, व्यवसायलाई अनुशासित बनाऔँ भन्ने मेरो पहल हो । नेपाली ठगीएका छन्, वैदेशिक रोजगार व्यवसाय अनुशासित छैन भन्ने कुरा बुझ्न किन यति ढिलो ? हो, उहिल्यै गर्नुपर्ने काम अहिले आएर गरिदैं छ । विदेश जाने काम यतिबेला फेशनजस्तो भएको छ । सरकार पनि रेमिट्यान्सका नाममा मख्ख छ । तर यसका घाटा हामीले कहिल्यै हेरेनौं । यो दुःखको कुरा हो । हाम्रा रोजगार व्यावसायीहरु एजेन्टमात्र हुन् । नेपालको परिस्थितिले उनीहरु व्यवसायी बने । कतार, मलेसिया लगायतका राम्रा कम्पनीहरुले कामदारलाई निःशुल्क भिषा र टिकट पठाउँछन् । अनि नेपाली म्यानपावर कम्पनीलाई कमिशन पनि दिन्छन् तर हाम्रा व्यवसायी भनिने कम्पनीहरुले उताका काम नलाग्ने कम्पनीहरुलाई कमिशन ख्वाएर मान्छे उता पठाए । यसले नेपालीले खाडीमा दुःख त पाए नै, अर्कोतर्फ देशको ठूलो रकम विदेश गयो । यो राज्यका लागि चिन्ताको विषय हो । विगतमा के भएन, के भयो भन्नेभन्दा पनि अब राम्रो गरौं भन्नु पर्यो नि । नेपाली कामदारबाट लिएको मोटो रकम त रोजगार कम्पनी र यहाँका व्यवसायीले बाँडीचुँडी पो खान्छन् ? म यस व्यवसायीसँग राम्रो भिजेको मान्छे । प्रत्यक्ष मैले काम पनि गरेको छु । यसकारण यहाँ भित्र विकृति के छन् भन्नेबारे सबै मलाई थाहा छ । मलाई कसैले सिकाउनु पर्दैन । केका लागि आन्दोलन गर्दैछन् साथीहरु ? म अचम्ममा परेको छु । लुट्न पाईनँ भनेर आन्दोलन गर्ने ? अब रोजगारीका लागि खाडी जान चाहनेले कुन निकायसँग सम्पर्क राख्ने त ? वैदेशिक रोजगार कम्पनीसँगै हो नि सम्पर्क गर्ने । उनीहरुलाई त्यही काम गर भनेर नेपाल सरकारले अनुमतिपत्र दिएको छ । कमाई खोसिएपछि नेपालका रोजगार व्यावसायीले कसरी कामदारलाई विदेश पठाउने ? यही त छ बिडम्बना । कति कमाउने ? एकजना गरिबको छोरालाई कति लुट्ने ? निःशुल्क प्रवेश अनुमतिपत्र र टिकट कामदारका नाममा आउँछ । जुन देशको कम्पनीले कादार माग गर्छ, उसैले पनि कमिशन दिन्छ । यताबाट प्रति कामदार १० देखि १५ हजार सेवा दिएबापत लिनसक्ने अवस्था पनि छ । यसरी दुबै तर्फबाट प्रतिकामदार कम्पनीले कम्तीमा २५ हजार कमाउँछ । अब मैले नबुझेको कुरा कति कमाउनु पर्ने हो उनीहरुले ? यहाँबाट ठगिएर खाडी गएका युवाहरुले हामी ठगिएका रहेछौं भन्ने थाहा पाउँछन् । यहाँका कम्पनीहरुलाई सरापेर बस्छन् । आफ्नै दाजुभाइको सराप कति खानु हो ? अहिलेसम्म त यो क्षेत्र मनोमानी कै रहेछ नि त ? हो, यति धेरै मनोमानी छ कि कुरै नगरौं । म त यस क्षेत्रको भुक्तमान हुँ । मैले कुनै हचुवाका भरमा निर्णय गरेको छैन । अति भएपछि यो कदम चाल्न बाध्य भएको हुँ । पैसाका नाममा नेपाली युवा माथि खेलवाड गर्ने अधिकार कसैसँग छैन । अहिले खाडीका देशहरुमा नेपालीको विजोग किन छ भन्दा कमिशन खुवाएर नेपाली म्यानपावर कम्पनीले नराम्रा कम्पनीको रोजगारी ल्याए, अनि नेपाली त्यहाँ पुगेपछि अलपत्र पर्न थाले, यो असह्य कुरा हो । व्यवसायीहरुले आन्दोलन फिर्ता लिदैनौं भन्दैछन्, के गर्नुहुन्छ ? केका लागि आन्दोलन गर्दै हुनुहुन्छ तपाईहरु भनेर मैले बारम्बार सोधेको छु । उहाँहरुसँग जवाफ छैन । गरिबलाई लुट्न पाईनँ भनेर आन्दोलन गर्न सुहाउँदैन । अर्को कुरा, नयाँ नियम असार २१ बाटमात्र लागू भएको हो । उहाँहरुले ९४ हजार युवाहरुको वैदेशिक रोजगारीका लागि श्रम विभागबाट अनुमति लिइसक्नु भएको छ । १०–१२ हजार त उड्ने अवस्थामा छन् । यो सानो कुरा होइन । हामीले यो छुट पनि दिएका छौं । ९४ हजार युवालाई लुट्ने छुट दिएको ? हेर्नुस्, देशको अवस्थाले यस्तो भयो । लाखौं लाख युवा ठगिएका छन् । ९४ हजारलाई पनि ठग भनिएको होइन । पहिला भद्रगोलको अवस्था थियो । त्यही अवस्थामा अगाडि बढाईएका कामलाई नयाँ नियमले नबाँधौं, यसअघि जे भयो–भयो भनिएको मात्र हो । यति गर्दा पनि व्यवसायीलाई चित्त बुझेको छैन । सरकारको निर्देशन नमान्ने व्यवसायीलाई कारवाही गर्न सक्दैन सरकार ? किन सक्दैन ? गजबले सक्छ । म हेर्दैछु । काम गरे भनेर अनुमति दिएको हो सरकारले । लुट भनेर दिएको हो र ? म हेर्दैछु । अब धेरै पर्खिन्नँ पनि । मैले यो निर्णय खाडीका सबै मुलुक डुलेर, वास्तविकता बुझेरमात्र गरेको छु । जसले रोजगारी दिएको छ, त्यही देशमा आज हाम्रो ईज्जत पानीमा छ । आफ्नै दाजुभाइलाई लुट्नेहरुले अब लाज मान्नु पर्छ ।
        ओमानमा आदिकवि भानुभक्त आचार्य 
            द्धिशतबार्षिकी  समारोह सम्पन्न


शालीकराम आचार्य 
३ साउन २०७२  मसकट ओमान



ओमानमा आदिकवि भानुभक्त आचार्य द्धिशत बार्षिकी समारोह सम्पन्न  भएको छ । १ साउन २०७२ का दिन ओमानको राजधानी मस्कटको शाती कुरुम स्थित नेपाली दुताबासमा समारोह सम्पन्न गरीएको हो । सभाको अध्यक्षता भानुभक्त आचार्य द्धिशत बार्षिकी समारोहकी संयोजक मुना नेपाल श्रेष्ट रहेकी थिईन तथा प्रमुख अथितीमा कार्यवाहक राजदुत भरत कुमार रेग्मीको थियो भने संचालन सोमकृष्ण श्रेष्टले गरेका थिय ।
आदिकवि भानुभक्त आचार्य द्धिशत बार्षिकी समारोहमा ओमान स्थित संघ संस्थाहरुका प्रतिनिधी, ओमानको बिभिन्न सहरका कम्पनीमा कार्यरत साहित्यकार तथा श्राष्टाहरुको उल्लेखनीय उपस्थीती रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी कार्यबाहह राजदूत भरत राज रेग्मीले नेपाल सरकारबाट आदिकबि भानु झक्त आचार्यको जन्म जयन्ति मनाउँने बिश्वब्यापी अभियानमा दूताबास सकारात्मक रहेको र ओमानमा नेपाली भाषा र साहित्यको बिकाशमा सधै सक्रिय रहेको रहेको बताउनु भयो । “ यस्ता साहित्यिक कार्यक्रम आगामी दिनमा पनि गरिने छ” उहाँले भन्नु भयो —प्रवासमा पनि नेपाली सायित्य राम्रो संग फस्टाएको छ र खुङ्खार सायित्यकारहरुको जन्म भईसकेको छ , यो नेपाली भाषा र साहित्यमा नयाँ फड्को हो ।
प्रायजसो कविता तथा गजलकारहरु ले आफ्नो रचनारु बचन गरेका थिय । समारोहमा उपस्थित अतिथीहरु ले  आदिकवि भानुभक्त आचार्यको जीबनीवारे चर्चा गरेका थिय । सबै कवि तथा श्राष्टाहरु लाई उल्लेखनीय प्रस्तुतीका लागी प्रमुख अतिथी कार्यवाहक राजदुत भरत कुमार रेग्मी बाट सम्मान पत्र प्रदान गरिएको थियो । भानुभक्त आचार्य द्धिशत बार्षिकी समारोह  समितीको संयोजक तथा नेपाली दुताबास ओमानको प्रायोजकमा  कार्यक्रम सम्पन्न भएको होे ।  भानुभक्तको बारे भन्नु प्रदा भानुभक्तको जन्म धनञ्जय आचार्य  र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो  । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका   भानुभक्तले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ ।
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो।।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन् ।।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।।।

आदिकवि भानुभक्त आचार्य राष्ट्रिय विभूति मात्र नभएर नेपाली मूलका मानिसहरूका जातीय कवि तथा चेतनाका सम्वाहक पनि हुन् । नेपाली साहित्यको जग बसाल्ने भानुभक्तद्वारा भाषिक र साँस्कृतिक फाँटमा राष्ट्रिय एकताको लागि अभिनीत अहम् भूमिकाले गर्दा नै आदिकवि भानुभक्त  राष्ट्रको गौरव र विभूती बन्नपुगेका हुन् ।
 

Friday, July 10, 2015

यस्तो छ १६ बुँदे सहमति

                                                        यस्तो छ १६ बुँदे सहमति 
 
संविधानसभाबाट संविधान जारी गर्ने सम्बन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशीघ्र संविधान निर्माण गरी घोषणा गर्न निम्न लिखित सहमति गरेका छौँ ।
सङ्घीयता र प्रदेश रचनाः १) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पहिचानका ५ र सामथ्र्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिने छ ।
२) प्रदेशको नामाकरण प्रदेश सभाको दुई–तिहाई बहुमतको निर्णयबाट गरिने छ ।
३) प्रदेशको सीमाङ्कनसम्बन्धी सिफारिश गर्न नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्ने छ । आयोगको कार्यावधि ६ महिना हुने छ । सङ्घीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका–संसदको दुई–तिहाई बहुमतले गर्ने छ ।
संसद र निर्वाचन प्रण्ाँली
४) सङ्घीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक हुने छ । प्रादेशिक सभा एक सदनात्मक हुने छ ।
५) प्रतिनिधि सभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिने छ । प्रतिनिधि सभामा कुल २ सय ७५ सदस्य रहनेछन् । भूगोल र जनसङ्ख्याको आधारमा देशमा कूल १ सय ६५ संसदीय निर्वाचन क्षेत्र हुनेछन् । यी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रण्ाँली अन्तर्गत बहुमत प्राप्त गर्ने १ सय ६५ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । बाँकी १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन् ।
६) राष्ट्रिय सभाको सदस्य सङ्ख्या कुल ४५ कायम हुने छ । यसमध्ये प्रत्येक प्रदेशबाट समान सङ्ख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् र बाँकी ५ सदस्य सङ्घीय मन्त्रीपरिषद्को शिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।
शासकीय स्वरूप
७) देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रण्ाँली अवलम्बन गरिने छ । प्रतिनिधि सभामा एकल बहुमत प्राप्त वा अन्य दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री हुनेछन् ।
८) नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन् । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद एवम् प्रादेशिक सभा सदस्य सहितको निर्वाचक मण्डलबाट हुने छ । (संसदीय शासन प्रणाली र संवैधानिक राष्ट्रपतिका बारेमा एनेकपा–माओवादीको भिन्न मत रहेको छ । भिन्न मत रहे पनि संविधान निर्माणको प्रकृया अघि बढाउने कुरामा भने सहमति रहेको छ ।)
९) नयाँ संविधान घोषणा पश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रूपान्तरित व्यवस्थापिका–संसदबाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम हुने गरी व्यवस्था गरिने छ ।
१०) नयाँ संविधानको व्यवस्था बमोजिम प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न नभएसम्म रूपान्तरित व्यवस्थापिका–संसदबाट प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रीपरिषद्को गठनसम्बन्धी सबै कार्य नेपालको अन्तरिम संविधान २०६३ को व्यवस्था बमोजिम हुने गरी व्यवस्था गरिने छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखविरुद्ध महाभियोग व्यवस्था पनि अन्तरिम संविधान २०६३ बमोजिम नै हुने गरी व्यवस्था गरिने छ ।
न्याय प्रण्ाँली
११) स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरूप नेपालमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था गरिने छ ।
१२) सर्वोच्च अदालत अभिलेख अदालत हुने छ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हुने छ ।
१३) केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह एवम् स्थानीय तहका बीचमा अधिकार क्षेत्रबारे तथा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी विवादमा न्याय निरूपण गर्न एक संवैधानिक अदालत गठन गरिने छ । यी विषयमा संवैधानिक अदालतको निर्णय अन्तिम हुने छ । यो अदालत सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षता र २ जना अन्य वरिष्ठतम् न्यायाधीश तथा २ जना सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका कानुन क्षेत्रका विज्ञको सहभागितामा गठन हुने छ । संवैधानिक अदालतको कार्यावधि नयाँ संविधान प्रारम्भ भएको मितिले १० वर्षसम्म हुने छ ।
१४) न्याय परिषद् गठनसम्बन्धी व्यवस्था नेपालको अन्तरिम संविधान २०६३ को व्यवस्था बमोजिम हुने छ ।
१५) सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा भएको यो मूलभूत सहमतिको भावना अनुरूप संविधान निर्माणको प्रक्रिया अघि बढाइने छ ।
स्थानीय निकायको निर्वाचन
१६) जनताको प्रतिनिधित्व र सहभागितालाई सबल तुल्याउनका लागि यथासक्य चाँडो स्थानीय निकायको निर्वाचन गरिने छ ।
सुशील कोइराला, प्रधानमन्त्री एवम् सभापति, नेपाली काङ्ग्रेस , के.पी. शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले), पुष्पकमल दाहाल, “प्रचण्ड”, अध्यक्ष, एनेकपा (माओवादी), विजयकुमार गच्छदार, अध्यक्ष, मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)
२०७२ जेष्ठ २५, बालुवाटार, काठमाडौँ
           मसालद्वारा गम्भीर आलोचना सहितको समर्थन 

                             प्रमुख चार दलबीच संविधानका अन्तरवस्तुबारे १६ बुँदे सहमति
 
काठमाडौँ । सङ्घीयता लगायतका विवादित मुद्दामा समझ्दारी जुटाउँदै सोमबार मध्यराती प्रमुख चार दलका बीचमा भएको १६ बुँदे सहमतिलाई नेकपा (मसाल) ले ‘गम्भीर प्रकारको आलोचना र मतभेद सहित’ समर्थन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको नेपाली काङ्ग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र फोरम लोकतान्त्रिकका शीर्ष नेताको बैठकले मध्यरातमा पहिचानमका ५ र सार्मथ्यका चार आधारमा ८ प्रदेशको राज्यपुनर्संरचना गर्ने, संसदबाट निर्वाचित प्रधानमन्त्री देशको कार्यकारी प्रमुख बन्ने, प्रतिनिधिसभा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी २७५ सदस्यीय हुने, यथासक्य चाँडो स्थानीय निकायको निर्वाचन गर्ने लगायतका १६ बुँदे सहमति जुटाएको थियो । सहमतिपत्रमा प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले हस्ताक्षर गर्नु भएको छ । चार दल बीचको सो सहमतिलाई नेकपा(मसाल) ले गम्भीर प्रकारको आलोचना र मतभेद सहित समर्थन गरेको हो ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले २०७२ जेठ २६ गते एक विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा उल्लेखित सङ्घीय संरचनासित जोडिएका सबै कुराहरूलाई गलत बताउनु भएको छ । सङ्घीय संरचना अन्तर्गत प्रदेशहरू गठनको विरोध गर्दै विज्ञप्तिमा प्रशासनिक इकाईहरूको रूपमा प्रदेशहरूको विभाजन गर्दा पनि उत्तर दक्षिण मिलाएर जिल्ला र गाविसहरू नटुक्राइकन गरिनुपर्ने आफूहरूको धारणा रहेको स्पष्ट पारिएको छ । विज्ञप्तिमा संसदबाट निर्वाचित प्रधानमन्त्रीनै कार्यकारी प्रमुख हुने र संवैधानिक राष्ट्रपतिको व्यवस्था र यथाशिघ्र स्थानीय निर्वाचन गर्ने सहमतिलाई मसालले समर्थन गरेको बताइएको छ ।
महामन्त्रीसिंहद्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–““१. एनेकपा (माओवादी), नेकपा (एमाले), नेपाली काङ्ग्रेस, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) समेतको बीचमा संविधानको अन्तरवस्तुबारे भएको सहमतिलाई नेकपा (मसाल) ले गम्भीर प्रकारको मतभेद र आलोचना सहित समर्थन गर्दछ । त्यस सन्दर्भमा सर्वप्रथम त हामीले के स्पष्ट गर्न चाहन्छौँ भने सङ्घीयताको प्रश्नमा पहिलेदेखि नै हाम्रो गम्भीर मतभेद रहँदै आएको छ र अहिले पनि सङ्घीय संरचनासित जोडिएका सबै कुराहरूलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । तर हाम्रो त्यस प्रकारको विरोधका कारणले संविधान बनाउने वा जारी गर्ने कार्यको नै विरोध गर्ने हाम्रो नीति हुने छैन । त्यसका साथै संविधान जारी भएपछि पनि सङ्घीयताका विरुद्ध हाम्रो विरोध र सङ्घर्ष कायम रहने कुरालाई हामीले दृढतापूर्वक स्पष्ट गर्न चाहन्छौँ ।
२. संसदलाई सानो आकारको बनाउने तथा मिश्रित निर्वाचन प्रणाली अपनाउने अवधारणलाई हाम्रो पार्टीले समर्थन गर्दछ । हाम्रो पार्टीले पहिले संसदमा ५० प्रतिशत प्रत्यक्षबाट र ५० प्रतिशत समानुपातिकबाट निर्वाचित हुनुपर्दछ भन्ने प्रस्ताव राखेको थियो । त्यो अवधारणा अहिले पनि सही मान्दछौँ । तैपनि ६० र ४० को प्रतिशतमा पनि हाम्रो कुनै खास आपत्ति नरहेको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । त्यसै गरेर निर्वाचन क्षेत्रहरूको विभाजन भूगोल र जनसङ्ख्याका आधारमा गर्ने अवधारणालाई पनि हाम्रो पार्टीले समर्थन गर्दछ ।
३. हाम्रो पार्टीले सङ्घीय संरचना अन्तर्गत प्रदेशहरूको गठनको कार्यलाई सुरूदेखि नै विरोध गर्दै आएको छ र अहिले पनि गर्दछ । प्रशासनको काम चलाउन प्रान्त, प्रदेश, जिल्ला आदिको गठन गर्ने संसारभरि चलेको चलन हो । त्यो कार्य समाजवादी, पूँजीवादी, सङ्घीय वा एकात्मक प्रणाली अन्तर्गत पनि त्यस प्रकारको विभाजन हुने गर्दछ । त्यस अनुसार नेपालमा पनि प्रशासकीय एकाईको रूपमा प्रदेशहरूको गठन गर्ने कार्यसित हाम्रो विरोध छैन । त्यस अनुसार हाम्रो पार्टीले सात वटा प्रदेशहरूको निर्माणका लागि सुझावहरू दिएको थियो । त्यसमा एकाध सङ्ख्या कम वा वेशी हुने कुराले स्थितिमा कुनै फरक ल्याउने छैन । तर प्रदेशहरूको गठन गर्दा उत्तर र दक्षिणका भूभागलाई मिलाएर प्रदेशहरूको गठन गर्नु पर्ने† जातीय आधारमा प्रदेशहरूको गठन गर्न नहुने तथा विद्यमान अञ्चल, जिल्ला वा गाविसहरूलाई टुक्राउन नहुने कुरामा हाम्रो पार्टीले जोड दिँदै आएको थियो र अहिले पनि दिन्छ ।
४. सर्वोच्च अदालतभन्दा बेग्लै संवैधानिक अदालतको व्यवस्थालाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।
५. संविधानको घोषणा पश्चात राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखहरूको निर्वाचन हुने अवधारणालाई हाम्रो पार्टीले सही मान्दछ र समर्थन गर्दछ ।
६. यथाशीघ्र चाँडो स्थानीय निकायको निर्वाचन गर्ने समझदारीलाई पनि हाम्रो पार्टीले समर्थन र स्वागत गर्दछ । तर त्यसो गर्दा गाविस र नगरपालिकाहरूका साथै जिल्ला स्तरीय एकाइहरूलाई पनि कायम राख्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । स्थानीय निकायहरूको जिल्ला स्तरीय एकाईहरूलाई हटाउने कार्यबाट स्थानीय निकायको स्वरूप कुण्ठित हुने छ ।
७. उक्त सहमतिबाट संविधानको छिट्टै निर्माण हुने छ भन्ने हामीले आशा गरेका छौँ र त्यसका लागि हाम्रो पार्टीले आफ्ना मतभेद र विरोधहरूलाई सुरक्षित राख्दै आवश्यक समर्थन र सहयोग दिने छ । त्यसका साथै उक्त कार्यमा अझै पनि गम्भीर प्रकारका समस्या र बाधाहरू भएको वास्तविकताप्रति पनि हाम्रो पार्टीले सम्बन्धित सबै पक्षको ध्यान आकर्षित गर्न चाहन्छ ।
८. उक्त सहमतिका सन्दर्भमा एकातिर ३० दलीय मोर्चाका घटकहरूमध्ये २८ वटा जातिवादी र मधेशवादी सङ्गठनहरूले गरेको विरोधप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । त्यस प्रकारको विरोधको कारणले नै पहिलो संविधान सभाको कालको जेष्ठ २ गतेको सम्झौताबाट प्रचण्ड पछाडि हटेकाले संविधानको निर्माण नगरिकन संविधान सभाको विघटन भएको थियो । अहिले पुनः त्यस प्रकारको इतिहासको पुनरावृत्ति हुने छैन, संविधान निर्माणमा कुनै बाधा पुग्ने छैन भन्ने हामीले आशा प्रकट गर्दछौँ ।
९. जातिवाद र क्षेत्रीयतावाद लोकतान्त्रिक संविधान निर्माणको मार्गमा सबैभन्दा ठूलो बाधा बनेर उभिएको छ । एमाओवादीको उनीहरूसितको गठबन्धनका कारणले स्थिति धेरै नै जटिल र गम्भीर बनेको थियो । अहिले पनि उनीहरू वा उनीहरूकातर्फबाट संविधान निर्माणमा विभिन्न प्रकारका बाधा पैदा हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । हामीले एकातिर, सबै जातिवादी र मधेशवादी सङ्गठनहरूसित संविधान निर्माणमा सकारात्मक योगदान दिन अनुरोध गर्दछौँ भने अर्कातिर, उनीहरूबाट (जातिवादी, मधेशवादीहरूबाट) सम्भावित बाधा र विरोधहरूको दृढता र कुशलतापूर्वक सामना गरेर संविधान निर्माणको कार्यलाई सम्पन्न गर्न सम्बन्धित सबै पक्षहरूसित अपील गर्दछौँ । त्यसरी नै लोकतन्त्र र गणतन्त्र संस्थागत गर्नुका साथै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको प नि रक्षा गर्नु सम्भव हुने छ ।
१०. संविधान निर्माणमा एकातिर, उग्र“वामपन्थी” चिन्तन र अर्कातिर, प्रतिगामी पक्षबाट सम्भावित विरोधप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । नेकपा–माओवादीले पहिलेदेखि नै संविधान सभा र संविधान निर्माणको प्रक्रियाको विरोध गर्दै आएको छ । उनीहरूले अहिले पनि संविधान निर्माणको कार्यको विरोध गर्ने बताएका छन् । राजावादीहरूले पनि हिन्दू राज्य र राजतन्त्रको पक्षमा संविधान नबनेमा विरोध गर्ने कुरा गरेका छन् । हाम्रो पार्टीले उक्त दुवै प्रकारका विचारलाई गलत मान्दछ र विरोध गर्दछ ।
१२. तात्कालिक अवस्थामा हाम्रो पार्टीले संविधान निर्माणको दिशामा गरिने पहलकदमीलाई आलोचना सहित समर्थन गरे पनि एकातिर, सङ्घीयता सहित संविधानको अन्तरवस्तुसित सम्बन्धित हाम्रो मतभेद भएका विषयहरू र अर्कातिर, देश र जनतासित सम्बन्धित अन्य राजनीतिक प्रश्नहरूमा आवश्यकता अनुसार संविधान सभाभित्र वा बाहिर विरोध वा सङ्घर्ष गर्ने हाम्रो नीति कायम रहने छ ।”