काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुली नदी खस्दा मृत्यु हुनेको संख्या ८ पुग्यो, २४ जना घाइते
अर्घाखाँचीडट्कम संवाददाता
चितवन ( अर्घाखाँचीडट्कम) काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे यात्रुबाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ । २४ जना घाइते भएका छन्।

नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस बुधबार विहान लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको हो ।

बस २५ फिट तल फेला
सश्स्त्र प्रहरीका गोताखोरले बसलाई २५ फिट तल फेला पारेका छन्। सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकाल्ने तयारी भइरहेको छ।पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्ने थाह हुन सकेको छैन। चितवनबाट आइरहेको बा ६ ख ४९७२ नम्बरको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुगेको थियो ।

उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै अघि थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ। बुधबार विहान बालाजुस्थित बसपार्कबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए । कलंकी र सडक बीचबाट पनि कति यात्रु बसमा चढे भन्ने खुल्न सकेको छैन ।

८ जना मृतक मध्ये २ जनाको मात्रै सनाखत भएको छ। मृत्यु हुनेमा देवदह-१०, गोदाहका विक्रम पाण्डे रहेका छन्। उनको साथबाट मेघा कलेजको परिचयपत्र भेटिएको छ।
उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।
मृतकको नामावली:-
१) विक्रम पाण्डे देवदह-१०, गोदाह
२) पवन महत, देवदह-१०, गोदाह
३)
४)
५)
६)
७)
बस दुर्घटनाका घाइतेको नामावली:-
१) कमल बि. क . कपिलवस्तु
२) धुर्ब भट्टराई अर्घाखाँची
३) संदिप दमासे (ठेगाना नखुलेको)
४) उमादेबी पोखरेल (ठेगाना नखुलेको)
५) तुलसा घर्तिमगर (ठेगाना नखुलेको)
६) यम बहादुर क्षेत्री (ठेगाना नखुलेको)
७) इन्दिरा दमासे (ठेगाना नखुलेको)
८) केशरमणी न्यौपाने (ठेगाना नखुलेको)
९) पदम बहादुर रायमाझी (ठेगाना नखुलेको)
१०) निशा थापा (ठेगाना नखुलेको)
११) सुशील क्षेत्री (ठेगाना नखुलेको)
१२) धुर्ब दमासे धारापानी कल्लेरी, अर्घाखाँची
१३ ) लक्ष्मी पौडेल किमडाँडा पकले, अर्घाखाँची
१४) दधिराम गैरे (ठेगाना नखुलेको)
१५) राम बहादुर बि. क. (ठेगाना नखुलेको)
१६) शाबित्रा गौतम सन्धिखर्क कुर, अर्घाखाँची
१७) राजेन्द्र रायमाझी (ठेगाना नखुलेको)
१८) माधब खनाल खन मखात, अर्घाखाँची
१९) पवन महत बाँगी पलासपाटा, अर्घाखाँची
र नाम, ठेगाना नखुलेका नावालक बच्चा १ घाइते, अचेत १ महिला, ३ पुरुष रहेका छन् ।



No comments:
Post a Comment