अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम समापन समारोह सम्पन्न

मस्कट,
आजभन्दा सयवर्ष पहिले सर्वहारा वर्गका महान नेता कामरेड लेनिनको नेतृत्वमा रसियामा सम्पन्न भएको अक्टोबर क्रान्तिको महत्त्वलाई स्मरण गर्दै बिविध कार्यक्रमहरु सहित एक वर्षदेखि मनाउदै आईरहेको सतवार्षिकी कार्यक्रमको समापन कार्यक्रम ओमान नेपाली एकता समाज केन्द्रिय समितिको आयोजनामा शुक्रबार सम्पन्न भएको छ ।
केन्द्रीय समितिका कोषाध्यक्ष तुलसीराम खनालको अध्यक्षतामा तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सञ्चालन केन्द्रीय सचिब दुर्गा गिरीले गर्नु भएको थियो ।
प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने ज्यूले सर्वहारा बर्गको राज्यसत्ता नै अक्टोबर क्रान्तिको उदेश्य भएको बताउदै अहिलेको संसदिय ब्यवस्था र निर्वाचनले गरिब जनताको मुक्ति हुन नसक्ने र नयाँ जनवादी क्रान्तिको आधार तयार पार्न जनतालाई सचेत बनाउनु पर्नेमा जोड दिनु भयो ।
केन्द्रिय समितिका कार्यबाहक अध्यक्ष जिबी लामाले अक्टोबर क्रान्तिको महत्त्वलाई आत्मसात गर्दै आपसी एकता र सद्भावका साथ संगठनलाई बलियो बनाउदै आम श्रमजीवी मजदुरहरुको एकताले मात्रै गरिखाने बर्गको राज्य सत्ता स्थापना गर्न सकिने बताउदै प्रवासमा रहेका आम मजदुरहरु एक हुनुपर्नेमा जोड दिनु भयो ।
ज्ञातअज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण सहित शुरु भएको समारोहमा रुसेल एरिया समितिका कोषाध्यक्ष ऋषि वाग्ले, रुवि एरिया समितिका अध्यक्ष टंक आचार्य, अल्खुवैर एरिया समितिका सदस्य रबिराज बस्नेत, सीब एरिया समितिका सदस्य साबित्रा पोख्रेल, महिला बिभागकि अध्यक्ष लक्ष्मी रायमाझी, खेलकुद बिभागका अध्यक्ष दिल प्रसाद पौडेल, महिला बिभागकि सचिब कुमारी तितुङ तथा केन्द्रीय सल्लाहकारहरु शालिकराम आचार्य तथा बिष्णु अर्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।




















No comments:
Post a Comment