Monday, November 27, 2017

राष्ट्रिय जनमोर्चा दैलेखको चुनावी अभियान तिव्र


Image may contain: 2 people, people standing, outdoor and nature
राष्ट्रिय जनमोर्चा दैलेखको चुनावी अभियान तिव्र 

मंसिर ११ गते दैलेख 
राष्ट्रिय जनमोर्चा दैलेखले चुनावी अभियान तिव्र बनाएको छ । यसै क्रममा आज डुङ्गेश्वर गाउँपालिकाको सेर्माकोटमा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा, दैलेखका चुनाव परिचालन समितिका संयोजक तथा निर्वाचन क्षेत्र नं. १ का क का उम्मेदवार कविराज खत्रीले, यो चुनाव ऐतिहासिक महत्वको चुनाव भएकाले जनतालाई सचेततापूर्ण रुपमा मतदान गर्न अपिल गर्नुभयो । उहाँले अगाडि भन्नु भयो, चुनावमा मात्र अब्बल दर्जाको नेताको आफुलाई उपमा दिने र जनतालाई दुःख पर्दा भागेर सदरमूकाम हुँदै राजधानी जाने तथा विस्तापित भत्ता खानेलाई मतदान नगर्न आग्रह गर्नु भयो । यसका साथै उहाँले आफुले गरेका प्रतिवद्धता चुनावी नारा मात्र नभई दैलेखका उद्यमी, ब्यापारी, किसानहरुको पक्षमा १० वर्षदेखी संचालन गर्दै आएको अभियान र आत्मनिर्भर, उद्यमशील समाज बनाई सम्वृद्ध जिल्ला बनाउने चाहाना पुरा गर्न नेतृत्वदायी भूमीका खेलेको बताउनु भयो । संकटको बेला भाग्ने भगौडा नेता, पर्यटक बनेर आउने नेतालाई मतदान गर्ने वा यस जिल्लामा निरन्तर अग्रगमनका पक्षमा लडाँइ लड्नेलाई विजयी गराउने ? फैसला जनताको हातमा भए पनि भूल भुलैयामा नपरेर मतदान गर्न समेत अनुरोध गर्नुभयो । 

यसका साथै निर्वाचन क्षेत्र नं. २ को टोलीले आज दुल्लुको तल्लो डुङ्गेश्वरमा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्बोध गर्दै निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सदस्य भिमसिंह विष्टले, आफु सानो उमेर देखी नै मजदूरी गर्दै आफनै पौरखमा बाँच्दै आएको बताउँदै किसान, मजदूरहरुले यस पटक मजदूरी गर्ने मजदूरलाई विजय गराउन अपिल गर्नुभयो । उहाँले समाजलाई बदल्न क्रान्तिकारी नीति आवश्यक भएकाले क्रान्तिकारी नीति बोकेको राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्न अपिल गर्नुभयो । सभालाई निर्वाचन क्षेत्र नं. २ क का उम्मेदवार लोकपाल थापा, सामानुपातिक उम्मेदवार भरत शाहीले सम्बोधन गर्नुभएको थियो ।

No comments:

Post a Comment