Wednesday, November 29, 2017

निर्वाचनमा राजमोलाई नै मतदान किन ?

निर्वाचनमा राजमोलाई नै मतदान किन ?


गौरिलाल कार्की
गणतन्त्रको स्थापना र नेपालको संविधान (२०७२) जारी भए पश्चात् पहिलो पटक प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन एकै पटक सम्पन्न हुँदै छ । मुलुकका उच्च पहाडी र हिमाली भेगका ३४ वटा जिल्लामा मङ्सिर १० गते र पहाडी तथा तराई–मधेसका ४३ वटा जिल्लामा मङ्सिर २१ गते मतदान सम्पन्न हुँदै छ । संविधान कार्यान्वयन, गणतन्त्र र राष्ट्रियताको रक्षा र आर्थिक विकासका लागि यो निर्वाचनको राष्ट्रिय रूपमा अन्य आवधिक निर्वाचनभन्दा फरक महत्व रहेको छ । देश तीन तहको सरकारको ढाँचामा गएको, नयाँ संविधान लागु हुन नदिन देशी–विदेशी प्रतिक्रियावादीहरू विभिन्न आवरणमा सक्रिय रहेको, नेपालको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डता भत्काउने दुष्प्रयास जारी रहेको सन्दर्भमा यो निर्वाचनको फरक भूमिका रहन जान्छ । आज यो निर्वाचन मार्फत् एकातिर, प्राप्त उपलब्धिको रक्षा तथा जगेर्ना गर्नु पर्ने अवस्था र अर्कातिर, नयाँ शासकीय स्वरूपको स्थापना र नयाँ शासन प्रणालीले निम्त्याउन सक्ने खतरा विरुद्धको सङ्घर्षको अवस्थालाई कायम राख्नु पर्ने अवस्था विद्यमान छ । यहाँ भन्न खोजिएको के हो भने आज गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता अक्षुण्ण राख्नका लागि हिमाल, पहाड, तराईका सबै जनता आम रूपमा एकजुट भएर निर्वाचनमा जानु पर्ने आवश्यकता छ भने अर्कातिर, यो परिवर्तनसँगै निम्तिएका गतल प्रावधानहरू जस्तो नेपालको सन्दर्भमा सङ्घीयता, जातीयता, क्षेत्रीयता, बहुराष्ट्रवाद, भ्रष्टाचार र राजनीति भनेको सम्पत्ति कमाउने थलोको रूपमा मौलाएको प्रवृत्ति जस्ता कुराहरूलाई पूर्णतया हटाउनु पर्ने आवश्यकता छ । त्यस कारण यो निर्वाचनको महत्व त छ नै, त्यसभन्दा पनि अझ महत्वपूर्ण कुरा के छ भने आगामी प्रतिनिधि वा प्रदेश सभामा कस्ता कस्ता पक्षको प्रतिनिधित्व सुनिश्चित हुन्छ ? त्यसले नै मुलुकको भविष्यको सुनिश्चितता गर्ने छ । यसबारे विचार गर्दा यी सबै एजेन्डालाई कार्यान्वयन गर्न र मुलुकलाई समृद्धिको मार्गमा डोर्‍याउनका लागि असली आचरण र नीति भएको राजनीतिक शक्तिको विजय हुनु आवश्यक छ । अहिलेसम्मकै क्रियाकलाप, सिद्धान्त, नीति र निष्ठाको कसीमा राखेर विचार गर्ने हो भने राष्ट्रिय जनमोर्चालाई नै मुलुकभरि विजयी गराउनु जरुरी देखिन्छ । तर दुःखको कुरा के छ भने अहिले मुलुकको समाज व्यवस्था प्रतिक्रियावादी प्रकारको छ । यो व्यवस्थामा सत्य र निष्ठाको कदर गरिदैन । यो व्यवस्थामा एक प्रकारले दमन, शोषण, धाकधम्की, जाली, फट्याइँ र कपटपूर्ण क्रियाकलापको बोलवाला हुन्छ । अझ निर्वाचनको समयमा त झन् साम, दाम, दण्ड र भेदको समेत हत्कण्डा अपनाउने गरिन्छ । निर्वाचन आचार संहिताको व्यापक उल्लङ्घन तथा सत्ता र शक्तिको समेत दुरूपयोग गरिन्छ । यो सबै गलत क्रियाकलाप प्रतिक्रियावादी, पूँजीवादी, जातिवादी, क्षेत्रीयतावादी एवं अवसरवादी राजनीतिक दलहरूले अपनाउने गर्छन् । तर एउटा क्रान्तिकारी, जन पक्षीय र अनुशासित राजनीतिक दलको हकमा यस प्रकारका कृयाकलापमा संलग्न हुन नीतिले पनि दिदैन र शोभनीय पनि हुँदैन । मुलुकमा राष्ट्रिय जनमोर्चा मात्र त्यो कोटीको राजनीतिक दलमा पर्दछ ।
यो निर्वाचनको सम्मुखमा नै मुलुक एक प्रकारको ध्रुवीकरणको दिशामा उभिएको छ । आज एकातिर, एमाले र माओवादी नेतृत्वमा वाम गठबन्धन र अर्कातिर, नेपाली काङ्ग्रेस र राप्रपा लगायतको प्रतिक्रियावादी गठबन्धनको बलियो प्रतिस्पर्धा हुने अडकलवाजी गरिएको छ । अन्य कतिपय राजनीतिक दलहरूले पनि आ–आफ्नो प्रकारले निर्वाचनमा भाग लिएको अवस्था छ । राष्ट्रिय जनमोर्चाले पनि “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, समृद्ध नेपालको निर्माण गरौँ” भन्ने मूल नारा तय गरेर आफ्नो नीति र सिद्धान्तका आधारमा अहिलेको निर्वाचनमा भाग लिई रहेको छ । यसले कतिपय वामपन्थी, देशभक्त र जनतान्त्रिक शक्तिहरूसित चुनावी तालमेल गर्ने नीति समेत लिएको छ । त्यस सिलसिलामा बागलुङ र प्युठानमा एमाले र माओवादीसँग चुनावी तालमेल भएको छ भने अन्य ठाउँमा राष्ट्रिय जनमोर्चा एउटा नयाँ उत्साहको साथ एक्लै चुनावमा होमिएको छ । यस प्रकारको चुनावी खेलमा कस्तो दललाई किन चुन्ने भन्ने कुरा नै हरेक निर्वाचनको महत्वपूर्ण पक्ष हो । मुलुकलाई अर्ध सामन्ती तथा अर्ध औपनिवेशबाट मुक्त गरेर एउटा समृद्ध अर्थतन्त्रको विकास र नयाँ जनवादी क्रान्तिको आधार तयार पार्नका लागि क्रियात्मक रूपमा राष्ट्रिय जनमोर्चालाई नै मतदान गरेर मुलुकभरि नै जिताउनु पर्ने मुलुक र जनताको राष्ट्रिय आवश्यकता हो । मैले यो ठोकुवा वा दावा किन गरेको हो भने मुलुकका लागीिअब राष्ट्रिय जनमोर्चाले लिएको क्रान्ति र समृद्धिको खाकाले मात्र काम गर्ने देखिएको छ । जसले चुनाव अघि चुनावी घोषणा पत्रमा गुलिया, चिप्ला र मिठा मिठा सपना लेखेर जनतालाई झुक्याएर चुनाव जित्ने, जितेपछि सत्तामा बसेर राष्ट्रको अर्थतन्त्रमा ब्रह्मलुट मच्चाउने, राजनीतिलाई सेवाको रूपमा होइन कि व्यक्तिगत सम्पत्ति जोर्ने अवसरको रूपमा लिएर अकूत सम्पत्ति कमाउने, राष्ट्रघाती र जनघाती काम गर्छ, त्यस प्रकारको नीति भएका दलहरूलाई अब पनि जनताले विश्वास गर्नु हुँदैन । चुनावी घोषणा पत्रमा लेखेर मात्र मुलुकको अर्थतन्त्रको विकास हुन सक्दैन । कानुन नियम बनाएर मात्र समानता आउन सक्दैन । त्यसलाई कार्यान्वयन गर्नु पर्दछ । कार्यान्वयन गर्नका लागि त्यसका नीति, विचार र सिद्धान्त सही हुनु पर्छ । त्यो सामथ्र्य क्रान्तिकारी पार्टीले मात्र राख्न सक्छ । प्रतिक्रियावादी र अवसरवादीहरूको देखाउने र भन्ने नीति जनपक्षीय हुन्छ तर कार्यान्वयन गर्ने र व्यवहारमा प्रयोग गर्ने नीति त्यसको उल्टो शोषक पक्षीय हुन्छ । यो उनीहरूको वर्ग चरित्र हो । तर क्रान्तिकारीहरूको नीति, सिद्धान्त सधैँ श्रमजीवी जनताको पक्षमा तथा शोषितको पक्षमा हुन्छ । त्यो नीतिको कार्यान्वयन गर्ने बाहेक उसको अर्को इरादा हुँदैन । त्यो क्रान्तिकारी शक्तिको वर्ग चरित्र हो । त्यसको प्रतिनिधित्व मुलुकमा राष्ट्रिय जनमोर्चाले मात्र गर्न सक्छ भन्ने निश्चित आधारहरू रहेका छन् ।
राष्ट्रिय जनमोर्चाले विगत र वर्तमान अवस्थामा संसदमा खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्ने हो भने यसलाई फेरि पनि संसदमा हिजोकोभन्दा बलियो शक्तिको रूपमा संसदमा उपस्थिति गराउनु पर्ने राष्ट्रिय आवश्यकता छ । तर अनेक चुनौती पनि हाम्रो अगाडि छन् । संसदीय इतिहासमा अध्यक्ष चित्र बहादुर केसीको आफ्नै प्रकारको स्वर्णिम भूमिका रहेको छ । आगामी संसदमा हुनै पर्ने राष्ट्रिय व्यक्तित्वमध्येका एक नेता चित्रबहादुर केसी पनि हुनु हुन्छ । उहाँलाई अहिले पार्टीले प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट उम्मेदवार खडा गरेको अवस्था छ । प्रतिनिधि सभा सदस्यमा केसीलाई निर्वाचित गर्न राजमोले तीन प्रतिशतको थ्रेसहोल्डलाई पुरा गर्ने गरी समानुपातिकतर्फ मत प्राप्त गर्नु पर्ने हुन्छ । त्यसैले यस प्रकारको निष्ठावान, सक्षम र राष्ट्रको लागि नभई नहुने व्यक्तित्वलाई चुन्ने कि नचुन्ने ? त्यो महत्वपूर्ण जिम्मेवारी सम्पूर्ण देशवासीको काँधमा आएको छ । यदि केसीलाई संसदमा उपस्थित गराउने हो भने सबै न्यायप्रेमी जनताले बढीभन्दा बढी समानुपातिकतर्फ चुनाव चिह्न गिलासमा नै मतदान गर्नु जरुरी भएको छ । यहाँहरू सबैलाई थाहा नै छ, तात्कालिक अवस्थामा राजमोले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि सडक र संसदमा सङ्घर्ष गर्ने नीति लिएको छ । यो प्रतिक्रियावादी व्यवस्थाबाट जनताको सम्पूर्ण समस्या समाधान हुन सक्दैन । त्यसका लागि आमूल परिवर्तनको आवश्यकता रहेको मान्दछ । त्यसको आधार तयार पार्नका लागि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अग्रगमनको बाटो स्पष्ट रूपमा तयार गरेको छ । कम्युनिस्ट आन्दोलनमा देखा परेका उग्रवामपन्थी तथा दक्षिणपन्थी अवसरवाद विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने नीति अख्तियार गरेको छ । यसले आगामी प्रतिनिधि सभा र प्रदेश सभामा प्रगतिशील भूमिका खेल्ने छ । यस सन्दर्भमा प्रतिनिधि सभा र प्रदेश सभाको आ–आफ्नै अलग अलग भूमिका रहने छन् । प्रतिनिधि सभाले राज्यको केन्द्रीय नीति, नियम र कानुन निर्माण गर्ने, केन्द्रीय सरकार गठन र परिचालन गर्ने छ भने प्रदेश सभाले आफ्नो प्रदेशको सरकार गठन र सञ्चालन गर्ने छ । त्यसका साथै प्रदेश स्तरमा कानुन निर्माण गर्ने र विशेष रूपमा आफ्नो प्रदेशको विकास र समृद्धिका लागि परिचालन हुने छ । त्यस्तै, स्थानीय तहमा स्थानीय स्तरमा नीति निर्माण, विकास निर्माण र शासन गर्ने गाउँपालिका र नगरपालिकाले गर्नेछन् । यस प्रकारको तीन तहको शासन प्रणालीमा आफ्नो प्रगतिशील भूमिका राष्ट्रिय जनमोर्चाले कसरी खेल्छ त ?
सर्वप्रथम अहिलेको परिस्थितिमा आगामी संसदमा राष्ट्रिय जनमोर्चाको क्रान्तिकारी भूमिकाले दुई वटा पक्षमा जोड दिएको छ । प्रथम, अहिलेसम्मका अग्रगामी राजनीतिक उपलब्धिहरूको रक्षा र थप उपलब्धि हासिल गर्नका लागि आधार प्रशस्त गर्ने कुरामा जोड दिएको छ । दोस्रो, नेपालको राष्ट्रिय अर्थतन्त्रको विकास र मुलुकको समानुपातिक समृद्धिमा जोड दिएको छ । पहिलो पक्षको मूल काम भनेको संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्नु हो, जसले गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र समावेशिताको रक्षा गर्दछ र मुलुकमा सम्भावित प्रतिगमनको खतरा विरुद्ध सङ्घर्षरत रहने छ । दोस्रो पक्ष, मुलुकमा व्यापक रूपमा भई रहेको भ्रष्टाचार र अनियमिततालाई रोकेर समृद्ध नेपाल निर्माणका लागि जलस्रोत, उद्योग, कृषि र पर्यटनको विकास गर्नु रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगार र मनोरञ्जनको न्याय र समानताको आधारमा व्यवस्था गर्ने लक्ष्य लिएको छ । विकेन्द्रीयता र सन्तुलित विकास नीति, यातायातको विकास, भ्रष्टाचार नियन्त्रण, विदेश नीति, क्रान्तिकारी भूमिसुधार, किसान, महिला तथा बालबालिकाको विकास, मजदुरको हक–हितको सुरक्षा, दलित, मधेसी, भूकम्प पीडित, बाढी पीडित, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र प्रवासी नेपाली आदि सबैको हक–हितका लागि न्याय र समानताका आधारमा नीति निर्माण गरी सबैको समुचित विकासमा जोड दिएको छ । अनि मात्र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ भन्ने मान्यता राखेको छ ।
आसन्न चुनावमा नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको प्रतिक्रियावादी गठबन्धनले मुलुकमा विजय प्राप्त गर्‍यो भने राष्ट्र र राष्ट्रियता तथा जनतन्त्र र जनताका निम्ति धोका र कुठाराघात हुने निश्चित छ । नेपाली जनताबाट यदि यस प्रकारको भुल भयो भने त्यसबाट देशका लागि खतरा उत्पन्न हुने छ । प्रथम, अहिलेसम्मका सम्पूर्ण राजनीतिक उपलब्धि गुम्ने र प्रतिगामी खतरा उत्पन्न हुने छ, साथै नेपालको संविधान भारतको पक्षमा संशोधन गरेर दीर्घकालीन रूपमा नै राष्ट्रियतामा आँच पुग्ने खतरा रहने छ । दोस्रो, हिजो भए÷गरेका राष्ट्रिय उद्योगधन्दा निजीकरण गर्ने उसको नीतिले बचेखुचेका उद्योगधन्दा, नदीनाला र प्राकृतिक सम्पदा समेतको बिक्री–वितरण र दोहन हुने निश्चित छ । राष्ट्रघाती र जनघाती कदमले निरन्तरता पाउने छन् । त्यस कारण नेपाली जनताले अझै पनि काङ्ग्रेस गठबन्धनलाई जिताउने गल्ती कुनै हालतमा गर्नु हुँदैन । नेकाको नेतृत्वमा बनेको प्रतिक्रियावादी गठबन्धन र वाम गठबन्धनबीच तुलनात्मक रूपमा वाम गठबन्धन देशभक्त देखिन्छ । यस गठबन्धनको काङ्ग्रेसको तुलनामा प्रगतिशील भूमिका रहने भएकाले काङ्ग्रेसको गठबन्धनले जित्नुभन्दा वाम गठबन्धनलाई जिताउनु तुलनात्मक रूपमा बुद्धिमानी काम हुने छ । तर वाम गठबन्धनले विजय प्राप्त गरेपछि पनि सबै कुरामा फलदायी हुन्छ भन्ने होइन । वाम गठबन्धनमा रहेका एमाले र माओवादी दुवै पार्टीले चुनावपछि लगत्तै पार्टी एकता समेत गर्ने सहमति गरेका छन् । उनीहरूको आगामी संसदमा कस्तो भूमिका रहने छ ? त्यो कुरा उनीहरूले एकता गरेको पार्टीको नीतिमा भर पर्ने छ । हिजो संसदीय व्यवस्थादेखि आजसम्म एमालेले खेलेको भूमिका र माओवादीको चरम दक्षिणपन्थी दिशामा पतनको दृष्टिकोणबाट हेर्दा स्पष्ट रूपमा के ठोकुवा गर्न सकिन्छ भने यो गठबन्धनले पनि जनता र राष्ट्रको पक्ष काम गर्ने देखिदैन । यिनीहरूको अवसरवादी राजनीतिक धरातलले नै स्पष्ट हुँदै आएको छ कि त्यो पार्टी एकताले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा रणनीतिक रूपमा कुनै तात्विक फरक पार्ने देखिदैन । हिजोको माओवादीहरूको अस्थिर राजनीति र एमालेको काङ्ग्रेसपरस्त चरित्रको मूल्याङ्कन गर्ने हो भने यो गठबन्धनद्वारा बन्ने पार्टी पनि झण्डै झण्डै प्रतिक्रियावादपरस्त पार्टी बन्ने निश्चित छ, जसबाट जनताले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणको आशा राख्नु व्यर्थ हुने छ ।
मुलुकमा यी दुई वटा गठबन्धनको विकल्पमा राष्ट्रिय जनमोर्चा नै नीतिगत रूपमा र यथार्थ स्थितिमा छ । आफ्नो स्थापना कालदेखि आजसम्मको यसको नीति, सिद्धान्त र कार्यशैलीको हिसाबले यसले विभिन्न चुनाव हारेर पनि जितेको छ । यसको नीतिगत प्रश्न र राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाको दृष्टिकोणले विजयको सुनिश्चितता अहिले पनि कायम छ । तर आज विडम्बना भनौँ कि, राष्ट्र र राष्ट्रियता तथा जनता र जनजीविकाको पक्षमा सशक्त प्रकारले प्रस्तुत भएको पार्टी पनि सङ्गठनात्मक हिसाबले जनाधार कमजोर भएको अवस्थामा पुगेको छ । कतिपय विश्लेषकहरूले राजमोको यस प्रकारको अवस्था रही रहनुमा यसका नीति र कार्यक्रम जिम्मेवार भएको टिप्पणी गरेको पाइन्छ । त्यसो भए राजमोले आफ्नो सङ्गठन विस्तार गर्नकै लागि कस्तो नीति र कार्यक्रम अवलम्बन गर्नु पर्दथ्यो त ? आजको दिनमा राजनीतिक रूपले गतल कुराहरू ढाकछोप गर्ने, समाजमा हुने गरेका विकृति, विसङ्गतिहरूलाई मलजल गर्ने परम्परा जस्तो कायम छ । जुन पार्टी भ्रष्टाचार, तस्करी, कालोबजारी, बलात्कार, लागु औषध ओसारपसार, वन फडानी जस्ता गलत कुराहरूलाई राजनीतिक छहारी दिन सफल भएका हुन्छन्, त्यही पार्टीको सङ्गठन बलियो भएको हुन्छ । जुन पार्टीले राष्ट्रघात, जनघात, असमान सन्धि–सम्झौता गरेका छन् । शिक्षा, स्वास्थ्य, रोजगार र विकास निर्माणका कार्यमा विभेदकारी नीति अपनाउने गरेका छन्, तिनै पार्टीको सङ्गठन बलियो भएको हुन्छ । प्रतिक्रियावादी व्यवस्थामा यस्तै प्रकारको गलत प्रभावले नै सङ्गठन बलियो बनेको हुन्छ । त्यस कारण राजमोले सङ्गठन बलियो बनाउने नाममा यस प्रकारको गलत नीतिहरूको अवलम्बन गर्दैन र गर्नु पनि हुँदैन । तर आज जनताका जनजीवनका समस्याहरू असहज बनी रहेका छन् । संविधान, नियम र कानुनले दिएका विभिन्न अधिकारबाट जनता वञ्चित भएका छन् । समाजमा अहिले पनि अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितता कायम छन् । त्यसका विरुद्ध राजमोले ठोस, व्यवस्थित र सशक्त आन्दोलनको उठान गर्नु पर्ने देखिएको छ । वास्तविक अर्थमा व्यावहारिक रूपले नै अन्य बुर्जुवा र अवसरवादी राजनीतिक दल र राजमोबीचको भिन्नता के हो ? त्यो जनतालाई देखाउन र बुझाउन सक्नु पर्छ ।
यो पूँजीवादी व्यवस्था हो र यस व्यवस्थामा हुने निर्वाचनमा सचेत जनताले मतदान गर्दा जुन जुन कुरामा ध्यान पुर्‍याउनु पर्ने हुन्छ, त्यसमा जनताको ध्यान पुगेको पाइदैन । वर्षभरि जनताको काम गरेनन्, आफ्नो मात्र भुँडी भरे भनेर सराप्ने तर चुनावमा त्यही दललाई मतदान गर्ने प्रचलनको अन्त्य गरिनु पर्छ । पूँजीवादी व्यवस्थामा निर्वाचन पक्षपातरहित हुन सक्दैन भन्ने कुरा बुझ्नु पर्छ । यसमा सबैले समान रूपमा भाग लिन पाउछन् भन्ने भ्रमबाट जनता मुक्त हुनु पर्छ । पैसा हावी हुने प्रणालीले निर्वाचन शुद्धताको परीक्षण हुन सक्दैन । किनेको मतदाताले हालेको मतबाट बनेको सरकारले समृद्ध नेपालको परिकल्पना साकार पार्न सक्दैन । पैसा नै राजनीतिको केन्द्र भएको लोकतान्त्रिक व्यवस्थाबाट न धेरै अपेक्षा गर्न सकिन्छ, न त त्यसबाट भनेको जस्तो परिवर्तन सम्भव हुन्छ । निष्ठा र इमान सहित राजनीतिमा लामो समय भूमिका खेलेका नेता र दलभन्दा उद्योगी, व्यापारी, अपराधिक क्रियाकलापमा संलग्न, डन, ठेकेदार, बल र पैसाले सम्पन्न व्यक्तिहरूलाई टिकट दिने दलहरूलाई जनताले आफ्नो मत दिनु हुँदैन । निर्वाचनमा सम्पूर्ण राजनीतिक दलले आफ्नो पार्टीको नीति, सिद्धान्त र कार्यक्रमप्रति जनतालाई आकर्षण गरेर तथा बुझाएर मत माग्नु पर्ने हो, तर त्यसो गरिदैन । गलत दलहरूले आचार संहितामा उल्लङ्घन गरेर, मतदातालाई धम्काएर, तर्साएर पैसाको बिटो देखाएर जसरी भए पनि निर्वाचन जित्ने शैली प्रचलनमा आएको छ, यो प्रचलन गलत हो । यसले राष्ट्र र जनता कसैलाई हित हुँदैन भन्ने कुरा विचार गरेर मात्र जनताले आफ्नो अमूल्य मत प्रकट गर्नु पर्छ । सचेत जनता र सचेत मतदाताले नै सोचेर, सम्झेर दलहरूको मूल्याङ्कन गरेर मात्र आफ्नो मतदान गर्नु जरुरी छ ।
अन्त्यमा, जनताले दिने एउटा भोट कागतको खोस्टो मात्र नभएर यो मुलुकको उन्नति वा अवनति के गर्ने भन्ने फैसला पनि हो । जनताले मुलुकको लागी न्यायाधीशको भूमिका निर्वाह गरेका हुन्छन् । यदि हामीले दिने एउटा भोट सही ठाउँमा पर्‍यो भने गाउँ, नगर, प्रदेश र मुलुकको प्रगति हुने छ र गलत ठाउँमा पर्‍यो भने सबै क्षेत्रको सत्यानास हुने छ भन्ने कुरा केलाएर आगामी १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको दुवै चुनावमा प्रत्येक्ष र समानुपातिक दुवैतर्फ राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलासमा मतदान गरी राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई मुलुकभरि विजयी बनाउनु पर्छ । अहिले यो राष्ट्रिय आवश्यकता बनेको छ ।

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुली नदी खस्दा मृत्‍यु हुनेको संख्या ८ पुग्यो, २४ जना घाइते

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुली नदी खस्दा मृत्‍यु हुनेको संख्या ८ पुग्यो, २४ जना घाइते 


अर्घाखाँचीडट्कम संवाददाता

चितवन ( अर्घाखाँचीडट्कम)  काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे यात्रुबाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ । २४  जना घाइते भएका छन्। 


नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस बुधबार विहान लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको हो । 


बस २५ फिट तल फेला

सश्स्त्र प्रहरीका गोताखोरले बसलाई २५ फिट तल फेला पारेका छन्। सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकाल्ने तयारी भइरहेको छ।पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्ने थाह हुन सकेको छैन। चितवनबाट आइरहेको बा ६ ख ४९७२ नम्बरको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुगेको थियो । 


उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै  अघि थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ। बुधबार विहान बालाजुस्थित बसपार्कबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए । कलंकी र सडक बीचबाट पनि कति यात्रु बसमा चढे भन्ने खुल्न सकेको छैन । 


८ जना मृतक मध्ये २ जनाको मात्रै सनाखत भएको छ। मृत्यु हुनेमा देवदह-१०, गोदाहका विक्रम पाण्डे रहेका छन्। उनको साथबाट मेघा कलेजको परिचयपत्र भेटिएको छ। 

उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।

मृतकको नामावली:-

१)  विक्रम पाण्डे देवदह-१०, गोदाह
२) पवन महत, देवदह-१०, गोदाह
३) 
४)
५) 
६) 
७) 

बस दुर्घटनाका घाइतेको नामावली:- 

१) कमल बि. क . कपिलवस्तु 
२) धुर्ब भट्टराई अर्घाखाँची 
३) संदिप दमासे (ठेगाना नखुलेको) 
४) उमादेबी पोखरेल  (ठेगाना नखुलेको) 
५) तुलसा घर्तिमगर  (ठेगाना नखुलेको) 
६) यम बहादुर क्षेत्री  (ठेगाना नखुलेको) 
७) इन्दिरा दमासे  (ठेगाना नखुलेको) 
८) केशरमणी न्यौपाने  (ठेगाना नखुलेको) 
९) पदम बहादुर रायमाझी  (ठेगाना नखुलेको) 
१०) निशा थापा  (ठेगाना नखुलेको) 
११) सुशील क्षेत्री (ठेगाना नखुलेको) 
१२) धुर्ब दमासे धारापानी कल्लेरी, अर्घाखाँची  
१३ ) लक्ष्मी पौडेल किमडाँडा पकले, अर्घाखाँची 
१४) दधिराम गैरे  (ठेगाना नखुलेको) 
१५) राम बहादुर बि. क.  (ठेगाना नखुलेको) 
१६) शाबित्रा गौतम सन्धिखर्क कुर, अर्घाखाँची  
१७) राजेन्द्र रायमाझी   (ठेगाना नखुलेको) 
१८) माधब खनाल खन मखात, अर्घाखाँची 
१९) पवन महत बाँगी पलासपाटा, अर्घाखाँची 

र नाम, ठेगाना नखुलेका नावालक बच्चा १ घाइते, अचेत  १ महिला, ३ पुरुष  रहेका छन् ।


Monday, November 27, 2017

राष्ट्रिय जनमोर्चा दैलेखको चुनावी अभियान तिव्र


Image may contain: 2 people, people standing, outdoor and nature
राष्ट्रिय जनमोर्चा दैलेखको चुनावी अभियान तिव्र 

मंसिर ११ गते दैलेख 
राष्ट्रिय जनमोर्चा दैलेखले चुनावी अभियान तिव्र बनाएको छ । यसै क्रममा आज डुङ्गेश्वर गाउँपालिकाको सेर्माकोटमा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा, दैलेखका चुनाव परिचालन समितिका संयोजक तथा निर्वाचन क्षेत्र नं. १ का क का उम्मेदवार कविराज खत्रीले, यो चुनाव ऐतिहासिक महत्वको चुनाव भएकाले जनतालाई सचेततापूर्ण रुपमा मतदान गर्न अपिल गर्नुभयो । उहाँले अगाडि भन्नु भयो, चुनावमा मात्र अब्बल दर्जाको नेताको आफुलाई उपमा दिने र जनतालाई दुःख पर्दा भागेर सदरमूकाम हुँदै राजधानी जाने तथा विस्तापित भत्ता खानेलाई मतदान नगर्न आग्रह गर्नु भयो । यसका साथै उहाँले आफुले गरेका प्रतिवद्धता चुनावी नारा मात्र नभई दैलेखका उद्यमी, ब्यापारी, किसानहरुको पक्षमा १० वर्षदेखी संचालन गर्दै आएको अभियान र आत्मनिर्भर, उद्यमशील समाज बनाई सम्वृद्ध जिल्ला बनाउने चाहाना पुरा गर्न नेतृत्वदायी भूमीका खेलेको बताउनु भयो । संकटको बेला भाग्ने भगौडा नेता, पर्यटक बनेर आउने नेतालाई मतदान गर्ने वा यस जिल्लामा निरन्तर अग्रगमनका पक्षमा लडाँइ लड्नेलाई विजयी गराउने ? फैसला जनताको हातमा भए पनि भूल भुलैयामा नपरेर मतदान गर्न समेत अनुरोध गर्नुभयो । 

यसका साथै निर्वाचन क्षेत्र नं. २ को टोलीले आज दुल्लुको तल्लो डुङ्गेश्वरमा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्बोध गर्दै निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सदस्य भिमसिंह विष्टले, आफु सानो उमेर देखी नै मजदूरी गर्दै आफनै पौरखमा बाँच्दै आएको बताउँदै किसान, मजदूरहरुले यस पटक मजदूरी गर्ने मजदूरलाई विजय गराउन अपिल गर्नुभयो । उहाँले समाजलाई बदल्न क्रान्तिकारी नीति आवश्यक भएकाले क्रान्तिकारी नीति बोकेको राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्न अपिल गर्नुभयो । सभालाई निर्वाचन क्षेत्र नं. २ क का उम्मेदवार लोकपाल थापा, सामानुपातिक उम्मेदवार भरत शाहीले सम्बोधन गर्नुभएको थियो ।

Sunday, November 26, 2017

राष्ट्रवादी देशभक्त बाबु का इमान्दार छोरा !

एकपटक पढ्नै पर्ने लेख चित्र बहादुर केसीका छोरा सचित्र केसी को जिबन कहानी !
राष्ट्रवादी देशभक्त बाबु का इमान्दार छोरा !
Image may contain: 1 person, hat and closeup



शोभा शर्मा
काठमाडौँ, 
दिनभरि सचित्रको फोन अफ थियो। उनी आफूले काम गर्ने ठाउँमा त पक्कै गएको हुनुपर्छ भनेर हामी अनामनगर पुग्यौँ।
अनामनगरको एउटा साँघुरो ढावा। बाहिरपट्टी रोटी बेल्ने टेबल र रोटी सेक्ने भट्टी छ। त्यहीँ तन्दुरमा सचित्र केसीका हात चलिरहेका थिए, घरी रोटी बेल्न, घरी पोल्न र घरी निकाल्न।
सफा पहिरन र छालाका जुत्ता लगाएका उनी मस्तसँग काम गरिरहेका थिए। हात फटाफट चलाएका थिए। अनुहारमा मन्दमन्द मुस्कान।
उनलाई थाहै नदिई हामी ढावाभित्र पस्यौँ। उनी काममा तल्लीन थिए। आधा घण्टा लगातार रोटी पोलेपछि ग्राहक अलि होलो भए। सचित्र भित्रपट्टी सुस्ताउन आए।Image may contain: one or more people and people sitting
एउटा पत्रिकाले भर्खरै उनका बारेमा छापेको थियो– चित्रबहादुरका छोरा रोटी पोल्छन्।
एक हुल ग्राहक आए। उनीसँग हात मिलाए र भने, ‘तपाईँको बारेमा त पत्रिकामा छापिएको छ दाइ, पढ्यौँ। ल आज पनि दाइको हातले पकाएको रोटी खाने।’
सचित्र एकदम खुसी देखिन्छन्। हामीतिर फर्केर सचित्रले भने, ‘आज बिहानैदेखि यस्तै छ, मान्छेहरु अचम्ममा परेका छन्।’
नेपालमा कुनै पनि सानाठूला नेताका छोराछोरीले आफ्नै बलबुता अनुसारको काम गरेर गुजारा चलाउनु कति असामान्य मानिँदो रैछ।
‘बुवा नेता÷सभासद हुनुहुन्छ, फाइदा लिनै खोजेको भए, राष्ट्रपतिदेखि व्यापारीसम्मकहाँ गएर हात फैलाउन सक्थेँ,’ उनले भने।
उनी थोरबहुत राजनीतिका कुरा गर्दै थिए, फेरि एकहुल ग्राहक आए। उनी रोटी बनाउन जानुपर्‍यो।
भोलिपल्ट भेट्ने कुरा भयो।
भोलिपल्ट दिउँसो थाहा भयो, उनको मोबाइल बिग्रेको रैछ।
‘अब पाँच ६ हजारले फेरि बाटो खोज्यो,’ उनी बाग्लुङ गल्याङको किसानको छोराले जस्तै कुरा गरिरहेका थिए।
अनुहारमा र बोलीमा कुनै झुटको गन्ध थिएन।
‘चित्रबहादुर केसीसँग म रगतको साइनोले भन्दा बढी वर्गीय हिसाबले नजिक छु,’ आफ्नो बाबु र आफ्नो सम्बन्धबारे सचित्र केसीले भने।
हुन पनि जीवनको ४० औँ वर्षमा आइपुगेपछि मात्रै उनले आफ्ना बुवासँग अचेल निजी जीवनका व्यवहारिक कुरा गर्न थालेका छन्। यतिका वर्षसम्म बाबु पार्टीका नेता र छोरा कार्यकर्तामात्रै भएर चलेको थियो।
अब उनका छोराछोरी जन्मे हुर्के।
पहिलेपहिले बाबुले जस्तो घरबार र छोराछोरी चटक्कै छोडेर हिँड्ने परिस्थिति देशमा छैन। उनीहरुको पार्टीको काम पनि सजिलो हुँदै गइरहेको छ।
उनको र उनका बाबुको सम्बन्ध किन पनि वर्गीय हो रे भने उनीहरु अहिले पनि कम्युनिष्ट आन्दोलनको मोर्चामै छन्।
सबै कम्युनिष्टले झैँ उनले पनि धनी र गरिबका बीचको खाडल मेटाउने आन्दोलन भनेर कम्युनिष्ट आन्दोलनलाई बुझे।
उलाई कम्युनिष्ट चिनाएको उनका बुवाले होइन, स्कुलमा पढ्ने पार्टीका अरु कमरेडहरुले हो।
पञ्चायती शासकको एक छत्र राज चल्ने स्कुलमा ‘क, ख, ग’सँगै उनले कमरेडहरुको स्कुलिङमा कम्युनिष्ट पढे र त्यही बने।
६ कक्षा पढ्दै गर्दा विद्यार्थीको जिल्ला समितिको सम्मेलनमा बाहिर जानुप¥यो उनलाई।
बाग्लुङकै राङखानीको नाम्दुडाँडामा सम्मेलन थियो। पर्यवेक्षक भएर गएका उनका साथीहरु आधा कार्यक्रमपछि घर फर्के। उनी एक्लैै बस्नुप¥यो।
‘चित्रबहादुरको छोरा भनेर होला, समितिमा नाम राखिदिएछन्, म बाह्रबर्षको मात्रै थिएँ, घर आउन नपाएकोमा मलाई नरमाइलो लागेको थियो, घर छोडेको र कम्युन शैलीमा मेसमा खाएको पनि त्यही बेला पहिलो पटक हो।’
चित्रबहादुरको छोरा भएकै कारणले उनले पहिलोपल्ट राजनीतिमा पदको फाइदा पाएका हुन्।
त्यसपछि राजनीतिमा र जीवनमै उनले केही फाइदा लिएका छैनन् रे।
त्यो दिन समितिमा बस्न पाएको खुसीभन्दा साथीहरुसँग फर्किन नपाएको पीडा उनलाई बढी भएछ।
सानैदेखि उनी नाच्न÷गाउन बढी रुचाउँथे।
दशैँ आउनै लागेको थियो। संगठनले सांस्कृतिक कार्यक्रम राख्यो। उनी पनि नाच्ने भए।
‘फोकल्याण्डको टापुबाट, जंगलको बीचबाट लेखिरहेछु चिठ्ठी तिमीलाई’ बोलको गीतमा उनी नाचे।
यो गीतिनाटक जस्तै हो। बीचमा बन्दुक पड्काउनुपर्ने दृश्य थियो। काकाको भरुवा बन्दुक थियो, त्यही पड्काएर उनी नाचेका थिए। पञ्चायतको जगजगीको बेला। गल्याङमा ‘चित्रबहादुरको छोराले राजारानीको फोटोमै गोली हान्यो रे’ भनेर
‘पञ्चहरु’ले आगोझैँ हल्ला फैलाए।
पुलिस आइपुग्यो, केही कमरेडलाई समातेर लग्यो। उनीहरु भागे।
धेरै दिनपछि उनीहरु जंगलैजंगल भारतको कानपुर गए। भारतमा उनले आफ्ना बुबालाई देखे। सबैले झैँ उनले पनि ‘कमरेड अभिवादन’ भनेर बुवासँग हात मिलाए।
बाबुछोराको वर्गीय नाता त्यहीँबाट सुरु भयो सायद।
आमासँग भने सानैदेखि सुखदुख काटे उनले। छुट्टीको बेला सचित्र माछा मारेर बेच्थे। थोरै पैसा आउँथ्यो र आमालाई दिन्थे। उनी कहिले माछा मार्ने त, कहिले खोलामा भैँसी तारिदिने काम गरेर पैसा कमाउँथे र घर चल्थ्यो।
दिदीको बिहेमा घर आउँदा मात्रै उनलाई बुवा पनि आफ्नैजस्तो लागेको थियो।
बुवाले आमालाई घर र गोठमा सघाएको देखेर उनी मख्ख परेका थिए।
आमा राजनीतिका कुरा केही नजान्ने भए पनि संगठनमा लाग्न उनले रोकिनन् छोराछोरीलाई।
जंगलैजंगल भारत पुगेका सचित्रलाई यता गाउँमा राजकाज मुद्दा लाग्यो। स्कुलबाटै रेस्टिकेट गरिएको खबर आयो।
किशोर उमेरमै लागेको मुद्दाकै कारण उनी फेरि फर्किएर कहिल्यै गाउँ गएनन्। कानपुरबाट फर्केर बुटवलमा पढे, त्यतै काम गरे।
२०४९ सालमा उनको बिहे भयो। उनको रोजाइमा पार्टीले सहमति दियो, बल्ल बिहे भएको थियो।
१ सय ५५ रुपैँयामात्रै खर्च गरेर उनले आफ्नो बिहे गरेका थिए।
‘उनले ढाकाटोपी लगाइदिइन्, मैले चुन्नी लगाइदिएँ, कमरेडहरुले ताली पिट्नुभयो, हाम्रो बिहे सकियो,’ सचित्रले सम्झे, ‘मेरो बिहेको भोज चियाबिस्कुट थियो।’
श्रीमती लिएर उनी काठमाडौँ आए। आफ्नो गुजारा चलाउन ललितपुरको हरिसिद्धिमा इँटा बोके।
संगठनका कमरेडहरुसँग मिलेर उनीहरुले बोर्डिङ स्कुल खोले। श्रीमानश्रीमती दुवैले त्यही बोर्डिङमा पढाउन थाले।

५१ सालतिर लैनचौरको दुग्ध विकास संस्थानमा खरदारको लागि विज्ञापन खुलेको थियो। सचित्रले थाहा पाए। बोर्डिङको कमाइले ठीकठीकै गुजारा चलिरहेको थियो।
सरकारी संस्थानमा जागिर खान पाए घर धानिन्थ्यो भन्ने सोचेर उनी बुवाकहाँ नजिक पुगे। त्यो बेला झलनाथ खनाल कृषिमन्त्री थिए। उनले सिफारिस गरे दुग्ध विकास संस्थानमा सहजै जागिर हुन्थ्यो।
‘बुवा र झलनाथले गल्कोटमा एउटै स्कुल पढाउनुभएको थियो, राम्रै सम्बन्ध थियो हाम्रो, त्यसैले आस लागेको मलाई,’ उनी अहिले हाँस्छन्, आफ्नो आस सम्झेर।
चित्रबहादुरले सचित्रलाई उल्टै शर्त राखिदिएछन्, ‘एमालेले मलाई राष्ट्रिय सभामा सिफारिस गरेको छ, खरदारको भन्दा बढी तलब त त्यहीँ हुन्छ, म जाउँ?’
सचित्रले यसरी सोचेकै थिएनन्।
मैले उनीहरुलाई तेरो जागिरका लागि भन्ने हो भने मैले पनि उनीहरुले भनेको मान्नैपर्छ। खरदारका लागि म पार्टीलाई धोका दिन सक्दिन,’ बुवाले उनलाई सम्झाए, ‘नैतिकता र वैचारिक हिसाबले यी दुवै काम गलत हुन्छन्।’
उनले बुवाको कुरा बुझे र आफ्नै स्कुलमा फर्केँ।’
त्यसपछि केही व्यक्तिगत माग लिएर उनी आफ्ना कमरेड बुवाको अघि कहिल्यै गएनन्।
आफ्नै हिसाबले संगठनको काम पनि गरे। उनी साँस्कृतिक विभागमा छन्। किनभने उनलाई नाच्न गाउन अहिले पनि मन पर्छ।
‘आफ्नै बुताको जीवनशैली छ, संगठनमा पनि आफ्नो सैद्धान्तिक राजनीतिक स्तर र रुचिजस्तो छ, त्यस्तै पोजिसनमा छौँ, चित्रबहादुर केसीको प्रभाव कतै पनि छैन,’ उनले सुनाए।
दिउँसो ढावामा ग्राहक त्यति थिएनन्। उनका साथीभाइले काम समालेका थिए।
यहाँ काम गर्न मज्जा छ?
काम गर्न त जहाँ पनि मज्जा हुन्छ, काम ठूलो सानो भन्ने हुँदैन, आफूले जानेको जे छ, खुसी भएर गर्छु।’
उनले गुजाराका लागि दोहोरी साँझमा हारमोनियम बजाउनेदेखि इँटा बोक्ने काम समेत गरे।
स्कुलमा पढाएर खर्च धानिन छोडेपछि उनी काम खोज्दै कोरिया पुगे। कोरियामा बंगुर हेर्ने काम पाए।
त्यहाँ पुगेर सचित्रले श्रम भनेको, मेहनत भनेको के हो भन्ने राम्रैसँग बुझे।
त्यहाँ मालिकले पनि हामीसँगै बसेर काम गर्न र खान अप्ठेरो मान्दैनथ्यो, श्रमको सम्मान गर्थे उनीहरु। हामी भने श्रम गर्न परे ग्लानि गछौँ।’
आफूहरुले ल्याउन खोजेको व्यवस्थामा श्रमको जस्तो ठाउँ हुन्छ, कोरियामा त्यस्तै छ रे।
उनका भाइ पनि जापानको रेस्टुरेन्टमा रोटी बनाउँछन्, पैसा कमाउन। यसरी उनीहरुले आफ्ना नेता बाबुको घरपरिवार, इमान र इज्जत धानिदिएका छन्।
हामीलाई अरुले राम्रो खाएको देखेर कहिल्लै मन हरक्क भएन, इमानको मानो खान पाए हामी खुसी छम् त्यसैमा,’ उनले बाग्लुङे लवजमा भने।
उनका आँखामा कुनै संकोचको भाव थिएन।
समाजको अपेक्षाभन्दा साधारण जीवन बाँच्न पनि गाह्रो हुन्छ। तर अरुका अपेक्षा पूरा गर्न इमानबिनाको जिन्दगी उनीहरुलाई मन्जुर छैन।
राजनीतिमा लागेकाहरुलाई भ्रष्टाचार गरेर, दलाली गरेर घरबार जोड्न केही गाह्रो थिएन।
‘डाँकाले पनि त सम्पत्ति जम्मा गर्छ, चोरेर छलेर चेलीबेटी बेचेर पनि मान्छेहरुले धन थुपार्छन्, चोरबाटोबाट नेता कार्यकर्ता रातारात धनी हुन्छन्,’ उनले भने, ‘त्यस्तो पैसाको अर्थ के हुन्छ, जहाँ नैतिकता भन्ने चिज छैन?’ 
फेसबुक बाट साभार गरिएको

Friday, November 24, 2017

पश्चिममा विकास नहुनुमा ठुला दलहरु जिम्मेवार

पश्चिममा विकास नहुनुमा ठुला दलहरु जिम्मेवार —प्यासी

सुर्खेत  राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य एवं प्रदेशसभा समानुपातिक उम्मेदवार रत्नविक्रम राना प्यासीले सुर्खेतको पश्चिममा विकास कार्यहरु नहुनुमा ठुला दलहरु जिम्मेवार रहेको बताएका छन । आज गुठुमा आयोजित जनसभालाई सम्वोधन गर्दै प्यासीले सो कुरा वताएका हुन ।
ठुला दलले जनताको नाम बेचेर पालैपालो सत्ताको रसपान गरेको आरोप लगाउदै उम्मेदवार प्यासीले जनमोर्चालाई मतदान गरी विजयी बनाएमा पश्चिम सुर्खेतको मुहार फेरेर देखाउने ठोकुवा गरे ।
सभामा प्रतिनिधि सभा उम्मेदवार कृष्णाकुमारी रावलले महिलाको प्रतिनिधित्व गर्न समेत हिच्किचाउने दलहरु कसरी महिलामैत्रि हुन सक्छन भन्दै समान अधिकारका लागी आफु लडेको बताईन ।
कार्यक्रममा समानुपातिक उम्मेदवार धनप्रसाद देवकोटा , राजकुमारी सुनार , प्रेम ठाडा लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन खुसिजंग बस्नेत र सभापतित्व राजमोका नेता धर्मराज लम्सालले गरेका थिए ।

Thursday, November 23, 2017

अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम समापन समारोह सम्पन्न

अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम समापन समारोह सम्पन्न 

मस्कट,
आजभन्दा सयवर्ष पहिले सर्वहारा वर्गका महान नेता कामरेड लेनिनको नेतृत्वमा  रसियामा सम्पन्न भएको अक्टोबर क्रान्तिको महत्त्वलाई स्मरण गर्दै बिविध कार्यक्रमहरु सहित एक वर्षदेखि मनाउदै आईरहेको सतवार्षिकी कार्यक्रमको समापन कार्यक्रम ओमान नेपाली एकता समाज केन्द्रिय समितिको आयोजनामा शुक्रबार सम्पन्न भएको छ ।

केन्द्रीय समितिका कोषाध्यक्ष तुलसीराम खनालको अध्यक्षतामा तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सञ्चालन केन्द्रीय सचिब दुर्गा गिरीले गर्नु भएको थियो ।

प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने ज्यूले सर्वहारा बर्गको राज्यसत्ता नै अक्टोबर क्रान्तिको उदेश्य भएको बताउदै अहिलेको संसदिय ब्यवस्था र निर्वाचनले गरिब जनताको मुक्ति हुन नसक्ने र नयाँ जनवादी क्रान्तिको आधार तयार पार्न जनतालाई सचेत बनाउनु पर्नेमा जोड दिनु भयो । 
केन्द्रिय समितिका कार्यबाहक अध्यक्ष जिबी लामाले अक्टोबर क्रान्तिको महत्त्वलाई आत्मसात गर्दै  आपसी एकता र सद्भावका साथ संगठनलाई बलियो बनाउदै आम श्रमजीवी मजदुरहरुको एकताले मात्रै गरिखाने बर्गको राज्य सत्ता स्थापना गर्न सकिने बताउदै प्रवासमा रहेका आम मजदुरहरु एक हुनुपर्नेमा जोड दिनु भयो ।

ज्ञातअज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण सहित शुरु भएको समारोहमा रुसेल एरिया समितिका कोषाध्यक्ष  ऋषि वाग्ले, रुवि एरिया समितिका अध्यक्ष टंक आचार्य, अल्खुवैर एरिया समितिका सदस्य रबिराज बस्नेत, सीब एरिया समितिका सदस्य साबित्रा पोख्रेल, महिला बिभागकि अध्यक्ष लक्ष्मी रायमाझी, खेलकुद बिभागका अध्यक्ष दिल प्रसाद पौडेल, महिला बिभागकि सचिब कुमारी तितुङ तथा केन्द्रीय सल्लाहकारहरु शालिकराम आचार्य तथा बिष्णु अर्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


















Tuesday, November 21, 2017

जनमोर्चा अर्घाखाँचीको वाङ्गला र डिभर्ना संयुक्त भेला

जनमोर्चा अर्घाखाँचीको वाङ्गला र डिभर्ना संयुक्त भेला


राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले नेपालको सत्ता संचालन भारतिय रवैयामा चल्दै आएको उल्लेख गर्दै अहिले ‘संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा नेपालकै केही शक्तिहरु लगिपरेको बताउनुभएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनको निम्ती आज देखी औपचारीक प्रचार–प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज वाङ्गलाको भण्डारी पोखरामा सम्पन्न गरेको वाङ्गला र डिभर्नाको संयुक्त भेलालाई सम्बोधन गर्दै के.सी.ले देश र जनताले जित्नको निम्ती आसन्न निर्बाचनमा त्यस्ता शक्तिलाई पराजित गनुपर्ने बताउनु भएको छ । गंगाराम खनालको अध्यक्षता,सिता भट्टराईको स्वागत मन्तव्य र गोपाल पाण्डेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता प्रशिक्षण भेलाले गंगाराम खनालको संयोजकत्वमा ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति, गोपाल पाण्डेको संयोजकत्वमा ५ सदस्यिय आर्थिक परिचालन समिति र बाबुराम एस.के.को संयोजकत्वमा ७१ सदस्यिय प्रचार–प्रसार समितिको गठन गरेको छ ।भेलामा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी. र बाबुराम पन्थी सुनारले मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाको जित नै राष्ट्रको जित हुने भन्दै आफ्ना उम्मेद्धारहरुलाई भोट दिन आग्रह गुर्नभएको छ । यसैबिच राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै भुमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटमा पनि चुनाबी कार्यक्रम सम्पन्न गरेको छ ।दोर्ण प्रसाद भण्डारीको अध्यक्षता,शिव प्रसाद बन्जाडेको स्वागत मन्तव्य र बुद्धि बन्जाडेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा,समानुपातिक उम्मेद्धार सकुन्तला राना, राष्ट्रिय जनमोर्चाका नेता कमल प्रसाद घिमिरे माधव प्रसाद बन्जाडे, राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित जनप्रतिनिध निम बहादुर बस्नेत,लक्ष्मी बि.क.,बिष्णु सारु र राम बहादुर नेपालीले ब्याक्तिगत स्वार्थमा फसेर राष्ट्रियहित बिपरित लाग्ने शक्तिहरुलाई पटक–पटक भोट दिएर नेपाली जनता झुक्कीएका कारण अहिले मुलुक गम्भिर संकटमा फसेको दाबी गर्नुभयो । संकटमा फसेको राष्ट्रलाई माथी उकास्न अब जनताले त्यो गल्ती दोहोराउन नहुने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ । सयौं नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागितामा सम्पन्न भएको भेलाले असुरकोट र खिल्जीमा क्रमश बिष्णु सारु र दोर्ण भण्डारी संयोजक रहेको ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति,शिव प्रसाद बन्जाडे र निम बहादुर बस्नेत संयोजक रहेको १ सय एक र १ सय १५ सदस्यिय निर्बाचन प्रचार प्रसार समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

Friday, November 17, 2017

श्रीमति दुर्गा जतनाको अग्नी परिक्षामा

अर्धभुमितग श्रीमान मोहन विक्रम श्रीमति दुर्गा जतनाको अग्नी परिक्षामा

बुटवल : प्याठन जिल्लामा बाम गठबन्धन लोक तान्त्रीक गठबन्धनको चुवानी चटारो तिव्र छ । वाम गठवन्धनबाट मोहन विक्रम सिंहकी धर्म पत्नी दुर्गा पौडेल र लोकतान्त्रीकम गठबन्धनबाट भुक्कपन पुन निमार्ण आयोग पुर्व सियो डा. गोबिन्द पोखरले बिच प्रतिस्पधा छ । पाखेरेल सि. यो. पद छाडेर चुवानी मैदानमा आएका हुन् । पौड्यलको जिन्दगी राजनिति मै चलिरहेको छ ।
जीवनलाई संघर्ष र संघर्षलाई फुल जस्तै ठान्ने, निडर र साहसी व्यक्तित्व दुर्गा पौडेलको जन्म वि.स. २०२८ साल असोज महिनाको ५ गते बुबा विष्णु प्रसाद पौडेल र आमा बुद्धदेवी पौडेलको कोखबाट भएको हो ।
बुबा विष्णु प्रसाद पौडेलको घर प्यूठानको साविक चुजाँ गाविस वडा नं. ८ हाल मल्लरानी गाउँपालिका वडा नं. २ मा भएको हो ।पछि बसाइ सरेर कपिलवस्तु जिल्लाको कपुवामा जानु भयो ।
आफ्नो बाल्यकाल कपिलवस्तु र भारतमा विताउनु भएकी दुर्गा पौडेलले आफ्नो प्रारम्भिक शिक्षा कपिलवस्तुको कनकमणी माध्यमिक विद्यालयबाट औपचारिक रुपमा सुरु गर्नु भएको हो तत्कालिन पञ्चायति व्यवस्थाको निरङ्कुशता विरुद्धका अभियानमा दाजुहरुसंगै पौडेल पनि सहभागि हुन थाल्नु भयो ।
पौडेलको यस्तो छ राजतिक हैसीयत
२०४१ सालमा अखिल (छैठौं) को इकाइ समिति सदस्य बनी औपचारिक रुपमा संगठित भइ राजनीतिमा प्रवेश गरेकी पौडेल २०४२ सालमा अखिल (छैठौं) को जिल्ला कोषाध्यक्षमा निर्वा्चित हुनु भयो ।
सोही साल अखिल नेपाल महिला संघ (अ.ने.म.स.) कपिलवस्तुको जिल्ला सचिव पदमा रही काम गर्नु भयो । सानैदेखी गीत र नृत्यमा रुची राख्ने पौडेल कपिलवस्तुमा पार्टीले सञ्चालन गरेका सांस्कृतिक कार्यक्रमहरुमा सहभागि हुन थाल्नु भयो । २०४४ सालमा भारतको विभिन्न स्थानमा नेपाली मजदुरहरु बीच सांस्कृतिक कार्यक्रमको नेतृत्व गरी सांस्कृतिक आन्दोलनमा जोडिनु भयो ।
२०४५ सालमा कपिलवस्तु जिल्लाको विकासका लागि गठित जिल्ला विकास समिति मार्फत विकास कार्यक्रम माग गरेपछी तत्कालिन प्रशासनले साढे तीन महिना जेल चलान ग¥यो । अखिल नेपाल महिला संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट पौडेल केन्द्रीय सदस्यमा चुनिनु भयो ।
२०४६ सालको जनआन्दोलनमा रुपन्देही जिल्लामा सहभागि हुनु भयो । २०५० सालमा सम्पन्न अ.ने.म.संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वा्चित पौडेल २०५६ सालमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट महिला संघको केन्द्रीय अध्यक्षमा निर्वा्चित हुनु भयो । २०५१ सालमा कपिलवस्तुको १ सय ६० विघा जंगल फाँडेर ‘एग्रो फरेस्टी’ बनाउने कार्य सुरु भएपछी त्यसका विरुद्ध उहाँको नेतृत्वमा ‘पर्यावरण बचाउ अभियान’ आन्दोलन भयो र चार वर्षपछी सर्वोच्च अदालतको फौसलाले त्यो ‘एग्रो फरेस्टी’ खारेज भएको थियो ।
२०५४ सालमा महिला संघले सञ्चालन गरेको ‘महिला अधिकार पत्र राष्ट्रिय अभियान’ को उहाँले नेतृत्व गर्नु भयो । संगठित प्रकारले सञ्चालन भएको महिला आन्दोलनमा यो नै प्रथम अभियान थियो । त्यो अभियानले खास गरेर सम्पतिमा समान अधिकार, प्रजनन् स्वास्थ्य सम्बन्धि महिला अधिकार, चेलीबेटी बेचबिखन, बिवाह बारे महिला अधिकार आदी प्रमुख विषयहरु सम्बन्धि सचेतना फौलाउनु अभियानको मुख्य उदेश्य थियो ।
२०५६ सालमा सम्पन्न राष्ट्रिय जनमोर्चाको प्रथम सम्मेलनबाट दुर्गा पौडेल जनमोर्चाको केन्द्रीय सदस्यमा निर्वा्चित हुनुभयो भने भयो सोही सालको संसदीय निर्वाचनमा कपिलवस्तुबाट राष्ट्रिय जनमोर्चाको उम्मेद्धवार बन्नु भयो । उहाँ २०६४ सालको संविधान सभाको निर्वाचनमा काठमाण्डौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नु भयो ।
२०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिक सभासदमा निर्वा्चित भइ संविधान सभाको संविधान सुझाव समितिमा रहेर काम गर्नु भयो । संविधानको निर्माणपछी संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति र वैदेशिक राजेगार सम्बन्धि समस्या अनुगमन उपसमितिमा रहेर काम गर्नु भयो ।
२०७३ सालमा सम्म्पन्न राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनबाट पार्टीको उपाध्यक्ष तथा प्रबक्तामा निर्बा्चित हुनु भयो।
प्यूठान जिल्ला पौडेलको पुर्खेउली घर हो भने, हाल प्यूठानको झिमरुक गाउँपालिकाको ओखरकोट गाउँमा उहाँको केही जग्गा छ । पार्टीमा क्रियाशिल भएदेखी नै पौडेलले प्यूठानको विकासमा प्रत्यक्ष एवं अपत्यक्ष रुपमा संलग्न हुनु हुन्छ । २०६६ सालमा स्थापित उहाँ अध्यक्ष रहेको ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्यूठानद्धारा ग्रामीण विकास र पर्यटन विकासमा कैयन कार्यक्रमहरु सञ्चालन भएका छन् ।
सो संस्थाद्धारा प्यूठान जिल्लाको पर्यटन गुरुयोजना निर्माण हुनुका साथै गौमुखी क्षेत्रको बेग्लै पर्यटन गुरुयोजनाको पनि निर्माण भएको छ । यसका साथै ग्रामीण विकासका लागि सौद्धान्तिक पक्षको बृहत्तर अध्ययन र अनुसन्धानको महत्वलाई पुष्टि गर्न ‘ओखरकोट इनसाइक्लोपेडिया प्रोजेक्ट’ कार्यक्रमको संस्थाले औपचारिक सुरुवात गरेको छ । यस बाहेक समानुपालिक सभासद्÷संसद बनेपछी स्वभाविक रुपले प्यूठान जिल्लाको क्षेत्र नम्बर १ र २ का तत्कालिन विभिन्न गाविसहरुमा विकास निर्माण कार्यमा सहभागि हुनु भएको छ । खासगरी खानेपानीको व्यापक संकट भएका दलित तथा विपन्न समुदायहरुमा खानेपानी पु¥याउने देखि, सडक, विद्युत, सिंचाइ, कृषि, शिक्षा, स्वास्थ्य तथा सामुदायीक भवन निर्माणमा आफ्नो संसदीय कोषको रकम खर्च गर्नु भएको छ ।
विकासलाई आफ्नो प्राथमिक विषयमा राखेकी पौडेल देशको समग्र नीतिले विकासलाई प्रभावित गरेको बताउनु हुन्छ ।
विकास कुनै एक व्यक्तिको प्रयासले मात्र नभइ त्यसको समग्र विकास नीतिमा परिवर्तन गर्नु पर्ने र अव बन्ने बाम गठबन्धनको सरकारले देशमा सो नीतिमा परिवर्तन गरी कैयन जनपक्षीय कार्यहरु हुने कुरा विश्वस्त हुनुहुन्छ । प्यूठान जिल्लाको दिगो विकास, समृद्धि र सु–संस्कृत राजनैतिक संस्कारका लागि साझा बाम योजना बनाइ गुरु योजनाका साथ विकासमा लाग्ने योजना बनाउनु भएको छ । उहाँले कुनै पनि प्रतिप्रस्धीलाई जित देखाउने काम मतदान हातमा भएको बताउनु भयो । मत्रदातालाई थाहा छ दुर्गा पौड्यल कस्तो मान्छे हो ।हिमाल पोस्ट 

Thursday, November 16, 2017

राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र न २ का प्रतिनिधि सभाका उमेदवार गणेश प्रसाद आचार्य

राष्ट्रिय जनमोर्चाका तर्फबाट दाङ क्षेत्र न २ मा प्रतिनिधि सभाका उमेदवार गणेश प्रसाद आचार्य रहनु भएको छ। २०३८/१०/०५ मा एरावती गाउँपालिका १ दाङबाङ प्युठानमा जन्मनु भएका बुवा बलिराम आचार्य र आमा अमृता आचार्यकि छोरा गणेश प्रसाद आचार्य तीन भाइका कान्छो भाइ हुन् । उहाको तीन दिदिबहिनीहरु छन् । उहाको संगठानिक जीवन विद्यार्थी आन्दोलनबाट सक्रियता थियो । २०५० सालमा अखिल छैठौंको सदस्यबाट उहाँको भुमिका सक्रिय भएकोले २०५१ सालमा अखिल नेपाल बाल संघको अध्यक्षमा निर्वाचित हुनु भएको थियो। करिब तीन बर्ष सम्म गाउँमा सचेतना मुलुक र नेतृत्व बिकासका थुप्रै काममा अग्रसरता भइ नेतृत्वको अगुवाइ गर्नु भएको थियो। स्कुलले जिवनमा शिक्षाको महत्त्व र विद्यार्थीले पढ्न पाउने अधिकारका कुरालाई सचेत गर्दै २०५४ सालमा अखिल छैठौंको अध्यक्षमा निर्वाचित हुनुभयो । प्युठानको बसाई पछि २०५८ सालमा आचार्य दाङ झर्नु भयो।
             दाङको बसाई लगत्तै २०५८ सालमै महेन्द्र बहुमुखी क्याम्पस दाङको इकाईको नेतृत्व सम्हाल्नु भएको थियो । २०६० सालमा बिद्यार्थी संगठनमा काम गर्ने क्रममा राप्ती लुम्बिनी र नारायणी को इन्चार्ज भएर काम गर्नुभयो । महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन को उपसभापति मा निर्बचित भएर हजारौ बिद्यार्थीको नेतृत्व गर्दै बिद्यार्थीको सुल्क मिनाहा र सहुलियतमा उल्लेख्निय भुमिका निभाउन सफल ब्याक्तित्व बिचारका धनी, स्वाभिमानि जुझारु र हसिलो स्वभावका हुनुहुन्छ । उहाँको   स्नातकोत्तर सम्मको पढाई हासिल गर्नु भएको छ। देशब्यापी रूपमा संगठानिक कार्यक्रममा नेतृत्व सम्हाली रहनु भएका हाल राष्ट्रिय जनमोर्चा दाङको जिल्ला सचीवमा नियुक्त हुनुहुन्छ। विभिन्न राजनैतिक कार्यक्रम र आन्दोलनको क्रममा प्युठान र दाङमा १५ दिनसम्म प्रहरीको हिरासतमा पर्नुभएको थियो। सधैं भरी समानता न्यायको पक्ष र अन्यायको विरुद्धमा कृयाशिल हुनुहुन्छ । अन्याय र अनियमित्ता सहन नसक्ने आफ्नो बिचारमा दृढता बोलीमा प्रस्तता उर्जासिल क्षेमतावान चरीत्रका गणेश प्रसाद आचार्य माओवादीको गाउमा धाग धम्की चलेको बेला पनि निडरता पुर्वक गाउँ गाउँमा संगठन निर्माणमा कृयाशिल हुदा कैयौंपटक माओवादीबाट कथित कब्जामा परेको तर्क विचार र विश्लेषण स्वाभिमानका अगाडि केही न चलेपछि पटकपटक गिरफ्तारमा परेपनी २४ घण्टा राख्न न सक्नु गैर क्रान्तिकारी भन्दा सच्चा क्रान्तिकारी को जित मान्न स्वीकार हुनुभएको हो। उहाँको कम्युनिस्ट आन्दोलनमा पनि उत्तिकै सक्रिय र योगदान रहेको छ। उहाँ पत्रपत्रिका, मिडिया, एफएमहरुमा निकै लोकप्रियता र चर्चामा छाएको छ।  सम्पुर्ण न्यायप्रेमी जनसमुदायहरुमा गिलास चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयी बनाउन अपिल समेत गर्नुभएको छ।

Sunday, November 12, 2017

अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम समापन ।

 अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम समापन । 


उद्धव मगर दोहा कतार–
 मिति २०१७/११/१० का दिन कतार नेपाली एकता समाजद्धारा आयोजित शतवार्षिकी कार्यक्रम अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं नयाँ पिढिबाट हजारौं क्रान्तिकारीहरु भर्ना गरौं भन्ने मूल नाराका साथ समापन भएको छ । यस कार्यक्रमका सञ्चालक समाजका महासचिव खिम बूढा मगरको सन्चालनमा रहेको उक्त कार्यक्रममा देशमा भएका ठूला साना संर्घमा आहुति दिने ज्ञात अज्ञात योद्धाहरुप्रति एक मिनेट र्मौनधारण गरिएको थियो । 
 
मौनधारण पश्चात यस कार्यक्रमलाई सफल पार्न आउनु भएका सम्पुर्ण अतिथीहरुलाई संस्थाका सचिव विष्णु थापाले स्वागत गर्नु भएको थियो भने यस कार्यक्रममा प्रमुख अतिथी समाजका अध्यक्ष लुमाकान्त पुन मगर, अन्तराषर््िट्रय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर, पूर्व अध्यक्ष दावा लामा, द्धितिय उपाध्यक्ष रामइन्दल थिङ, सचिवालय सदस्य हेमन्त वाईवा, के.स कोषाक्ष्धक्ष धन बहादुर परियार, महिला विभागका अध्यक्ष अमिना खान, अब हुन गईरहेको
प्रदेश सभाका समानुपातिक उम्मेदवार जानुका बस्नेत (खडका) बुद्धिजीवी विभागका उपाध्यक्ष हरि प्रसाद शर्मा, रक्तिम विभागका सल्लाहाकार खगेश्वर भूषाल, तथा एरियाबाट उपस्थि रहनु भएका सनैया लेवर सिटीका अध्यक्ष रेशम रोका ,सलता एरिया, शालिकराम पुन, सहलिया एरियाका  अध्यक्ष लक्ष्मण कोईराला,दोहा एरिया समितिका गिरी काउछा मगर, मन्सुरा एरिया अध्यक्ष जे.वि राउत सनैया एरिया अध्यक्ष थममन थापा उपस्थि रहनु भएको थियो । 


अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्देश्य र औचित्यको विषयमा प्रस्ट पार्नु भएको थियो । थप भन्नु भयो अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम एउटा विश्वव्यापी कार्यक्रम हो त्यसको लागि हामीले एक वर्षको समय निर्धारित गरेको वताउदै यही बीचमा  विभिन्न कारणबस पनि शतवार्षिकी कार्यक्रम तीब्ररुपमा अगाडी बढी रहेको अवस्थामा आगामी दिनहरुमा जोडदार रुपमा निरन्तरता दिने उहाँले वताउनु भएको छ । यस्तैगरी महिला विभागका अध्यक्ष अमिना खानले आफ्ना भनाई राख्दै भन्नु भयो यो शतवार्षिकी कार्यक्रम यहाँ मात्रै सिमति नभई संसारभर आयोजना भइरहेको जानकारी गर्दै अब आउने दिनहरुमा आम महिाल दिदी बहीनीले समान हकअधिकार का लागि लडी रहेको अवस्थामा महिला दिदी बहिनीहरु एक भएर अगाडी बढ्नु पर्ने वताउनु भएको छ । अन्तमा यस कार्यक्रमका प्रमुख अतिथी लुमाकान्त पुन मगरले कार्यक्रम विधिवतरुपमा कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।  







नेपाली हिमालयन बिनदोनी सललाहद्वारा आयोजित सांगितीक कार्यक्रम सम्पन्न

नेपाली हिमालयन बिनदोनी  रेस्टुरेन्ट सललाह द्वारा आयोजित तिहार, छठ तथा ऊभौली पर्ब विशेषूकार्यक्रम  सम्पन्न
सालीक राम आचार्य 
सललाह ओमान

नेपाली हिमालयन  बिनदोनी  रेस्टुरेन्ट सललाह ओमानद्वारा आयोजित तिहार,  छठ पर्ब तथा ऊभौली  विशेषू कार्यक्रम सम्पन्न भएको छ ।   ओमानको  सललाह स्थित होटेल हमदामको पार्टी हलमा सफलता पूर्वक सम्पन्न भएको थियो । 

नेपाली हिमालयन रेस्टुरेन्ट बिनदोनी का सन्चालक चन्द्रकुमार सुनवार सभाध्यक्ष तथा सुरेश परियारको सयोंजक रहेको उक्त कार्यक्रमको सञ्चालन प्रकाश ढकालको रहेको थियो । नेपाली हिमालयन रेस्टुरेन्ट बिनदोनी को  स्पोन्सर  अलि मतुकको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  लोक गायक गायिकाहरु प्रकाश कटुवाल सर्जु अधिकारी र डि बि लोप्चन तामाङ तथा  ओमान स्थित सघं सन्थाहरु ओमान नेपाली एकता समाज केन्द्रीय समितिका  सल्लाहकार सालीकराम आचार्य, अन्तर्राष्ट्रिय साहित्य समाज ओमानका अध्यक्ष दिल प्रशाद पौडेल, गैर आवसीय नेपाली संघ ओमानका प्रतिनिधि सुशील पुन बिरहि,  बिबेकशिल साझा पाटी ओमानका सललाह प्रतिनिधि रेशम बस्याल, ओमान मगर संघका सल्लाहकार यामु थापा मगर, गुल्मी सेवा समाज ओमानका सललाह प्रतिनिधि जयराम ज्ञवालि, डिसि नेपाल डट कमका प्रत्रकार ऋषि वाग्ले , गैर आवसीय नेपाली संघ क्षेत्रीय समिति सहलाहका सचिव मनोज घिमिरे स्थानीय समाज सेबी रत्ना भन्डारि, किरण भन्डारि, आशा देबि क्षेत्री तथा मायां बि क लगाएत कार्यक्रमलाई सहयोग गर्ने ओमानी तथा नेपाली विशिष्ट ब्याक्तित्वहरुको उपस्थित रहेको  थियो ।  साथै  ऐक्यबद्धता मासिक पत्रीका संसार न्युज डट कमका ओमान प्रतिनिधि तथा बज्जिका पत्रकार संघका पत्रकारको उपस्थिति रहेको थियो ।
 सहिदहरु प्रति एक मिनेटको मौन श्रद्धाञ्जली अर्पण गरि  मस्कट बाट सहलाह पुगेका विशेष अतिथि द्दार्रा कार्यक्रमको उद्घाटन गरिएको थीयो ।  छबि भन्डारीको जोडदार स्वागत मन्तव्यले  सबैलाई चकित तुल्यायको थियो संसद भवनको  रोस्टममा सांसदहरु को सम्बोधन भन्दापनि निखारताको साथ सबैलाई समेटिएको स्वागत मन्तव्यको सबैले प्रसंसा गरेका थिय  । 
स्थानीय कलाकारले दिएको सांस्कृतिक प्रस्तुतिले  का साथै आमन्त्रीत कलाकारद्वय  सृजु अधिकारी, प्रकास कटुवाल र डीबी लोप्चनका   प्रस्तुतिले सबैलाई मन्त्र मुक्त पारेका थिय र सबै दर्शकहरू आ(आफ्ना दुखः वेदना भुलेर झुम्मी-झुम्मी   नाचेका थिय ।  
 करिब चार सय जना नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा गायक प्रकाश कटुवाल,डिबि लोप्चनले कार्यक्रमको बिच -बिचमा बजारमा चर्चा बटुल्न सफल भएका आफ्ना एल्बमहरुका गित तथा अन्य मिश्रति गित गायर सललाह बासी नेपालीलाई साथमा नचाएका थिए । त्यस्तै कार्यक्रमको बिशेश आकर्षकको रूपमा रहेकी चर्चित गायिका तथा नायिका सिर्जु अधिकारीले  गित गायर तथा विभिन्न गितमा नृत्य  गरेर स्टेज  तताएकि थिइन् ।  डिसि नेपाल आ्नलाई पत्रिकाले कार्यक्रम सिधा प्रशारण समेत गरेको थियो । कार्यक्रमको प्रायोजक गोलोबल  एक्सचेञ्ज, बुम रेमिटेन्स तथा अल रावन ईलोकट्रनिक को रहेको थियो । 
 सोही कार्यक्रममा सललाह क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहेका ब्याक्तीत्वहरु र  पिडामा परेका  महिला  पुरुषलाई उद्धारमा खटिएकी  ब्यक्तीत्व किरण भन्डारी लाई दोशल्ला ओढाएर बिशेश  सम्मान गरिएको थियो । सम्मानित हुने ब्यक्तिहरुलाई कार्यक्रमका अतिथीहरुबाट  संयुक्त रुपमा खादा सहित  सम्मान पत्र प्रदान गरिएको थियो । 
 
नेपाली दुतावाशलाई निमन्त्रणा पठाएता पनि दुतावासको कुनै प्रतिनिधि सम्म न पुगेको हुंदा सललाहमा कार्यरत नेपालीहरु को कतै अपेक्षा गरिएको ता छैन या एक रेस्टुरेन्ट को आयोजना लाई ब्यक्ति बिशेश कार्यक्रम भनेर ध्यान नदिएको हो कि भन्ने आरोप लगाएका छन । उता नेपाली  दुताबास ओमानले  भने राजदुत तथा दुतावासले कसैलाई पनि अपेक्षा नगरेको तर उक्त कार्यक्रमको निबेदन र निमन्त्रणा मा तालमेल हुन नसकेको र केही कार्यवेस्तता को कारणले अचानक जान नपाईएको जनाएको छ ।  दुतावासले जनता समक्ष आफ्ना कुराहरु राख्ने मन्च प्रयोग गर्न कुनै पनि कार्यक्रममा जाने गरेकोछ  यो महत्त्वपूर्ण र धेरै नेपाली दाजुभाइ दिदिबहिनी संग सुखदुःख साटासाट गर्ने मौका चुकेकोछ तर छिटै दुतावासले सललाहमा काम गर्ने कामदारहरु को बिचमा पुगेरै सम्बोधन गर्ने प्रतिबद्धता गरेको छ । 

सललाह क्षेत्रमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुका बिच मनोरंजनका  साथै एक आपसमा सुख दुख साट्ने अभिप्रायले राखिएको  कार्यक्रम  सफल रहेको  आयोजक बिनदोनी  नेपाली रेस्टुरेन्ट का संचालकले बताएका छन ।