राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा गठन पूर्वको पृष्ठभूमिः सम्पूर्ण प्रगतिशिल,देशभक्त, जनतान्त्रिक तथा वामपंथी शक्तिहरुको बीचमा काम गर्दै राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आईरहेको पार्टी राष्ट्रिय जनमोर्चाको स्थापना २०५२ सालमा भएको थियो । राष्ट्रिय जनमोर्चा, नेपालको वामपंथी कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पार्टी नेकपा (मसाल) को वैधानिक मोर्चा हो । राष्ट्रिय जनमोर्चा गठन हुनु भन्दा पहिला २०४६ सालको जनआन्दोलनमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको नामवाट आन्दोलनमा सहभागी बनेको थियो । २०४६ सालको जनआन्दोलनको आंसिक सफलतामा टेकेर २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा अखिल नेपाल किसान संघको नामबाट पार्टीले चुनावमा भाग लिएको थियो । स्थानीय निकायको निर्वाचन पश्चात २०५१ सालमा सम्पन्न संसदीय निर्वाचनमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको नामबाट चुनावमा भाग लिएको थियो । त्यही जगमा टेकेर देशभक्त, जनतान्त्रिक तथा वामपंथी शक्तिहरुको साझा संगठनको रुपमा वि.स २०५२ सालमा का. चित्र बहादुर के.सीको नेतृत्वमा राष्ट्रिय जनमोर्चाको गठन भएको थियो ।
प्रथम राष्ट्रिय सम्मेलनः पार्टीको प्रथम राष्ट्रिय सम्मेलनराष्ट्रियता, जनतन्त्र र जनहितका लागि आन्दोलन, राष्ट्रिय जनमोर्चाको प्रथम राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ वि.स २०५६ साल कार्तिक २८, २९ र ३० गते बुटवलमा सम्पन्न भएको थियो । सम्मेलनले अध्यक्षमा का. चित्रबहादुर केसी, उपाध्यक्ष रश्मिराज नेपाली, महासचिव नवराज सुवेदी,सचिव हिमलाल पुरी, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्यहरुमा हरि आचार्य,बेदनिधी अधिकारी, सागर के.सी., कलाधर देवकोटा, लिलाबहादुर थापा,विरबहादुर गोले, के.वि. फुदोङ, मनोज भट्ट, यमुना भुषाल, केशमान वि.क.,जनकराज शर्मा, नन्दराज भट्ट, वैकल्पिक सदस्यहरु देवजंग शाही, लोकेन्द्र लम्साल, जीवन राना र दधिराम आचार्यलाई चयन गरेको थियो ।
दोस्रो राष्ट्रिय सम्मेलनः पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन २०६८ साल वैसाख १३, १४ र १५ गते पोखरामा गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,संघीयताको विरोध गरौ भन्ने मुल नाराका साथ सम्पन्न भएको थियो । सम्मेलनबाट अध्यक्ष चित्रबहादुर के.सी., उपाध्यक्षहरु रश्मीराज नेपाली,विरबहादुर गोले, शंकर बराल, जनकराज शर्मा, दुर्गा पौडेल, महासचिव सन्तबहादुर नेपाली, सचिव कृष्ण अधिकारी, कोषाध्यक्ष मनोज भट्ट,सदस्यहरु बोमबहादुर खत्री, नन्दराज भट्ट, चन्द्रबहादुर के.सी., डम्मर पुरी,तुलसीराम सापकोटा, रत्नविक्रम रानाप्यासी, सागर के.सी., बद्रे आलम,लालबहादुर जाग्री, कृष्णबहादुर खड्का, सुरेन्द्र भण्डारी, रामप्रकाश पुरी,मोमिना खातुन, सुमन थापा, गौरीलाल कार्की, राजेन्द्र ढुंगाना, राजाराम चौधरी, दिपराम महर्जन । वैकल्पिक सदस्यहरु ओमबहादुर के.सी.,झविलाल थापा, सोमकुमार कार्की, वेणिमाधव जोशी । सल्लाहकारहरुमा छविरमण शर्मा, अमर थापा, कर्ण थापा, देवजंग शाही, जितेन्द्र ठकुरी,लखिन्दर शाह, जयकृष्ण सञ्ज्याल, कृष्ण आचार्य, प्रकाश परियारलाई निर्वाचित हुनु भएको थियो ।
तेस्रो राष्ट्रिय सम्मेलनः पार्टीको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनसंविधान लागु गरौं, संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ फाल्गुण ७, ८ र ९ गते बुटवलमा सम्पन्न भयो । सम्मेलनले चित्र बहादुर केसीलाई पुन अध्यक्षमा चयन गर्दै ३१ पूर्ण ६ वैकल्पिक र ६ सल्लाहकार सहित ४३ जनाको केन्द्रीय समिति चयन गरेको छ । जसमा कार्यकारी अध्यक्ष क. रश्मीराज नेपाली, उपाध्यक्ष क. बद्रे आलम, क. दुर्गा पौडेल, महासचिव क. जनकराज शर्मा, सचिव क. हिमलाल पुरी,कोषाध्यक्ष क. ओमबहादुर के.सी., सदस्यहरु क. नन्दराज भट्ट, क. मनोज भट्ट, क. डम्बर पुरी, क. तुल्सी सापकोटा, क. रत्नविक्रम रानाप्यासी, क. लालबहादुर जाग्री, क. कृष्ण खड्का, क. सुरेन्द्र भण्डारी, क. तारा पौडेल,क. राजेन्द्र ढुंगाना, क. राजाराम चौधरी, क. मदनसिंह बडायक, क. बेणीमाधव जोशी, क. झविलाल थापा, क. सोमकुमार कार्की, क. कर्ण थापा, क. देवजंग शाही, क. लालबहादुर थापा, क. गोपाल नेपाली, क. लक्ष्मी बास्कोटा, क. घनश्याम न्यौपाने, क. मोमिना खातुन, क. कमला जि.सी., क. चन्द्रबहादुर के.सी. । वैकल्पिक सदस्य क. बासु पोख्रेल, क. दानबहादुर चौधरी, क. कृष्णा रावल, क. वल भण्डारी, क. हेमकुमार गुरुङ,क. लखिन्दर शाह र सल्लाहकार सदस्यहरुमा क. कृष्ण आचार्य, क. काजीलाल वाईवा , क. यमलाल पोख्रेल, क. शेरबहादुर वि.क., क. तारा गिरी क. रामबाबु फुयाल रहनु भएको छ ।


No comments:
Post a Comment