नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न साधारण सभा
पदम नेपाल , १४ फेब्रुअरी, २०१७ क्यालिफोर्निया
नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न साधारण सभा भर्जिनिया राज्यमा हुने टुंगो लागेको छ । विगत लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको नेजस अमेरिकाको विवाद समाधान भएसँगै साधारण सभाको तयारी तीब्र गतिमा अघि बढेको हो ।विवादकै बीच सन् २०१४ को नोभेम्बर अन्तिम साता चयन भएको नयाँ कार्यसमितिले अहिलेसम्म साधारणसभा नै गर्न सकेको थिएन । समितिकै केही सक्रिय पदाधिकारी, सुभेच्छुक, काँग्रेसका केही केन्द्रीय नेतालगायतको पहलमा वर्षौदेखिको असहमति र विवाद टुँगिएसँगै सिँगो नेजस अमेरिका साधारणसभामा होमिएको हो । पछिल्ला केही महिनायता भै रहेका नियमित बैठक तथा छलफलपछि समितिमा जारी विवाद विधिबत् रुपमा समाप्त भएसँगै नेजस अमेरिकाले अब पहिलो साधारण सभालाई भव्य ढंगले सम्पन्न गर्ने तयारी अघि बढाएको हो । पछिल्लो समयमा गत जनवरी १४ मा टेक्सासको डालसमा बसेको नेजस अमेरिकाको आकस्मिक फिजिकल बैठकले संस्थामा जारी सबै विवाद समाधान गर्ने निर्णय गरेसँगै अहिले सिँगो कार्यसमिति साधारणसभामा जुटेको छ ।विवाद समाधान भएसँगै संस्थाका महासचिव मुनेन्द्र नेम्वाङ्ले जारी गर्नुभएको विज्ञप्तिमा विवादलाई समाधान गरी संस्थामा नयाँ रक्त सञ्चार प्रवाह गर्न सफल भएकोमा सबैलाई विशेष धन्यावाद दिनुभएको छ । नेम्वाङ्ले भोलिका दिनमा एकताबद्ध भएर साधारणसभालाई सभ्य र भव्य ढंगले अघि बढाउन सबैमा विशेष अपिल समेत गर्नुभएको छ । विज्ञप्तिमा महासचिव नेम्वाङ्गले विवाद समाधान भएर सिँगो संगठन एकताबद्ध भएर अघि बढेको अहिलेको अवस्थामा सबैमा सकारात्मक सन्देश प्रवाह भएकोले यो खुसीको क्षणमा सबै च्याप्टरको अधिवेशन गराई तेश्रो केन्द्रीय अधिवेशनका लागि जुट्नुपर्ने दबाब सिर्जना भएको र सोही अनुसार तयारीमा लाग्न सबैलाई अपिल समेत गर्नुभएको छ । यसका लागि सबैको एकता, सहयोग, साथ र सहकार्यको आवश्यकता समेत विज्ञप्तिमा औंल्याइएको छ ।साथै, संस्थाको विधान र च्याप्टर गाईट लाईनमा देखिएको गम्भीर विवाद र समस्याहरूको चाँडै अन्त्य गरी एकरुपता ल्याउनुपर्ने दायित्वतर्फ पनि सबैलाई गम्भीर बन्न आग्रह गरिएको छ ।‘सबै विमतिहरूको अन्त्य गर्दै, संगठनलाई अझ मजबुद, बलियो र एक ढिक्का बनाउने उद्देश्यले गर्न लागिएको यो ‘साधरण सभा’लाई सफल बनाउँनका लागि, आउँदो अप्रिल ८ तारिक २०१७ शनिवारका दिन भर्जिनिया राज्यामा, नेपाली काँग्रेसका अग्रजहरू, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि ज्युहरू, नेपाली जनसंपर्क समिति अमेरिकाका पुर्व एवं वर्तमान सल्लाहकार ज्युहरू, पुर्व संयोजक ज्युहरु, कार्यसमितिका पुर्व एवं वर्तमान साथिहरू, सबै च्याप्टरका पुर्व एवं वर्तमान सभापति ज्युहरू एवं च्याप्टर संग आवद्द समितिका साथिहरू, विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, शुभ चिन्तक, लोकतन्त्र प्रति आस्थावान साथिहरू, बुद्दीजिवि,व्यापारी,प्रत्रकार,कलाकार,साहित्यकार तथा आम जनसमुदायमा उपस्थितिको लागि नेपाली जनसंपर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछु ।’ यसैबीच, नेजस अमेरिकाका सभापति आनन्द विष्टले साधारण सभालाई सफलिभूत बनाउन सम्पूर्ण प्रजातान्त्रबादी, सल्लाहकार, बुद्धिजीवि, सुभेच्छुकलगायतलाई विशेष आग्रह गर्नुभ्एको छ । त्यसका लागि भर्जिनियामा हुने साधारण सभामा उत्साहजनक रुपमा सहभागी हुन र यसलाई भव्य ढंगले सम्पन्न गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।
No comments:
Post a Comment