Sunday, November 6, 2016

शहरी विकासमन्त्री केसीको प्रमुख आतिथ्यतामा बोस्टनमा भव्य कार्यक्रम,

शहरी विकासमन्त्री केसीको प्रमुख आतिथ्यतामा         बोस्टनमा भव्य कार्यक्रम


Displaying akc1.jpg
बोस्टन । 
लामो समयको अन्तरालपछि अमेरिकामा रहेका नेपालीहरु र नेपाल सरकारका बहलवाला मन्त्रीबीच सामयिक विषयमा गहन र भव्य ढंगले छलफल भएको छ । हालै अमेरिकाको बोस्टनमा भएको सो छलफलमा शहरी विकासमन्त्री अर्जुननरसिंह केसी र त्यस क्षेत्रमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ संविधानले प्रवासी नेपालीहरुको पक्षमा गरेको व्यवस्थालगायतका विभिन्न पाटो र पक्षको विषयमा सो कार्यक्रममा खुलेर छलफल भएको थियो ।
त्यस क्रममा मन्त्री केसीले अत्यन्तै सरल ढंगले प्रवासमा रहेका नेपालीहरुले बुझ्ने हिसावले आफ्नो धारणा राख्दै उठेका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो । केसीले प्रवासमा वस्ने नेपालीलाई सरकारले अवैधानिक दुतको रूपमा हेरेकोले उनिहरूलाई  नेपालको समग्र विकास संग जोडिन आग्रह गर्नुभयो । अहिलेको संविधानले संसारभर रहेका नेपालहरुलाई उत्तिकै हक अधिकार दिएको भन्दै यसलाई कार्यान्वयनका लागि सरकार तयार रहेको बताउनुभयो  । विदेशमा बस्ने नेपालीले आफू र आफ्नो जन्मभूमिप्रतिको दायित्व भूल्न नहुनेमा उहाँको जोड थियो  । यस्तै प्रवासी नेपालीहरुको भूमिका नयाँ संविधान कार्यन्वयनका लागि पनि उत्तिकै हुने भन्दै उहाँहरुले नयाँ संविधान कार्यान्वयनका लागि पहल र खबरदारी गर्न आग्रह गर्नुभयो ।        Displaying akc2.jpg
उहाँले मुलुकमा हिन्दु राष्ट्र वा जातीय राज्य के हुने भन्ने विषयमा उठेको प्रश्नको जवाफ दिँदै लामो समयको अन्तरालपछि ठूलो संघर्षबाट मुलुकमा  गणतन्त्र स्थापना भै सकेका कारण हिन्दु राष्ट्र र जातीय राज्यको पक्षमा वकालत गर्न नसक्ने स्पष्ट पार्नुभयो । एक अर्को प्रशंगमा उहाँले पार्टीको प्रवासी संगठन जनसंपर्क समिति अमेरीकामा देखिएको विवादलाई दुवैपक्षले लचिलो भएर मिलाउन आग्रह गर्नुभयो । उहाँले संगठनको भलाईको लागि एक अर्कामा प्रतिस्पर्धा गरेर नभै झुकेर अघि बढ्न सुझाव दिनुभयो । विगत एक वर्षको अवधिमा नेपाली जनसम्पर्क समितिमा विभिन्न विवाद देखिएर अध्यक्ष र महासचिव एउटै मञ्चमा समेत बस्ने अवस्था नबनिरहेको बेला केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यो कार्यक्रममा पहिलो पटक विवादपछि अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्वाङ्ग एउटै मञ्चमा बस्नु भएको थियो । जसले जनसम्पर्क समिति भित्रको विवाद अब समाधानतर्फ अघि बढेको संकेत गरेको छ । अक्टोबर २३ तारिखकका दिन नेपाली जनसंपर्क समिति न्यू–ईग्ल्याण्ड  च्याप्टर वोस्टनले हिमालयन हेरिटेज नेपाली कल्चर एकेडेमी बोस्टनमा गरेको कार्यक्रमले यस्तो अवसर जुटाई दिएको हो बोस्टनमा लामो समयको अन्तरालपछि नेपालका सरकारका बहालवाला मन्त्रीको उपस्थितिमा कार्यक्रम हुँदा सहभागीहरुले धेरै खुसी व्यक्त गरेका छन् । यही डिसेम्बर १७ देखि २० तारिखसम्म इक्वेडरको क्वेटोमा भएको बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसंघीय विश्व सम्मेलन सहभागि हुन ईक्वेडर पुगेर फर्कने क्रममा अमेरिकामा भएको सो कार्यक्रममा सहभागी हुनुभएको हो ।                            Displaying akc3.jpg
अमेरिकामा रहँदा केसीले त्यहाँ रहेका नेपालीहरुसँग विभिन्न विषयमा गहन छलफल समेत गर्नुभएको थियो । सो कार्यक्रममा अथितीको रूपमा केन्द्रीय सदस्य सदस्य रमेश रीजालले जनसम्पर्क समिति समिति अमेरीकामा देखिएको विवादलाई मिलाउँन पार्टीले आफुलाई जिम्मेवारी दिएको र दुवैपक्ष संग गहन छलफल गर्ने बताउनुभभयो । उहाँले दुबै पक्षलाई आफ्नो अडानबाट लचक हुन र विवाद मिलाउन आगह समेत गर्नुभएको थियो । समितिका अध्यक्ष र महासचिवलाई आरोप प्रत्यारोमा नलागेर यसलाई मिलाई छाड्नुपर्ने प्रतिबद्धता जनाउनभएको छ । यस्तै सो कार्यक्रममा अतिथि सांसदका रुपमा सहभागी सांसद महेन्द्र कुमारी सुव्वाले  संगठनका हितका लागि प्रवासमा जुधेर होईन मिलेर जान नेतृत्वलाई सुझाव दिएका दिनुभयो ।
यस्तै, सभापति आनन्द बिष्टले समाजिक संन्जालमा आएको जस्तो भुकम्पको राहत रकमको हिनामिना नभएको स्पष्ट पर्नुभयो । उहँले केही व्यक्ति तथा समूहले आधारहिन आरोप लगाको भन्दै आउँदा दिनमा संगठनभित्र देखिएको विवादलाई चिर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढाउने बताउनुभयो । यस्तै, महासचिव मुनिन्द्र नेम्बाङले पार्टीले जन सम्पर्कसमितिलाई अब निश्चित प्रायोजनका निमित्त उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । संसार भरीका जनसंपर्कसमितिहरूको विधानमा एकरूपता ल्याई पार्टीको लिगेसी राखेमा संगठनमा कम विवादले प्रवेश पाउनुपर्नेमा उहाँको जोड छ । नेम्वाङ्गले अहिलेको अवस्थामा काँग्रेस लोकमानको पक्षमा होईन, विपक्षमा उभिन सबैलाई आग्रह गर्नुभयो ।  Displaying akc.jpg
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुमा जनसंपर्क समिति अमेरिकाका सल्लाहकार बिजय शर्मा , केन्द्रीय सदस्यलोक लामा , मान्ती शाह, माया कडायत,   रोड आईल्याण्डच्याप्टरका सभापति सरीता ओली, कनेटिकट च्याप्टरका सभापति यादव दुलाल, एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापा लगायत सहभागी हुनुभएको थियो। नेपाली जनसंपर्क समिति न्यू ईग्ल्याण्ड  च्याप्टर वोस्टनको  सभापति ध्रुव घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रमको चैप्टरको उपसभापति दिनेश पाण्डे ले स्वागत गर्नु भयको थियो भने  पहिलो सत्रको संचालन च्याप्टरका सचिव हरी प्रियाले गरेकी थिईन भने दोस्रो सत्र महेश्वर पन्तले सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment