तनहुँ सेवा समाज कतारको नवौं अधिवेश सम्पन्न
उद्धव मगर दोहा कतार – मिति २०१६÷१०÷२८ का दिन नतहुँ सेवा समाज कतारको नवौं वाषर््िाक अधिवेशन सम्पन्न भएको छ । यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तोयानाथ पौडेल र प्रमुख अतिथि भिम थापाको उपस्थिति र संस्थाका महासचिव दिल बहादुर रानाभाटको सञ्चालनमा कार्यक्रम अगाडी बढेको थियो
भने कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थिति रहेको कार्यक्रममा संस्थाबाट प्रतिनिधित्व गरी आउनु भएका अतिथिहरुले बन्दै गरेको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई २०७३ सालको शुभ–दिपालीको उपलक्ष्यमा उत्तर उत्तर प्रगतीको हार्दिक शुभ कामना व्यक्त गरेका थिए । नयाँ कार्यसमितिमा १५ सदस्य पदाधिकारीहरु चयन भएका छन अध्यक्ष –.पदम बहादुर वि.क प्रथम उपाध्यक्ष– रेशम तामाङ्ग, द्धितिय अध्यक्ष– ऋषि वि.क, महासचिव–बलराम गैरे,सचिव–मिनराज खड्का,कोषाध्यक्ष–अर्जुन सुनुवार, सह–कोषाध्यक्ष– संघम रायमाझी, सदस्यहरुमा दिल बहादुर परियार, बसन्त पा्ेख्रेल,सिखर श्रेष्ठ, सोमनाथ रसाईली, मिन बहादुर कुमाल, र ३ स्थान रिक्त रहेको छ
उक्त कार्यक्रम अत्यन्तै सौहद्रपुर्ण वातावरणमा कार्यक्रम समापन भएको यस कार्यक्रमका अध्यक्ष तोयानाथ पौडेलले जनाउनु भएको छ । 
No comments:
Post a Comment