मोडलिङमा बजार तताउदै निर्मल पौडेल
शालिकराम अाचार्य
शालिकराम अाचार्य
कतार- निर्मल पौडेल भनेपछि अाेहाे उदयमान कलाकार भनेर कतारमा र देशभित्रै पनि धेरैजसो ले चिनेका छन । साहित्यकार तथा शब्दकार पछि अब कलाकार काे लागि निर्मलले परिश्रम गरिरहेका छन । उनलाई चिनेका ले उनलाई मोडल तथा शब्दकार अनि साहित्यकार निर्मल पौडेल काे नाम ले सम्बाेधन गर्दा नयाँ बहुप्रतीभा युक्त कलाकारकाे उदएमान भयकाे भान हुन्छ । करिब पाँच बर्ष अघि देखि नेपाल न्युजको गजल अनि गितका शब्द लेख्ने बिधामा निरन्तर कलम चलाउने निर्मल पौडेल अहिले ब्यस्त मोडल बनेका छन् । खाईलाग्दो ज्यूडाल र पेशा प्रतिको ईमान्दारिताले पनि उनलाई यो क्षेत्रमा दिनानुदिन सफलता हातलाग्दै गरेको छ। काठमाडौंमा आफ्नो ब्यवसाय सहित मोडलिङ लाई पनि निरंतरता दिदै अाएका निर्मल पौडेल पाँच बर्ष अघि कतार अाएका थिए ।
कतार बसाईको छोटो समयमा पौडेलले दुईवटा बिज्ञापनमा मोडलिंग गर्न समेत भ्याए !! उनले कतार बसाईको छोटो समयमा एउटा i phone मोबाइल र कतारमा नेपाली खाजा घर खानाको बिज्ञापनमा मोडलिङ गरेका थिए । धारापानि-४ अर्घाखाँचीका पौडेलले सानैदेखि गीत संगत र अभिनयमा रुचि राख्ने भएकैकारण चल्तीका दर्जनौं लोक दोहोरीहरु र आधुनिकमा मोडलिङ गरेकाछन् ।
धेरै गितहरु पनि लेखेका छन अनि उतिकै गजलहरु लेख्न समेत रुचाउने निर्मलले ""घरीघरी दुख्ने यो मुटु एकै पल्ट दुखेहुन्थेयो बरु"" भन्ने बोलको गित लेखेका छन ।
जसलाई चर्चित आधुनिक गायक प्रमोद खरेलले गाएका छन् ।
उक्त गितले उनको नाम धेरै माथि पुराऐको छ र उनलाई नेपालमा पसन्द गर्नेहरुकाे लामाे ताँती बढिरहेको छ । पछिल्लो समयमा मोडलिङ मै टक बसेकोले यसैलाई निरन्तरता दिने निर्मलको चाहना छ। म्युजिक भिडियोहरुमा अहिले सयाैं मोडलहरु छन्। तर यो भिडमा निर्मल पौडेल अब्बल बनेर निस्कने तयारीका साथ कम्मर कसेर लागेका छ्न..।।

No comments:
Post a Comment