Tuesday, November 29, 2016

प्रधानमन्त्री ,गृहमन्त्री र सभापति देउवाकाे भारत लाइ फोन

प्रधानमन्त्री ,गृहमन्त्री र सभापति देउवाकाे  भारत लाइ फोन

अहिले देशको वारेमा जति भनेपनि कमनै  छ । हाम्र दाजु कृष्ण बन्जाडे ले तयार पारेर अनुहार पुस्तिकामा सेयर गर्नु भयकाे  याे लेख उहाँ संग अनुमति नलिई कन यहाँ प्रेशीत गरेको छु याे हाम्रो नेताहरू काे  बिल्कुलै अाजकाे सच्चाई लाई हुबहु राख्नु भयकाे छ जस्तोसुकै नास्तिक नेपाली किन नहाेस अगर नेपाली अामाकाे छाेरा छाेरी हाे भने अबस्य पनि याे लेखले  एकपटक सबैलाई साेच्न बाध्य बनाऊस र नेपालीहरू लाई राजनीतिमा हस्तक्षेप गर्ने प्रेरणादायी बनाेस ।।। 

।।।कृष्ण बन्जाडे।।।
धारापानी अर्घाखाँची 

 प्रधानमन्त्री जी...!!  गृहमन्त्री जी...!! र सभापति देउवा जी...!! भारत लाइ फोन गरेर जानकारी दिनुहोस् ....! अहिले को सरकार गठन गराइ हामीलाई सत्तामा पराइदिनु भएर हामीलाई ठुलो गुन लगाउनुभएको छ । तेतीबेला मधेसी समस्या समाधान गर्न भन्ने नाममा हामीसँग भएका तिन बुँदे सम्झौता हामीलाई कन्ठ छन । आत्मै देखि लाग्दा पनि कार्यान्वयन गर्न गाह्रो भयो हजुर, यो जाबो नेपालका मान्छेमा राष्ट्रिय भावना बढेरगयो । पाँच नम्बर प्रदेश पनि यति बेला टुक्राई हजुरलाई सत्ताको साटो बक्सिस दिन नसक्ने भइयो हजुर । मधेसी वम्शजलेपनि मानेनन् हजुर । राजेन्द्र महतो हरुको खुबसहयोग भएको छ । जनताले नदिने भए हजुर, अब घुमाउरो पारामा लाखौं हजुरको आदमीलाइ नागरिकता दिने र बिस्तारै देश नै हजुर को  जिम्मा दिने भित्री योजनामा छौ कुरा गोप्य नै रहला हजुर । यो गर्नु हाम्रो दायित्व हो हजुर किनभने हाम्रो धार्मिक किताबमा पनि नेपाल देशे भारत खन्डे  ऊल्लेख छ हजुर, यस विषयमा कमल थापा पनि सकारात्मक हुदैहुनुहुन्छ अंगीकृतलाई महत्वपूर्ण पदको आशनमिलेपछि र जनसङ्ख्याका आधारमा प्रतिनिधित्व तथा हिन्दी भाषालाई राष्ट्रिय भाषा मानिसकेको अवस्था ल्याउने वचनको पालना गर्न नदिने हुनकी !! हजुर यतिबेला नेपाली बेवकुफहरुले कतै तपाई हरुको इच्छा पूरा हुन सकेन भने के गर्ने होला...!! भनेर म प्रधानमन्त्री र देउवा जी लाई निद्रा लाग्दैन हजुर । एमाले तथा राजमो त हजुर हरुको बिरोधमा थिए नै गर्दा गर्दै हाम्रैपार्टीका भनाउदा छाउराहरू पनि हजुर को मागको बिरोध गर्न लागे हजुर  माफ गर्नुहोला कुनै कारणले गर्दा नेपाली राष्ट्रियता यसपटक बुझाउन सकेन्छौ भने हजुर हामीलाई राम्ररी थाहा छ हजुर हरुले चालेको योजना । पाकिस्तान टुक्राको, सिक्किम खाएको फिजीमा सफल भएको । यो जाबो नेपालमा सफल नहुने कुरै छैन हजुर ।तपाईंको योजना सफल पार्न हामी    लोन्डेप दोर्जे लामा महेन्द्र चौधरीको पथमा अग्रसर भइरहने  छौ हजुर ।  अन्त्यमा तपाईले विश्वास पूर्वक दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था आएमा आउदो चुनावमा देश भारतमा गाभिन पर्छ नेपाल भन्ने देश थियो रे भन्ने इतिहास लेख्न लगाई सङ्ररालयमा राख्ने महत्वपूर्ण काम गरिनु पर्छ भन्ने मूल नाराका साथ जनता माज जानेछौ । अनि अत्यधिक बहुमत प्राप्त गरी देशलाई तपाईंको जिम्मा लगाउने छौ हजुर अहिले यसै भन्न सकिन्न कि हजुर माफ गर्नु होला देउवा जी र म प्रधानमन्त्री  प्रचण्डले यो जाबो काम गरेर छोड्नुपर्ने छ । बरु हजुर हरुले मधेसी मोर्चा लाइ अज कडा रुपमा र निरन्तर रुपमा थप माग गर्दै जाने सल्लाह दिनुहुने छ ।अन्त्यमा पाकिस्तान सँग ख्याल राख्दै गर्नुहोला  ।लडाई भइहाल्यो भने गोरखाली सेनालाई अगाडि बढाउन नभुल्नुहोला । मरे तिनै मरेछन् । नाकाबन्दीको आवश्यकता परेको खण्डमा मधिसे मोर्चा सम्बद्ध सँग कुरा गरी लगाउनु होला । हजुर अन्त्यमा हाम्रो भावी जीवन तेतैबिताउने छौ  हाम्रो लागि अएसआरामगरने ठाउँको ख्याल गर्नु होला, ।  लौ हजुर कुनै गोप्य कुरा भएमा निधि जी लाइ पठाउने छौ। अहिले लाई फोन यत्ति नमस्ते । तपाईँहरूको विश्वासपात्रहरु प्रधानमन्त्री । गृहमन्त्री । देउवा एवं समस्त हामी तराईका शुभचिन्तक फुच्चेदेश नेपाल ।

Saturday, November 26, 2016

काठमाडौं, ११ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहाड-तराई टुक्राउने भारतीय डिजाइनको संविधान संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताएका छन् । ‘राष्ट्रघाति संविधान संशोधन प्रस्तावविरुद्ध संघर्ष गरौं, तराईलाई पहाडबाट अलग गरी सीमांकन गर्ने कार्यको विरोध गरौं’ भन्दै राष्ट्रिय जनमोर्चा काठमाडौं शाखाद्धारा शनिबार आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै केसीले देशको राष्ट्रियता, सार्वभौकिता र अखण्डतामाथि कुनै हालतमा सौदाबाजी गर्न नदिने र संशोधन प्रस्ताव दर्ता गरिसकेपछि पनि यो कुनै हालतमा रोक्नुपर्ने बताए । ‘भारतले जे भन्छ त्यही मान्ने शर्तमा प्रचण्ड सरकारमा गएका हुन् । कांग्रेस–माओवादी गठबन्धनले चारवटा विषय नागरिकता, सीमाकंन, भाषा, समावेशिता विषयमा भारतकै योजनाअनुसार संशोधन प्रस्ताव ल्याएको छ,’ उनले भने- ‘भारतले कांग्रेसलाई पनि मनायो माओवादीलाई पनि मनायो र बाबुरामलाई पनि मनाउँदा संशोधनको कुरा आयो । यो काकरभिट्टादेखि कञ्चनपुरसम्म पहाड र तराई अलग गराउने भारतको खतरनाक डिजाइन् हो । नेपाली राष्ट्रियता, सार्वभौकिता र अखण्डतामाथिको ठूलो चुनौति हो । नेपालीहरु रगतको खोलो बगाउनेपर्ने बेला आएको छ ।’ एमालेको प्रशंसा विरोध कार्यक्रमअन्तर्गत सडकमा ओर्लिएका केसीले संविधान संशोधन प्रस्तावमा एमालेले लिएको अडानको प्रशंसा गरे । ‘मलाई खुसी लागेको छ कि नेकपा एमालेले अहिले जो अडान लिएको छ, इतिहास जेजति गल्ती कमीकमजोरी भएपनि एमाले अहिले जसरी उभिएको छ, देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डताको पक्षमा र भारतीय विस्तारबादको डिजाइनका अगाडि एमालेले अडिनुपर्यो,’ उनले भने– ‘एमाले एक्लै छैन् हामी साथमा छौं नेपाली जनता साथमा छन् । देश बेचेर खानेहरुविरुद्ध नेपाली जनताले भण्डाफोर गर्नुपर्छ । यो प्रस्तावलाई पारित हुन दिनुहुन्न् र नेपाली जनताले आफ्नो खुबी देखाउनुपर्छ ।’ - 

Wednesday, November 23, 2016

चित्रबहादुर केसी गुडिरहेको माइक्रोबसबाट खसे, केएमसीमा उपचार

चित्रबहादुर केसी गुडिरहेको माइक्रोबसबाट खसे, केएमसीमा उपचार हुँदै


८ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् ।
भतिज हिरा केसीका अनुसार कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका हुन् । केसीको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
केसी माइक्रो बसको ढोका छेउको सिटमा बसेका थिए । घुम्तीमा अचानक लड्न पुगे ।
स्थानीयको सहयोगमा उनलाई अस्पताल लगिएको र अहिले अवस्था सामान्य रहेको भतिज हिरा केसीले बताए ।
अध्यक्ष केसीलाई आज अस्पतालमै राखेर उपचार गर्नुपर्ने उनले जानकारी दिए ।

Wednesday, November 16, 2016

ट्रम्पको आप्रवासी नीतिले नेपाललाई दिएको चेतावनी

ट्रम्पको आप्रवासी नीतिले नेपाललाई दिएको चेतावनी



–मोहन विक्रम सिंह
अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति ट्रम्पले जुन प्रकारको आप्रवासी नीति अपनाउने घोषणा गरेका छन्, त्यो नेपालका लागि पनि ठुलो चेतावनी हो । त्यसबाट शिक्षा लिएर नेपालले आफ्नो नीति र कार्यक्रममा सुधारका लागि गम्भीर र योजनाबद्ध प्रकारले प्रयत्न गर्नु पर्ने आवश्यकता छ अन्यथा नेपालको अर्थतन्त्र मात्र होइन, भविष्य समेत अन्धकारमय हुने कुरा स्पष्ट छ ।
नेपालले आफ्नो देशको आर्थिक विकासमा जोड दिएर आत्मनिर्भर हुने प्रयत्न गर्नुभन्दा ठुलो सङ्ख्यामा नेपालीहरूलाई विदेशमा पठाएर उनीहरूबाट आउने आम्दानीबाट देशको अर्थतन्त्रलाई धान्ने प्रयत्न गरिरहेको छ । प्रथमता नेपालीहरूले विदेशबाट जुन पैसा पठाउँछन्, त्यो देशको आर्थिक विकासमा कमै खर्च हुन्छ । त्यो पैसा अधिकतर रूपमा घरजग्गा किन्न वा उपभोग्य सामग्रीहरू किन्न नै खर्च हुन्छ । ती सामग्रीहरू अधिकतर विदेशबाट नै आयात गरिएका हुन्छन् । विदेशबाट आउने त्यस प्रकारको आम्दानीले जनसङ्ख्याको एउटा ठुलो भागलाई श्रमबाट अलग गरी दिन्छ । उनीहरू गाउँबाट आएर सहरमा बस्दछन् र विलासी जीवन बिताउँछन् । परिणामस्वरूप पहाडका कृषियोग्य जमीन बाँझा हुँदै गई रहेका छन् । सामाजिक र राजनीतिक रूपमा पनि त्यसबाट कैयौँ विकृतिहरू पैदा भई रहेका छन् र राजनीतिक रूपमा पनि त्यसका कैयौँ दूरगामी दुष्परिणामहरू हुने सम्भावना बढ्दै गई रहेको छ ।
पतिहरू लामो समयसम्म विदेशमा बस्दा उनीहरूको पारिवारिक समस्यामा कैयौँ विकृतिहरू ल्याएको कुरा कैयौँ अध्ययनले बताएका छन् । ठुलो सङ्ख्यामा नेपालीहरू बाहिर जाँदा देशको निर्माणमा लाग्ने ठुलो श्रमशक्ति बाहिर मात्र जान्न, देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नागरिकहरू पनि बाहिर जान्छन् । युवक वर्गले देशको राजनीतिमा जुन सचेत भूमिका खेल्न सक्दथ्यो र पर्दथ्यो, त्यो भूमिका खेल्न सक्दैनन् । देशमा वास्तविक नेपाली नागरिकहरूको सङ्ख्या लगातार र तीव्र गतिले कम हुँदै गई रहेकोले र उदार नागरिकतासम्बन्धी नीतिका कारणले ठुलो सङ्ख्यामा विदेशीहरू मुख्यतः भारतीय नेपालको नागरिक बन्दै गई रहेका छन् । त्यसले चुनावमा वास्तविक नेपालीहरूको मतदान वा भूमिका कम हुने र विदेशीहरूको अनुपात बढ्दै जाने खतरा बढ्दै छ । त्यसको परिणामस्वरूप नेपालमा स्वयं नेपालीहरू अल्पसङ्ख्यामा पर्ने सम्भावना बढ्दै गई रहेको छ । त्यसको परिणाम कति गम्भीर हुने छ ? कसैले पनि अन्दाज गर्न सक्दछ ।
माथिको विवरणबाट के प्रष्ट हुन्छ भने नेपालीहरूलाई ठुलो सङ्ख्यामा विदेश पठाएर आर्थिक उपार्जन गर्ने वा देशको अर्थतन्त्रलाई कायम गर्ने जुन प्रयत्न गरिँदै छ, त्यो समस्याको स्थायी समाधान होइन । त्यसको विपरीत हाम्रो मुख्य जोड देशको आर्थिक विकास र देशको श्रमशक्तिलाई त्यसैमा प्रयोग गर्नेतिर जानु पर्दछ अन्यथा देशमा गम्भीर प्रकारको आर्थिक, सामाजिक वा राजनीतिक सङ्कट पैदा हुने खतरा छ । अर्को शब्दमा देश तीव्र गतिले त्यस प्रकारको सङ्कटको मुखमा अग्रसर भई रहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले ट्रम्पको आप्रवासी नीतिलाई बुझ्नु पर्दछ र त्यसबाट शिक्षा लिनु पर्दछ ।
ट्रम्पको आप्रवास नीति उनको व्यक्तिगत लाइन मात्र होइन, अमेरिकामा राष्ट्रपतिको चुनावमा हिलारी क्लिन्टनको हार र ट्रम्पको जितमा आप्रवास नीति पनि एउटा मुख्य कारण रह्यो । क्लिन्टनको आप्रवास नीति अपेक्षाकृत उदार थियो भने ट्रम्पको कडा र अनुदार । ट्रम्पको नीतिलाई बहुमत मिल्नुका पछाडि पँुजीवादभित्र विश्वव्यापी रूपमा र अमेरिकामा पनि बढ्दै गएको एउटा सङ्कटले पनि काम गरेको छ । पँुजीवादको विकास वा त्यसको स्थिरता नाफामाथि नै निर्भर गर्दछ । उनीहरूलाई ठुलो पैमानामा नाफा चाहिन्छ । त्यसका लागि ठुलो बजार चाहिन्छ । तर त्यसको समस्या यो हो कि त्यसको बजार झन्‌पछि झन् सङ्कुचित हुँदै गई रहेको छ । पहिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरू पिछडिएका थिए । त्यस कारण अमेरिका वा युरोपका देशहरूलाई नाफा कमाउनका लागि ठुलो बजार थियो । तर अब एसिया, अफ्रिका वा ल्याटिन अमेरिकाका धेरै देशहरूमा पँुजीवादको विकास भई रहेको छ । त्यसको परिणाम अमेरिका वा युरोपका देशहरूको बजार सीमित हुँदै गई रहेको छ । अर्कातिर, एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका नयाँ पँुजीवादी देशहरूसित उनीहरूको अन्तर्विरोध बढ्दै गई रहेको छ । त्यसको अर्थ यो हुन्छ, पहिले उनीहरूले जति सामान बिक्री गर्न सक्दथे, अब सक्दैनन् । त्यो अवस्थामा उनीहरूले आफ्नो उत्पादनमा कमी ल्याउनु पर्दछ । उत्पादनमा कमी ल्याउनुको अर्थ हुन्छ, अब उनीहरूलाई कम मजदुरहरू आवश्यक हुन्छ ।
उपर्युक्त प्रकारको अवस्थामा नै अमेरिका वा युरोपका देशहरूमा विदेशबाट आउने मजदुरहरूप्रति विरोध बढ्दै गई रहेको छ र आप्रवासी नीति कडा बनाउने माग बढ्दै गई रहेको छ । युरोपका देशहरूमा ठुलो सङ्ख्यामा आप्रवासीहरू बस्दछन् । उनीहरूप्रति कडा नीति अपनाउने माग बढ्दै गई रहेको छ । आफ्नै देशका मजदुरहरू ठुलो सङ्ख्यामा बेरोजगार हुँदै गएपछि ती देशहरूमा विदेशबाट आउने मजदुरहरूका विरुद्ध जनमत बढ्दै गई रहेको छ । जर्मनीको चान्सलरले आप्रवासप्रति केही उदार नीति अपनाइन् । त्यहाँका अनुदारवादीहरूले त्यो नीतिको विरोध गरे । त्यो उदार आप्रवासी नीतिको असर चुनावमा पर्‍यो । जर्मनीको एउटा राज्यमा भएको चुनावमा सत्तारूढ पार्टीको ठुलो हार भयो । त्यसबाट त्यहाँकी चान्सलरले पुनः आप्रवासी नीतिलाई कडा बनाउने कुरामा जोड दिइन् ।
अमेरिकामा ठुलो सङ्ख्यामा आप्रवासी छन् । यो भनिन्छ, त्यहाँ अबैध रूपले बसेका अप्रवासी मात्र एक करोड जति छन् । ट्रम्पले ४५ औँ राष्ट्रपति निर्वाचित भएपछि तुरुन्त नै ३० लाख आप्रवासीलाई हटाउने घोषणा गरेका छन् ।पछि अरूलाई पनि हटाउँदै जाने र नयाँ भिसा नीति पनि कडा बनाउने उनको नीति हुने कुरा प्रष्ट छ । उनको त्यो नीति अमेरिकी साम्राज्यवादको विश्व बजार सङ्कुचित हुँदै गएकाले र उत्पादन कम गर्दै लैजानु परेकाले पनि अमेरिकामा उत्पादन र मजदुरहरूमा पनि कटौती गर्दै जानु परेको परिणाम हो । विदेशबाट आउने मजदुर वा विज्ञहरूले पनि अपेक्षाकृत सस्तो ज्यालामा काम गर्दछन् । त्यसले गर्दा अमेरिकामा आप्रवासीप्रति कडा नीति अपनाउनु पर्ने जनमत बढ्दै गएको छ । त्यो मागलाई ट्रम्पले मूल रूप दिए । त्यसैले चुनावमा उनलाई बहुमत प्राप्त भयो ।
वास्तवमा आज नयाँ नयाँ देशहरूमा नयाँ पँुजीवादी देशहरूको विकासको परिणामस्वरूप अमेरिकाले विश्वमा कडा प्रतिस्पर्धाको सामना गर्नु परी रहेको छ । त्यसले गर्दा ट्रम्पले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो भूमिका बढाउनेभन्दा देशभित्र आफ्नो स्थिति सुदृढ गर्ने नीतिमा जोड दिएका छन् । साम्राज्यवादीहरूले भूमण्डलीकरण, खुला प्रतिस्पर्धा र खुला बजारको कुरा गर्दछन् । तर ठुला विकसित देशहरूमा पनि बढ्दै गएको सङ्कटका कारणले उनीहरूले संरक्षण नीतिमा जोड दिनु परी रहेको छ । त्यसरी उनीहरूले आफ्नो रक्षाको नीतिमा बढी जोड दिनु परी रहेको छ । त्यही प्रकारको स्थितिमा नै ब्रिटेन युरोपयन युनियनबाट हट्ने नीतिको पक्षमा बहुमत प्राप्त भयो । संसारमा जति जति नयाँ नयाँ देशहरूमा पूँजीवादको विकास हुँदै जाने छ, उनीहरूको बजार साँघुरिँदै जाने छ । उनीहरूका अगाडि उत्पादन घटाउने र श्रम शक्तिमा कटौती गर्नु पर्ने बाध्यता बढ्दै जाने छ । त्यो अवस्थामा सबै पँुजीवादी देशहरूमा आप्रवासीहरूप्रति ढोकाबन्दको नीति बढ्दै जाने छ ।
ट्रम्पको अनुदार र कडा नीतिको शिकार ठुलो सङ्ख्यामा नेपालीहरू पनि हुनेछन् । त्यो समस्याको गम्भीरता त्यहीँसम्म मात्र सीमित रहने छैन । त्यो समस्या विश्वव्यापी रूपमा अगाडि आउने छ । एकातिर, सबै विकसित पँुजीवादी देशहरू र अर्कातिर, नयाँ पँुजीवादी देशहरूबाट नेपालीहरूलाई निकाल्ने प्रक्रिया बढ्दै जाने छ । अमेरिका र युरोपमा ता त्यो आवाज बढ्दै गई रहेको र त्यहाँका सरकारहरूले झन्‌पछि झन् अनुदार आप्रवास नीति अपनाउँदै लगी रहेका छन् । आउने दिनमा त्यो प्रक्रिया अरू बढेर जाने छ ।
अहिले नेपालीहरूको गन्तव्य कतिपय पँुजीवादी देशहरू पनि रहेका छन् । जस्तै कि खाडीका मुलुकहरू मलेसिया, सिङ्गापुर, कोरिया आदि । ती देशहरू पनि हाम्रा लागि सधैँ सुरक्षित देशहरू रहने छैनन् । प्रथमता, त्यहाँ अन्य देशहरूका आप्रवासीहरूसित नेपालीले कडा प्रतिस्पर्धा गर्नु पर्ने छ । द्वितीय, कुनै दिन त्यहाँ पनि विकसित पँुजीवादी देशहरूमा जस्तै स्थिति उत्पन्न हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा ती देशहरूमा रोजगारीको समस्या गम्भीर हुँदै गएर त्यहाँ पनि विदेशबाट आउने मजदुरहरूप्रति विरोधको आवाज बढ्न थाल्ने र त्यसरी त्यहाँ पनि नेपालीहरूका लागि रोजगारी कम वा सीमित हुँदै जाने छ ।
गत दशकहरूमा नेपालीहरू कैयौँ देशहरूबाट निकालिएका थिए । तत्कालीन बर्मा वा म्यान्मारबाट ठुलो सङ्ख्यामा नेपालीहरू निकालिएका थिए । आसामबाट आफ्नो घरजग्गा वा व्यापार छाडेर ठुलो सङ्ख्यामा नेपालीहरू नेपाल आउनु परेको थियो । हाम्रो रोजगारीको परम्परागत गन्तव्य भारत रहँदै आएको छ । तर त्यहाँ पनि पहिले नेपालीहरूले जसरी रोजगारी पाउँदथे, अब पाउँदैनन् । ठुला र राम्रा ठाउँमा नोकरी प्राप्त गर्ने कुरा त अब बन्द जस्तै भएको छ । भारतमा जनसङ्ख्या र बेरोजगारी बढ्दै जानुका साथै उनीहरूलाई पहिले जस्तो सजिलैसित नोकरी मिल्न गाह्रो हुन थालेको छ ।
सारा संसारबाट लखेटिँदै वा विस्थापित भएपछि नेपालीहरूका लागि बाँच्न वा रहनका लागि बाँकी रहने आश्रय स्थल नेपाल मात्र हो । खालि विदेशमा नेपालीहरूलाई पठाएर मात्र अर्थतन्त्रलाई कायम गर्ने नीति अपनाइयो र स्वयं नेपालको आर्थिक विकासमा ध्यान दिइएन भने त्यसको परिणाम कति भयानक होला ? कसैले पनि सजिलैसित अन्दाज गर्न सकिन्छ । नेपालीहरू संसारभरिबाट लखेटिँदै र निकालिँदै जाने र, अर्कातिर, नेपालको विकास नहुने भयो भने त्यसले नेपालका लागि अत्यन्त भयानक स्थितिको सिर्जना गर्ने छ ।

Sunday, November 13, 2016

मोडलिङमा बजार तताउदै निर्मल पौडेल

मोडलिङमा बजार तताउदै निर्मल पौडेल

शालिकराम अाचार्य
कतार- निर्मल पौडेल भनेपछि अाेहाे उदयमान कलाकार भनेर  कतारमा र देशभित्रै पनि धेरैजसो ले चिनेका छन । साहित्यकार तथा शब्दकार पछि अब कलाकार काे लागि निर्मलले परिश्रम गरिरहेका छन ।  उनलाई चिनेका ले उनलाई मोडल तथा शब्दकार अनि साहित्यकार निर्मल पौडेल काे नाम ले सम्बाेधन गर्दा नयाँ बहुप्रतीभा युक्त कलाकारकाे उदएमान भयकाे भान हुन्छ । करिब  पाँच बर्ष अघि देखि नेपाल न्युजको गजल अनि गितका शब्द लेख्ने  बिधामा निरन्तर कलम चलाउने निर्मल पौडेल अहिले ब्यस्त मोडल बनेका छन् । खाईलाग्दो ज्यूडाल र पेशा प्रतिको ईमान्दारिताले पनि उनलाई यो क्षेत्रमा दिनानुदिन सफलता हातलाग्दै गरेको छ। काठमाडौंमा आफ्नो ब्यवसाय सहित मोडलिङ लाई पनि निरंतरता दिदै अाएका निर्मल पौडेल पाँच बर्ष अघि कतार अाएका थिए ।
कतार बसाईको छोटो समयमा  पौडेलले दुईवटा  बिज्ञापनमा मोडलिंग गर्न समेत भ्याए !! उनले कतार बसाईको छोटो समयमा एउटा i phone मोबाइल र कतारमा नेपाली खाजा घर खानाको बिज्ञापनमा मोडलिङ गरेका थिए । धारापानि-४ अर्घाखाँचीका पौडेलले सानैदेखि गीत संगत र अभिनयमा रुचि राख्ने भएकैकारण चल्तीका दर्जनौं लोक दोहोरीहरु र आधुनिकमा मोडलिङ गरेकाछन् ।
धेरै गितहरु पनि लेखेका छन अनि उतिकै गजलहरु लेख्न समेत रुचाउने निर्मलले ""घरीघरी दुख्ने यो मुटु एकै पल्ट दुखेहुन्थेयो बरु"" भन्ने बोलको गित लेखेका छन ।
जसलाई चर्चित आधुनिक गायक प्रमोद खरेलले गाएका छन् ।
उक्त गितले उनको नाम धेरै माथि पुराऐको छ र उनलाई नेपालमा पसन्द गर्नेहरुकाे  लामाे ताँती बढिरहेको छ । पछिल्लो समयमा मोडलिङ मै टक बसेकोले यसैलाई निरन्तरता दिने निर्मलको चाहना छ। म्युजिक भिडियोहरुमा अहिले सयाैं  मोडलहरु छन्। तर यो भिडमा निर्मल पौडेल अब्बल बनेर निस्कने तयारीका साथ कम्मर कसेर लागेका छ्न..।। 

Sunday, November 6, 2016

शहरी विकासमन्त्री केसीको प्रमुख आतिथ्यतामा बोस्टनमा भव्य कार्यक्रम,

शहरी विकासमन्त्री केसीको प्रमुख आतिथ्यतामा         बोस्टनमा भव्य कार्यक्रम


Displaying akc1.jpg
बोस्टन । 
लामो समयको अन्तरालपछि अमेरिकामा रहेका नेपालीहरु र नेपाल सरकारका बहलवाला मन्त्रीबीच सामयिक विषयमा गहन र भव्य ढंगले छलफल भएको छ । हालै अमेरिकाको बोस्टनमा भएको सो छलफलमा शहरी विकासमन्त्री अर्जुननरसिंह केसी र त्यस क्षेत्रमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ संविधानले प्रवासी नेपालीहरुको पक्षमा गरेको व्यवस्थालगायतका विभिन्न पाटो र पक्षको विषयमा सो कार्यक्रममा खुलेर छलफल भएको थियो ।
त्यस क्रममा मन्त्री केसीले अत्यन्तै सरल ढंगले प्रवासमा रहेका नेपालीहरुले बुझ्ने हिसावले आफ्नो धारणा राख्दै उठेका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो । केसीले प्रवासमा वस्ने नेपालीलाई सरकारले अवैधानिक दुतको रूपमा हेरेकोले उनिहरूलाई  नेपालको समग्र विकास संग जोडिन आग्रह गर्नुभयो । अहिलेको संविधानले संसारभर रहेका नेपालहरुलाई उत्तिकै हक अधिकार दिएको भन्दै यसलाई कार्यान्वयनका लागि सरकार तयार रहेको बताउनुभयो  । विदेशमा बस्ने नेपालीले आफू र आफ्नो जन्मभूमिप्रतिको दायित्व भूल्न नहुनेमा उहाँको जोड थियो  । यस्तै प्रवासी नेपालीहरुको भूमिका नयाँ संविधान कार्यन्वयनका लागि पनि उत्तिकै हुने भन्दै उहाँहरुले नयाँ संविधान कार्यान्वयनका लागि पहल र खबरदारी गर्न आग्रह गर्नुभयो ।        Displaying akc2.jpg
उहाँले मुलुकमा हिन्दु राष्ट्र वा जातीय राज्य के हुने भन्ने विषयमा उठेको प्रश्नको जवाफ दिँदै लामो समयको अन्तरालपछि ठूलो संघर्षबाट मुलुकमा  गणतन्त्र स्थापना भै सकेका कारण हिन्दु राष्ट्र र जातीय राज्यको पक्षमा वकालत गर्न नसक्ने स्पष्ट पार्नुभयो । एक अर्को प्रशंगमा उहाँले पार्टीको प्रवासी संगठन जनसंपर्क समिति अमेरीकामा देखिएको विवादलाई दुवैपक्षले लचिलो भएर मिलाउन आग्रह गर्नुभयो । उहाँले संगठनको भलाईको लागि एक अर्कामा प्रतिस्पर्धा गरेर नभै झुकेर अघि बढ्न सुझाव दिनुभयो । विगत एक वर्षको अवधिमा नेपाली जनसम्पर्क समितिमा विभिन्न विवाद देखिएर अध्यक्ष र महासचिव एउटै मञ्चमा समेत बस्ने अवस्था नबनिरहेको बेला केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यो कार्यक्रममा पहिलो पटक विवादपछि अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्वाङ्ग एउटै मञ्चमा बस्नु भएको थियो । जसले जनसम्पर्क समिति भित्रको विवाद अब समाधानतर्फ अघि बढेको संकेत गरेको छ । अक्टोबर २३ तारिखकका दिन नेपाली जनसंपर्क समिति न्यू–ईग्ल्याण्ड  च्याप्टर वोस्टनले हिमालयन हेरिटेज नेपाली कल्चर एकेडेमी बोस्टनमा गरेको कार्यक्रमले यस्तो अवसर जुटाई दिएको हो बोस्टनमा लामो समयको अन्तरालपछि नेपालका सरकारका बहालवाला मन्त्रीको उपस्थितिमा कार्यक्रम हुँदा सहभागीहरुले धेरै खुसी व्यक्त गरेका छन् । यही डिसेम्बर १७ देखि २० तारिखसम्म इक्वेडरको क्वेटोमा भएको बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसंघीय विश्व सम्मेलन सहभागि हुन ईक्वेडर पुगेर फर्कने क्रममा अमेरिकामा भएको सो कार्यक्रममा सहभागी हुनुभएको हो ।                            Displaying akc3.jpg
अमेरिकामा रहँदा केसीले त्यहाँ रहेका नेपालीहरुसँग विभिन्न विषयमा गहन छलफल समेत गर्नुभएको थियो । सो कार्यक्रममा अथितीको रूपमा केन्द्रीय सदस्य सदस्य रमेश रीजालले जनसम्पर्क समिति समिति अमेरीकामा देखिएको विवादलाई मिलाउँन पार्टीले आफुलाई जिम्मेवारी दिएको र दुवैपक्ष संग गहन छलफल गर्ने बताउनुभभयो । उहाँले दुबै पक्षलाई आफ्नो अडानबाट लचक हुन र विवाद मिलाउन आगह समेत गर्नुभएको थियो । समितिका अध्यक्ष र महासचिवलाई आरोप प्रत्यारोमा नलागेर यसलाई मिलाई छाड्नुपर्ने प्रतिबद्धता जनाउनभएको छ । यस्तै सो कार्यक्रममा अतिथि सांसदका रुपमा सहभागी सांसद महेन्द्र कुमारी सुव्वाले  संगठनका हितका लागि प्रवासमा जुधेर होईन मिलेर जान नेतृत्वलाई सुझाव दिएका दिनुभयो ।
यस्तै, सभापति आनन्द बिष्टले समाजिक संन्जालमा आएको जस्तो भुकम्पको राहत रकमको हिनामिना नभएको स्पष्ट पर्नुभयो । उहँले केही व्यक्ति तथा समूहले आधारहिन आरोप लगाको भन्दै आउँदा दिनमा संगठनभित्र देखिएको विवादलाई चिर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढाउने बताउनुभयो । यस्तै, महासचिव मुनिन्द्र नेम्बाङले पार्टीले जन सम्पर्कसमितिलाई अब निश्चित प्रायोजनका निमित्त उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । संसार भरीका जनसंपर्कसमितिहरूको विधानमा एकरूपता ल्याई पार्टीको लिगेसी राखेमा संगठनमा कम विवादले प्रवेश पाउनुपर्नेमा उहाँको जोड छ । नेम्वाङ्गले अहिलेको अवस्थामा काँग्रेस लोकमानको पक्षमा होईन, विपक्षमा उभिन सबैलाई आग्रह गर्नुभयो ।  Displaying akc.jpg
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुमा जनसंपर्क समिति अमेरिकाका सल्लाहकार बिजय शर्मा , केन्द्रीय सदस्यलोक लामा , मान्ती शाह, माया कडायत,   रोड आईल्याण्डच्याप्टरका सभापति सरीता ओली, कनेटिकट च्याप्टरका सभापति यादव दुलाल, एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापा लगायत सहभागी हुनुभएको थियो। नेपाली जनसंपर्क समिति न्यू ईग्ल्याण्ड  च्याप्टर वोस्टनको  सभापति ध्रुव घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रमको चैप्टरको उपसभापति दिनेश पाण्डे ले स्वागत गर्नु भयको थियो भने  पहिलो सत्रको संचालन च्याप्टरका सचिव हरी प्रियाले गरेकी थिईन भने दोस्रो सत्र महेश्वर पन्तले सञ्चालन गरेका थिए ।

तनहुँ सेवा समाजको नवौं अधिवेश सम्पन्न ।

  तनहुँ सेवा समाज कतारको नवौं अधिवेश सम्पन्न 

उद्धव मगर दोहा कतार – मिति २०१६÷१०÷२८ का दिन नतहुँ सेवा समाज कतारको नवौं वाषर््िाक अधिवेशन सम्पन्न भएको छ । यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तोयानाथ पौडेल र प्रमुख अतिथि भिम थापाको उपस्थिति र संस्थाका महासचिव दिल बहादुर रानाभाटको सञ्चालनमा कार्यक्रम अगाडी बढेको थियो                                        भने कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थिति रहेको कार्यक्रममा संस्थाबाट प्रतिनिधित्व गरी आउनु भएका अतिथिहरुले बन्दै गरेको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई २०७३ सालको शुभ–दिपालीको उपलक्ष्यमा उत्तर उत्तर प्रगतीको हार्दिक शुभ कामना व्यक्त गरेका थिए । 


नयाँ कार्यसमितिमा १५ सदस्य  पदाधिकारीहरु चयन भएका छन अध्यक्ष –.पदम बहादुर वि.क प्रथम उपाध्यक्ष– रेशम तामाङ्ग, द्धितिय अध्यक्ष– ऋषि  वि.क, महासचिव–बलराम गैरे,सचिव–मिनराज खड्का,कोषाध्यक्ष–अर्जुन सुनुवार, सह–कोषाध्यक्ष– संघम रायमाझी, सदस्यहरुमा दिल बहादुर परियार, बसन्त पा्ेख्रेल,सिखर श्रेष्ठ, सोमनाथ रसाईली, मिन बहादुर कुमाल, र ३ स्थान रिक्त रहेको छ उक्त कार्यक्रम अत्यन्तै सौहद्रपुर्ण वातावरणमा कार्यक्रम समापन भएको यस कार्यक्रमका अध्यक्ष तोयानाथ पौडेलले जनाउनु भएको छ ।