Thursday, October 27, 2016

लोकमान सिंह कार्की प्रकरण र प्रचण्डको भूमिका

लोकमान सिंह कार्की प्रकरण र प्रचण्डको भूमिका

–मोहन विक्रम सिंह
अख्तियार प्रमुख लोकमान सिंह कार्कीका विरुद्धको महाभियोग प्रस्तावलाई समर्थन गर्ने माओवादी केन्द्रको निर्णयलाई हाम्रो पार्टीले स्वागत गर्दछ र त्यसका लागि हामीले उनीहरूलाई बधाइ दिन्छौँ ।
लोकमान जस्तो जनआन्दोलनको अपराधी र भ्रष्ट व्यक्तिलाई अख्तियारको प्रमुख बनाउनु एउटा गम्भीर गल्ती थियो । हामीले त्यो बेला नै उनको नियुक्तिको विरोध गरेका थियौँ । भारतीय विस्तारवादको योजना अनुसार नै कार्कीलाई त्यो पदमा नियुक्त गरिएको थियो, तैपनि प्रत्यक्ष रूपमा प्रचण्डको जोडका कारणले नै उनको नियुक्ति सम्भव भएको थियो । कार्कीलाई अख्तियारको प्रमुख बनाउने कार्य भारतीय योजना अन्तर्गत नै थियो भन्ने कुरा त्यो बेला मधेशवादीहरूले उनको नियुक्ति समर्थन गरेको, अहिले पनि मधेशवादीहरूले खुला रूपले महाभियोगको प्रस्तावको विरोध गरेको तथा भारतीय राजदूतले महाभियोगको प्रस्तावलाई असफल पार्न पुरा शक्ति लगाई रहेको समेत कुराबाट प्रष्ट हुन्छ । वास्तवमा भारतले नेपालका राजनैतिक शक्तिहरूको शिरमाथि तरवार झुण्ड्याउनका लागि नै कार्कीलाई अख्तियारको प्रमुख बनाएको थियो । त्यो तरवार स्वयं प्रचण्डका विरुद्ध पनि लक्षित थियो । उनले भारतीय निर्देशन अनुसार काम गर्न आनाकानी वा अस्वीकार गरेमा लोकमान लगाई दिने । हामीले त्यही बेला त्यो कुरा स्पष्ट गरेका थियौँ, तर प्रचण्डले त्यो बेला त्यो कुरा बुझ्न सकेनन् । खुसीको कुरा हो कि अहिले उनले महाभियोगको प्रस्तावलाई समर्थन गरेका छन् । हाम्रो र प्रचण्डका बीचमा अधिकतर अवस्थामा त्यही प्रकारको सिलसिला चल्ने गरेको छ । हामीले उनको कुनै गल्तीलाई आलोचना गर्दछौँ र सच्याउनका लागि चेतावनी पनि दिन्छौँ । पहिले उनले मान्दैनन्, तरपछि आएर आफूले गल्ती गरेको कुरा स्वीकार गर्दछन् । अहिले लोकमान सिंहको प्रसङ्गमा पनि त्यही भएको छ । उनले भारतीय आडमा काङ्ग्रेससित गठबन्धन सरकार बनाएर प्रधानमन्त्री बन्ने जुन कार्य गरे, त्यो गम्भीर प्रकारको गल्ती हो । उनले यो गल्तीलाई कहिले सच्याउँदै छन् ? त्योपछि थाहा हुने छ । उनले त्यो गल्तीलाई सच्याएनन् भने राजनीतिक रूपमा उनको सङ्गठन वा उनी नै समाप्त हुने छन् ।
अहिले लोकमान सिंह प्रकरणमा उनका विरुद्ध महाभियोगलाई असफल पार्न भारतीय राजदूत पुनः सक्रिय भएका छन् । यो अत्यन्तै गम्भीर कुरा हो । संविधानको निर्माण, सरकारको गठन, परिवर्तन सहित नेपालका सबै राजनीतिक प्रश्नहरूमा भारतीय विस्तारवादले आफ्नो आधिपत्य कायम गर्न चाहन्छ । त्यसैले हामीले पहिले नै भनेका थियौँ, वर्तमान भारतीय राजदूतलाई निस्कासित गर्नु पर्दछ । तर सरकारले त्यसो गर्न सकेन वा त्यस प्रकारको हिम्मत गर्न सकेन । सरकारले छिट्टै त्यस्तो हिम्मत गर्ने सम्भावना पनि देखिन्न । जति धेरै समयसम्म उनी नेपालको राजदूत भएर बस्ने छन्, उति नै नेपालको अहित हुँदै जाने छ ।
कार्कीको कार्य प्रणालीले पनि स्पष्ट गरी सकेको छ, उनी जुन पदमा छन्, त्यसका लागि उनी अनपयुक्त छन् । उनमा न्यायको कुर्सीमा बस्ने जस्तो दृष्टिकोणको अत्यन्त अभाव छ । उनले पूर्वाग्रह र बदलाको दृष्टिकोणले काम गर्दछन् । उनका भ्रष्टाचारसम्बन्धी कैयौँ मुद्दाहरू पनि प्रकाशनमा आएका छन् । त्यस प्रकारका भ्रष्टाचारसम्बन
्धी आरोपहरूका लागि सर्वप्रथम उनीमाथि नै मुद्दा चलाउनु पर्दछ र सजाय हुनुपर्दछ । रायमाझी आयोगले उनको सही मूल्याङ्कन गरेको थियो । उनी भविष्यमा पनि कुनै पदका लागि अयोग्य हुने सिफारिस दिएको थियो । तर अन्य कैयौँ व्यक्तिहरू जस्तै कार्कीका सन्दर्भमा पनि त्यो सिफारिसको उपेक्षा गरियो । त्यसको फल देशले धेरै नै ब्यहोर्नु पर्यो । अहिले पनि उनलाई बचाउनका लागि कैयौँ दिशाबाट प्रयत्न भई रहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा के लोकमान विरुद्धको प्रस्ताव पारित हुने छ ? यो गम्भीर प्रश्न पनि हाम अगाडि छ । यदि संसदको दुई तिहाइ बहुमत प्राप्त नभएर उनका विरुद्धको महाभियोग प्रस्ताव पारित हुन सकेन भने त्यसका कैयौँ दुष्परिणामहरू हुने छन् ? बदलाको भावनाले ग्रसित भएर उनले राजनीतिक शक्तिहरूमाथि बढी प्रहार गर्न थाल्ने छन् । उनको त्यस प्रकारको भूमिका खालि व्यक्तिगत रूपमा उनको मात्र हुने छैन । उनलाई हतियार बनाएर भारतले चौतर्फी रूपमा राजनीतिक दलहरूमाथि आक्रमण गर्न थाल्ने छ, कुनै पनि राजनीतिक दलका नेताहरूले भारतीय निर्देशन अनुसार काम गर्न तयार नभएमा लोकमान सिंह लगाई दिने । त्यसैले अहिले लोकमानका विरुद्धको सङ्घर्ष नै भारतीय विस्तारवादका विरुद्धको सङ्घर्षमा बदलिएको छ ।
मधेशवादीहरू ता घोषित रूपले नै लोकमान सिंह कार्कीका विरुद्धको महाभियोगको प्रस्तावका विरुद्ध देखा परेका छन् । नेकाको नीति अझै स्पष्ट भएको छैन । तर त्यो भारतीय दबाबका विरुद्ध कति जान सक्ने छ ? नेकाभित्र पनि महाभियोगको पक्षमा जोडदार रूपले आवाज उठेको छ । त्यसको नेतृत्व कहाँसम्म भारतीय दबाबको सामना गरेर महाभियोगको प्रस्तावका पक्षमा उभिने छ ? त्यो गम्भीर प्रश्न हाम्रा अगाडि छ । नेकासित सम्बन्धित तरुण दल पनि महाभियोगका पक्षमा नउत्रिएको हुनाले महाभियोगसम्बन्धी नेकाको स्पष्ट चित्र अगाडि आउन सकेको छैन ।
नेकाले जुन प्रकारको नीति अपनाउने छ, त्यसले महाभियोगको प्रस्तावमाथि निर्णयात्मक असर पार्ने छ । जे होस्, कार्कीका विरुद्धको महाभियोगको प्रस्तावलाई पास गर्नु आजको राष्ट्रिय आवश्यकता भएको छ र त्यसका पक्षमा व्यापक जनमत तयार पार्नु पर्ने आवश्यकता छ । लोकमान सिंह कार्कीको समस्या प्रकट रूपमा जति गम्भीर देखिन्छ, त्योभन्दा कैयौँ गुणा बढी गम्भीर र व्यापक छ । खास गरेर एकातिर, उनको राजावादी र भ्रष्ट पृष्ठभूमि र अर्कातिर, भारतीय भूमिका समेतका कारणले उनको समस्याको सही समाधानका लागि वा निराकरणका लागि गम्भीर र योजनाबद्ध प्रकारले प्रयत्न गर्नु पर्ने आवश्यकता छ । त्यसका लागि सरकार र राजनीतिक पार्टीहरू समेतले दृढ नीति अपनाउनु पर्ने आवश्यकता छ । यो कुरा स्पष्ट छ कि अहिले देशमा जुन प्रकारको सरकार छ, त्यसले त्यसबारे सही र ठोस नीति अपनाउन सक्दैन । त्यस कारण वर्तमान सरकारको स्वरूप र राजनीतिक पार्टीहरूको नीतिमा सुधारको कार्यले विशेष महत्व राख्दछ । खास गरेर लोकमान विरुद्धको प्रस्ताव पारित भएन भने ता यी प्रश्नहरूले अर्थात् वर्तमान सरकारको स्वरूपमा परिवर्तन वा राजनीतिक पार्टीहरूको नीतिमा सुधारको प्रश्नले कैयौँ गुणा बढी महत्व राख्ने छ अन्यथा देश राष्ट्रघात, विनास र बर्बादीको दिशामा जाने छ । देशको राष्ट्रियताका साथै गणतन्त्र, धर्म निरपेक्षता समेत समाप्त हुने स्थिति हुने छ । त्यस्तो हुन नदिनका लागि सम्पूर्ण देश र जनताको ध्यान जानु पर्ने आवश्यकता छ ।
मिति ः २०७३ कार्तिक 9 गते

Monday, October 24, 2016

केहि मनोरंजन यता तिर पनि



केहि मनोरंजन यता तिर  पनि 





सामाजिक परिवर्तन

सामाजिक परिवर्तन

दुर्गानाथ खरेल
विकास भनेको, प्राविधिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक प्रक्रिया पनि हो । विकासका लागि राजनीतिक प्रक्रिया मार्फत् निर्णय लिने काम गरिन्छ । जनता सङ्गठित तरिकाले परिचालन गर्ने र जनताको सहभागिता सुनिश्चित गर्ने काम विकाससँग सम्बन्धित राजनीतिक पक्ष नै हुन् । सार्वजनिक उद्देश्य प्राप्तिका लागि राजनीति गर्नु पर्छ । विकास राजनीतिक प्रक्रियाबाट अगाडि बढ्छ । राजनीतिको आवश्यकता विकासमा मात्र होइन, यसलाई सामाजिक प्रक्रियाबाट अलग राख्न मिल्दैन । हरेक व्यक्तिले राजनीति गरी रहेका हुन्छन्, बरु कुन वर्गको पक्षमा र कुन वर्गको विपक्षमा राजनीति भई रहेको छ भन्ने सवाल प्रमुख महत्वको हो । किनभने समाजमा शोषक र शोषित दुई विरोधी वर्ग हुन्छन् । समानता कायम गर्न समाजका खास उपेक्षित समूहलाई सुरक्षित रूपमा आरक्षणको व्यवस्था गरेर समाजको मूल धारमा ल्याउन पनि राजनीतिको आवश्यकता पर्छ । गैर सरकारी संस्थाबाट पनि विकास र राजनीतिको काम गर्न सकिन्छ । राजनीति र संस्कृतिमा परिवर्तन परम्पराको तरिकाले होइन, समानतालाई सुनिश्चित गर्न जनतामध्येका शोषितहरूलाई प्रोत्साहित गर्ने गरी कार्यक्रम बनाउनु पर्छ । विवाहको औसत उमेर र नागरिकको औसत आयु बढ्ने काम पनि विकासको सफलता अन्तर्गतको काम हो । घर–परिवार र परम्पराबाट टाढा हुनाले व्यक्तिमा सिर्जनात्मक प्रतिभा बढी हुने र स्वतन्त्र व्यक्तिको हैसियतमा विकास र राजनीतिमा संलग्न हुँदा परिवर्तनमा सहभागिता बढ्ने देखिन्छ । पुुँजीवाद र औद्योगीकरणले धेरै मानिसलाई एकै ठाउँमा जन्मने, हुर्कने र मर्ने चलनमा व्यापक परिवर्तन गरी दियो । पूँजीवादी संरचना अन्तर्गत नै बुर्जुवा लोकतन्त्र सुरु भएको र फस्टाएको हो । सामन्तवादी अर्थ राजनीतिक र सांस्कृतिक व्यवस्थाबाट अघि बढेर नै पुुँजीवादी र लोकतान्त्रिक व्यवस्था स्थापना र गतिशील हुन्छ । नेपालमा पनि पुुँजीवादी लोकतान्त्रिक परिवर्तनका आर्थिक, राजनीतिक र सांस्कृतिक आधार निर्माण हुँदैछन् । हरेक व्यवस्था गतिशील र परिवर्तनशील हुने भएको हुनाले वर्तमान व्यवस्थाको संरचना र मान्यता पनि आन्तरिक र बाह्य अन्तर्विरोधका कारण मक्किने र भत्किने काम अवश्य हुने छ । 
आर्थिक बृद्धि उच्च भए पनि गरिबी निवारण भई हाल्ने होइन । आर्थिक बृद्धिको किसिम र प्रक्रिया जनमुखी हुनु पर्छ । पिछडिएका वर्ग, जात, जाति, लिङ्ग, क्षेत्र आदि सबैको जीवनशैलीमा परिवर्तन भई आम्दानी बढ्नु पर्छ । आर्थिक बृद्धि दर न्यून छ, बृद्धि दर गाउँमाभन्दा सहरमा बढी भएको, अँैद्योगिक बृद्धिभन्दा व्यापारिक बृद्धि बढी भएको, मुलुकभित्रकोभन्दा वैदेशिक व्यापार बढी हुने र निर्यात व्यापारभन्दा आयात व्यापार बढी हुने भएकाले गरिबी निवारण नाम मात्रको भएको छ । देशको राजनीतिले उत्पादनशील स्रोत–साधनको स्वामित्व जनतामा हस्तान्तरण गर्ने र उत्पादन बृद्धि गर्नेभन्दा दलाललाई भित्राएर विदेशीबाट शासन गराउनेतिर जोड दिइयो । पार्टीगत राजनीति गर्ने र पार्टीहरूले जनताका बीचमा शोषित–पीडित जनतालाई प्रोत्साहन गरेर विकास गर्ने संस्कृति अघि नबढेसम्म जनताको स्तरोन्नति हुन्न । स्थानीय समस्याको सार्वजनीकरण गर्ने गर्नु पर्छ । निरक्षर हुने, अस्वस्थ हुने, वयस्य व्यक्ति बेरोजगार बन्ने, अधिकांश परिवारमा छाक टार्ने समस्या हुने औसत आयु घट्ने आदि समस्याहरू निजी मात्र नभई सार्वजनिक समस्या पनि हुन् । यस्ता समस्याहरूको समाधान गर्ने प्रयत्न सार्वजनिक रूपमै हुनु पर्छ । यी समस्याहरूको समाधान गर्ने केन्द्रीय सरकार स्थानीय सरकार उद्योग व्यापार क्षेत्रका सङ्गठन, श्रम लगायत अन्य व्यावसायिक सङ्गठनलाई दबाब दिने काम जन सङ्गठनको हो । जन सङ्गठन शोषित उत्पीडित गरिब जनताका मुखपत्र बन्नु पर्छ । सरकार, दातृ निकाय अन्तर्राष्ट्रिय र गैर सरकारी संस्थाको इसारामा चलेर हुन्न । राजनीतिको सम्बन्ध, सङ्गठित शक्तिको निर्माण परिचालन, सद्भाव, बन्धुत्व, सहयोगका साथै शत्रुता र असहयोगसँग पनि सम्बन्धित छ । पार्टीमा मात्र सीमित नभएर समाजव्यापी छ । घर, समुदाय, परिवार, धर्म, सभ्यता, स्वास्थ्य, सडक, बेरोजगारी, गरिबी आदि सबै तह विषय र क्षेत्रमा राजनीति समावेश भएको हुन्छ । नीति निर्माण गर्ने र कार्य सञ्चालन गर्ने कार्यमा स्थानीय जनताको सहभागिता हुन आवश्यक हुन्छ । राजनीतिक कार्यक्रम सञ्चालन गर्नमा आफूले प्रमुख भूमिका निर्वाह गर्नु सङ्गठनको कर्तव्य पनि हो । 
विश्व विद्यालयमा जीवन र जगतसँग सम्बन्धित विषय सङ्गठित रूपले खोजी गर्न अध्ययन गर्ने गरिन्छ । शिक्षाको दार्शनिक पक्ष्ँमा जीवनसँग शिक्षाको सम्बन्ध पर्दछ । शिक्षाले जीवनसँग एकता र सङ्घर्षको जानकारी गराउँछ । जीवनसँग जोडिएको व्यावहारिक शिक्षा र जीवनसँग नजोडिएको सैद्धान्तिक शिक्षामा धेरै अन्तर हुन्छ । हाम्रँे औपचारिक शिक्षा आफ्नो जीवन र आफ्नो समाजबारे कम तथा अरूको जीवन र अरूको समाजसँग बढी केन्द्रित भएको छ । हामीले हाम्रो वर्तमानलाई हाम्रै अतीतसँग दाँजेर पनि नयाँ धारणाको विकास गर्न सक्छौँ । हामीले अरूका बारेमा पढ्ने गर्छौं तर आफूसँग दाँज्ने अभ्यास भने गर्दैनौँ । अरूसँग भएका समानता र भिन्नता दाँजेर हुनु पर्ने गुणका विषयमा अध्ययन गर्नु पर्ने विषय हाम्रो शिक्षामा अत्यन्त थोरै मात्र समावेश छ जुन कुरा बढी हुनु पर्ने थियो । हाम्रो समस्या हाम्रो शिक्षामा भएकाले हामी पिछडिएका छौँ । विद्यार्थीहरूले पनि राष्ट्रिय राजनीतिमा चासो राख्नु पर्छ । विद्यार्थी जीवनको मुख्य पाटो विद्यार्थी राजनीति र सहायक पाटो राष्ट्रिय राजनीति हो । हरेक वर्गको जस्तै समुदायको पनि राजनीतिक क्षेत्र फरक फरक हुन्छ । विश्व विद्यालय विद्यार्थी शिक्षक प्रशासक जस्ता पक्ष मिलेर बनेको संस्था हो । सबै पक्षले आफ्नो कर्तव्य र भूमिकाबारे स्पष्ट भएर सङ्घर्ष गर्न तम्सनु पर्छ । आफ्ना कमी–कमजोरीहरूको मूल्याङ्कन पनि गर्न सक्नु पर्छ । एउटा पक्षले अर्को पक्षलाई दोष थोपरेर आफ्नो सफलता प्राप्त भएको ठान्नु हुन्न । राष्ट्रिय शिक्षा पद्धतिको योजनामा शिक्षा क्षेत्रमा उत्पादित जनशक्ति बेरोजगार बनेकाले असफल भई परिवर्तन गर्नु परेको थियो । शिक्षित जनशक्ति र राष्ट्रिय उत्पादनबीचको असन्तुलन र अन्तविरोधलाई सच्चाउन नसकेका कारणले राष्ट्रिय राजनीतिमा स्थायित्व आउन नसकेको अवस्था कायम छ । ग्रामीण क्षेत्रका दक्ष जनशक्ति समेत सहरमुखी भएकाले देश विकासमा अवरोध पुगेको छ । हाम्रो शैक्षिक पद्धतिले विद्यार्थीलाई संसार र वर्तमान व्यवस्था बुझ्न प्रयत्न गर्नेभन्दा किताब मात्र पढ्ने बनाएको छ । शैक्षिक जनशक्तिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउनु पर्ने अहिलेको आवश्यकता हो । मुलुकको अर्थतन्त्र बलियो बनाउने र त्यसले शैक्षिक प्रसारको गतिलाई अघि बढाउने काम अहिलेको आवश्यकता हो । राज्यकोतर्फबाट शिक्षामा लगानी बढाएर त्यो खाँचो पूर्ति गर्नु पर्छ । 
शिक्षालाई सर्वसुलभ, गुण स्तरीय व्यावसायिक र जीबनोपयोगी बनाउनु पर्ने अहिलेको मुख्य आवश्यकता हो । विद्यार्थीबाटै उत्पादनको सिप आर्जन गर्ने आफ्ना सूचना, भावना, विचार, अनुभव पनि वैद्य र मान्य हुन्छन् भन्ने अनुभूति दिनु पर्छ । सरकार शिक्षालाई बलियो बनाउन सर्वसाधारण जनताको पहुँचमा सरकार हुुनु पर्छ अथवा राजनीतिक सत्ता सञ्चालनमा उनीहरूको पहुँच पुग्न पर्छ । त्यसरी तल्लो वर्गका जाति र समुदायलाई राजनीतिक र सांस्कृतिक रूपमा सशक्त बनाएर मात्र सरकारी स्कुल बलियो बनाउन सकिन्छ । सार्वजनिक विद्यालयलाई शैक्षिक साधन सम्पन्न र गुण स्तरीय बनाउने काम प्राथमिकताका साथ गर्नु पर्छ । शिक्षा प्राप्त व्यक्तिले निष्पक्ष किसिमले रोजगारको अवसर पाउने र रोजगारमूलक शिक्षा पाउन जरुरी छ । राजनीतिक, आर्थिक र सांस्कृतिक शक्ति खास वर्गमा रहेको र शिक्षाको प्रकृति तथा स्वरूप त्यही वर्गको हित गर्ने औजारको रूपमा उपयोग गरिएको अवस्थामा मात्र त्यही वर्गको हित हुन्छ । बहुसङ्ख्यका जनताको सहयोग र समर्थनबाट मात्र त्यस्तो व्यवस्था टिक्न सक्छ । अर्थ राजनीतिक अवस्था खल्बलिएको सामाजिक समूहबीचको सम्बन्ध पुनर्संरचनाको अवस्थामा पुगेको र वर्गसङ्घर्ष तीव्र बनेको अवस्थामा अन्तर्विरोध चर्को भई गतिशील हुन्छ तर यथास्थितिको र एकल प्रभुत्व कायम रहेको अवस्थामा शिक्षा र अर्थ राजनीतिबीच सम्बन्ध पनि स्थिर रहन्छ । अर्थ राजनीतिक क्षेत्र र शैक्षिक क्षेत्रबीच सधै सामञ्जस्य र अन्तर्विरोध कायम रहन्छ । शिक्षाको उद्देश्य, समाज र सामाजिक सम्बन्धहरू मानव निर्मित हुन् । यिनीहरू सधैँ परिवर्तन भई रहेको अवस्थामा हुन्छन् । हामीले सङ्गठित रूपमा अलौकिक शक्तिको र एकाधिकारी शक्तिका विरुद्ध सङ्घर्ष गर्न धार्मिक, जातीय, लैङ्गिक विभेद अन्त्य गरेर समतामूलक समाज निर्माण गर्न सशक्त भूमिका खेल्नु पर्दछ र खेल्न सक्छौँ भन्ने सन्देश फैलाउनु पर्छ । सबै नागरिकहरूको समान अधिकार भएको नयाँ समाज जहाँ मान्छेले मान्छेलाई शोषण गर्न पाउन्न, त्यस्तो समाज निर्माण गर्न शिक्षाले अह्म भूमिका खेल्न सक्छ । शिक्षामाथिको नागरिक हकले सामन्तवादको अन्त्यमा सहयोग गर्छ । लोकतान्त्रिक पद्धतिलाई टेवा दिन्छ र शोषणविहीन समाज निर्माण गर्ने अभियानमा एक खुटकिलो अघि बढ्दै उचाइमा पुग्ने प्रयत्न गर्छ ।
हाम्रो विचार र व्यवहार पनि आदर्श र यथार्थबीचको सङ्घर्षको उपज हो । आदर्शको कुरा गर्दा हामीले सधै यथास्थितिलाई ध्यान दिनु पर्छ । राजनीतिको, अर्थतन्त्रको र स्वास्थ्य प्रणाली लगायत अन्य विषय समेतको विकेन्द्रीकरण हुन जरुरी छ । हामीले धर्म, रीतिरिवाज, चाडपर्व र संस्कृतिलाई पनि आर्थिक, राजनीतिक, सामाजिक र वर्गीय दृष्टिकोण समेतबाट केलाउन सकिन्छ । ऐतिहासिक भौतिकवादी सिद्धान्त अनुसार अलौकिक शक्तिको अस्तित्व उपल्लो वर्ग, जातजाति र लिङ्गद्वारा ऐतिहासिक रूपले खडा गरिएका काल्पनिक कुरा हुन् । त्यसले गर्दा तल्लो वर्ग, जात÷जाति लिङ्गका मानिसहरूको श्रममाथि धेरै पुस्तासम्म कब्जा गर्न शोषण गर्न सजिलो भयो र त्यो काम अझै जारी छ । धर्म र ईश्वर स्वयं मानव समाजद्वारा निर्माण गरिएका काल्पनिक वस्तु हुन् । यिनीहरूले समाज र सामाजिकता दिगो राख्न मद्दत गर्छन् । अलौकिक जगतसम्बन्धी धारणा र व्यवहारले लौकिक धारणा र व्यवहारसम्बन्धी महत्वपूर्ण असर पार्छन् । आर्थिक, सामाजिक र राजनीतिक कारोबारमा समेत अलौकिक जगतसम्बन्धी धारणाले असर पार्ने गर्दछ । समाजलाई केलाउने उपयुक्त तरिका संस्कृतिको परिभाषासँग सम्बन्धित छ । मानव समाजभित्रका व्यक्ति, परिवार, समुदाय, राष्ट्र वर्ग र अन्य सङ्गठनहरू सबैमा निश्चित संस्कृति हुन्छ । त्यसैले समाजलाई केलाउने एउटा तरिका संस्कृति हो । अर्थतन्त्र, राजनीति र संस्कृति समेतको प्रयोगबाट पनि समाज केलाउन सकिन्छ । राजनीति शक्तिसँग सम्बन्धित छ । सामाजिक एकाइबाट शक्तिको चलखेल सुरु हुन्छ । परिवारभित्रको शक्ति विभाजनको जरो परिवार बाहिर सामुदायिक राष्ट्रिय, अन्तर्राष्ट्रिय र विश्व तहको संरचनासँग सम्बन्धित हुन सक्छ । संस्कृतिभित्र आस्था, आदर्श, मूल्य, मान्यता र कार्य प्रक्रिया सबै सम्बन्धित हुन्छन् । सांस्कृतिक पनि निरन्तर परिवर्तन भई रहेको हुन्छ । बाहिरी संस्कृतिले आन्तरिक संस्कृति परिवर्तन गराउन सहयोग गर्छ । सामन्तवादी व्यवस्थामा पूर्वजन्म, कर्म र भाग्य आदिको प्रयोग गरेर सामाजिक विभेद र विभाजन गरिन्छ । जात, धर्म लिङ्ग र संस्कृति परिवर्तन हुन्नन् भन्ने मान्यता रहन्छ । उत्पादन गरिएका वस्तु वा सेवाको उपयोग आफूले आफ्नो कुटुम्बले र आश्रित श्रमिकले उपभोग गर्ने गरिन्छ । अन्त्य कम मात्रै बिक्री–वितरण, मुनाफा र पुनर्लगानी गरिन्छ । त्यसैले सामन्ती संस्कृति विश्वव्यापी नभई स्थानीय हुन्छ ।
अहिलेको विश्वमा आर्थिक र राजनीतिक केन्द्रीकरणको सँगसँगै सांस्कृतिक केन्द्रीकरण पनि अनिवार्य बन्दै गई रहेको छ । पुुँजीवादी संस्कृतिमा सामन्तवादी संस्कृतिमा हुने जन्मजात हैसियत समाप्त हुँदै हैसियत व्यक्तिगत रूपमा र वर्गीय रूपमा विकसित हुँदै जान्छ । नाफाको संस्कृतिको निर्माण पुुँजीवादको प्रमुख महत्वको विषय हो । बढीभन्दा बढी वस्तु बढीभन्दा बढी मान्छेलाई किन्न लगाउने र त्यसबाट बढी नाफा लिने संस्कृतिको निर्माण नै पुुँजीवादी केन्द्रीय संस्कृतिको प्रवृत्ति हो । उपभोगवादी संस्कृतिको विकास गरेर उपभोगको मात्रा र स्तरलाई सांस्कृतिक श्रेष्ठतासँग जोडेर अघि बढाउने काम हुन्छ । शासन व्यवस्था निश्चित विधिको मातहतमा रहने, उत्तरदायी र पारदर्शी हुनु पर्ने संस्कृति पुुँजीवाद अन्तर्गत हुन प्रयत्न गर्ने भए पनि सम्पन्न वर्गको हातमा साधन–स्रोत केन्द्रित हुने र वर्गीय प्रभुत्व हुने भएकाले शोषणलाई तीव्र बनायो । आर्थिक असमानता फराकिलो र दिगो बनाउन आर्थिक, राजनीतिक र सांस्कृतिक केन्द्रीकरण, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सैनिकीकरण गर्दै साम्राज्यवादी पुुँजीवादले जनतन्त्र, समानता र न्यायलाई झन्‌पछि झन् सङ्कुचित बनाउँदै लगेको छ । राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, जनवादी राज्ययन्त्रको निर्माण, जातीय, लैङ्गिक, धार्मिक, प्रादेशिक भेदभावको न्यूनीकरण गर्दै समाजवादी, अर्थतन्त्र, राजनीति र संस्कृतिको बाटो खोलेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । नयाँ जनवादी व्यवस्थाले समानता, न्याय, जनतन्त्र, स्थानीय स्वायत्तता, राष्ट्रिय अर्थतन्त्र, नागरिक अधिकार आदिको पक्ष्ँपोषण गर्दछ । तर पनि ती अधिकार प्राप्त गर्छ । समाजवादमा पुग्नु पर्ने हुनाले त्यतैतिर जाने सङ्क्रमण कालीन व्यवस्था मात्रै हो । श्रमको उचित सम्मान गर्दै उत्पादनका साधनकलाई राष्ट्रियकरण, सार्वजनीकरण र सामूहीकरण गर्दै समतामूलक न्यायपूर्ण, जनतान्त्रिक समाज स्थापनाको संस्कृतिलाई विकास गर्दै समाजवादतिरको बाटो फराकिलो पार्नु पर्छ । आर्थिक र राजनीतिक परिवर्तन बिना सांस्कृतिक परिवर्तन हुन नसक्ने र सांस्कृतिक आन्दोलन बिना आर्थिक र राजनीतिक विकास पनि नहुने हुन्छ । अलौकिक शक्तिबाट लौकिक शक्तिमा, आदर्शवादबाट द्वन्द्वात्मक भौतिकवादमा आस्था परिवर्तन गर्नु वैज्ञानिक संस्कृतिको विजय हो ।
समाज शास्त्रलाई सङ्गठित सम्बन्धहरूको स्वरूप र प्रक्रियाहरूको अध्ययन गर्ने विषयका रूपमा अध्ययन गरिन्छ । समाजको आमूल परिवर्तनका सिलसिलामा सामाजिक, आर्थिक र राजनीतिक वातावरणसँग सङ्घर्ष गर्दा नयाँ किसिमका मान्छे जन्मन्छन् । तिनीहरूबाट नै नयाँ सामाजिक सम्बन्ध पनि स्थापना हुन्छ । दश हजार वर्ष अघि कृषिको विकास र निजी सम्पत्तिको सुरुवात भयो । एक्काइस सय वर्ष पहिले एकथरि मान्छेको मालिक अर्को थरि मान्छे हुने दास व्यवस्थाको सट्टा खेती गर्ने जग्गाको मालिक सामन्त हुने र खेती गर्ने मान्छे किसान हुने व्यवस्था आयो । एक सय अठसठ्ठी वर्ष पहिले समाजवादको सुरु भयो । यी सबै समयावधिमा आफ्नै किसिमका सङ्गठित शक्तिहरू निर्माण भई आमूल परिवर्तन गराए । मान्छेहरूले समाज परिवर्तन हुँदो रहेछ भनेर सोच्न बाध्य भए । एउटा वर्गको शक्तिले आमूल परिवर्तन ल्याउँछन्, अरू वर्गले परिवर्तन अनुकूल बन्दै जानु पर्ने बाध्यता हुन्छ । बाबुआमाको कुरासँग छोराछोरीको कुरा नमिलेर पुस्तान्तर भए जस्तै समाजमा पनि पुस्तान्तर हुँदै जान्छ । नयाँ समस्या समाधान गर्ने क्रममा नै समाज शास्त्रको जन्म हुन्छ । सामाजिक परिवर्तन समाज शास्त्रको जग हो भने परिवर्तन ल्याउने कारण समाज शास्त्रका जननी हुन् । समाज शास्त्रको अध्ययन गर्दा आफ्नै समाजमाथि केन्द्रित हुन जरुरी छ । आफ्नो र अन्य समाजबारे दाँजेर अध्ययन गर्दा नयाँ परिकल्पना आउँछ । वर्तमानबाट इतिहास सुरु गरेर त्यहीँबाट विगत र भविष्यको सम्बन्ध देखाउन सकिन्छ । नेपालमा विद्यमान समाज र संस्कृतिलाई विश्व परिप्रेक्ष्यमा आत्मसात गर्नु आवश्यक छ । विश्वव्यापीकरणले गर्दा विश्व गाउँ जस्तै भएको छ । समाज शास्त्र सार्वजनिक नीति निर्माण त्यसको कार्यान्वयन र त्यसबाट सिक्ने कुरामा संलग्न हुनु पर्छ । समाजको पुनर्निर्माणमा समाज शास्त्रले योगदान दिन सक्नु पर्छ । समाजबारे सम्पूर्ण विषय किताबबाट मात्र नभई वर्तमान समाजबाट पनि बुझ्न सक्नु पर्छ ।

जनावरको उपचारमा समस्या

वन्यजन्तु अस्पताल नबन्दा घाइते जनावरको उपचारमा समस्या
अस्पताल शिलन्यास स्थाल झाडीमा परिणत

बाबुराम खनाल
तत्कालिन वन मन्त्री महेश आचार्य जन्यजन्तु अस्पतालको शिलन्यास गर्दै  ८ कात्तिक, नेपालको पहिलो निकुञ्न चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा वन्यजन्तु अस्पताल निर्माणको लागि शिल्यान्यास भएको २ बर्ष बित्यो । तर, अस्पताल बन्ने कुनै संकेत देखिएको छैन ।
अस्पताल बनाउनलागिएको स्थान अहिले झाडीमा परिणत भएको छ । वन्यजन्तु अस्पताल नहुँदा घाइते भएका जनावरको उपचारमा समस्या आएको छ । अस्पताल निर्माण गर्ने भनिएको स्थान नजिक रौटहतबाट ल्याईएको एक भाले बस्यक र पश्चिम चितवनमा बाघले आक्रमण गरि घाइते भएको केटो गैडा मरिसकेको छ । भने यसअघि मंगलपुर सेतीदेवी सामुदायिक वनमा एउटा पोथी गैंडा भालेको आक्रमणमा परेर घाइते भएको थियो । र, उपचारको क्रमममा गैंडा मरेको थियो ।

पार्टीमा अनुशासन र एकताको बीचको अन्तरसम्बन्ध


पार्टीमा अनुशासन र एकताको बीचको अन्तरसम्बन्ध


मोहनविक्रम सिंह
कम्युनिस्ट पार्टीभित्र अनुशासनले धेरै नै महत्व राख्दछ । लेनिनले यो कुरामा जोड दिए कि कम्युनिस्ट पार्टीले दुश्मन शक्तिका विरुद्ध ठुलो, लामो र कडा सङ्घर्ष पनि गर्नु पर्दछ । त्यो सङ्घर्ष त्यसले त्यो बेला नै सफलतापूर्वक सञ्चालन गर्न सक्दछ, जब त्यसभित्र कडा र लौह अनुशासन हुन्छ । त्यो अनुशासनको अवधारणा जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित छ ।
जनवादमाथि आधारित त्यो अनुशासनको मान्यतालाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त बताइन्छ । जनवादी केन्द्रीयताका केही खास मान्यताहरू छन् । त्यसमा केन्द्रीयता र जनवादको सामञ्जयता हुन्छ– तलबाट जनवाद र माथिबाट केन्द्रीयता । दुवै मिलेर जनवादी केन्द्रीयता बन्दछ । पार्टीका सबै समिति र केन्द्रीय समितिसम्म तलबाट निर्वाचित हुन्छन् । पार्टीका सबै समितिहरूमा कुनै पनि विषयमा छलफल गर्ने, आफूभन्दा माथिका कुनै पनि समितिहरूका नीति वा कार्यक्रमहरूको आलोचना गर्ने अधिकार हुन्छ । पार्टीको महाधिवेशनमा नै पार्टीका कार्यक्रम, नीति आदि व्यापक छलफलपछि पारित हुन्छन् । महाधिवेशनको बेलामा पार्टीभित्र तलसम्म नै पार्टीका कार्यक्रम नीति आदिबारे छलफल हुन्छ । पार्टीको यो पक्ष जनवाद हो ।
जनवादसित अभिन्न रूपले जोडिएको अर्को पक्ष केन्द्रीयता हो । त्यस अनुसार सबै निर्णयहरू बहुमतका आधारमा हुन्छ । बहुमतद्वारा गरिएका निर्णयहरू अल्पमतले मान्नु पर्दछ । केन्द्रीय समिति सहित माथिल्लो समितिका निर्णयहरूलाई तल्ला समितिहरूले मान्नु पर्दछ ।
उक्त जनवादी केन्द्रीयता र जनवादसित जोडिएका केही पक्षहरूबारे पनि केही प्रकाश हाल्नु पर्ने आवश्यकता छ । सबै पार्टी समितिहरूले बहुमतका निर्णय मान्नु पर्दछ र सबै तल्ला समितिहरूले उपल्लो समितिका निर्णय वा निर्देशनहरूलाई मान्नु पर्दछ । तर त्यसो गर्ने बेलामा उनीहरूलाई आफ्ना मतभिन्नता राख्ने वा अन्तरसङ्घर्ष चलाउने पनि अधिकार हुन्छ । तर त्यो अधिकार पार्टीको निर्धारित नियम अनुसार वा अनुशासनमा बसेर नै हुन्छ ।
कुनै समितिमा अल्पमतमा परेपछि अल्पमत पक्षलाई आफ्नो भिन्न मत राख्ने वा माथिल्लो समितिमा लेखेर पठाउने अधिकार हुन्छ । तर त्यो मत भिन्नतालाई तल्लो समितिमा पठाउने वा बाहिर प्रकट गर्ने अधिकार हुन्न । त्यसो गरेमा त्यो अनुशासनविहीनताको विषय बन्छ र गल्तीको प्रकृति अनुसार कारवाही पनि गरिन्छ । कुनै समिति र अल्पमतको कुनै सदस्यले तल्लो समितिमा वा बाहिर पार्टीको बहुमत वा माथिल्लो समितिको निर्णय वा नीतिलाई नै समर्थन गर्नु पर्दछ । तर महाधिवेशनको बेलामा पार्टीभित्र तलदेखि माथिसम्म आफ्ना मतभिन्नता वा आलोचनाहरू लैजाने अधिकार हुन्छ । कतिपय अवस्थामा पार्टी केन्द्रले कुनै विषयमा आफ्ना भिन्न मतहरूलाई सार्वजनिक रूपमा चलाउन पाइने निर्णय गरेपछि सार्वजनिक रूपमा नै आफ्ना बेग्ला–बेग्लै मतहरू बाहिर लैजान वा त्यसबारे लेखहरू पनि लेख्न पाउने अधिकार हुन्छ । गत कालमा कतिपय अवस्थामा पार्टीले त्यस प्रकारको अभ्यास पनि गर्दै आएको छ ।
जनवादी केन्द्रीयतासित सम्बन्धित एउटा अर्को महत्वपूर्ण प्रश्न छलफलको स्वतन्त्रता र कार्यमा एकताको प्रश्न हो । कुनै समितिमा पार्टीका बेग्ला–बेग्लै स्तरका भेला, सम्मेलन वा महाधिवेशनमा कुनै पनि विषयमा छलफलको स्वतन्त्रता हुन्छ । तर एक पल्ट सहमति वा बहुमतका आधारमा कुनै निर्णय भएपछि कामको दौरानमा कुनै मतभेद प्रकट गर्न पाइन्न र आफ्नो मतभेदका बाबजुद कार्यमा पुरै एकताको प्रदर्शन गर्नु पर्दछ । उदाहरणका लागि पार्टीमा बेग्ला–बेग्लै समयमा विरोध सभा गर्ने, हडताल गर्ने, चुनावको बहिष्कार गर्ने, उपयोग गर्ने आदि निर्णयहरू हुन सक्दछन् । तिनीहरूमा कसैको मतभेद हुन सक्दछ । तर व्यवहारमा त्यो मतभेदलाई प्रकट गर्न पाइन्न र एकताबद्ध भएर पार्टीका निर्णयहरूलाई लागु गर्नु पर्दछ ।
यस सन्दर्भमा एउटा कुराप्रति पनि हाम्रो ध्यान जानु पर्दछ ।माथि जे भनियो, त्यो पार्टी समिति वा पार्टी सदस्यहरूबारे नै सत्य हो । पार्टीले कामको आवश्यकता अनुसार कैयौँ मोर्चा वा जनवर्गीय सङ्गठनहरू बनाएको हुन्छ । तर बेग्ला–बेग्लै मोर्चा वा जनवर्गीय सङ्गठनका समस्याहरूमाथिको अनुशासन, नियम लागु हुन्न वा पार्टी सदस्यहरूले जुन मोर्चा, जनवर्गीय सङ्गठन, स्थानीय निकाय, संसदमा भए पनि पार्टीका बहुमत वा माथिल्लो समितिको निर्णयलाई पुरै लागु गर्नु पर्दछ । अन्य मोर्चा, जनवर्गीय सङ्गठन, कुनै स्थानीय निकाय वा संसदमा भएकाले उनीहरूलाई पार्टी नीति वा निर्णयको उल्लङ्घन गर्ने अधिकार हुन्न । तर पार्टी सदस्य नभएका अन्य मोर्चा वा सङ्गठनहरूका सदस्यहरूले पार्टीले निर्णय नगरेकाले वा त्यसको विरोध गरेकाले पार्टीलाई उनीहरूमाथि कारवाही गर्ने अधिकार हुन्न । उनीहरूलाई पनि पार्टीको नीति वा निर्णयका पक्षमा सहमत गराउने प्रयत्न गर्नु पर्दछ । तर उनीहरूले बेग्लै मत राख्दछन् भने उनीहरूलाई त्यसो गर्ने स्वतन्त्रता हुन्छ । पार्टी सदस्यहरूले भने ती सबै स्थानहरूमा पार्टीको नीति वा निर्णयहरूलाई नै कार्यान्वयन गर्न प्रयत्न गर्नु पर्दछ ।
जनवाद र केन्द्रीयता दुवै पक्षहरूका बीचमा सन्तुलन कायम गरेर नै अनुशासन कायम हुन्छ । पार्टीमा कुनै बेला जनवाद हावी हुन्छ र कुनै बेला केन्द्रीयता हावी हुने गर्दछ । जनवाद हावी भएमा अराजकताको स्थिति उत्पन्न हुन्छ भने केन्द्रीयता हावी भएमा नोकरशाही अवस्थाको सिर्जना हुन्छ । त्यसैले दुवैका बीचमा सन्तुलन कायम गर्ने प्रयत्न गर्नु पर्दछ ।
पार्टी अनुशासनसम्बन्धी जनवादी केन्द्रीयता पार्टी सङ्गठनभित्र लामो सङ्घर्षपछि विकसित भएको सिद्धान्त हो । माक्र्स, एङ्गेल्सको समयमा जनवादी केन्द्रीयता जस्तो कुनै सङ्गठनात्मक सिद्धान्त थिएन । त्यो बेला पार्टीभित्रका बेग्ला–बेग्लै पक्षहरूले खुला प्रकारले आफ्नो मतभेदहरू बाहिर लैजान सक्दथे । ग्रूपहरू बनाउन सक्दथे । बहुमतको निर्णय मान्नु पर्ने कुनै नियम थिएन । माक्र्स, एङ्गेल्सको समयमा कम्युनिस्ट अन्तर्राष्ट्रिय सङ्गठनमा करिब एक दर्जन ग्रूपहरू थिए । त्यही प्रकारको स्थितिमा प्रथम अन्तर्राष्ट्रियको विघटन भयो ।
रूसको समाजवादी क्रान्तिपछि लेनिनको नेतृत्वमा कम्युनिस्ट पार्टीको गठन भयो । त्यसले जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा पार्टीको सङ्गठन गर्ने कार्यपद्धति अपनायो । लेनिनका विरोधीहरूले लेनिनको त्यसरी पार्टीको सङ्गठन गर्ने प्रयत्नको कडा विरोध गरे । रोजा लक्जम्बर्ग समेतले त्यसको विरोध गरिन् । कडा अनुशासित पार्टी बनाउँदा त्यो जनताबाट अलगिन्छ र ठुलो समूहबाट हामी अलगिन्छौँ भन्ने उनको विचार थियो । मेन्सेभिकहरूले पनि लेनिनको त्यो सङ्गठनात्मक नीतिको कडा विरोध गरे । बुर्जुवा पार्टीले पनि लेनिनको त्यस प्रकारको नीतिको कडा विरोध गरे । उनीहरूको तर्क थियो– लेनिनको सङ्गठनात्मक नीतिका कारणले व्यक्तिको अभिव्यक्तिको स्वतन्त्रताको हनन् हुन्छ । त्यसैले उनीहरूले आफ्नो सङ्गठनमा अभिव्यक्तिको स्वतन्त्रतालाई पुरै छुट दिन्छन् । त्यसको परिणाम के हुन्छ ? ने.का.भित्र खुला प्रकारले एक–अर्काका विरुद्ध हुने आलोचना, त्यहाँ अनियन्त्रित रूपले चल्ने गुटबन्दीबाट छर्लङ्ग हुन्छ ।
कुनै कम्युनिस्ट पार्टीको जति जति क्रान्तिकारी सिद्धान्त वा राजनीतिक लाइनबाट विचलन हुँदै जान्छ, सङ्गठनात्मक रूपले लेनिनवादी सङ्गठनात्मक प्रणालीबाट पनि उनीहरूको विचलन हुँदै जान्छ र उनीहरूले बुर्जुवा प्रकारको सङ्गठनात्मक प्रणाली अपनाउँदै जान्छन् । त्यही कुरा पार्टीका सदस्यहरूबारे पनि लागु हुन्छ । जति सैद्धान्तिक, राजनीतिक प्रकारले त्यसको चिन्तन वा चरित्रको पतन हुँदै जान्छ, उसले सङ्गठनात्मक प्रश्नमा पनि माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई छोड्दै जान्छ । सङ्गठनात्मक रूपमा उसको त्यस प्रकारको विचलन पार्टी वा उच्च समितिहरूका निर्णयहरू नमान्ने, आफ्नो मतभेदहरू, आलोचनाहरूलाई सार्वजनिक रूपले नै बाहिर लैजाने, गुटबन्दी गर्ने, ब्याक वाइटिङ गर्ने आदि गर्न थाल्दछ । उसले त्यस अनुसार आफ्नो समूह बनाउन प्रयत्न गर्न थाल्दछ ।
विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको प्रभाव बढ्नुका साथै सङ्गठनात्मक रूपमा पनि माक्र्सवादी–लेनिनवादी प्रणाली कमजोर हुँदै गएको छ । बुर्जुवा वा संशोधनवादीहरूको असरले गर्दा पनि जनवादी केन्द्रियताको सङ्गठनात्मक प्रणाली बोझ वा अव्यावहारिक जस्तै बन्न थाल्दछ । त्यसैले उनीहरूले कम्युनिस्ट पार्टीले झैँ होइन, बुर्जुवाहरूले झैँ आफ्ना मतभेदहरूलाई खुला रूपले प्रकट गरेर गुटबन्दी आदि गर्न थाल्दछ । त्यसको त्यस प्रकारको अनुशासनविहीन तरिकालाई रोक्न, नियन्त्रित गर्ने प्रयत्न गरियो भने उसको स्वतन्त्रता हनन् गरे जस्तो लाग्दछ । त्यो उनीहरूको दृष्टिकोणको समस्या हो । उनीहरूको चिन्तन गैर माक्र्सवादी–लेनिनवादी भएकाले नै उनलाई अनुशासनमा बस्न कठिन र असह्य बन्दै जान्छ । अर्का शब्दमा, उनीहरूको चिन्तन र दृष्टिकोणले अराजकतावादी रूप लिँदै जान्छ । त्यसैले पहिलो आवश्यकता यो हो कि उनीहरूलाई प्रशिक्षण दिँदै जानु पर्दछ । खास गरेर पार्टीको कार्यकर्ताहरूमा परेको बुर्जुवा वा संशोधनवादी असरलाई प्रशिक्षणद्वारा हटाउँदै लगेमा माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीमाथि आधारित माक्र्सवादी–लेनिनवादी पार्टीको निर्माण हुन सक्दछ । त्यसरी नै हामीले राजनीतिक रूपले सशक्त भूमिका खेल्न सक्दछौँ ।
माथि जे भनियो, त्यो पार्टी वा पार्टीका सदस्यहरूका सन्दर्भमा लेखिएको हो । हाम्रा कतिपय मोर्चा वा जनवर्गीय सङ्गठनहरूले पनि जनवादी केन्द्रीयताको सिद्धान्तलाई आफ्नो सङ्गठनात्मक प्रणालीका रूपमा अपनाएका छन् । पार्टीमा अझै कडाइपूर्वक जनवादी केन्द्रीयताको आधारमा अनुशासन कायम गर्न मुश्किल पर्दछ । तैपनि मोर्चा वा जनवर्गीय सङ्गठनहरूमा पनि प्रशिक्षण दिएर उनीहरूमा पनि जनवादी केन्द्रियतालाई लागु गर्दै अनुशासनलाई मजबुत पार्ने प्रयत्न गर्नु पर्दछ । पार्टीको अनुशासन सही सिद्धान्त र राजनीतिक लाइनमाथि आधारित हुनुपर्दछ । सही सिद्धान्त र राजनीति निश्चित भएपछि सङ्गठनको महत्वपूर्ण भूमिका हुन्छ । सङ्गठनको मापदण्ड भनेको अनुशासन हो । अनुशासन भङ्ग भयो भने पार्टी एकता भङ्ग हुन्छ । पार्टी कमजोर हुन्छ । त्यो अवस्थामा त्यसले कुनै भूमिका खेल्न सक्दैन । त्यसैले विरोधीहरूले कम्युनिस्ट पार्टीभित्र जति अनुशासनविहीनता हुन्छ, त्यसलाई प्रोत्साहन दिन्छन् । तर पार्टी आफ्नो राजनीतिक भूमिका त्यो बेला नै पुरा गर्न सफल हुन्छ, जब त्यसको सङ्गठन बलियो र एकताबद्ध हुन्छ । त्यसका लागि अनुशासन निर्णयात्मक महत्वको कुरा हो ।

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमसम्बन्धी

                                             ने.क.पा. (मसाल)

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमसम्बन्धी प्रस्ताव
(२०७३ कार्तिक ५ र ६ मा सम्पन्न ने.क.पा. (मसाल)को अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमबारे आयोजित राष्ट्रिय भेलाद्वारा पारित प्रस्ताव)
कामरेड,
सर्वप्रथम ने.क.पा. (मसाल)को केन्द्रीय समितिकातर्फबाट हामीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका बारेमा हुन थालिरहेको यो राष्ट्रिय भेलामा उपस्थित हुनुभएका सबै प्रतिनिधि, पर्यवेक्षक तथा विदेशी भाइचारा प्रतिनिधि र स्वयं सेवकहरू समेतलाई अभिनन्दन गर्न चाहन्छौँ ।
१.यो राष्ट्रिय भेला अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमबारे विचार गर्नका लागि भइरहेको छ । अक्टोबर क्रान्ति मानव जातिको इतिहासको नै अत्यन्त ठूलो, अद्वितीय र ऐतिहासिक महत्वको घटना थियो । त्यो बाहेक त्यसको महत्व ऐतिहासिक दृष्टिकोणले मात्र छैन, त्यसको महत्व वर्तमान र भविष्यमा पनि छ । किन भने सोभियत सङ्घको विघटन भएर रूसमा समाजवादी व्यवस्थाको पतन भएर पूँजीवादी व्यवस्थाको स्थापना भएको भए पनि आज विश्वव्यापी रूपमा समाजवादी आन्दोलन चलिरहेको छ । सोभियत सङ्घ सहित विश्व समाजवादी व्यवस्थाको पतन भएको भएपनि त्यसको उज्ज्वल भविष्य छ । विश्वव्यापी रूपमा समाजवादी व्यवस्थाको विजय हुने कुरा अवस्यम्भावी छ । भौतिक परिस्थिति वा उत्पादक शक्तिहरूको भइरहेको सामाजिकरण, पूँजीवादभित्र बढ्दै गइरहेको अन्तर्विरोध र आर्थिक सङ्कट समेतका कारणले त्यसका लागि झन्‌पछि झन् बलियो र व्यापक आधार तयार हुँदै गइरहेको छ र कुनै शक्तिले समाजवादी क्रान्तिको विश्वव्यापी विजयलाई रोक्न सक्दैन । त्यसरी अक्टोबर क्रान्ति खालि ऐतिहासिक दृष्टिले मात्र महत्वपूर्ण घटना नभएर वर्तमान र भविष्यमा पनि त्यसको ठूलो महत्व छ । त्यसको त्यस प्रकारको महत्वमाथि ध्यान दिएर नै हाम्रो पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमबारे गम्भीरतापूर्वक विचार गर्न यो राष्ट्रिय भेलाको आयोजना गरेको छ ।
२.यो राष्ट्रिय भेलाले शतवार्षिकी कार्यक्रमको जुन योजना बनाउने छ, त्यसले खालि विश्व इतिहासको नै एउटा महान घटनालाई भव्य रूपले मनाउने मात्र काम गर्ने छैन, वर्तमानमा पनि समाजवादी क्रान्तिलाई सशक्त रूपले अगाडि बढाउन र भावी निर्णयात्मक विश्वव्यापी विजयको आधार तयार पार्न पनि महत्वपूर्ण योगदान दिनेछ । त्यो कार्यक्रमको त्यस प्रकारको महत्वमाथि ध्यान दिएर नै त्यसलाई भव्य रूपले सफल पार्न हामीले हाम्रो पार्टीको आठौँ महाधिवेशन, एकदम आवश्यक भएको ठाउँमा केन्द्रको अनुमतिमा बाहेक अन्य मोर्चा वा जनवर्गीय सङ्गठनका राष्ट्रिय सम्मेलन वा जिल्ला सम्मेलनहरूलाई समेत स्थगित गर्ने निर्णय गरेका छौँ । त्यस प्रकारको पृष्ठभूमिमा हामीले आफ्नो सम्पूर्ण शक्ति अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई सफल पार्न लगाउनुपर्ने आवश्यकता छ । (यसपछि अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई खालि शतवार्षिकी कार्यक्रम मात्र भनेर उलेख गरिने छ ।)
३.आईसीओआरले शतवार्षिकी कार्यक्रमलाई विश्वव्यापी रूपमा मनाउने निर्णय गरेको छ । त्यो अवधिमा विभिन्न देशहरूका माक्र्सवादी–लेनिनवादी पार्टी वा सङ्गठनहरूले विभिन्न कार्यक्रमहरू सहित यो कार्यक्रमलाई मनाउने ठेगान गरेका छन् । त्यस सिलसिलामा आमसभा, जुलुश प्रदर्शन, सांस्कृतिक कार्यक्रम, पुस्तकको प्रकाशन, प्रगतिशील फिल्मको प्रदर्शन, पर्चा, प्रशिक्षण, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विचार गोष्ठीको आयोजना आदि कार्यक्रमहरू सम्पन्न गर्ने प्रयत्न गरिने छ । हाल हाम्रो पार्टीले पनि त्यस प्रकारका बेग्ला–बेग्लै कार्यक्रमलाई सम्पन्न गर्ने प्रयत्न गर्नेछ । तर हाम्रो पार्टीले अक्टोबर क्रान्तिको झण्डालाई उच्च राख्न सङ्गठन विस्तार र सुदृढीकरण कार्यक्रमलाई सफल पार्न विशेष जोड दिनेछ र शतवार्षिकी कार्यक्रमको यो हाम्रो प्रधान पक्ष हुनेछ । त्यो कार्यक्रम अन्तर्गत पुराना सदस्यहरूको नवीकरण गर्नुका साथै ठूलो सङ्ख्यामा नयाँ सदस्यहरू भर्ना गर्ने, उनीहरूलाई प्रशिक्षित गर्ने र त्यसरी सङ्गठनको वर्तमान अवस्थालाई गुणात्मक रूपले नैमाथि उठाउने हाम्रो प्रयत्न हुनेछ । त्यसो भएमा हामीले देशमा अहिलेकोभन्दा बढी राजनीतिक भूमिका खेल्न तथा क्रान्तिकारी आन्दोलनका लागि बढी योगदान दिन र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा पनि बढी सहयोग पुर्‍याउन सफल हुनेछौँ भन्ने हामीलाई विश्वास छ ।
४.शतवार्षिकी कार्यक्रमको तयारी हामीले गत ६ महिनादेखि, लेनिनको जन्मजयन्तीका समयदेखि गर्दै आएका छौँ । यो अवधिमा पार्टीको केन्द्रिय समितिको बैठक बसेर त्यसको तयारीसम्बन्धी कतिपय निर्णयहरू गर्नुका साथै विभिन्न मोर्चा वा जनवर्गीय सङ्गठनहरूलाई पनि त्यसका लागि आवश्यक निर्देशन दिने काम भएको छ । पार्टीका विभिन्न सङ्गठन व्यूरो वा जिल्ला पार्टीहरूले पनि बैठकहरू गरेर आफ्ना वार्षिकी कार्यक्रमहरू बनाएका छन् । विभिन्न मोर्चा वा जनवर्गीय सङ्गठनहरूले पनि केन्द्रिय समितिका बैठक, भेला वा राष्ट्रिय परिषद्हरूका बैठकहरू गरेर वार्षिकी कार्यक्रमसम्बन्धी कैयौँ निर्णयहरू गर्ने वा कार्यक्रमहरू बनाउने कार्य गरेका छन् । त्यसरी हाम्रो पार्टीमा शतवार्षिकी कार्यक्रमको तयारीले एउटा देशव्यापी अभियानको नै रूप लिएको छ । त्यस प्रकारका सबै कार्यक्रमहरूलाई हाम्रो राष्ट्रिय भेलाले ठोस रूप दिनेछ र त्यसपछि हामीहरू एकैसाथ शतवार्षिकी कार्यक्रमको कार्यान्वयनमा जुट्ने छौँ ।
५.शतवार्षिकी कार्यक्रमलाई एकैसाथ ७ नोभेम्बर (कार्तिक २२, २०७३) मा देशभित्र र हाम्रो सम्पर्क भएका विदेशमा पनि उद्घाटन गरिने छ । त्यो कार्यक्रमको पहिलो दिन केन्द्रमा र सबै जिल्ला स्तरमा एकैसाथ उद्घाटन तथा प्रारम्भ गरिने छ । त्यसपछि त्यो उद्घाटन कार्यक्रम गाउँ, नगर वा टोलहरूसम्म सम्पन्न गरिने छ । त्यस प्रकारका उद्घाटन कार्यक्रमहरू बैधानिक मोर्चा वा विभिन्न जनवर्गीय सङ्गठनहरूले बेग्लाबेग्लै आयोजना गर्न सक्नेछन् । त्यसरी हाम्रो सङ्गठन भएका देशका वा विदेशका पनि तल्लो स्तरसम्म उद्घाटन कार्यक्रम सम्पन्न गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ । उद्घाटन कार्यक्रमलाई त्यसरी तलसम्म र व्यापक रूपले सम्पन्न गरेर हामीले दुईवटा उद्देश्यहरू पूरा गर्ने प्रयत्न गर्ने छौँ ः प्रथम, जनतामा समाजवादप्रति व्यापक जागरुकता पैदा गर्ने । द्वितीय, वर्षभरि चल्ने शतवार्षिकी कार्यक्रमको सफल कार्यान्वयनका लागि उत्साहको वातावरण तयार पार्ने । उद्घाटका कार्यक्रमहरू विभिन्न जिल्ला, मोर्चा वा जनवर्गीय सङ्गठनहरूले आफ्नो–आफ्नो प्रकारले निश्चित गर्न सक्नेछन् । त्यस प्रकारको कार्यक्रमहरूलाई आमसभा, कोणसभा, प्रदर्शन, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम, पर्चा वितरण, पोस्टरिङ आदिद्वारा सम्पन्न गर्न सकिने छ । तर त्यस प्रकारका सबै कार्यक्रमहरूबारे पार्टी केन्द्रमा जानकारी दिनु पर्दछ ।
६.जस्तो कि भनियो, शतवार्षिकी कार्यक्रमको प्रधान पक्ष सङ्गठनात्मक विस्तार हुनेछ । त्यसको केन्द्रीय पक्ष सदस्यहरूको सङ्ख्यात्मक वृद्धि हुनेछ । सङ्गठनात्मक विस्तार वा नयाँ सदस्यहरू बनाउनका लागि पार्टी केन्द्रदेखि जिल्ला पार्टी, विभिन्न मोर्चा वा जनवर्गीय सङ्गठनहरूले सदस्यहरूको सङ्ख्या बढाउन ठोस योजना बनाउनु पर्दछ र त्यो योजनालाई सफल पार्न सङ्गठित प्रकारले पहल गर्नुपर्नेछ । सर्वप्रथम सबै पार्टी वा जनवर्गीय सङ्गठनका सबै स्तरका समितिहरूले उनीहरूले वर्षभरका लागि कति सदस्य बनाउने हो ? त्यो लक्ष्य तोक्नु पर्दछ । हामीले सङ्गठनात्मक विस्तार वा नयाँ सदस्यहरू बनाउँदा पहिले सङ्गठन भएका क्षेत्र, जिल्ला, शहर वा गाउँहरूमा सङ्गठनको विस्तारका लागि प्रयत्न गर्दै देशभरिका सङ्गठन नभएका वा कमजोर भएका जिल्लाहरूमा पनि सङ्गठनात्मक विस्तार वा नयाँ सदस्यहरू बनाउने प्रयत्न गर्नुपर्दछ । त्यही प्रकारले विभिन्न जनवर्गीय सङ्गठनहरूले सदस्यहरू बनाउँदा जुन जनवर्ग वा जनसमूहहरूमा सङ्गठन छैन वा कम सङ्गठन छ उनीहरूका बीचमा पनि सङ्गठनको विस्तार वा नयाँ सदस्य बनाउन प्रयत्न गर्नु पर्दछ । त्यसरी हाम्रो यो प्रयत्न हुनुपर्दछ, शतवार्षिकी कार्यक्रम सम्पन्न हुने बेलासम्म सम्पूर्ण रूपले पार्टी वा वैधानिक मोर्चाको बलियो र व्यापक सङ्गठन हुनुका साथ–साथै प्रत्येक मोर्चाको पनि देशव्यापी रूपमा बलियो र व्यापक सङ्गठन बनोस् ।
७.सङ्गठनात्मक अभियानको सिलसिलामा कैयौँ पूर्व तयारी पूरा गर्नुपर्दछ । त्यस सिलसिलामा मुख्यतः यी कार्यहरू पूरा गर्नु पर्दछ ।
(क)पार्टी केन्द्र वा विभिन्न मोर्चा र जनवर्गीय सङ्गठनहरूले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमसम्बन्धी प्रस्ताव तयार पार्नु पर्दछ र जारी गर्नु पर्दछ ।
(ख)सबैले शतवार्षिकी कार्यक्रमसम्बन्धी पर्चा निकाल्नु पर्दछ ।
(ग)आफ्नो जिल्ला, क्षेत्र वा देशका अन्य भागहरूमा पनि गएर सङ्गठनको काम गर्ने सङ्गठनकर्ता तयार पार्नुपर्दछ ।
(घ)आर्थिक सङ्कलनमा पूरा ध्यान दिनुपर्दछ र त्यसको निर्धारित प्रतिशत नियमित रूपले केन्द्रमा पठाउनु पर्दछ । त्यो प्रतिशतबाट सङ्गठन नभएका जिल्लाहरूमा पनि सङ्गठनको निर्माणका लागि मद्दत पुग्नेछ ।
(ङ)विभिन्न जिल्लाहरूले आफ्नो वार्षिक कार्यक्रम तयार पार्नुपर्दछ । जसमा सभा, अन्तरक्रिया, विचारगोष्ठी, कोणसभा, सांस्कृतिक कार्यक्रम, प्रशिक्षण आदिसम्बन्धी कार्यक्रम सामेल हुनुपर्दछ ।
(च)सबै मोर्चा वा जनवर्गीय सङ्गठनहरूले सदस्यता रसिदहरू प्रकाशित गरेर समयमा नै सम्बन्धित जिल्ला, गाउँ, नगर वा टोलहरूसम्म पठाउनु पर्नेछ । 
८.विभिन्न जिल्लाहरूले आफ्नो जिल्लाको स्थिति अनुसार मार्चको कार्यक्रम ठेगान गर्नुपर्दछ । जिल्लाको सङ्गठनको अवस्था र भौगोलिक अवस्था अनुसार त्यस प्रकारका मार्चहरू एउटा जिल्लामा १देखि ५–६सम्म पनि हुन सक्नेछन् । कुनै पनि मार्चको अवधि कम से कम १५ दिनदेखि र आवश्यकतानुसार एक वा दुई महिना हुन सक्नेछ । त्यस प्रकारको मार्चका दौरानमा बेग्लाबेग्लै स्थानहरूमा सभा, कोणसभा, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम, जनभेटघाट आदि कार्यक्रमहरू राख्ने योजना बनाउनु पर्दछ । त्यो कार्य खालि प्रचारात्मक प्रकारको मात्र हुने छैन । मार्चका दौरानमा प्रत्येक गाउँमा सदस्य बनाउने र समितिहरू बनाउने गर्नुपर्दछ । विभिन्न मोर्चा वा जनवर्गीय सङ्गठनहरूले आफ्नोआफ्नो बेग्लाबेग्लै मार्चका कार्यक्रमहरू बनाउन सक्नेछन् । केन्द्रीय स्तरमा बेग्लाबेग्लै मोर्चा वा जनवर्गीय सङ्गठनहरूले बनाउने मार्चका कार्यक्रमहरू पार्टी केन्द्रले र जिल्लामा त्यस प्रकारका कार्यक्रममा जिल्ला पार्टीहरूले सामन्जस्यता कायम गर्ने प्रयत्न गर्नुपर्दछ । जुन जिल्लामा एकभन्दा बढी मार्चका कार्यक्रमहरू बन्दछ, त्यस प्रकारका कार्यक्रमहरू मध्ये कतिलाई एकैचोटी समानान्तर रूपले सञ्चालन गर्ने र कतिलाई एकपछि अर्को गर्दै सञ्चालन गर्ने ? जिल्लाको सङ्गठनको अवस्था, आवश्यकता वा कार्यकर्ता तथा स्रोत र साधन समेतमाथि विचार गरेर निर्णय गर्नुपर्दछ । त्यस सिलसिलामा आवश्यकतानुसार राष्ट्रिय स्तरका मार्चहरूको पनि आयोजना गर्न सकिने छ ।
९.शतवार्षिकी कार्यक्रमका सिलसिलामा अनिवार्य कार्यकर्ता कोष योजनालाई पनि उच्च प्राथमिकता दिनु पर्दछ । ठूलो स्तरमा सङ्गठन बनेपछि त्यसको नियमित र व्यवस्थित सञ्चालनका लागि ठूलो सङ्ख्यामा होलटाइमर कार्यकर्ताहरूको आवश्यकता पर्नेछ । बलियो सङ्गठन भएका जिल्लाहरूमा होलटाइमरको सङ्ख्या अहिलेकोभन्दा २–३ गुणा बढी, कमजोर जिल्लाहरूमा पनि कम से कम २ जना, प्रत्येक मोर्चा वा जनवर्गीय सङ्गठनहरूमा अहिलेकोभन्दा २–३ गुणा बढी, सङ्गठन नभएका जिल्लाहरूमा पनि प्रारम्भमा कम से कम १ जना होलटाइमर, पार्टी केन्द्रको मातहतमा पनि देशका विभिन्न भागहरूमा गएर वा आवश्यकतानुसार काम गर्ने होलटाइमरहरूको ठूलो सङ्ख्याको आवश्यकता पर्नेछ । त्यसरी समग्र रूपमा अहिले हामीसित जति होलटाइमरहरू छन्, त्यसमा कैयौँ गुणा बढाउनु पर्नेछ । ती होलटाइमरहरूको खर्चका लागि हामीलाई ठूलो मात्रामा रकमको व्यवस्था गर्नुपर्नेछ । त्यो आवश्यकता पूरा गर्न अनिवार्य कार्यकर्ताकोष योजना शुरु गर्ने निर्णय गरिएको छ । त्यो कोषबारे पार्टीभित्र पहिलेदेखि नै जानकारी दिने काम भएको थियो । अब त्यसलाई लागू गर्न प्रयत्न गरिने छ । त्यस अनुसार पार्टी सदस्यहरूले नियमित रूपले तिर्ने लेभी बाहेक आर्थिक स्थिति केही राम्रा भएका पार्टी सदस्य वा समर्थकहरूले महिनामा रु. १,०००÷– नघटाई नियमित रूपले सहयोग गर्नुपर्नेछ । विभिन्न व्यापारी, कर्मचारी, प्रध्यापक, शिक्षक, निर्माण व्यवसायी, विदेशमा विभिन्न पेशामा गएका व्यक्तिहरू वा अन्य विभिन्न पेशामा लागेका व्यक्तिहरूबाट त्यसरी सहयोग जुटाउने प्रयत्न गर्नुपर्नेछ ।
१०.अनिवार्य कार्यकर्ता कोष अन्तर्गत प्राप्त रकम ४०÷२०÷४० प्रतिशतको हिसाबले बाडिने छ । तर कुनै स्तरमा उठ्ने त्यो रकम होलटाइमर कार्यकर्ता बाहेक अन्यथा खर्च गर्न पाइने छैन । कुनै जिल्ला वा क्षेत्रमा होलटाइमर नभए वा त्यसरी उठेको रकम कुनै जिल्लामा पूरै नै होलटाइमरमा खर्च नभए त्यो रकम केन्द्रमा जानेछ । शतवार्षिकी कार्यक्रमको सिलसिलामा मासिक रु. १,०००÷– वा त्योभन्दा बढी रकम दिने व्यक्तिहरूको सूची तयार पारेर केन्द्रमा पठाउनु पर्दछ र आगामी सालको बैशाखदेखि नियमित रूपले रकम उठाउने व्यवस्था गर्नुपर्दछ ।
११.पार्टी सङ्गठनको विस्तारको साथै अनुशासनको समस्या पनि गम्भीर र जटिल बनेर जानेछ । ठूलो सङ्ख्यामा बन्ने नयाँ सदस्यहरू तुरुन्त नै अनुशासनका लागि प्रशिक्षित र अभ्यस्त हुने छैनन् । त्यसकारण, एकातिर, प्रारम्भदेखि नै उनीहरूलाई प्रशिक्षण दिएर र, अर्कातिर, सङ्गठनात्मक प्रक्रियामा अभ्यस्त पार्दै लगेपछि नै उनीहरूको अनुशासनको स्तरमाथि उठ्दै जानेछ । त्यसका साथै पार्टी वा हाम्रा विभिन्न सङ्गठनहरूका सदस्यहरूमा अनुशासनको चेतना र दृष्टिकोणको विकासमा योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्नेछ । त्यसका लागि शतवार्षिकी कार्यक्रमको कालमा सङ्गठनात्मक विस्तारका साथै सबै सदस्यहरूको सैद्धान्तिक स्तर उठाउनका लागि देशव्यापी रूपमा प्रशिक्षणको कार्यक्रमको सञ्चालन गर्नुपर्दछ ।
१२.शतवार्षिकी कार्यक्रमको सिलसिलामा नयाँ पिढीको चेतना उठाउन र उनीहरूलाई सङ्गठित गर्नका लागि विशेष ध्यान दिनु पर्दछ । त्यसरी खास गरेर विद्यार्थी, युवक र बालबालिकाहरूका बीचमा सङ्गठनको विस्तारका लागि प्रयत्न गर्नुपर्दछ । प्रथमता नयाँ पीडिलाई देश, जनता र समाजप्रति जिम्मेवारीको बोध गराउने प्रयत्न गर्नुपर्दछ । त्यस सिलसिलामा उनीहरूमा यो चेतना दिने प्रयत्न गर्नुपर्दछ कि उनीहरूले खालि आफ्नो व्यक्तिगत जीवनको सफलता वा भविष्यका लागि मात्र काम नगरेर देश, जनता र समाजको सेवा गर्नु पर्ने उनीहरूको दायित्व हुन्छ । त्यसका साथै उनीहरूमा यो चेतना पनि दिनुपर्दछ कि अहिले समाज जुन अवस्थामा छ त्यो यथावत रहेमा स्वयं नयाँ पीढिको भविष्य पनि अनिश्चित र अन्धकारमय हुनेछ । गणतन्त्र, राष्ट्रियता र विकासको समस्याहरू प्रति पनि उनीहरूलाई जागरुक बनाउनु पर्दछ । गणतन्त्र, राष्ट्रियता, स्वतन्त्र अर्थतन्त्र समाप्त भएमा वा देशको विकास अवरुद्ध भएमा त्यसबाट सम्भावित गम्भीर प्रकारका दुष्परिणामहरू वा स्वयं उनीहरूको जीवन र भविष्यमा समेत कुठाराघात पुग्ने वास्तविकताप्रति उनीहरूलाई सचेत गर्दै लैजानु पर्दछ । आजको अन्यायपूर्ण व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ र त्यो कार्य क्रान्तिकारी सिद्धान्त र त्यस प्रकारका सिद्धान्तद्वारा निर्देशित पार्टीको नेतृत्वमा नै हुन सक्दछ । उनीहरूलाई यो कुराको पनि प्रारम्भदेखि नै बोध गराउँदै जानु पर्दछ । अनि मात्र एउटा नयाँ क्रान्तिकारी पिढीको निर्माण हुँदै जानेछ । त्यस प्रकारको चेतना दिंदै क्रान्तिकारी पिढी तयार गर्ने कामलाई पनि हामीले उच्च प्राथमिकता दिनु पर्दछ ।
१३.सङ्गठनात्मक विस्तारको कार्यलाई हामीले सामान्य रूपमा होइन, ठोस, व्यापक रूपमा लिनुपर्दछ । आजको वास्तविकता यो हो कि देशको सानो भागमा मात्र हाम्रो सङ्गठन सीमित छ र जुन जिल्लाहरूमा हाम्रो सङ्गठन छ, त्यहाँ पनि जिल्लाका कैयौँ भागहरूमा हाम्रो कमजोर अवस्थामा छ । शतवार्षिकी कार्यक्रमको सिलसिलामा हामीले सङ्गठनलाई अरू विस्तार गर्ने र मजबुत पार्ने तथा जुन जिल्लाहरूमा सङ्गठन छैन त्यहाँ सङ्गठनको विस्तार गर्ने प्रयत्न हुनुपर्दछ र त्यसका लागि योजनावद्ध प्रकारले प्रयत्नु गरिनु पर्दछ । त्यसरी नै हाम्रो पार्टी राष्ट्रिय रूपमा सङ्गठित हुनेछ र त्यसले देशको राजनीति वा आन्दोलनमा सशक्त भूमिका खेल्न सक्नेछ ।
१४.हामीले आफ्नो पूरै शक्ति शतवार्षिकी कार्यक्रम वा सङ्गठनात्मक विस्तारमा लगाउनु पर्नेछ । साथै विभिन्न राजनीतिक वा सङ्घर्षका विषयहरूमा पनि आवश्यकतानुसार आफ्ना कार्यक्रमहरूलाई अगाडि बढाउँदै लैजानु पर्नेछ । अहिले देशमा भइरहेका राजनीतिक घटनाक्रम, भारतीय विस्तारवादको भूमिका, माओवादी केन्द्र–ने.का. गठबन्धन सरकारको भूमिका, मधेशवादीहरूको पृथकतावादी नीति समेतका कारणले देशको राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षतामा गम्भीर आँच पुग्ने र त्यही प्रकारले संविधानमा संशोधन हुने खतरा बढ्दै छ । सरकारले पहिले नै घोषणा गरेको स्थानीय निकायहरूको चुनाव पनि अनिश्चित बन्दै गइरहेको छ । त्यस सन्दर्भमा निर्धारित अवधिमा संविधानको कार्यान्वयन हुन नसकेर पूरै संविधान नै धरापमा पर्ने, देशमा सङ्कटको स्थिति पैदा हुने तथा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता समेत समाप्त हुने प्रकारको स्थितिको सृजना हुने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा ती सबै प्रश्नहरूमा हामीले आफ्नो स्वतन्त्र पहलकदमीमा वा अन्य पक्षहरूसित मिलेर आवश्यकतानुसार सङ्घर्षका कार्यक्रमहरूमा पहलकदमी गर्नु आवश्यक हुनेछ । स्थानीय वा अन्य चुनावहरू यही बीचमा भएमा हामीले तिनीहरूबारे पार्टीको नीति निश्चित गर्नुपर्ने वा आवश्यक भूमिका खेल्नु आवश्यक हुनेछ । जनजीवनसित सम्बन्धित वा विकाससम्बन्धी कार्यहरूमा पनि राष्ट्रिय वा स्थानीय स्तरमा बेग्लाबेग्लै प्रकारले पहलकदमी गर्नु आवश्यक हुनेछ । हामी त्यस प्रकारका बेग्लाबेग्लै प्रकारका जिम्मेवारी वा भूमिकाबाट अलग हुनु सही हुने छैन । त्यस प्रकारको भूमिकाका कारण शतवार्षिकी कार्यक्रम वा सङ्गठनात्मक विस्तारसम्बन्धी अभियानलाई स्थगित गर्नु वा सिथिल पार्नु पनि सही हुने छैन । ती दुवै पक्षहरूका बीचमा सन्तुलन कायम गर्दै हामीले आफ्ना नीति र कार्यक्रमहरूलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ ।
१५.शतवार्षिकी कार्यक्रमका सिलसिलामा हामीले अन्य वामपन्थी पक्षहरूसित पनि आपसमा समझदारी वा सहमति कायम हुने विषयमा संयुक्त भएर काम गर्ने प्रयत्न गर्नुपर्दछ । आफ्ना कार्यक्रमहरूलाई स्वतन्त्र रूपले अगाडि बढाउने प्रयत्न गर्दै अन्य पक्षहरूसित मिलेर अक्टोबर क्रान्ति वा समाजवादी आन्दोलनसित सम्बन्धित विभिन्न प्रश्नहरूमा संयुक्त रूपले अन्तरक्रिया, विचारगोष्ठी, प्रवचन, सभा, प्रकाशन, भेटघाट आदि कार्यक्रमहरूलाई सम्पन्न गर्ने प्रयत्न गर्नुपर्दछ । त्यस प्रकारका कार्यक्रमहरूबाट समाजवादका पक्षमा जनमत तयार पार्न मद्दत पुग्ने छ ।
१६.शतवार्षिकी कार्यक्रमलाई सफल पार्न केन्द्रीय स्तरमा एउटा मूल परिचालन समिति, त्यसका मातहतमा आवश्यकतानुसार कैयौँ उपसमितिहरू र क्षेत्र वा जिल्लास्तरमा पनि परिचालन समितिहरूको गठन गर्न प्रयत्न गर्नुपर्नेछ ।
१७.पहिलेका वा नयाँ बन्ने सदस्यहरूको सैद्धान्तिक स्तर उठाउनका लागि हामीले प्रशिक्षण कार्यक्रमहरूलाई व्यापक रूपले तलसम्म सञ्चालन गर्न प्रयत्न गर्नुका साथै हामीले व्यापक रूपले पुस्तक वा पुस्तिकाहरूको प्रकाशन गरेर पनि पुराना वा नयाँ सदस्यहरूको सैद्धान्तिक स्तर उठाउन सङ्गठित रूपले प्रयत्न गर्नु पर्दछ । पार्टी, विभिन्न मोर्चा र जनवर्गीय सङ्गठनहरूले त्यस प्रकारका प्रकाशनहरूमा जोड दिनुका साथै विभिन्न व्यक्तिहरूलाई पनि त्यसका लागि प्रोत्साहित गर्ने नीति अपनाउनु पर्दछ । कुनै जिल्ला, मोर्चा, सङ्गठन वा व्यक्तिहरूले गर्ने त्यस प्रकारका प्रकाशनहरूलाई देशव्यापीरूपमा बिक्री वितरण गर्न बढीभन्दा बढी मद्दत गर्ने वा उनीहरूको त्यस प्रकारको बिक्री वितरणमा सहयोग पुर्‍याउने पार्टीको नीति हुनुपर्दछ । त्यसरी प्रकाशित हुने सामाग्रीहरूलाई व्यापक रूपले अध्ययन गर्न प्रोत्साहित गर्ने पनि हाम्रो प्रयत्न हुनुपर्दछ ।
१८.शतवार्षिकी कार्यक्रमको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा भइरहेका वा हाम्रो देशमा भइरहेका त्यस प्रकारका कार्यक्रमहरूका समाचारहरूको आदान प्रदान गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ ।
१९.आईसीओआरले सन् २०१७ को सात नोभेम्बरमा रूसको लेनिन ग्राद (पिटर्सवर्ग)मा भव्यरूपमा अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने र त्यसका साथै लेनिनको जन्मस्थान तथा रूसको समाजवादी क्रान्तिसित सम्बन्धित विभिन्न स्थानहरूमा भ्रमण गराउने योजना बनाएको छ । त्यसका लागि आवश्यक व्यवस्था वा गाईडको प्रबन्ध आईसीओआरले गर्नेछ । तर खर्च र भिसा समेतको व्यवस्था आफै गर्नुपर्नेछ । पार्टीका विभिन्न मोर्चा, जनवर्गीय सङ्गठनका प्रतिनिधिहरू वा पार्टीका समर्थक र सुभेच्छुकहरू पनि त्यो कार्यक्रममा सामेल भएमा त्यसबाट समाजवादी आन्दोलनको पक्षमा जनमत तयार पार्न वा जागरण ल्याउन धेरै नै मद्दत पुग्नेछ भन्ने हामीलाई विश्वास छ । त्यसकारण त्यो अन्तर्राष्ट्रिय कार्यक्रमलाई सफल पार्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ । 
२०.यही कार्तिक २२ गतेदेखि हाम्रो शतवार्षिकी कार्यक्रम प्रारम्भ हुनेछ । त्यसको ६ महिनापछि हामीले पुनः राष्ट्रिय भेला गरेर ६ महिनाका कार्यक्रमहरूको समीक्षा गर्दै बाँकी ६ महिनाको कार्यक्रमको पुनः योजना बनाउने छौँ । तर त्यसको अर्थ पार्टी केन्द्र विभिन्न जिल्ला वा जनवर्गीय सङ्गठनहरूले खालि आगामी ६ महिनाको मात्र कार्यक्रम बनाउनु पर्दछ भन्ने होइन । त्यसको अर्थ खालि यो हो कि हामीले ६ महिनापछि त्यो बेलासम्मका सबै कार्यक्रमहरूको समीक्षा गरेर आगामी कार्यक्रमलाई अरू सङ्गठित, योजनावद्ध र ठोस प्रकारले सम्पन्न गर्नको लागि आवश्यक निर्णयहरू गर्नेछौँ ।
ने.क.पा. (मसाल)
केन्द्रीय कार्यालय

Sunday, October 16, 2016

विजयादशमी

                          विजयादशमी



                                                                          



 
ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

विजयादशमी विशेष अडियो सामाग्री टिका अनि अाशिर्वाद थाप्ने दिन
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा मासुका विभिन्न मिठा परिकारहरू पक्कै पनि बनेका होलान् । गज्जबको पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टिको थाप्ने तयारी गरिरहनुभएको तपाई सबैलाई विजयादशमीको दशाैं दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार वस्ति समेत आज विहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेकोछ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो-दैलो कूदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरि, सबैलाई दशैंको उर्जायूक्त रंगले छोएको छ ।

यो पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । दशैं बाैद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बाैद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै बिजया दशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमश सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । गाँउका ज्येष्ठ नागरीकहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् । घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टीका थापेपछी नयाँ, वास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । ति नोटहरुमा लतपतिएको अक्षताको रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना अायो तपाइलार्इ ?

घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजु अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ ।आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक साैहार्दता र सामिप्यतामा कति विश्वास राख्छाैं भन्ने कुरालार्इ प्रस्ट पार्दछ । 

वैदिक सनातन धर्मानुयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशाैं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ । टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन । अनेक देवी देवतालार्इ पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ । आज नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुनेगर्दछन् ।

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद 

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ:

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिदा भन्ने आशिर्बाद

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात्ः ति देवी जस्ले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं । 

वर्षदिनभित्र परिवारमा कसैको मृत्यूभएर शोक परेको परिवारमा दशैं मनाइदैन । यस वर्ष गत वर्ष अाएको महाविनाशकारी भुइँचालोमा मृत्युभएका परिवारहरुले पनि यस वर्ष शोक फूकाएर दशैं मनाउँदै हुनुहुन्छ । शोक त एकवर्षमा सकिन्छ तर यादहरु अनि वितेका ब्यक्तिको उपस्थितियूक्त झझल्को सधैं बाँचिरहन्छ । दशैको यो उत्सवमा ति परिवारहरुप्रति भावनात्मक श्रद्धासुमन अर्पण छ ।

यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकाैं । सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका अायामहरू थपिंदै जाउन् । विजयादशमीको धेरै धेरै शुभकामना ।


अाज गैर आवासीय नेपाली दिवस
मान्छे स्वभावैले घुमन्ते प्राणी हो, कुनै देश या प्रदेश अनि प्रान्तको भौगोलिक सीमानाभित्र मान्छे सकूंचीत भएर बस्दैन । चरा, नदि, बतास अनि मान्छेहरु जहिले पनि एक स्थानबाट अर्को स्थान छोडेर अन्यत्र गइरहेको इतिहास छ । अब त झन संसारलाइ नै एउटा गाँउका रुपमा परिभाषित गर्न थालिएको छ । यसको अर्थ हामी सबै पृथ्वी नामक गाउँका एउटै गाँउलेहरु हौं ।

प्रसङ्ग हो आजको गैर आवासीय नेपाली दिवसको, नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ-सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ, जसको पुस्ताहरुको उद्गमविन्दु नेपाल भएतापनि कारणवश विदेशमा नागरीकता लिएर बसेका हुन्छन् अथवा पूर्व नेपाली नागरीक भएर विदेशी नागरीकता स्वीकार गरेका नेपालीहरुलार्इ पनि बुझाउँदछ । सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोवासगर्ने नेपालीमूलका नागरीक र लामोसमयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ ।

अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ । चार जात र छत्तिस वर्णको फूलवारीका रुपमा परिभाषीत हामी नेपालीहरुको पहिचान अब नेपाल सीमाना बाहिर पनि बढ्दै गएको छ । अन्तराष्ट्रिय जगतमै वीर, वहादूर, इमान्दार र सृजनात्मक परिचयमाझ नेपालीहरुको उपस्थितीमा वृद्धी भइरहेको छ । हरेक वर्ष आश्विन २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाइन्छ । गैर आवासीय नेपालीहरुको नेपाल प्रतिको भावना र सद्भाव सराहनीय छ । देश बाहिर छरिएर रहेका नेपालीजनको एउटै छाताको पहिचानभित्र नेपालले सद्भावना र विकासका बूँदाहरूमा काँचुली फेर्न सकोस्, सबैलाई शुभकामना ।

Wednesday, October 12, 2016

मायाघर बालगृहलाई नेपाली महिला समूह ओमानको सहयोग

मायाघर बालगृहलाई नेपाली महिला समूह ओमानको सहयोग"
देशमा बिचल्लीमा परेका बालबालिका हरु लागि विभिन्न देशमा रहेका नेपालीहरु ले मनखाेलेर सहयोग गरेको मायाघर बालगृहलाई नेपाली महिला समूह ओमानको सहयोग"

देशमा बिचल्लीमा परेका बालबालिका हरु लागि विभिन्न देशमा रहेका नेपालीहरु ले मनखाेलेर सहयोग गरेको पाउँछौं  काेहि समाचार मा समेटिएका हुनेछन् त काेहि समाचार काे नजिकै बाट फुस्केर निस्स्वार्थ भावनात्मक सहयोगी का पात्रहरू हुने गरर्छन । यस्तै सहयोगी काे बारेमा सहयोगी दिल प्रसाद पौडेल ले संकलन गरेको याे रिपोर्ट  !!!!



दिल प्रसाद पौडेल मस्कट ओमान ,
बिभिन्नखाले समस्यामा परेका अपांग , अनाथ र बेसहाराको सहारा यतिबेला नेपाली महिला समूह ओमान बनेको छ । २०६७ सालमा स्थापित महिला बाल बिकास मञ्चद्वारा २०६८ बाट सन्चालित मायाघर नामक बालगृहलाई हालसालै मात्र रु. ५१,१५१ |- ( एकाउन्न हजार एक सय एकाउन्न ) आर्थिक सहयोग गरेको छ । उक्त मायाघरले अनाथ , असहाय र बेसहारा बालबालिकाको उद्दार गरि पालनपोषण गर्दै आएको महिला समूह ओमानले सम्बद्ध श्रोतलाई उदृत गर्दै जनाएको छ । हालसम्म २२ जना बालबालिका बिगत ६ बर्षदेखी सोही गृहमा आश्रय लिईरहेको बताईएको छ । बिगतमा कुलेश्वर स्थित भाडाको घरमा बस्दै आएको र भुकम्पको समेत जोखिम भएपछी हाल किर्तिपुर भत्केपाटीमा जग्गा लिएर भुकम्प प्रतिरोधात्मक घर बनाउदै गर्दा आर्थिक अभाव भएपछी महिला समूह ओमान समक्ष सहयोगको लागि अपिल गरेको उक्त बाल बिकास मञ्च कि अध्यक्ष दुर्गा पौडेल आचार्यले जानकारी दिनुभएको छ ।
       
  गत बर्ष हरुमा पनि धरान  र गोर्खाका केही विद्यालय र अनाथाश्रमहरु मा पनि सहयोग गर्दै आएको महिला समूह ओमान ले यसपाली पनि उल्लेखनिय कार्य गरेको बताउनुहुदै समुहकी कोषाध्यक्ष समेत रहनुभएकी सामाजिक अभियान्ता मादी गुरुङ ले अगाडि भन्नुभयो बेसहारालाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी भएको र यस्ता कार्यहरु महिला समूह ओमान ले जारी राख्ने बिश्वास ब्यक्त गर्नुभयो ।
          मायाघर एक संरक्षण गृह हो । कारणबस परिवारसंगबाट अलग्गिएर बेवारिसे बनेका बालबालिकाहरुलाई उद्दार गरि परिवार को खोजी गरेर पुनर्मिलन गराउदै आएको छ । हालसम्म २२ महिनादेखी बेवारिसे बनेका सात जना बालबालिकालाई परिवार संग भेट गराईसकेको र २२ जना केटाकेटीहरु बालगृहमै बसेर बोर्डिङ स्कुलमा अध्यनरत रहेको  जनाइएको छ । बालगृहलाई आर्थिक सहयोग गरि  बालबालिकाको भविष्य उज्वल बनाउनको लागि प्रेरणा प्रदान गर्नुभएको मा मायाघर परिवार ले नेपाली महिला समूह ओमान प्रती धन्यवाद एबम आभार प्रकट गरेको छ ।पाउँछौं  काेहि समाचार मा समेटिएका हुनेछन् त काेहि समाचार काे नजिकै बाट फुस्केर निस्स्वार्थ भावनात्मक सहयोगी का पात्रहरू हुने गरर्छन । यस्तै सहयोगी काे बारेमा सहयोगी दिल प्रसाद पौडेल ले संकलन गरेको याे रिपोर्ट  !!!!
दिल प्रसाद पौडेल मस्कट ओमान , बिभिन्नखाले समस्यामा परेका अपांग , अनाथ र बेसहाराको सहारा यतिबेला नेपाली महिला समूह ओमान बनेको छ । २०६७ सालमा स्थापित महिला बाल बिकास मञ्चद्वारा २०६८ बाट सन्चालित मायाघर नामक बालगृहलाई हालसालै मात्र रु. ५१,१५१ |- ( एकाउन्न हजार एक सय एकाउन्न ) आर्थिक सहयोग गरेको छ । उक्त मायाघरले अनाथ , असहाय र बेसहारा बालबालिकाको उद्दार गरि पालनपोषण गर्दै आएको महिला समूह ओमानले सम्बद्ध श्रोतलाई उदृत गर्दै जनाएको छ । हालसम्म २२ जना बालबालिका बिगत ६ बर्षदेखी सोही गृहमा आश्रय लिईरहेको बताईएको छ । बिगतमा कुलेश्वर स्थित भाडाको घरमा बस्दै आएको र भुकम्पको समेत जोखिम भएपछी हाल किर्तिपुर भत्केपाटीमा जग्गा लिएर भुकम्प प्रतिरोधात्मक घर बनाउदै गर्दा आर्थिक अभाव भएपछी महिला समूह ओमान समक्ष सहयोगको लागि अपिल गरेको उक्त बाल बिकास मञ्च कि अध्यक्ष दुर्गा पौडेल आचार्यले जानकारी दिनुभएको छ ।
          गत बर्ष हरुमा पनि धरान  र गोर्खाका केही विद्यालय र अनाथाश्रमहरु मा पनि सहयोग गर्दै आएको महिला समूह ओमान ले यसपाली पनि उल्लेखनिय कार्य गरेको बताउनुहुदै समुहकी कोषाध्यक्ष समेत रहनुभएकी सामाजिक अभियान्ता मादी गुरुङ ले अगाडि भन्नुभयो बेसहारालाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी भएको र यस्ता कार्यहरु महिला समूह ओमान ले जारी राख्ने बिश्वास ब्यक्त गर्नुभयो ।
          मायाघर एक संरक्षण गृह हो । कारणबस परिवारसंगबाट अलग्गिएर बेवारिसे बनेका बालबालिकाहरुलाई उद्दार गरि परिवार को खोजी गरेर पुनर्मिलन गराउदै आएको छ । हालसम्म २२ महिनादेखी बेवारिसे बनेका सात जना बालबालिकालाई परिवार संग भेट गराईसकेको र २२ जना केटाकेटीहरु बालगृहमै बसेर बोर्डिङ स्कुलमा अध्यनरत रहेको  जनाइएको छ । बालगृहलाई आर्थिक सहयोग गरि  बालबालिकाको भविष्य उज्वल बनाउनको लागि प्रेरणा प्रदान गर्नुभएको मा मायाघर परिवार ले नेपाली महिला समूह ओमान प्रती धन्यवाद एबम आभार प्रकट गरेको छ ।

Sunday, October 9, 2016

" सपनामा केवल परदेशीको दशैं "

 
  " सपनामा केवल परदेशीको दशैं "             
           


   दिल प्रसाद पौडेल



              वास्तविकता भन्दापनी अलि पर कल्पनाको दुनियाँमा हराउछ मन । उदाशिन हुन्छ , बिरह र चित्कारका घुम्तीहरुमा आशाका पालुवाहरु मुस्कुराउछन । बिक्षिप्त बनेका परेलीका डिलबाट अश्रुसागर बगिरहन्छ ।सोच्छु यस्तै रहेछ जिन्दगी । भावावेशमा रुमलिएर भुइँमा हेर्दै खुट्टाको बुढी औंलाले माटो कोट्याउदै रुदै गर्छु ।गाउँको परिवेश अनि पृष्ठभुमिलाई सपनामा उतार्छु र बिउझिन्छु झल्यास्स । फेरि कल्पनाका रश्मीहरु मेरो मानसपटलमा ठोकिन्छन , भक्कानिएर रुन्छु ।बिदेश पस्दा पस्दै दशैं मान्न नपाएको पनि दशक बितिसकेछ ।सदियौ देखिका इष्ट्मित्र , दाजुभाई पनि बिराना भए झैं लाग्छ यस्तै यस्तै ज्वारभाटा हरु मनमा उब्जिरहन्छन ।
                  असत्यमाथी सत्यको बिजय बडादशैं हामी सबैको घरआंगनमा प्रवेश गरिसकेको छ । बारीका कांल्लाहरु , डिलहरुमा मखमली र सयपत्री फुलहरुले स्वागत गरिरहेका छन । भित्तामा टांसेका भवानीका तस्विरहरुले आशीर्वाद दिन हतार हतार गरिरहेका होलान । अस्ति भर्खर छरेका जमराका पालुवाहरुले बिस्तारै रंग फेर्दैहोलान । केराको पातले मकै , जौ , तिलसंग बहस गर्दै छ होला । पबित्र माटोले जन्माएका मुनाहरुको अवशानको बाटो कुरेर समय पर्खिरहेको छ । रातो माटो र कमेरोले विवाहमा सिंगारिएकी दुलही जस्तै चिटिक्क पारेका घरले मेरो आगमन को प्रतीक्षा गरिरहेको होला । केटाकेटी हरु गाउँभरी बाबियो बटुलेर लट्ठो बाट्दैहोलान भने बयस्कहरु चर्खे पिङ बनाउन जुटिरहेका छन होला । तितेपातीले मख्ख हुँदै आफ्नो सुवास छर्न बगर किनारासंग आफ्नो शिर झुकाउदै बिन्ती गरिरहेको होला । खोल्सामा रहेको सिस्नोको गांजमाथी झुसिल्किराकरु समुन्द्रको पानीको छाल जसरी तैरिरहेका छन होला यतिखेर । चराचुरुङ्गीले  गुंड भित्रबाट बचेराहरुलाई दशैं आएको खबर सुनाउदैहोलान । कागहरु खुशी हुँदै तिहार आएको संकेत गराउदै छन । बुढा बा ले आंगनको डिलमा बसेर मेरो बाटो हेर्दै भट्मासका कोसाहरु केलाईरहनुभएको छ होला । बुढी आमाले सकिनसकी गाग्री बोकेर पधेरीमा पानी भर्न हतारिनुहुन्छहोला सांझ बिहान । सिमसारमा खोले र जलुकाका मुन्टाहरु आक्रोशित भएका छन मलाई भुल्यो कि भनेर । शितका थोपाहरुले बिहानपख सुर्यका किरणसंग अंकमाल गर्दै चिसो सिरेठो संग भलाकुसारी गर्दै छ होला आखिर यस्तै रहेछ प्रवासको जिन्दगी बाध्य भएर जिउनुको पीडा ।
                 यहाँ त केवल काम गर्‍यो , खाना खायो अनि सुत्यो नित्यकर्म दोहोरिईरहन्छ । बांकी यादहरु गाउँघरसंग समर्पित बन्दोरहेछ । हजारौ चुनौतीसंग संघर्ष गर्दै पसिनासंग पैसा साट्नुको बिकल्प रहेनछ । कंटाकिर्णमय जिन्दगीको क्यानभाषमा क्रन्धित स्वरहरु गुनगुनाउदै आंखाभरी आँसु अनि बेदनाका पोका बोकेरै बांच्नुपर्दोरहेछ । उमङ्गको समयमा पनि रोदनका ज्वारभाटाहरु झनझन मौलाउदारहेछन । जीवन अनि मृत्युको दोसांधमा अल्झिएको एक्लो शरीर बांचिरहेको छ खाडीको खोरभित्र । दुरदराजमा खोज्नुपर्ने भएको छ गाउँले , इष्टमित्र , साथीभाईहरु । कारुणिक पलहरुमा साथ दिने जिवनसंगिनी संग अलग्गिएर अनि भर्खर पलाएको सन्तानको खुशीसंग जबर्जस्ती पीडा झेल्नुपर्दोरहेछ । सुनौलो भविष्य सिङ्गार्ने चाहानाका लगामहरु जति तानेपनी गन्तव्य चाहिँ फरक हुदोरहेछ । भावुक बनेर दशैं तिहार आउदा सबैसंग सन्चै छु भन्नैपर्ने रहेछ आफ्ना ब्यथाहरु गुम्साएरै भएपनी । अतितका पानाहरु एकपछी अर्को गर्दै चलचित्रको पर्दामा झैं आँखा वरिपरि नाचिरहन्छन । बिस्मादताले पुर्‍याएको गहिरो घाउ कोसेली स्वरुप उपहार मिलेको छ । आशातित सफलता प्राप्तीको लागि कैयन प्रयास गर्दा पनि असफल हुनुपर्दोरहेछ यहाँ ।
                फेसबुकका वालहरुमा सन्देश हरु हेर्दा दशैं आएको महशुस गराउछ । गाउँघर अनि आफन्तको याद दिलाउछ । म जस्तै प्रदेशमा बस्नेहरुलाई फेरि एकपटक चिन्तित गराउछ । वास्तवमै पिडासंग परेली रुझाएरै झलझली यादको पोखरीमा चुर्लुम्म डुबुल्की मार्दै यसपालीको यो दशैंमा घर आउन नपाएपनी अर्को बर्ष  अवस्य आउने बाचा गर्दै परिवार , इष्टमित्र , दाजुभाई अनि परदेशी आत्माहरुलाई सम्हालिएर बस्न आग्रह गर्दै सबैमा सुख , शान्ती , समृद्धि अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै चलिरहेको कलम यहि बन्द गर्ने अनुमती चाहान्छु । । 

Tuesday, October 4, 2016

भैरम नाच हुनेबारे


                   
सुचना
भैरम नाच हुनेबारे 

"पुरानो रितिरिवाज अनी सस्कुतिको जगेर्ना गर्ने उद्देश्य" राख्दै !!! बिजयादशमीको पावन अवसरमा "नमुना असारे श्रोता क्लब"  धारापानी ३ कल्लेरी युवा समुहले भैरम नाचको आयोजना गरेको हुँदा सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु लाई उपस्थितिको लगि अनुरोध गरिन्छ !
स्थान :- धारापानी ३ मद्नडाँडाँ
समय :- मिति २०७३ असोज २२ गते साझ ८ बजे आयोजक :- नमुना असारे श्रोता क्लब
 धारापानी ३ कल्लेरी
 अर्घाखाँची