Sunday, December 6, 2015

ओमान नेपाली एकता समाजका सदस्य श्री रूपलाल पाण्डेको बिदाई

ओमान नेपाली एकता समाजका सदस्य श्री रूपलाल पाण्डेको बिदाई

बिगत बाह्र वर्षदेखि ओमानमा श्रम र पसिना बगाई रहेका ओमान नेपाली एकता समाजका सक्रिय सदस्य तथा ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिका सल्लाहकार श्री रूपलाल पाण्डे ज्यू ओमान छोडी स्वदेश फर्किने भएपछि शनिवार अलखुवैर एरिया समितिको आयोजनामा विदाई कार्यकम सम्पन्न गरिएको छ ।
ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिका अध्यक्ष दिल प्रसाद पौडेल ज्यूको अध्यक्षतामा सम्पन्न बिदाई समारोहमा अलखुवैर एरिया समितिको तर्फबाट कदर-पत्र र मायाको चिनो प्रदान गरी विदाई गरिएको थियो । बिगत लामो समयदेखि ओमान नेपाली एकता समाजमा आबद्ध रही एकता समाज प्रति रूपलाल पाण्डे जीले पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन सहित कदर-पत्र प्रदान गरिएको ब्यहोरा कदर-पत्रमा उल्लेख छ ।

 केन्द्रीय सदस्य भीम भट्टराईले पाण्डे जी एकता समाजको पुरानो सदस्य भएको बताउदै आफूलाई एकता समाजको लक्ष्य र उदेश्य बारे जानकारी गराउदै सदस्यता लिनको लागि अभिप्रेरित गरेको क्षणको स्मरण गर्दै उहाँको एकता समाज संगठन बिस्तारमा अतुलनीय योगदान रहेको चर्चा गर्नु भयो ।  
  सो अवसरमा एकता समाजका जेष्ठ सदस्य युवराज अर्याल, केन्द्रीय प्रथम उपाध्यक्ष बिष्णु अर्याल, महासचिब जिबी लामा, सचिब राम कुमार चौधरी केन्द्रीय सदस्यहरु शालिकराम आचार्य, भीम भट्टराई, महिला बिभागकी कोषाध्यक्ष गीता लिम्बू, महिला सदस्य कुमारी गुरुङ्ग, अलखुवैर एरियाका कोषाध्यक्ष लक्ष्मण हमाल लगायतले रूपलाल पाण्डेले समाजप्रति गरेको योगदानको चर्चा र यात्रा सफलताको शुभकामना दिनु भएको थियो ।
विदाई गरिनु भएका श्री रूपलाल पाण्डे जीले लामो समय देखिसंगै दुःख पिडाहरु एक आपसमा बाँड्दै र साट्दै आइरहेका साथीहरुसंग छुटीएर जानु पर्दा दुःख लागेको बताउदै आफु जहाँ रहेपनि माया र सम्झना साथै रहने र आफ्नो समाजसेवी भावना र बिचारमा कहिल्यै पनि बिचलन नआउने धारणा ब्यक्त गर्नु भयो ।
अन्तमा कार्यक्रम सभापति दिल प्रसाद पौडेलले पाण्डेजी को अभाव एकता समाजलाई सधै खड़किरहने यहाँ रहुन्जेल समाज र श्रमजीबि नेपालीहरु प्रति गर्नु भएको सहयोग र योगदान अमूल्य रहेको चर्चा गर्दै समाजको तर्फबाट हार्दिक धन्यवाद् सहित यात्रा सफलताको शुभकामना सहित सभा समापन गरेका थिए ।

No comments:

Post a Comment