Sunday, December 20, 2015

तमु समाज ओमानको ल्होसार सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

 

 

 



ओमान मस्कट

       तमु समाज ओमानको आयोजनामा ओमानको राजधानी मस्कट शहरमा भब्य रुपमा ल्होसार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सभापति तमु समाज ओमानका अध्यक्ष अमिर गुरुङ्गले तमु ल्होकोर बर्ग चक्रमा फुल माला अक्षता चढाँई तथा  प्रमुख अतिथी नेपाली राजदूतबास अ‍ोमनका कार्यबाहक राजदूत रेजीना ताम्रकारले पानसमा बति बाली कार्यक्रमको उद्घाटन गरीएको थियो ।

 अतिथीका रुपमा ओमानका बिभीन्न सामाजीक संघ संस्थाहरुका प्रतिनिधीहरु, बुद्धिजीबिहरु,पत्रकारहरु तथा उलेख्य तमुस्योहरुको उपस्थित रहेको उक्त कार्यक्रम सञ्चालन बिकाश तमु र देब तमुले गर्नुभएको थियो । सो कार्यक्रममा झन्डै चार सयको हाराहारीमा नेपालीहरुको उपस्थित रहेको बताईन्छ  । कार्यक्रममा आफ्नो स्वागत मन्तब्य राख्दैँ तमु समाज ओमानका अध्यक्ष अमिर गुरुङ्गले ओमानमा यसरी बृहत रुपमा ल्होसास मनाउँन पाउँदा आफु हर्ष बिभोर भएको र कार्यक्रमलाई सफल बनाई दिनु हुने ओमानबासी नेपालीहरुप्रति सदैब ऋणि रहेको बताउनु भयो  । 

 पुष १५ ल्होसार मा फेरिने वर्ग भेद वर्ग ९ ल्हु ल्हो ० वर्ग का तमु तमुस्यो हरुलाई रिपा माला र फेटा क्रमु ले स्याई स्याई बिदाई गर्दै  बदर वर्ग ९ प्र ल्हो ० का तमु तमुस्यो हरुलाई रिपा माला फेटा क्रमु ले स्याई स्याई भब्य रुपमा स्वागत गरिएको थियो । तमु समाज ओमानका केंद्रिये कमिटि का पदधकारी ज्यु हरुलाई बिशेष सम्मान गर्दै तमुस्यो हरुले ल्होसार कार्यक्रम को लागि संकलन गर्नु भएको नगद तमु समाज ओमान का प्रमुख सल्लाहकार मादी तमुस्यो ज्युको मातहत मा सम्पूर्ण तमुस्यो हरु मिलि तमु समाज ओमान का प्रथम उपध्यक्ष एबं कार्यक्रम प्रमुख संयोजक दिल तमु ज्यु लाइ प्रदान गर्नु भएको थियो l

 कार्यक्रम मा तमु समाज ओमान को गायन नृत्य का साथै  ओमानका स्थानिय कलाकारहरुका  बेजोड प्रस्तुतिले कार्यक्रम निकै रोमाञ्चित भएको पाईन्थ्थो भने तमु समाज ओमानका तमुस्यो गायिका र मगर संघ ओमानका पुरुष गायक बिच चलेको दोहोरीले कार्यक्रमलाई आकर्षण बनाएको थियो ।
 आगामी दिनहरुमा पनि ओमानका नेपालीहरुबाट यस्तै सहयोग पाउँने अपेक्षा राखेका छौँ कार्यक्रमका संयोजक प्रमुख संयोजक दिल तमुले प्रवासखबरलार्य भन्नु भयो ओमानका सबै संघ संस्थाहरु सँग हातेमालो गर्दै तमु समाज ओमानले आगामी दिनहरुमा यस भन्दा बृहत कार्यक्रमहरु गर्ने छ, नेपालीहरुको दुख सुखको साथी बन्ने छ ||

No comments:

Post a Comment