महोत्तरी र धनुषाको सीमामा पर्ने रातु नदीमा आएको बाढीले पूर्व पश्चिम राजमार्ग अवरुद्व
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातु नदीमा शुक्रवार बिहान आएको बाढी कारण राजमार्ग अवरुद्व भएको छ।
सडक डिभिजन कार्यालय जनकपुरले रातु नदीमा बनाईएको गुणस्तरहीन दुई सय मिटर डाईभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्व भएको हो। डाईभर्सन बगाएपछि पूर्व पश्चिम जाने अधिकांश मालबाहक सवारी साधनहरु जनकपुर, जलेश्वर हुँदै बर्दिबास जाँदा करीब ८० किलोमिटर लामो र ३ घण्टा बढी समय लाग्ने बैकल्पिक मार्ग प्रयोग गर्दै आएका छन्।
विगत दश महिनादेखि मर्मत सम्भार भईरहेको सो पुलबाट यातायात आवागमन बन्द गराई खोलाबाट जान अस्थायी डाइभर्सन बनाएपनि उर्लेको भेलले बगाउँदा वारिपारि करिब हजार मालवाहक सवारी तथा सवारी साधन अलपत्र छन्।
बसले यात्रुलाई एकातिर उतारेर पुल पार गर्न लगाई पारी अर्कैमा चढेर जाने व्यवस्था मिलाएका छन्।
सन् १९७२ मा तत्कालीन सोभियत संघको सहयोगमा बनेको २ सय ४ मिटरको पुल गत साउन २८ गते राति महोत्तरी र धनुषाको सीमा छुट्याउने रातु नदीको पुलको ११ नम्बर पिलर भासिँदा पुलबाट आवागमन बन्द गरिएको थियो।
रातु पुलको वरिपरि दैनिक १० हजार हाराहारी सवारी चालक र यात्रु अलपत्र पर्दा यो क्षेत्रमा खानेपानी र उपभोग्य सामानको अभााव देखिएको छ।
नदीमा आएको बाढीले बनाएको वैकल्पिक बाटो दर्जनौ पटक बगाएको छ। नदीमा वैकल्पिक बाटो नबन्दा दश महिनादेखि ठूला मालबाहक सवारी चल्न नसकेको छैन भने सयौ सवारी साधनहरु जोखिम मोलेर डाइभर्सनबाट सवारीसाधन जाने गरेका छन। सेतोपाटीमा समाचार छ ।
No comments:
Post a Comment