Monday, June 22, 2015

कुवैतमा काम गर्ने एउटी कामुक नारीको आत्मा कथा
कुरा सन् २००७ देखि अहिले सम्मको हो। मेरो नाम कल्पना श्रेष्ठ हो अर्थात् स्कुल पढदाको नाम चीन कुमारी श्रेष्ठ हो । धादिंङग जिल्लाको बिकट गाँउ जोगीमारा गाविस ७ मा हो, मेरो घर। म मध्यम परिवारमा कृष्ण लाल श्रेष्ठको ठुली छोरीको रुपमा आज भन्दा २७ वर्ष पहिला जन्म लिएकी थिए । मेरो बाल्यकाल आमा बाबाको लाड प्यारमा बितेको थियो । त्यसैले होला म पुल्पुलिएकी थिए, बच्चा देखीनै चुलबुले र हठीस्वभावकी भएकीले मैले चाहे पछी हर कुरा मेरा बा आमाले पुरा गरि दिनुहुन्थ्यो ।

बुद्दी बिग्रिएर भनौ या त उन्मत्त भएर आफुभन्दा नाजुक अबस्थाको केटासंग पिरती गाँस्न पुगे । सन् २००४ तिर उसको र मेरो बिबाह त भयो तर गरिविको कारण मेरो आमा बाबासंग टाढा हुन पुगें । हामी दुईबाट एक सन्तान पनि भयो । झन भारी माथि सुपारी भने झैँ अर्को बोझ थपियो । त्यसपछि त के पैसाको लागि जिबन गुजर्नको लागि केहि बाँकी राखिन, मेरो आफ्नै शरिर समेत बेच्न थाले । केहि समयपछि हामी दुवै जना काठमाडौको नरदेविमा सानो पसलमा काम गरेर बस्यौ । त्यहाँको कामबाट प्राप्त पैसाले पनि जिबन धान्न सकिएन । मेरो बाहिरी यौन सम्पर्क र जागिरले परिवार चल्न नसकेपछी म बाहिरी देश नै जाने निधो गरे । अनि फेरी तीनै जना गाँउ गयौ, मैले केहि समय पहिले नारायणघाटको स्यानु भन्ने एजेन्टकोमा गएर विदेश जाने निधो गरे । अनि धादिंङ गएर हतार हतार पास पोर्ट बनाए । लग भाग ४० दिन पछी भिसा आयो । कुवेतको भिसा हात लागेपछी मैले उसलाई सोधे - 'काम कस्तो हुन्छ, पैसा कत्ति हुन्छ?' उसले मलाई भन्यो "१५ हजार्" तलब हुन्छ । एक परिवारको ३-४ जना भन्दा बढि बच्चा हुदैन र ८-१० घण्टा कम गरेपछी सुतेर बस्न पाइन्छ ।

त्यो कुरा सुनेपछी म ४० हजार पैसा ऋण खोजेर कुबेत तिर हिडने पक्का भए । २००७ को पहिलो हप्ता मेरो मनले साटेको जिबन साथी मदन कुमार श्रेष्ठ, पियारो मुटुको टुक्रा साइरस उ त्यती बेला जम्मा ३ वर्ष को थियो । उनीहरुलाई छाडेर धेरै पैसा कमाएर परिवार सुखमा बस्ने सपना बोकी भोलिपल्ट भालेको डाकमा गाँउको देवर सुवाससंग दिल्ली हिडे । दिल्लीमा गएर सात दिन बसेपछी बल्ल कुवेतको लागि जहाज छाड्ने निधो भयो । जब जहाज छाड्ने बेलामा गाँउ घर बाबा आमा परिवारका सम्झना आयो, झनै मुटुको टुक्रा छोराको यादले सतायो । मुटु दरो बनाए ३ साल पछी ४, ५ लाख रुपिया लिएर मेरो छोरा मेरो जिबन साथीसंग बस्छु भनेर जहाज चढे ।

जब कुवेतको एयरपोर्टमा आए सायद म एक्लै नेपाली थिए होला । त्यस जहाजमा सेतो कपडा लगाएको मान्छे मेरो नजिकै आयो, त्यो मेरो मालिक रहेछ, उसले लगाएको दिसदासा रहेछ पछी थाहा पाए । मलाई लिन आएको मालिक रहेछ, मेरो नजिकै आएर व्वाट इस यौर नेम भनेर सोध्यो । मैले उत्तर दिए मै नेम इज चीन कुमारी त्यस पछी कम कम भनेर पजेरोमा राखेर लग्यो । मलाई घरमा लागेपछी ५ तेले बिल्डिंग देखायो यहाँको कोठा टोइलेट बाथ रूम जम्मै साफ गर्नु पर्छ भन्यो त्यतीबेला नै मेरो हंसले ठाउँ छोड्यो । यत्रो काम कसरी गर्ने ८ घण्टा काम गर्ने सुरमा आएको मान्छे २२, २३ घण्टा काम गर्नु पर्नेभयो ।

पहिले पहिले त मन दरो बनाएर काम गर्न थाले तर भाषा नजानेको कारण कहिले घर मालिक त कहिले पाहुनाको यौन सोसन हुन् थाले, यौन शोषणमा म आफै यौनपिपासु भएको कारण त्यती गार्हो परेन । त्यस घरमा टेलीफोन भने चलाउनु पाईदो रहेछ । २ महिना पछी फोन किने अनि नेपाली दाई भाईको खोजीमा लागे त्यतिकैमा पूर्व तिरको दाईको नम्बर हात लग्यो । १ दिन २ दिन गर्दै हामी दुई को माया गाढा भयो । अब मेरो सपना यती रह्यो, घरमा १ लाख रुपियाँ भने पठाए ।

त्यतिनै बेला कुवैतमा भिभा फोन साथीबाट लिए र फ्री कल शुरु भयो सुनमा सुगन्ध भने झैँ । म चनाखो केटि भएको कारण कुवेतिलाई पहिले नै यहाँ मेरो श्रीमान छ, भनेको थिए त्यसपछि के थियो र मलाई यौन सम्बन्धको गार्हो परेन जति बेला चाहिए पनि उनी आउथे ।

यसरी दिन बित्दै थियो । हामी दुबैको चाहना अनुसारनै हामी नेपाल जाने २ महिना छुट्टी बिताउने निधोले काठमाण्डौं पुग्यौं अनि २ महिना बिताएर फर्कियौं । म आएर कुवेतीको घरमा बस्न नसक्ने अवस्था भएको कारण मलाई बाहिर उसले अरुसंग ऋण खोजेर निकाले । निकालेपछि म उनीसंग २,३ महिना मात्र बसे । म मा यौनको तृसना उसको सम्बन्धले मात्र पुगेन त्यसैले म कहिले सिरियाली, कहिले बंगाली, कहिले म्रि्री र कहिले अमेरिकनको सम्बन्धमा बचेको छु ।

मेरो घर परिवारका सारा कुरा भुलेर म त्यसै भौतारी रहेको छु । आज मेरो सारा सपना यौन तृसनाको कारणले गन्तव्यहीन भएको छ । यौनको जोसको कारण कुवेतमा रहने नेपाली दिदि बहिनिहरुको मेरो जस्तो हालत नबनोस । आफ्नो उदेश्य, आफ्नो परिवार र पारिवारिक धरातल जिवन साथीलाई कहिल्यै नविर्सनु होला । यो मैले भनेकी होईन मेरो अनुभवले भनेको हो । जिवन लामो छ कामुक बनेर यौनप्यासि बन्दैमा जीन्दगीको मजा नहुँदो रहेछ त्यो -णिाक मात्र रहेछ, समयमै होस पुर्‍याउँनुहोला

Friday, June 19, 2015

महोत्तरी र धनुषाको सीमामा पर्ने रातु नदीमा आएको बाढीले पूर्व पश्चिम राजमार्ग अवरुद्व



पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातु नदीमा शुक्रवार बिहान आएको बाढी कारण राजमार्ग अवरुद्व  भएको छ।
 
सडक डिभिजन कार्यालय  जनकपुरले रातु नदीमा बनाईएको गुणस्तरहीन दुई सय मिटर डाईभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्व भएको हो। डाईभर्सन बगाएपछि पूर्व पश्चिम जाने अधिकांश मालबाहक सवारी साधनहरु जनकपुर, जलेश्वर हुँदै बर्दिबास जाँदा करीब ८० किलोमिटर लामो र ३ घण्टा बढी समय लाग्ने बैकल्पिक मार्ग प्रयोग गर्दै आएका छन्। 
 
विगत दश महिनादेखि मर्मत सम्भार भईरहेको सो पुलबाट यातायात आवागमन बन्द गराई खोलाबाट जान अस्थायी डाइभर्सन बनाएपनि उर्लेको भेलले बगाउँदा वारिपारि करिब हजार मालवाहक सवारी तथा सवारी साधन अलपत्र छन्।
 
बसले यात्रुलाई एकातिर उतारेर पुल पार गर्न लगाई पारी अर्कैमा चढेर जाने व्यवस्था मिलाएका छन्। 
 
सन् १९७२ मा तत्कालीन सोभियत संघको सहयोगमा बनेको २ सय ४ मिटरको पुल गत साउन २८ गते राति महोत्तरी र धनुषाको सीमा छुट्याउने रातु नदीको पुलको ११ नम्बर पिलर  भासिँदा पुलबाट आवागमन बन्द गरिएको थियो। 
 
रातु पुलको वरिपरि दैनिक १० हजार हाराहारी सवारी चालक र यात्रु अलपत्र पर्दा यो क्षेत्रमा खानेपानी र उपभोग्य सामानको अभााव देखिएको छ।  
 
नदीमा आएको बाढीले बनाएको वैकल्पिक बाटो दर्जनौ पटक बगाएको छ। नदीमा वैकल्पिक बाटो नबन्दा दश महिनादेखि ठूला मालबाहक सवारी चल्न नसकेको छैन  भने सयौ सवारी साधनहरु जोखिम मोलेर डाइभर्सनबाट सवारीसाधन जाने गरेका छन। सेतोपाटीमा समाचार छ । 
राष्ट्रिय जनमोर्चा

केन्द्रीय कार्यालय

कपन ३ (ख), ज्योतिनगर, काठमाडौँ

फोन ः ०१–४१६४३०४,

इमेल ः rajamo2052@gmail.com



वक्तव्य


महाभुकम्प पछिको देशको तात्कालिक स्थितिमा राहतको वितरण र पुनर्निर्माण समेतबारे राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

१.पहिले बुढिगण्डकीमा र त्यसपछि ताप्लेजुङमा आएको पहिरोले भूकम्प प्रभावित पहाडहरूको स्थिति अत्यन्त कमजोर भएको कुरा प्रष्ट हुन्छ । कतिपय हिमताल फुटेर बाढी पहिरोद्वारा धेरै क्षति पुग्ने सम्भावनाहरू पनि गम्भीर बन्दै गैरहेका छन् । भूकम्पले पुराएको क्षति बाहेक पहाडहरूमा पहिरो गएर वा बाढी आएर पुग्ने क्षति कैयौँ गुना बढी गम्भीर हुने देखिन्छ । वर्षा आउनुका साथै त्यो स्थिति अरू गम्भीर हुँदै जानेछ । त्यसैले भूगर्भविदहरूद्वारा ती पहाड वा हिमतालहरूकोे अध्ययन गरेर जोखिमपूर्ण पहाडहरूबाट मानव वस्ती हटाउनको लागि ठोस योजना बनाउन हामीले सरकारसित अनुरोध गर्दछौँ ।

२.भूकम्पका कारणले कैयौँ मानव वस्ती भएका गाउँहरू बस्नै नसकिने अवस्थामा पुगेका छन् । ती स्थानहरूबाट पनि वस्तीहरूलाई हटाएर अन्यत्र स्थान्तरण गर्न ठोस योजना बनाउनुपर्ने आवश्यकता छ ।

३.जोखिमपूर्ण स्थानहरूबाट मानिसहरूलाई हटाएर अन्यत्र पुनर्वास गर्नका लागि पहाड वा तराइका प्रति जग्गाहरू अध्ययन गरि त्यहाँ बस्तीहरू बसाउन पहलकदमी गर्नुपर्ने आवश्यकता छ । ठूलो सामन्ती स्वामित्वमा रहेका जग्गाहरू पनि अधिग्रहण गरी त्यहाँ वस्तीहरू बसाउन ठोस कार्वाही गर्नुपर्ने आवश्यकता छ ।

४.भूकम्पले भत्केर बस्न लायक नभएका घरहरूको पुनर्निर्माणका लागि विपन्न वर्गका मानिसहरूलाई सरकारले पुरै सहायता गरेर घर निर्माण गर्न योजना बनाएर तुरुन्त काम सुरु गर्नुपर्दछ ।

५.भूकम्प पीडित जनताको राहतको नाममा आएको सहायताको ठूलो अंश स्वयं विदेशमा नै गएको भन्ने कुरा गृहमन्त्रालयको रिपोर्टबाट पनि सार्वजनिक भएको छ । त्यसकारण भविष्यमा विदेशबाट राहत वा पुनर्निर्माणका लागि आउने सहायता सरकारी संयन्त्र तथा राष्ट्रिय श्रमशक्तिद्वारा नै खर्च गरिने कडा व्यवस्था गरिनु पर्दछ ।

६.भूकम्पपछि आएको वा सरकारी कोषमा जम्मा भएको सहायताको रकम वा सामाग्रीहरूमा ठूलो मात्रामा भ्रष्टाचार वा हिनामिना भएका समाचारहरू लगातार सार्वजनिक भैरहेका छन् । त्यसकारण राहत वा पुनर्निर्माणका लागि आउने वा खर्च हुने रकममा भ्रष्टाचार वा हिनामिना हुन नदिन कडा व्यवस्था गरिनु पर्दछ ।

७.राहत वा पुनर्निर्माणका लागि जनशक्तिलाई परिचालन गर्नको लागि विशेष ध्यान दिइनु पर्दछ । अहिले सरकारको जनशक्तिलाई परिचालन गर्नेभन्दा त्यसमा वाधा हाल्ने नीतिबाट भूकम्पका कारणले पैदा भएको गम्भीर प्रकारको स्थितिमा सुधार वा पुनर्निर्माणको कार्यमा समेत धेरै वाधा पुग्ने कुराप्रति हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ । निश्चय नै भूकम्प पीडित जनताको राहत र पुनर्निर्माणको सन्दर्भमा देखा पर्ने सबै प्रकारका ठगी, भ्रष्टाचार वा विभिन्न प्रकारका अवाञ्छित गतिविधिहरूमा नियन्त्रण गर्नुपर्ने आवश्यकताप्रति पनि उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने तथा नियन्त्रण गर्नुपर्ने कुरामा हामीले जोड दिन्छौँ ।

८.भूकम्प पीडित जनतालाई राहत वा राहतको वितरण वा घरहरू भत्केर बस्न सक्ने स्थिति नभएका स्थानहरूमा टहराहरूको निर्माण कार्यमा राष्ट्रिय जनमोर्चाका स्वयंसेवकहरूले भूकम्प पीडित क्षेत्रहरूमा गएर आफ्नो साधन र स्रोतले भ्याएसम्म सहयोग गर्ने काम गरिरहेका छन् । हाम्रो सम्पूर्ण हिसाब व्यवस्थित र पारदर्शी छ । त्यसरी सङ्कलन भएको रकम र वितरण समेतको हिसाबको विवरण हामीलेपछि सार्वजनिक गर्नेछौँ ।


मिति ः २०७२ असार १ गते



दुर्गा पौडेल

उपाध्यक्ष तथा प्रवक्ता

राष्ट्रिय जनमोर्चा
किन मावोबादी-मदेशी मोर्चा को यत्रो बखेडा??


देश मा राज्य निर्माण गर्दा कुनै पनि नेपाली चाहे त्यो आदिबासी होस् या दलित या पिछडिएको या बाहुन होस् या छेत्री कसैले लाई योअनुभब नहोस् कि म आज कसै अर्का को (घर मा या) राज्य मा बसेको छु, या कसैको मातहत मा बसेको छु । हैन भने त्यहां मन मा एक किसिम को आग बसिराक्छ, द्वेश रिस को भावना उत्पन्न हुन्छ यो प्राकृतिक नियम हो, मनिस मा हुने गुण हो, यस्लाई न तपाईं ले बदल्न सक्नुहुन्छ न मैले । यहाँ मिलेर बसेका नेपाली दाजु भाई लाई एक अर्का को गुलाम बनाउन खोजिदै छ । ल तपाईंनै भन्नुस्, लिम्बु, राइ मगर हरु उत्पिडन मा परे,ठीक छ यो गलत भएको छ, तपाईंकै भाषा मा उनिहरु को पहिचान भएन त्यसैले तिनी हरु बस्ने ठाउँ लाई लिम्बुवान बनाउनु पर्छ रे अनि भन्नुस् त्यै क्षेत्र मा बसोबास गरेका बहुसङ्ख्कक छेत्री, बाहुन आदी ले त्यो लिम्बुवान नाम को (घर मा) राज्य मा स्वाभिमान र इज्जत का साथ बस्न सक्छन?? मान्छन?? अनी त्यहां एक किसिम को शितयुद्ध जस्तै जातिय दोन्द हुँदैन ??अर्को उदाहरण, कैलाली र कन्चनपुर लाई थारुवान प्रदेश बनाउने भन्नु हुन्छ, त्यहां बस्ने करिब ९० प्रतिशत भन्दा बढी पहाडी, छेत्री, बाहुन आदी थुप्रै जात जाती लाई त्यो मान्य हुन्छ त ? त्यस्तै मधेश मा, त्यस्तै चितवन मा त्यस्तै काठमाडौं मा र त्यस्तै पुरै नेपाल मा ... कती जाती लाई आ-आफ्नो राज्य दिनसक्नुहुन्छ, २७५ जना रहेका कुसुन्डा जाती लाई कहाँंराख्नु हुन्छ ?? कि तिनिहरु लाई मरी दिनुहुन्छ ?? या देश निकाला गर्नु हुन्छ ?? यहाँ१२५ जात जाती र १२४ भन्दा बढी भाषा-भाषी हरु बस्छन नेपालमा, कस्लाई अङ्गाल्नु हुन्छ र कस्लाई पछार्नुहुन्छ ?? मधेस काजनता हरु को जीवन उकास्न त्यहाँ बिशेष बिकास का कार्यक्रम हरु ल्याउनु पर्छ, दाईजो का नाममा तपाईं हाम्रै दिदी बहिनी दिनानुदिन जिउदै जलिरहेका छन, हो तिनै मधेसी जलाइराछन जस्का ति दिदी बहिनी पनि हुन, त्यस्तो अशिक्षा र अज्ञानता ले ग्रस्त ठाउँ मा शिक्षा को लहर को खाँचो छ । प्रचण्ड सहित माअोबादी, मधेशी दल हरु आज जुन बाटो मा लागेका छन त्यो कालान्तर मा देश का लागि निक्कै घातक छ । यो कुरा हरेकनेपाली ले बुझेका छन । थारु हरु ले नि बुझेकाछन, लिम्बु हरु ले नि बुझेका छन । तर तिनिहरु बुझ पचाइरहेकाछन, प्रचन्ड लगायत का नेता भन्छन तिनिहरु उत्पिडन मा परे हेपिए, अब तिनी हरु को नाम मा राज्य बनाएर तिनी हरु लाई राहात दिनु पर्छ सम्मन दिनु पर्छ, यो कुरा सुन्दा ति जात जाती हरु लाई एकछिन त खुशी पार्ला, के के न गरे भन्ने भान होला तर तपाईं कोजीवन मा कुनै परिवर्तन आउने छैन, जीवनस्तरउकासिनु को सट्टा आडम्बर, सामाजिक कलह झै-झगडा मात्रै हुनेछ समाजमा, अनी नयाँ नयाँ बिध्रोही तत्व हरु को जन्म हुनेछ, एकछिन यो कुरा तपाईं आँफै सोच्नुस् । ति नेता हरु लाई प्रश्न गर्नुस् तिनी हरु ले राज्य र सत्ता मा हुँदा ति अधिकार-बिहिन, पिछडिएका, उत्पिडन, सिमान्तक्रित दलित आदी हरु को अधिकार सुनिश्तितगर्न का लागि के गरे ??
'सर्वोच्चले राजनीतिमा हात हाल्यो

अधिवक्ताहरु क्रमश: भीमार्जुन आचार्य, टिकाराम भट्टराई र रमन श्रेष्ठ

काठमाडौं : सर्वोच्च अदालतले राजनीतिक विषयमा हात हालेर न्यायीक आत्यसंयमता गुमाएको टिप्पणी कानुनविद्हरुले गरेका छन्।

दलहरुबीच भएको १६ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले शुक्रबार सुनाएको अन्तरिम आदेशले संसद् र न्यायलयबीच गम्भीर प्रकृतिको द्वन्द्व निम्त्याउन सक्ने चिन्ता विज्ञहरुले गरेका छन्।

उनीहरुले संविधानसभाको क्षेत्राधिकारभित्रको विशुद्ध राजनीतिक विषयमा हात हालेर सर्वोच्च अदालतले संविधान निर्माण प्रक्रियालाई विथोल्न खोज्ने वा अन्योलमा पार्न खोज्ने तत्वहरुलाई सहयोग पुर्‍याएको आरोप पनि लगाएका छन्।

नेपाल बार एशोसियशनका पूर्वमहासचिव अधिवक्ता रमन श्रेष्ठले सर्वोच्चको फैसला असंवैधानिक भएको टिप्पणी गरे। संविधान निर्माण गर्ने विषयमा लामो विवाद र छलफलपछि दलहरुबीच भएको सहमतिमा प्रश्न उठाउने अधिकार सर्वोच्च अदालतसँग नरहेको बताउँदै भने, 'यस्तो विषयमा प्रश्न उठाउने अधिकार सर्वोच्चलाई कसले दियो ?

अधिवक्ता श्रेष्ठले भने, 'कस्तो संविधान बनाउने भन्ने विषय संविधानसभाको हो, यसमा निर्णय गर्न संविधानसभा सार्वभौम छ। अदालतले यसमा हात हाल्न आवश्यक छैन र त्यो अधिकार पनि छैन ।'

उनले सर्वोच्च अदालतले संविधानसभाको क्षेत्राधिकार मिचेर आदेश दिएको बताउँदै भने, 'संविधानको धारा ७७ मा संविधानसभाको विशेषाधिकार छ। यसमा कतै प्रश्न उठाउन नपाइने व्यवस्था छ । यसलाई सर्वोच्चले मिचेको छ।'

श्रेष्ठले राजनीतिक विषयमा यस्तो असंवैधानिक आदेश फैसाला सुनाएर न्यायलयलाई नै विवादमा तान्ने न्यायाधीशको कार्यक्षमतामाथि पनि प्रश्न उठाउनुपर्ने अवस्था आउनसक्ने बताए । उनले अन्तरिम संविधानको धारा १, ८२ र १३८ मा प्रश्न उठाउने अवस्था नरहेको बताए ।

नेपाल बार एशोसियशनका उपाध्यक्ष अधिवक्ता टिकाराम भट्टराईले न्यायीक निकायले राजनीतिक विषयमा हात हाल्दा राम्रो सन्देश नगएको बताउँदै भने, 'यो विशुद्ध राजनीतिक प्रकृतिको विषय हो ।  यसमा सर्वोच्चले हातल नहालेको भए राम्रो हुन्थ्यो ।'

'अदालत राजनीतिक विषयमा प्रवेश गर्दैन भन्ने विगतका थुप्रै नजिर र सिद्धान्तलाई पनि ख्याल गरेको देखिएन, भट्टराईले  भने, 'न्यायलयले आत्मसंयमता गुमाएको जस्तो अनुभूत भएको छ।'

सर्वोच्चबाट हुने यस्ता आदेशले न्यायलय र संसद्‍बीच गम्भीर खालको द्वन्द्व सिर्जना हुनसक्ने बताउँदै  भट्टराईले भने, 'यस्तो दुरागामी विषयमा विपक्षीलाई समेत भनाइ राख्ने मौका नदिइकन फैसाला सुनाउने काम ठीक भएन ।'

संवैधानिक कानुनका ज्ञाता अधिवक्ता भीमार्जुन आचार्यले सर्वोच्च अदालतले आफ्नो न्यायिक मर्यादा र संयमता ख्याल नगरी राजनीतिक विषयमा हात हालेको टिप्पणी गरे । उनले भने, 'यो न्यायिक पुनरावलोकनको विषय नै होइन । राजनीतिक विषयमा सर्वोच्च प्रवेश गरेर कुनै दलले जस्तो पोजिसन लिनु राम्रो होइन ।'

लामो विवाद र बहसपछि मुलुकले संविधान पाउन लागेको सहमतिको अवस्था सर्वोच्चको फैसलाले विथोल्न खोजेको बताउँदै भने, 'सहमति नखोज्ने, संविधान नचाहने र संविधान विथोल्न खोज्नेहरुलाई यस्तो फैसालाले खेलकूद गर्ने मैदान उपलब्ध गराएको छ । सर्वोच्चले राजनीतिमा हात हालेको छ । यो मुलुककै लागि दुर्भाग्य हो ।'

आचार्यले सर्वोच्चको यस्तो आदेशले संसद् र न्यायलयबीच टकराव उत्पन्न हुने बताउँदै भने, 'संविधान निर्माणका लागि मुख्य दलहरुले निरन्तर छलफल पछि गरेको सहमतिमा आपत्ति गर्नुपर्ने र प्रश्न उठाउनुपर्ने कुनै ठाउँ छैन । यो राजनीतिक सहमति हो । कानुन होइन । यस्ता सहमति र सम्झौता विगतमा पनि भएका छन् । त्यसमा सर्वोच्चले हात हालेको थिएन ।'आचार्यले दलहरुले निकै सकसका साथ टुंगो लगाएको विषयलाई सर्वोच्चले फेरी बल्झाइदिएको बताए ।

Thursday, June 18, 2015



                                                           
                                                                                                             
P E R S O N A L   D E T A I L S . . .
Name
Shalik Ram Acharya
Contact Details

 00 968 96375581

Present Address
The Great kabab Factory
Jawad Business Group
PO Box 720,
AL Khoudh 132
Muscat, Sultanat Of Oman
Permanant Address
Village P.O., Dharapani-5,
Arghakhanchi, Lumbini, Nepal
Email ID
Date of Birth
13th Feb 1975


OTHER DETAILS . . .
Fathers Name
Rem lel Acharya
Maritial Status
Married
Language known
English, Hindi and Nepali
Passport No
2548540
Computer Profeciancy
Windows, MS Office, Internet Application, Basic Computer Knowledge

 

W O R K   E X P E R I E N C E . . .
Organisation
Location
Designation
                    Duration
From
To
Period
Jawad Business Group
Muscat
Captain
Jan 2010
Till Date
3 Years (5Yrs)
Sr Steward
Jan 2008
Jan 2010
2 Years
Hotel Park Plaza
Gurgaon
Sr Steward
Oct 2004
Sep 2007
3 Years
China White Restaurant
Gurgaon
Steward
July 2003
Oct 2004
1.3 Years
Pizza Corner
Gurgaon
Dine-in Supervisor
Aug 2000
July 2003
3 Years
Slice Of Italy
Gurgaon
Pizza maker/Incharge
Nov 1998
Aug 2000
1.9 Years

 

 

Qualification

 Nepal Education Board, Arghakhanchi, Nepal.

Executive Summary

As ‘’ Captain ’’ with The Great kabab Factory, Muscat, Oman.
Jawad Business Group
(PRE-OPENING TEAM)
Responsible For:

·         First point of contact for incoming guests.
·         Opening of the Restaurant which includes mise-en-place.
·         Tips and roaster management.
·         Daliy briefing and duty allocation to stewards
·         Knowledge of P.O.S
·         Monitering non-food items inventory, Bar inventory daily as well as monthly basis
·      Maintain constant guest contact, build relationship, solicit feedback and monitor the score for the bar.    
·         Overall Bill and cash management.
·         Making daily sales report and submit to Restaurant General manager.

October 2004 to September 2007
As “Sr Steward “with Hotel Park Palza, Gurgaon, India.   .
Responsible For:  
·         First point of contact for incoming guests
·         Take orders from guest for food or beverages
·          Maintaining diner seating plan as per Plano gram configuration
·          Effectively handling Bar Sales
·          Knowledge of shawman point of sale(touch screen systems)


July 2003 to October 2004
As “Sr Steward “with China White, Gurgaon, India.   .
Responsible For:  
·         Take orders from guest for food or beverages
·          Maintaining diner seating plan as per Plano gram configuration
·          Effectively handling Bar Sales

August 2000 to July 2003
As “Dine-in Supervisor “with Pizza Corner, Gurgaon, India.   .
Responsible For:  
·         Take orders from guest for food or beverages
·          Maintaining diner seating plan as per Plano gram configuration
·         Handling Cash
·         Suggestive selling and provide information about new arrival product.

November 1998 to August 2000
As “Pizza maker and Kitchen In-charge “with Slice Of Italy, Gurgaon, India.   .
Responsible For:  
·         Taking care of kitchen operations
·         Maintaining all standards and food quality at all times.
·         Mainly focusing on Preparation area ( Pasta, Burger, Sandwiches, Salad )
            Key Strengths
·         Leadership skills
·         Communication skills
·         Planing & organisazing ability
·         Motivated, dedicated and result-oriented, professional and determination




Date:                                                                                                               (Shalik Ram Acharya)