Friday, December 22, 2017

राष्ट्रिय जनमोर्चाको प्रेस वक्तव्य


राष्ट्रिय जनमोर्चाको 
प्रेस वक्तव्य 



Image may contain: 1 person


थाहा भए अनुसार हाम्रो पार्टीका केही जिम्मेवार नेताहरुले आफ्नो प्रदेशको कतिपय स्थानहरूमा उक्त प्रदेशको राजधानी बनाउनको लागि सार्वजनिक रुपले नै माग गरेको वा अन्य पार्टीहरुसित मिलेर अभियान चलाइरहेको कुरा प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यस प्रकारको कुनै पनि गतिविधि हाम्रो पार्टीको घोषित निर्णयका बिरुद्ध भएकाले हामीले त्यसलाई गलत मान्दछौ र अालोचना गर्दछौं ।
अहिले विभिन्न प्रदेशका राजधानीहरुबारे बेग्ला-बेग्लै मतहरु देखापरेका छन् र त्यसले गर्दा एउटै प्रदेशका विभिन्न पार्टी वा जनतामा पनि विवादको स्थिति उत्पन्न भएको छ । त्यसैले गर्दा 
प्रादेशिक सद्भावना र एकता खलबलिने आशङ्का हुनेछ ।
त्यसैले हाम्रो पार्टीले त्यस प्रकारको विवादलाई गलत मान्दछ र बिरोध गर्दछ ।
हाम्रो पार्टीको मत रहेको छ कि प्रादेशिक राजधानीका सन्दर्भमा सरकारले विभिन्न प्रदेशका लागि अधिकार सम्पन्न अायोग गठन गर्नुपर्दछ । ती आयोगहरुले आवश्यक गृहकार्य गरेर दिएको सुझावका आधारमा नै प्रदेशिक राजधानीहरुका स्थानहरुबारे टुङ्गो लगाउनु पर्दछ ।
हाम्रो पार्टीका कतिपय जिम्मेवार नेताहरुले कतिपय प्रदेशमा यो वा त्यो ठाउलाई प्रदेशको राजधानी बनाउनु पर्दछ भनेर चलाइरहेको अभियानलाई गलत मान्दछ र त्यस प्रकारको गतिविधिहरुलाई तुरुन्त बन्द गर्नका लागि सबै सम्बन्धित शाथिहरुसित अनुरोध गर्दछ ।
अहिले राष्ट्रिय सभाको गठनका सन्दर्भमा विभिन्न प्रमुख राजनितीका शक्तिहरुका बीचमा उठिरहेको विवादप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भईको छ वास्तवमा राष्ट्रिय सभाको गठनबारे पहिले संसदद्वारा कानुन बन्नु पर्दथ्यो त्यस प्रकारको कानुन नबन्नु गम्भीर प्रकारको गल्ती होर त्यसको लागि हामिले सम्बन्धित राजनीतिक शक्तिहरु वा त्यो बेलाको सरकारको आलोचना गर्दछौं । त्यसबारे राष्ट्रपतिकहाँ गएको अध्यादेशका कारणले राष्ट्रिय सभाको गठन मात्र होइन सरकारको गठनबारे गम्भीर गत्यावरोधको स्थिति उत्पन्न भएको छ । त्यसले गर्दा उक्त अध्यादेश राष्ट्रपतिद्वारा जारी भएपनि वा नभएपनि गम्भीर राजनीतिक जटिलता उत्पन्न हुने सम्भावनाप्रति हाम्रो पार्टीको ध्यान गएको छ । उक्त अध्यादेश जारी नहुँदासम्म सत्ता हस्तान्तरण नगर्न भनेर अहिलेको सरकारले अडान लिएको छ । त्यो प्रश्नमा विवाद कायमै रहिरह्यो भने कहिलेसम्म सरकारको गठन हुने होइन र त्यसले गर्दा देशमा कुन प्रकारको गम्भीर राजनीतिक स्थिति उत्पन्न हुने हो ? त्यो पनि अत्यन्त चिन्ताको बिषय हो । अहिले राष्ट्रपतिकोमा गएको अध्यादेश त्यहि रुपमा जारी भएर राष्ट्रिय सभाको गठन भयो भने पनि भोलि संसदले त्यो अध्यादेशलाई अस्वीकार गर्यो भने गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न हुनेछ । त्यसैले हाम्रो पार्टीले राजनीतिक सहमतिका आधारमा नै उक्त विवादलाई समाधान गर्नुपर्ने आवश्यकतामा 
जोड दिन्छ ।
उक्त प्रश्नमा कुनै सहमति भएन भने त्यसबाट सम्भावित गम्भीर राजनीतिक स्थिति प्रति पनि हामिले सम्पूर्ण जनताको ध्यान अाकर्षित गर्न चाहान्छौ । देशमा त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिनका लागि हामिले सबै सम्बन्धित राजनीतिक शक्तिहरुसित अनुरोध गर्दछौ ।
मिति ः २०७४ पौष ६ गते 
चित्र बहादुर के.सी.
अध्यक्ष

No comments:

Post a Comment