नेपाली राजदूतावासको सूचना !!!!

अाउने २९ डिसेम्बर २०१७ का दिनओमानमा रहनु भएका नेपाली महिलाहरुका लागि ओमान क्यान्सर एसोशियसन, बरखत अल-नुर क्लिनिक तथा अल-हसार फार्मेसीको सहयोगमा विशेषज्ञहरुद्वारा स्तन परीक्षण (स्क्रिनिड्ड, म्यामोग्राम) गराउन एक निःशुल्क स्वास्थ्य शिविर नेपाली राजदुतावास ले अायाेजना गर्दैछ । तसर्थ ओमानमा बिशेश गरि मस्कट तथा अासपासका राज्यहरु बाट धेरै भन्दा धेरै नेपाली महिला दिदीबहिनीहरुले निम्न मिति र स्थानमा उपस्थित भई यो मौकाको सदुपयोग गर्न हुन विशेष अनुरोध गर्दछु ।
महिलाहरूमा हुने क्यान्सर (अर्बूद) रोग मध्ये पहिलो पाठेघरको मुखको क्यान्सर रहेको छ भने दोस्रो स्तन क्यान्सर रहेको छ। स्तन क्यान्सर कुनै पनि उमेर समूहका महिलाहरूलाई हुनसक्छ। नेपालमा क्यान्सरका कारण मृत्यु हुने महिलाहरूमा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा छ। रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति आइपर्नुको प्रमुख कारण हो। रोगीहरूमा जब रोगले ग्रस्त पार्छ, त्यसपछि मात्रै बिरामीहरू चिकित्सक कहाँ जाने गर्छन्, जुनबेला क्यान्सर रोग फैलिइसकेको वा दोस्रो तेस्रो श्रेणीमा पुगिसकेको हुन्छ। त्यस अवस्थामा पुग्दा सफल उपचार सम्भव नहुन सक्छ, यदि भइहाले पनि बिरामीलाई धेरै समय बचाउन सकिंदैन । लक्षणप्रतिको बेवास्ता, जनचेतनाको कमी र प्रभावकारी रोग निदान योजनाको अभावका कारण महिलाहरू रोगको पछिल्लो अवस्थामा मात्रै चिकित्सककहां पुग्ने हुँदा मृत्युदर एकदमै ज्यादा हुने गरेको छ ।
बिरामीहरू रोगको प्रारम्भिक अवस्थामै विशेषज्ञ चिकित्सककहाँ पुग्ने हो भने धेरै भन्दा धेरै रोगीको सफल उपचार सम्भव हुन्छ, तिनको स्तन काटेर फ्याक्नु पर्ने अवस्था आइपर्दैन, उपचार खर्च कम हुन्छ र अमूल्य जीवन समेत बचाउन सकिन्छ । तसर्थ, २० देखि ४० बर्षका महिलाले स्तनको स्वयम् परीक्षण गर्नका साथै प्रत्येक २–३ बर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनुपर्छ । ४० बर्ष माथिका महिलालाई बर्षेनि स्क्रिनिड्ड, म्यामोग्रामका साथ विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य छ । त्यसैले यो रोगसंग लड्ने तरिका भनेको नै रोग सम्बन्धी ज्ञान आर्जन गर्ने, नियमित आफ्नो स्तन परीक्षणका साथ नियमित म्यामोग्राम परीक्षण र विशेषज्ञद्वारा स्तन परीक्षण नै हो ।
अतः नेपाली महिलाहरुलाई “स्वस्थ्य शक्ति” को रुपमा स्थापित गर्ने प्रयास स्वरुप नेपाली राजदूतावास, मस्कटले आगामी २०७४ पुस १४ गते शुक्रबार (तदअनुसार २९ डिसेम्बर २०१७) मा ओमानमा रहनु भएका नेपाली महिलाहरुका लागि ओमान क्यान्सर एसोशियसन, बरखत अल-नुर क्लिनिक तथा अल-हसार फार्मेसीको सहयोगमा विशेषज्ञहरुद्वारा स्तन परीक्षण (स्क्रिनिड्ड, म्यामोग्राम) गराउन एक निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। तसर्थ ओमानमा कार्यरत नेपाली महिला दिदीबहिनीहरुले निम्न मिति र स्थानमा उपस्थित भई यो मौकाको सदुपयोग गर्न हुन विशेष अनुरोध गरिन्छ। नेपाली महिला दिदीबहिनीहरु आफ्ना परिवार सहित पनि उपस्थित हुन सक्नुहुनेछ।
स्थानः कुरम गार्डेन (अल-मर्हा ल्याण्ड), मस्कट
मितिः २०७४ पुस १४ गते शुक्रबार (तदअनुसार २९ डिसेम्बर २०१७)
समयः बिहान १० बजेदेखि
सम्पर्क नं. :24696177, 24696883, 71592490
(पुनश्चः उक्त दिनमा निःशुल्क ब्लड सुगर , BMI परीक्षण पनि गरिनेछ।)

No comments:
Post a Comment