Thursday, April 20, 2017
SRA NEWS: यहाँ यही भइदिन्छ
SRA NEWS: यहाँ यही भइदिन्छ: यहाँ यही भइदिन्छ कृष्ण बन्जाडेे यहाँ यही भइदिन्छ यहाँ साम्सद / मन्त्रीले सम्सद भवनमा सुर्ती थुक्दा दालचिनी भइदिन्छ कृ...
यहाँ यही भइदिन्छ
यहाँ यही भइदिन्छ
कृष्ण बन्जाडेे
यहाँ यही भइदिन्छ
यहाँ साम्सद / मन्त्रीले
सम्सद भवनमा सुर्ती थुक्दा
दालचिनी भइदिन्छ
कृषि मन्त्रीले रोपाई महोत्सवमा
हिलो होइन रोपहारनीको
स्तन छोईदिन्छ
यहाँ कैयौ बलवहादुरहरू
मन्त्री भइदिन्छन्
फ्याट्ट पर्खाल नाघी
छिमेकी महिलाकोमा गइदिन्छन्
सतित्व हरणको आवाज उठ्दा
उक्त महिला नै वेश्या भइदिन्छन्
यहाँ यही भइदिन्छ
यहाँ- भि - आइ -पि हरूद्वार
देश खारेज गर्ने बाणी गईदिन्छ
स्पष्टीकरण दिदा भने
टङ्सिलिप भइदिन्छ
यहाँ कुमारीहरू जबरजस्त
करणी भइदिन्छ
न्याय खोज्न जाँदा कानुन
तिनै साढेँको पक्षमा गईदिन्छ
यहाँ यही भइदिन्छ ।
यतिमात्र होइन
यहाँ कैयौ बालिका र महिलाहरु
बलतकृत भइदिन्छ
यौन पिपाशुहरूबाट नै
बलात्कार पश्चात् हत्या भइदिन्छ
यहाँ थुप्रै अभियुक्तहरू
खुलेआम फरार भइदिन्छ
बालक र सुरक्षाकर्मी मार्नेहरू
सरकार प्रमुखलाई भेट्न
दिल्ली गईदिन्छ
यहाँ यही भइदिन्छ ।
यहाँ हामीलाई
रोटी बेटीको सम्बन्ध भएको
असल छिमेकीबाट निकै सम्मान भइदिन्छ
औपचारिक भ्रमणका हाम्रा राष्ट्रपतिलाई
स्वागत गर्न राज्यमन्त्री गइदिन्छन्
रामदेव बाबालाई स्वागत गर्न
हाम्रा राष्ट्रपति र प्रधानमन्त्री नै
उपस्थित भइदिन्छन्
तर हाम्रो राष्ट्रपतिलाई स्वागत गर्न
जनतन राज्य मन्त्री गइदिन्छन्
यती हुनु पनि महान सम्मान भइदिन्छ
यहाँ यही भइदिन्छ ।
एउटा उखानै छ, गोबर खानेलाई
पिसाबले मुख कुल्ला गर्न
के सरम हो त्यही भइदिन्छ
तर तिनैलाई ढोग्न र अपमान सहन
हाम्रा शासकहरू बिना तयारी
दिल्ली गईदिन्छ
नेपाली जनता स्तब्ध भइदिन्छ
यहाँ राष्ट्रघाती सन्धि सम्झौताले
नेपाली शिर निच भइदिन्छ
अब नदीनाला त धेरै बाँकी छैनन
बिस्तारै मधेस पनि उतै गईदिन्छ
अनि -
दिल्ली झन नजिक भइदिन्छ
नेपाल आमा रन्डी हो र देश खारेज गर
भन्नेहरू सत्तामा गईदिन्छ
अङगीकृत नै राष्ट्रपति र प्रधानमन्त्री
निसन्देह भइदिन्छ
अनि रैथाने नेपाली आफ्नै देशको
पाको सरनार्थी भइदिन्छ
यहाँ यही भइदिन्छ ।
तर - तर खबरदार बिस्तारवाद र
देश दोरोहीहरू हो
अब नेपाली जनताबाटै
देशको रक्षा भइदिने छ
आत्म सम्मान र स्वाभिमानको लागि
नेपाली राष्ट्रवादी एक भइदिन्छ
तिम्रो सपना चकनाचुर भइदिन्छ
यहाँ यही भइदिन्छ
यहाँ यही भइदिन्छ ।।
Sunday, April 16, 2017
बसन्त नेपालको भुमरी
बसन्त नेपालको भुमरी उपन्यास बजारमा
साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ मौलीक सामाजीक उपन्यास भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।
काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी उपन्यासमा नेपालको बिनासकारी भुकम्प र यसले छिन्नभिन्न पारेको टहराबासी नेपालीहरुको जीवनशैलीलाई यथार्त र कलात्मक रुपमा छर्लङ्ग पारेका छन ।
काभ्रे, सिन्धुपालन्चोक, धार्दिङ्ग आदि भुकम्पले प्रभावित स्थानहरुको स्थलगत भ्रमण गरी तयार पारीएको उपन्यास सरल भाषामा लेखिएको छ । हरेक पन्नाहरुमा पाठकहरु तानिई कौतुहलता पैदा गरीदिन्छ यस उपन्यासले । । भुकम्प पिडीतहरुले आफ्ना घर भत्किए पछि भोग्नु परेको पिडा उपन्यासमा पोखिएको छ । त्यसैगरी बैदेशिक रोजगारले समाजमा ल्याएको बिकृति बिसंगती र खाडीमा नेपालीहरुले भोग्नु परेका पिडालाई कान्छि पात्र मार्फत नेपालले यथार्थता झल्काएका छन । जनयुद्धकालमा आफ्नो पितालाई युद्धकारीहरुले हत्या गरे पछि टुहुरी बनेकी कान्छि अन्तत गास बास र कपासको लागी खाडी मुलुक ओमान फिर्छिन र अनेकौ दुख यातना भोगी जन्मभुमी फिर्छिन अन्तत लेखककी प्रेमिका कान्छि क्यासरको शिकार हुन्छिन । जसले गर्दा प्रेम बियोगान्त बनिदिन्छ ।
द्धन्दकालमा बिधवा बनेका सयौँ आमाहरुको आँसु उपन्यासको पन्नाहरुमा पोखिएको छ भने लेखक र कान्छिको प्रेमलाई कलात्मक पारामा प्रस्तुत गरीएको छ । बैदेशिक रोजगार, महामारी भुकम्प र प्रेमलाई चिराफारा गरीएको यो उपन्यास अहिलेको रोचक र पठनिय रहेको शिखाबुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौड्यालले बताए ।
Wednesday, April 5, 2017
जनताको प्रश्न
जनताको प्रश्न
कृष्ण बन्जाडे धरापानी अर्घाखाँची ।
एक दिन नेताजी गाऊँ पुगी गया, चुनावमा उठ्छु भनी
प्रचार गर्न भनी साथ लागि गया , उनका आफन्तहरू पनि ।
गाऊँ पुगेर बोले जनता सामु , भोट मलाई दिनु नभूली
बुवा आमा सबैलाई गर्छु आग्रह, चेली सानी र ठूली ।
सुने सबै कुरा नेताजीका जनताले , अनि सोधे केही कुरा
पहिले कहाँ थियौं नेताजी हामीले, खादाँ गोली र छूरा ।
रामे बिर्खे र धनेको लास उठेन यहाँ, तिमी छिप्यौ कहा गई
अहिले कुन मुखले भोट माग्दै आयौ ,जनसेवी नेता भई।
खेद्दा असी वर्षेलाई मुकुन्डोधारिले , मध्य रातमा यहाँबाट
हेलिकप्टर मगाई ऊडिगयौ , बिर्सि हामीलाई गाऊबाट।
चन्दा तोके धम्की दिँदै हामीलाई , नत्र. . . उठीबास हुने डर
जति अडर हुन्थ्यो दिनैपर्ने रकम, के थियो र हाम्रो रहर ।
रातोपिरो भइगयो मुहार नेताजीको, के उत्तर दिऊ भनी
सम्झिरहेका बिगतलाई जनताले, सरमिन्दा भए अनि ।
फेरी बिसाए बिन्ती जनता सामु, भुलिदिनुहोस कुरा पहिलेका । तपाईहरूका के समस्या छन्, बताउनुहवस अहिलेका ।
बाटो बिजुली पानी जागिर समेत,यहाँ आउनुहोस् बसम
पक्का पुरा गर्छु यसपालि मैले, गीता छोएरै खान्छु कसम ।
मेरा आफन्तहरुलाई ठूलो रहर छ, चुनाव मैले जितेको हेर्न
यदि मलाई भोट दिएनौ भनेपछि, मुन्द्रे आउने छन गाऊँ घेर्न ।
साम दाम दण्ड भेद सबै अस्त्रहरू , प्रयोग हुने छ मबाट
बरु बोल अहिले नै गाउँलेहरू हो, नोठसङग भोट साट।
जनता उठी प्रतिवाद गर्न थाले, के सोचेका छौ तिमी मनमा
कदापि बिक्नेछैनौ गरिब भएपनि, तिम्रो त्यो विषाक्त धनमा ।
हाम्रो स्वाभिमानको मूल्य तोक्न,गुन्डा र पैसाको धाग
सहन्नौ तिम्रा यी छुद्र वचन हामी, छिटो यहाँबाट भाग ।
प्रश्न गर्न आउन थाले जनताहरू, तब सबै घरघर बाट
आफन्त सहित नडराई भागे नेताजी, पछि नफर्की गाउँबाट ।
फेरी गरेनन् आउने आँट ।।।।।

Subscribe to:
Comments (Atom)