Thursday, April 20, 2017

यहाँ यही भइदिन्छ

यहाँ यही भइदिन्छ 




कृष्ण बन्जाडेे  


यहाँ यही भइदिन्छ
यहाँ साम्सद / मन्त्रीले 
सम्सद भवनमा सुर्ती थुक्दा
दालचिनी भइदिन्छ 
कृषि मन्त्रीले रोपाई महोत्सवमा 
हिलो होइन रोपहारनीको 
स्तन छोईदिन्छ

यहाँ कैयौ बलवहादुरहरू 
मन्त्री भइदिन्छन् 
फ्याट्ट पर्खाल नाघी 
छिमेकी महिलाकोमा गइदिन्छन् 
सतित्व हरणको आवाज उठ्दा 
उक्त महिला नै वेश्या भइदिन्छन् 
यहाँ यही भइदिन्छ 

यहाँ- भि - आइ -पि  हरूद्वार 
देश खारेज गर्ने बाणी गईदिन्छ 
स्पष्टीकरण दिदा भने
टङ्सिलिप भइदिन्छ 
यहाँ कुमारीहरू जबरजस्त 
करणी भइदिन्छ 
न्याय खोज्न जाँदा कानुन 
तिनै साढेँको पक्षमा गईदिन्छ 
      यहाँ यही भइदिन्छ ।

यतिमात्र होइन 
यहाँ कैयौ बालिका र महिलाहरु 
    बलतकृत भइदिन्छ 
यौन पिपाशुहरूबाट नै 
बलात्कार पश्चात् हत्या भइदिन्छ 

यहाँ थुप्रै अभियुक्तहरू 
खुलेआम फरार भइदिन्छ 
बालक र सुरक्षाकर्मी मार्नेहरू 
सरकार प्रमुखलाई भेट्न 
दिल्ली गईदिन्छ 
यहाँ यही भइदिन्छ ।

यहाँ हामीलाई 
रोटी बेटीको सम्बन्ध भएको 
असल छिमेकीबाट निकै सम्मान भइदिन्छ 
औपचारिक भ्रमणका हाम्रा राष्ट्रपतिलाई 
स्वागत गर्न राज्यमन्त्री गइदिन्छन्
रामदेव बाबालाई स्वागत गर्न 
हाम्रा राष्ट्रपति र प्रधानमन्त्री नै
उपस्थित भइदिन्छन् 
तर हाम्रो राष्ट्रपतिलाई स्वागत गर्न 
जनतन राज्य मन्त्री गइदिन्छन् 
यती  हुनु पनि महान सम्मान भइदिन्छ 
      यहाँ यही भइदिन्छ ।

एउटा उखानै छ, गोबर खानेलाई 
  पिसाबले मुख कुल्ला गर्न 
के सरम  हो त्यही भइदिन्छ 
तर तिनैलाई ढोग्न र अपमान सहन 
हाम्रा शासकहरू बिना तयारी 
दिल्ली गईदिन्छ 
नेपाली जनता स्तब्ध भइदिन्छ 

यहाँ राष्ट्रघाती सन्धि सम्झौताले 
नेपाली शिर निच भइदिन्छ 
अब  नदीनाला त धेरै बाँकी छैनन 
बिस्तारै मधेस पनि उतै गईदिन्छ 
अनि - 
दिल्ली झन नजिक भइदिन्छ 
नेपाल आमा रन्डी हो र देश खारेज गर
भन्नेहरू सत्तामा गईदिन्छ 
अङगीकृत नै राष्ट्रपति र प्रधानमन्त्री 
निसन्देह भइदिन्छ 
अनि रैथाने नेपाली आफ्नै देशको 
पाको सरनार्थी भइदिन्छ 
    यहाँ यही भइदिन्छ ।

तर - तर  खबरदार बिस्तारवाद र 
देश दोरोहीहरू हो 
अब नेपाली जनताबाटै 
देशको रक्षा भइदिने छ 
आत्म सम्मान र स्वाभिमानको लागि 
नेपाली राष्ट्रवादी एक भइदिन्छ
तिम्रो सपना चकनाचुर भइदिन्छ
     यहाँ यही भइदिन्छ 
          यहाँ यही भइदिन्छ ।।

No comments:

Post a Comment