जनताको प्रश्न
कृष्ण बन्जाडे धरापानी अर्घाखाँची ।
एक दिन नेताजी गाऊँ पुगी गया, चुनावमा उठ्छु भनी
प्रचार गर्न भनी साथ लागि गया , उनका आफन्तहरू पनि ।
गाऊँ पुगेर बोले जनता सामु , भोट मलाई दिनु नभूली
बुवा आमा सबैलाई गर्छु आग्रह, चेली सानी र ठूली ।
सुने सबै कुरा नेताजीका जनताले , अनि सोधे केही कुरा
पहिले कहाँ थियौं नेताजी हामीले, खादाँ गोली र छूरा ।
रामे बिर्खे र धनेको लास उठेन यहाँ, तिमी छिप्यौ कहा गई
अहिले कुन मुखले भोट माग्दै आयौ ,जनसेवी नेता भई।
खेद्दा असी वर्षेलाई मुकुन्डोधारिले , मध्य रातमा यहाँबाट
हेलिकप्टर मगाई ऊडिगयौ , बिर्सि हामीलाई गाऊबाट।
चन्दा तोके धम्की दिँदै हामीलाई , नत्र. . . उठीबास हुने डर
जति अडर हुन्थ्यो दिनैपर्ने रकम, के थियो र हाम्रो रहर ।
रातोपिरो भइगयो मुहार नेताजीको, के उत्तर दिऊ भनी
सम्झिरहेका बिगतलाई जनताले, सरमिन्दा भए अनि ।
फेरी बिसाए बिन्ती जनता सामु, भुलिदिनुहोस कुरा पहिलेका । तपाईहरूका के समस्या छन्, बताउनुहवस अहिलेका ।
बाटो बिजुली पानी जागिर समेत,यहाँ आउनुहोस् बसम
पक्का पुरा गर्छु यसपालि मैले, गीता छोएरै खान्छु कसम ।
मेरा आफन्तहरुलाई ठूलो रहर छ, चुनाव मैले जितेको हेर्न
यदि मलाई भोट दिएनौ भनेपछि, मुन्द्रे आउने छन गाऊँ घेर्न ।
साम दाम दण्ड भेद सबै अस्त्रहरू , प्रयोग हुने छ मबाट
बरु बोल अहिले नै गाउँलेहरू हो, नोठसङग भोट साट।
जनता उठी प्रतिवाद गर्न थाले, के सोचेका छौ तिमी मनमा
कदापि बिक्नेछैनौ गरिब भएपनि, तिम्रो त्यो विषाक्त धनमा ।
हाम्रो स्वाभिमानको मूल्य तोक्न,गुन्डा र पैसाको धाग
सहन्नौ तिम्रा यी छुद्र वचन हामी, छिटो यहाँबाट भाग ।
प्रश्न गर्न आउन थाले जनताहरू, तब सबै घरघर बाट
आफन्त सहित नडराई भागे नेताजी, पछि नफर्की गाउँबाट ।
फेरी गरेनन् आउने आँट ।।।।।

No comments:
Post a Comment