संयुक्त्त बैचारिक सयंन्त्रले ओमान बाट पिडित महिलाको उद्धार
सालीकराम आचार्य
मस्कट, ओमान
बैदेशिक रोजगारका लागी ओमान पुगेकी कटारी नगरपालीका वार्ड नं ६ स्थार्ई घर भएकी ४२ बर्षीय बृद्धा कुमारी सुनुवार सकुसल आफ्ना परीवारका पास पुगेको जानकारि उनका परिवारले दिएका छन ।
बृद्धा कुमारी सुनुवार २०७२ साल साउान १४गते बैदेशिक रोजगार का लागी ओमान पुगेकी थिइन । ओमानमा पुगेकी कुमारीको केहि खबर नपाए पछि उनलाइ खोजी गरि नेपाल फर्काउन पहल गरिदिन निजका श्रीमान टेक बहादुर सुनुवारले ओमान नेपाली एकता समाज लाई अपिल गरेका थिए ।
पिडीतको जानकारी आए लगतै एकता समाजले ओमान स्थित नेपाली दुताबासलाई जानकारी गराएको र ओमान स्थित राजनितीक आस्थाका संगठनहरु जनप्रगतीसिल मंच ओमान, प्रबाशि नेपाली मंच ओमान, नेपाली जनसम्र्पक समिती ओमान तथा ओमान नेपाली एकता समाजको संयुक्त्त बैचारिक सयंन्त्रले बृद्धा कुमारी लगाएत नेपाल तथा ओमानका मेनपावरहरु द्धारा दुख्खः पायका र बिच्लीत पारीएका महिलाहरु को उद्धार गरियोस भनी नेपाली दुताबासलाई ज्ञापन पत्र पनी बुजाएका थिय । हाल सम्म बन्धक बनाएर सम्र्पक बिहिन राखेको जानकारी बिमोजीम उनलाई उद्धार गरीएको हो ।
स्वदेश भित्र जती आपसमा खुट्टा ताना तान गरेपनी ओमानको संर्धवमा भने सबै राजनितीक आस्थाका संगठनहरु एक भएका छन र ओमानका नेपालीहरु का लागी लडेका छन तथ मानव तसकरहरुको बिरुद्ध अभियान नै चलायका छन ।




No comments:
Post a Comment