Monday, April 17, 2023

नयाँ बर्षको स्वागत गर्ने नयाँ र्शैली : रक्तदान

काठमाडौँमा रक्तदान गरी यूवाहरुले नयाँ बर्ष मनाएका छन् । बैशाख एक गते शुक्रबार रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा काठमाडौँमा १४० जनाले रक्तदान गरेका हुन् । उत्सव मनाउने एउटा अव्वल तरीका रक्तदान हो भन्ने धारणा बढ्दै गएकोमा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले खुशी व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिंगदेनले थापागाउँ बानेश्वरमा युवा संगठनको आयोजनामा भएको रक्तदानमा आज बैशाख १ गते विहान ८ बजे पहिलो रक्तदान गर्नुभएको थियो । यूवाहरुले नियमित रक्तदान गरुन् र नयाँ यूवाहरुपनि यसमा आकर्षित होऊन भन्ने मेरो अभिलाशा रहेकोले आफूले ८४ पटकको रक्तदान गरेको उहाँले बताउनुभयो । रिडिङ रुम फाउण्डेसनले मध्य बानेश्वरमा, श्वेता रक्तदान अभियानले बसन्तपुरमा र शान्तिज्ञान सत्संग भजन मण्डलले डिल्लीबजारमा पनि युवा लक्षित रक्तदान कार्यक्रम आयोजना गरेका थिए । टोखाको चण्डेश्वरी मन्दिरमा नयाँबर्ष मनाउन गएका ३५ बर्षिय ज्ञानेश पौडेलले त्यही नजीकै आयोजित शिविरमा रक्तदान गर्नुभयो । दान गरी नयाँ वर्ष सुरु गर्न राम्रो हुने सम्झेर रक्तदान जस्तो महादान गरेको ज्ञानेशको भनाई थियो ।
आज र भोली नयाँ वर्षको उपलक्ष्यमा उपत्यका र उपत्यका बाहिर रक्तदानका कार्यक्रम आयोजना भइरहेका रेडक्रसका प्रादेशिक र जिल्ला रक्तसञ्चार सेवाहरुले बताएका छन् । तर ती सहज रगत आपूर्तिमा अझै अपर्याप्त रहेका छन् । तराईमा अहिले चैत्र, बैशाखमा राम्रैसँग संकलन सेडुल भएपनि गर्मी बढेसँगै रक्तदानमा कमी हुनसक्ने चितवन, विराटनगर, धनगढी र नेपालगञ्जका रेडक्रस रक्तसञ्चार इन्चार्जहरुले चिन्ता व्यक्त गरेका छन् । लहान, सिरहामा रक्तदान बढाउन सञ्चार माध्यमबाट यूवा लक्षित प्रचारात्मक र अनुरोधात्मक अभियान सुरु गरिसकेको इन्चार्ज मनिष यादवले जानकारी दिनुभएको छ । धादिङमा रक्त अभियान सञ्चालन गरिरहेका नारायण श्रेष्ठले विरामीलाई भेट्न जाँदा एक किलो स्याऊ लिएर मुख देखाउन जानभन्दा आवश्यक परे रक्तदान गर्न तयार भएर यूवाहरु जानुपर्ने र त्यसले रगतको अभाव परिपूर्ति गर्न मद्यत पुग्ने बताउनुभयो । नेपालको कूल रक्तदातामध्ये १८ देखि ३० बर्षको उमेर समूहमा पचास प्रतिशत, ३१ देखि ४० वर्ष उमेर समूहका २९ प्रतिशत रहेकाले रगतको परिपूर्ति गर्न मुख्य देन यूवाहरुको नै रहेको तथा उनीहरुलाई थप उत्प्रेरित गर्नुपर्ने आवश्यकतामा निर्देशक पौडेलले जोड दिनुभयो ।

Tuesday, September 20, 2022

ओमानमा राष्ट्रिय दिवस तथा संविधान दिवस मनाइयो

 

ओमानमा राष्ट्रिय दिवस तथा संविधान दिवस मनाइयो


                                                                                                            सालीक राम आचार्य÷मस्कट, ओमान 

२०७९ असोज ३ गते नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस शेराटन ओमान होटलमा रात्री भोज सहितको एक भब्य कार्यक्रम गरी मनाइयो । 

म्हामहिम राजदूत डोरनाथ अर्यालको संयोजंकत्व तथा कार्यक्रमको संचालन राजदूतावास का द्वितीय सचिव सोमेश थापाले गर्नु भएको थियो । 

उक्त कार्यक्रममा ओमानको प्रमुख अतिथिमा ओमानको राष्ट्रिय महोत्सव सचिवालयका महासचिव शेख सिबा हमदान बिन सिबा अल साअदी (न्गभकत या ज्यलयगच) रहेकाथिय । साथै स्टेट काउन्सिल (प्रतिनिधि सभा) र शुरा काउन्सिल (राष्ट्रिय सभा) का दुई–दुई जना सदस्यहरु, परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिला हेर्ने सचिव, शिष्टाचार महापाल, पश्चिम एशिया महाशाखा नि. प्रमुख लगायत विभिन्न कूटनीतिक नियोगका प्रमुखहरु, विभिन्न सरकारी उच्च पदस्थ अधिकारीहरु, पत्रकार, उद्योग व्यवसायी, नेपाली संघ संस्थाका प्रतिनिधिहरु विशिष्ट नेपाली समुदाय लगाएत राजदूतावासका कर्मचारी तथा परिवार गरी करिब २४० जनाको उपस्थिति रहेको थियो ।



राष्ट्रिय दिवस तथा संविधान दिवसको कार्यक्रममा स्वागत मन्तब्य दिंदै राजदूत डोरनाथ अर्यालले संविधानको महत्वपूर्ण विशेषताहरु, नेपाल र ओमान बीच रहेको सुमधुर सम्बन्ध माथि विशेष प्रकाश पार्नु भएको थियो । साथै राजदूत अर्यालले राजनीतिक स्थायीत्व पश्चात अहिले नेपालले आर्थिक, सामाजिक विकास तथा नेपालीहरुको समृद्धिको लागि आफ्नो प्राथमिकता र योजनाहरु केन्द्रित गरेको जानकारी गराउनु भयो ।


 नेपालले छोटो समयमा नै विद्युत उत्पादनमा उल्लेख्नीय प्रगति गरेको र एक मेगावाट माथिका करिब २२० वटा भन्दा बढी आयोजना निर्माणधीन अवस्थामा रहेको र यसबाट ७००० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने तथ्य अवगत गराउनु भयो । राजदूत अर्यालले एकैसाथ थप निर्माण गरिएका दुई वटा अन्तरराष्ट्रिय विमानस्थल सहित तीन वटा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणबाट पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुग्ने बताउनु भयो । उहाँले नेपाल विश्वका ठूला आर्थिक शक्ति राष्ट्रहरुको बीचमा रहेको र यसको रणनीतिक अवस्थिति व्यपार र लगानीको लागि ठूलो अवसरकोरुपमा रहेको बताउनु भयो । नेपालको अत्यन्त रमणीय प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाहरुको बारेमा चर्चा गर्दै नेपाल पर्यटकका लागि आकर्षक गन्तब्य भएको कुरा बताउनु भयो । 


 

सो कार्यक्रममा प्रमुख अतिथि र राजदूतले संयुक्तरुपमा केक काटी राष्ट्रिय दिवसको उत्सव मनाइको थियो । साथै नेपाली फुड कर्नर स्थापना गरेर नेपाली खानाहरु जस्तै मोमो, चिकेन छोएला, अचार आदि पस्किइएको थियो भने नेपाली हस्तकला तथा उत्पादनका सामानहरु प्रदर्शन गरिनुका साथै सभाहलको भित्र र बाहिर ठूला–ठूला पाँचबटा मोनिटरबाट नेपालको पर्यटन प्रर्वद्धन गर्ने भिडियोहरु नियमित रुपमा प्रशारण गरिएको थियो ।


जसले कार्यक्रममा आएका विभिन्न देशका प्रतिनिधीहरु उत्साहीत भएका थिय । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओमानबाट काठमाडौं जानेआउने तीनवटा र भैरहवा जाने आउने एउटा गरी चारवटा हवाई टिकट र चन्द्रागिरी हिल रिसोर्टमा दुई रात दुई–दुई जना बस्ने भौचर चिठ्ठा मार्फत उपलब्ध गराइएको थियो । 















Tuesday, June 28, 2022

कतार नेपाली एकता समाजद्धारा दुर्गा खरेलको 
विदाई ।

 उद्धव मगर दोहा कतार – मिति २०१९÷०८÷१६ का दिन कतार नेपाली एकता समाज केन्द्रिय समितिले एक कार्यक्रमको आयोजना गरी नेपालबाट आउनु भएकुा दुर्गा खरेललाई सम्मान तथा शुभकामना का साथ विदाई कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमका अध्यक्षता हेमन्त वाईवा, अतिथी दुर्गा खरेल सचिवालय सदस्य लुमाकान्त पुन, सचिव विष्णु थापा, कोषाध्यक्ष राम इन्दल थिंङ्ग, रहेको थियो भने कार्यक्रम सञ्चालक संस्थाका महासचिव खिम बुढा मगरको रहेको थियो । यस कार्यक्रमलाईआफ्ना शब्दले स्वागत मन्तव्य राख्दै थम्मन थापाले शुमकामना समेत दिनु भएको थियो । त्यस्तै शुभकामना दिने क्रममा लुमा कान्त पुन, विष्णु थापा, हेम थापा, राम ईन्दल थिङ्ग, गिरी काउछा, मीनराज पुन, प्रिजल राई, टिकाराम वटला, रहेको थियो भने अथिती दुर्गा खरेलले पनि आफ्ना केही भनाई राख्दै भन्नु भएको छ कतार नेपाली एकता समाज केन्द्रिय समितिले आफुलाई यहाँसम्म आउने वातावरण बनाई दिएकोले यस कतार नेपाली एकता समाजका सिंङ्गो केद्रिय समितिलाई धन्यवाद दिनु भएको थियो । अन्तमा यस कार्यक्रमका अध्यक्ष हे्मन्त वाईवाले कार्यक्रम सफल र शानदाररुपमा समापन भएको घोषणा गर्नु भएको थियो ।

Friday, May 29, 2020

ओमान नेपाली एकता समाजद्धारा रुकुम घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग


शाख, ओमान । रुकुममा ५ जनाको मृत्यु र एक बेपत्ता हुने गरी भएको घटनाप्रति ओमान नेपाली एकता समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ओमान नेपाली एकता समाजद्धारा रुकुम घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग

समाजका महासचिव सोमे तामाङले एक विज्ञप्ति जारी गरी आजको एक्काइसौं शताब्दिमा नेपालको संविधान र कानुनले समेत अन्तरजातिय विवाहका लागि स्वतन्त्रता दिएको अवस्थामा यस्तो घटना घट्नु अत्यन्तै दुःखद रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘जाजरकोट जिल्लाको भेरी नगरपालिकाबाट विवाहका लागि रुकुमको चौरजहारी पुगेको बेहुला नवराज विक सहितको टोलिमाथि २०७७ जेठ १० गते त्यहाँका एकजना वडाअध्यक्ष सहित माइतीपक्षका मानिसहरुले केटा पक्षका मानिसहरुमाथि आक्रमण गर्दा दुलाह सहित ५ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता भएको छन । उक्त घटनाप्रति ओमान नेपाली एकता समाजको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति
‘जाजरकोट जिल्लाको भेरी नगरपालिकाबाट विवाहका लागि रुकुमको चौरजहारी पुगेको बेहुला नवराज विक सहितको टोलिमाथि २०७७ जेठ १० गते त्यहाँका एकजना वडाअध्यक्ष सहित माइतीपक्षका मानिसहरुले केटा पक्षका मानिसहरुमाथि आक्रमण गर्दा दुलाह सहित ५ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता भएको छन । उक्त घटनाप्रति ओमान नेपाली एकता समाजको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ । आजको एक्काइसौँ शताब्दी तथा नेपालको संविधान र कानुनले समेत अन्तरजातीय विवाहका लागि स्वतन्त्रता दिएको अवस्थामा घटेको त्यसप्रकारको घटनाप्रति गम्भीर दुःख प्रकट गर्दै हामीले त्यसको कडा शब्दमा भत्सर्ना गर्दछौँ । उक्त घटनाको निष्पक्ष छानबिन गरी त्यसप्रकारको अपराधमा संलग्न व्यक्तिहरु माथि कडा भन्दा कडा सजायको माग गर्दछौँ । घटनालाइ अतिरन्जित पार्न सामाजिक संजालहरुमा आएका केहि अभिब्यक्तिहरु समाज परिबर्तनका बाधक रहेको र पीडित परिवारमाथी झन पिडा दिने खालको रहेको हामिले ठहर गरेका छौ । त्यसैले त्यस्ता खालको क्रियाकलापप्रति हाम्रो घोर आपत्ति रहेको छ । मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ । हराइरहेका ब्यक्तिहरुको खोजी कार्य तिब्र पार्न हामी सरकार समक्ष माग राख्दछौ । पृथ्वीकै सर्बश्रेष्ठ प्राणि मानिने मानिसहरुबाट भएको यस किसिमको अत्यन्तै अमानविय,बर्बर,क्रुर अपराधीक कार्यको जति भत्सर्ना गरेता पनि कमि हुने छ । त्यसैले उक्त घटनाको निस्पक्ष छानबिन गरि सत्यतथ्य बाहिर ल्याइ हदैसम्मको कार्बाही गरियोस भनी ओमान नेपाली एकता समाज नेपाल सरकार समक्ष माग गर्दछ।’
महासचिव
सोमे तामाङ

संविधान संशोधनको ‘पेण्डुरम बक्स’ अहिले नखोलाै -चित्रबहादुर केसी

संविधान संशोधनको ‘पेण्डुरम बक्स’ अहिले नखोलाै -चित्रबहादुर केसी ।



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष केसीले आफ्नो धारणा राख्दै संघीयता नेपाली जनताको लागि धेरै नै बोझ बनेको र यसले राष्ट्रियता पनि कमजोर पारेको उल्लेख गर्दै संविधान संशोधन गरी संघीयता खारेज गर्नुपर्ने बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले हालै जारी नेपालको नयाँ नक्सा अनुरुप निशानछाप परिवर्तन गर्न संविधान संशोधनका लागि सर्वदलीय सहमति जुटाउन सो बैठकको आयोजना गर्नुभएको थियो । बैठकमा सहभागी मधेशवादी दलहरुले यही बेलामा संविधान संशोधन गरी आफ्ना माग समेत पुरा गर्नुपर्ने धारणा राखेपछि केसीले सबैभन्दा महत्वपूर्ण प्रस्ताव आफूसँग रहेको र त्यो संघीयताको खारेजी भएको जवाफ दिनुभएको थियो ।
केसीको प्रस्तावलाई बैठकमा सहभागी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गम्भीरतापूर्वक लिन आग्रह गरेपछि मधेशवादी दलहरु अलमलमा परेका थिए ।
बैठकमा सहभागी जनता समाजवादी दलका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्थ ठाकुरले निशानछाप बारेको संविधान संशोधन गर्दा आफ्ना माग पनि पुरा गर्ने गरी संविधान संशोधनको प्रस्ताव लैजानुपर्ने धारणा राखेका थिए।
मधेशवादी दलहरुले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने, अंगिकृत नागरिक पनि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश जस्ता कार्यकारी पदमा बस्न पाउनुपर्ने, विदेशबाट बिवाह गरेर आउनासाथ नेपाली नागरिकता दिनुपर्ने, राष्ट्रपतिको निर्वाचनमा स्थानीय तहका प्रतिनिधिले भोट हाल्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका विषयमा संविधान संशोधन गर्न माग गर्दै आएका छन् ।
यिनै मागलाई लिएर उनीहरुले भूकम्पको आलो घाउमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समर्थन गर्दै दशगजामा गएर सिमानाका बन्द गरेका थिए ।
सर्वदलीय बैठकमा जब राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले संविधान संशोधनमा संघीयता विरुद्धको प्रस्ताव अगाडि सार्नुभयो, मधेशवादी दलहरु असमन्जस्यतामा परेका थिए ।
मधेशवादी दलका राष्ट्रघाती माग पुरा गर्न संविधान संशोधन गर्न नहुने अडान राख्दै आएका केसीले बैठकमा भन्नुभयो, ‘संविधान संशोधनको पेण्डुरम बक्स अहिले नखोलौं । अहिले निशानछापको लागि मात्रै विषय राखौं । यदी अन्य विषयमा पनि संविधान संशोधन नै गर्ने हो भने सबैभन्द महत्वपूर्ण प्रस्ताव राष्ट्रिय जनमोर्चाको छ । पहिला त्यो पुरा गरौं ।’
अध्यक्ष केसीको कुरालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन गर्दै अहिले निशानछाप बाहेक अन्य विषयमा प्रवेश गर्न नहुने बताएको थियो । राप्रपा अध्यक्ष पशुपति शमसेर राणाले निशानछाप सम्बन्धमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यस्तै, नेपाल मजदुर किसान पार्टीले पनि निशानछाप बाहेक अन्य विषयलाई अहिले जोड्न नहुने बताएको थियो ।
त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेताहरुले पनि निशानछापबारे आफ्नो पार्टीको समर्थन रहेको बताउँदै संविधान संशोधनको विषयमा भने केन्द्रीय कार्य समितिबाट निर्णय गरिने बताएका थिए । बैठकमा कांग्रेसको तीनवटै गुटको प्रतिनिधित्व हुने गरी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले अहिले अन्य विषयमा गृहकार्य नभएको भन्दै निशानछाप बारे संविधान संशोधन गर्न सबै दल एक जुट हुन र अन्य विषय यसमा नजोड्न आग्रह गर्नुभएको थियो ।
बुद्धिनारायणलाई धन्यवाद, सरकारले गर्ने काम गर्नुभएको छ
अध्यक्ष केसीले बैठकको सुरुमै नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठले धेरै मिहेनत गरेर अतिक्रमित भूमिबारे प्रमाण जुटाउन प्रयास गरेका भन्दै धन्यवाद दिनुभएको थियो ।

‘अहिलेसम्मका सरकारले नेपालको अतिक्रमित भूमिबारे चासो राखेनन् । त्यसकारण भारतले कालापानी सहित देशका ९६१ स्थानमा अतिक्रमण गरी कब्जा जमाएको छ’ केसीले भन्नुभयो, ‘बुद्धिनारायण जीलाई धन्यवाद दिनुपर्छ । उहाँले देश विदेशमा गएर अतिक्रमित भूमिबारे प्रमाण जुटाउनुभएको छ । सरकार र राजनीतिक दलले गर्ने काम एउटा रिटायर्ड कर्मचारीले गरेका छन् । यो धेरै ठुलो काम हो ।’
प्रचण्डको आफ्नै बारेमा स्पष्टिकरण
बैठकमा सहभागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाललले भने भारतीय पक्षले आफूमाथि लगाएको आक्षेपको खण्डन गर्न नै धेरै शब्द खर्चनुभएको थियो । नेपाल भारत सीमा विवाद चर्किएपछि हालै एक पूर्व भारतीय जर्नेलले माओवादीलाई भारतले संरक्षण दिएर हुर्काए बढाएको र राजतन्त्र फाल्न भारतले नै भूमिका खेलेको लगायतका खुलासा गरेका थिए ।

तर, ति पूर्व भारतीय सैनिक अधिकृतले भ्रम छरेको दाहालको दाबी थियो । लामो समय लिएर बैठकमा बोलेका दाहालले भारतीय पक्षले नेपालका राजनीतिक दलहरुलाई फुट पार्न अनेक षडयन्त्र गरिरहेको बताउनुभएको थियो ।
भारतले तत्कालिन माओवादीको कथित जनयुद्धलाई मलजल गरेको र माओवादी नेताहरुलाई आफूले संरक्षण दिएको दाबी गर्दै आएको छ । सात दल र माओवादीबीच दिल्लीमा भएको १२ बुँदे सहमतीमा भारतको प्रत्यक्ष संलग्नतासमेत खुलेको थियो । जसको तेस्रो बुँदामा ‘शाही नेपाली सेना र माओवादी लडाकुलाई संयुक्त राष्ट्र संघ वा अन्य भरपर्दो निकायको सुपरिवेक्षणमा राख्ने’ उल्लेख थियो ।

Wednesday, May 27, 2020

जातीय हिंसा गर्नेमाथि कडा कार्यवाही गर्न राजमोको माग

जातीय हिंसा गर्नेमाथि कडा कार्यवाही गर्न राजमोको माग      


 राष्ट्रिय जनमोर्चाले अहिलेको २१ औं शताब्दिमा पनि जातीय छुवाछुतका घटना भइरहेको भन्दै छुवाछुत गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ । अन्तरजातीय विवाह गर्ने जाजरकोटका एक युवासहित दुई जनाको कथित उपल्लो जातका मानिसबाट निर्मम हत्या भएको उल्लेख गर्दै राजमोले हत्यामा संलग्न व्यक्तिहरु विरुद्ध कारबाहीको माग गरेको हो ।
राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले जारी गर्नुभएको वक्तव्यमा सो घटनाबाट राष्ट्रिय जनमोर्चा दुःखी भएको उल्लेख गर्नुभएको छ ।
यस्तै, पौडेलले भारतबाट सरकारको अवरोधका बाबजुद पनि ठुलो संख्यामा नेपालीहरु भित्रिरहेको र उनीहरु विना परीक्षण विभिन्न जिल्लाहरुमा पुगिरहेको उल्लेख गर्दै सिमानाकामा पुगेका नेपालीलाई सहज रुपमा स्वदेश भित्राउन, उचित स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टिनको उचित व्यवस्था मिलाउन पनि माग गर्नुभएको छ ।
यस्तो छ वक्तव्यः
‘जाजरकोटका एकजना दलित जातका युवक नवराज विक, रुकुमकी एकजना युवती सुष्मा मल्ललाई विवाह गरेर ल्याउन रुकुम गएको बेलामा त्यहाँका एकजना वडाअध्यक्ष सहित माइतीपक्षका मानिसहरुले केटा पक्षका मानिसहरुमाथि आक्रमण गर्दा दुलाह सहित दुईजनाको मृत्यु भएको तथा ५ जना बेपत्ता भएको समाचार पढेर राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ ।
आजको एक्काइसौँ शताब्दी तथा नेपालको संविधान र कानुनले समेत अन्तरजातीय विवाहका लागि स्वतन्त्रता दिएको अवस्थामा घटेको त्यसप्रकारको घटनाप्रति गम्भीर दुःख र क्षोभ प्रकट गर्दै हामीले त्यसको कडा शब्दमा भत्र्सना गर्दछौँ । त्यसका साथै त्यस घटनाको निष्पक्ष जाँच गरी त्यसप्रकारको अपराधमा संलग्न व्यक्तिहरु समेत माथि कानुनअनुसार कडा सजायको माग गर्दछौँ ।
आज एकातिर देशमा कोभिड १९ को संक्रमण बढ्दै गइरहेको छ भने, अर्कोतिर, त्यसको तुलनामा आवश्यक परिक्षण, स्वास्थ्य उपकरण, उपचार र राहत समेतको तयारीमा सरकार धेरै नै पछाडि रहेको देखिन्छ । सरकारले त्यसबारे समुचित ध्यान दिन नसकेमा देशमा गम्भीर प्रकारको महामारीको स्थिति उत्पन्न हुनेछ । त्यसकारण त्यसबारे गम्भीरतापूर्वक ठोस योजना बनाएर काम गर्नका लागि हामीले सरकारसित विशेष माग गर्दछौँ ।
कोभिड १९ का कारणले जिल्ला वा पालिकाहरुमा अत्यन्त गम्भीर परिस्थितिको सिर्जना भएको छ । सरकारले भारतबाट नेपालीहरु आफ्नो देश आउन प्रतिबन्ध लगाए पनि उनीहरु ठूलो संख्यामा नेपालभित्र पसिरहेका छन् । प्रथमतः सरकारको त्यसरी नेपालीहरुलाई देशमा आउन प्रतिबन्ध लगाउने नीति नै गलत छ ।
त्यसले गर्दा अवैधानिक प्रकारले लुकिछिपी ठूलो संख्यामा नेपालीहरु देशमा आउने र विभिन्न जिल्ला वा आफ्ना पालिकाहरुमा पुग्ने गरेका छन् । त्यसको परिणामस्वरुप कोभिड १९ को संक्रमण बढेर गएको छ । उनीहरुलाई नियन्त्रित र आवश्यक स्वास्थ्य परिक्षण गरेर भित्राउने नीति अपनाएको भए त्यस प्रकारको संक्रमणलाई काफीहदसम्म नियन्त्रित वा व्यवस्थित गर्न सकिन्थ्यो । हामीले सरकारसित त्यसप्रकारको गलत नीतिबारे पुर्नविचार गर्नका लागि जोड दिन्छौँ ।
जिल्ला वा पालिकाहरुमा कोभिड १९ को परिक्षण गर्ने उपकरणहरुको एकदम कमी छ र क्वारेन्टाइनमा राख्नको लागि पनि आवश्यक व्यवस्था हुन सकिरहेको छैन । कैयौँ गाउँहरुमा स्थानीय जनताले त्यहाँका स्कुलहरुमा क्वारेन्टाइनको व्यवस्था नगर्नका लागि कडा विरोध गर्दा कैयौँ पालिकाहरुमा क्वारेन्टाइनको व्यवस्था हुन सकेको छैन । त्यसले गर्दा बाहिरबाट आएका मानिसहरु ठूलो संख्यामा विना स्वास्थ्य परिक्षण वा क्वारेन्टाइनमा नबसीकन सिधै आफ्नो गाउँ घरमा जाने पनि गरेका छन् ।
त्यसको परिणाम स्वरुप संक्रमणले धेरै नै गम्भीर र व्यापक रुप लिने सम्भावनाको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यो वास्तविकताप्रति पनि हामीले केन्द्र, प्रदेश, जिल्ला र पालिकाहरु समेतको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ । अन्यथा स्थिति नियन्त्रण भन्दा बाहिर जाने खतराप्रति पनि हामीले सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ । अन्त्यमा, उक्त विषयहरुमा जनदबाबको सृजना गर्न हामीले जनतासित अपील गर्दछौा ।’

Tuesday, May 26, 2020

कसरी हुन्छ समृद्ध नेपाल ?



कसरी हुन्छ समृद्ध नेपाल ?


–गङ्गा पौडेल
मानवजाति बाँच्नको लागि मुलत हावा, पानी, अन्न, तरकारी, फलफुल, दुध माछामासु चाहिन्छ । त्यतिले मात्र पुग्दैन अन्य लत्ता कपडा, शिक्षा, स्वास्थ्य लगायत विलासीताका बस्तुहरू पनि चाहिन्छ । यावत चिजहरूमा आत्म निर्भर नभएको अवस्थामा केवल बाच्नका लागि नभै नहुने अत्यावश्यक बस्तु उत्पादन गर्नका लागि राज्य लगायतका आम नागरिकले विशेष ध्यान दिन जरुरी हुन्छ । कुनैपनि विकासले एकै पटक फड्को मार्दैन, क्रमशः हुँदै जाने हो । युरोप, अमेरिका, दक्षिण कोरिया, चीन, लगायत विश्वका कैयौँ देशहरूको विकास पनि क्रमशः नै भएका थिए । ति देशहरूले पहिलो प्राथमिकता केलाई दिनें भन्नेबाट नै सुरु गरेका थिए । संसारका जुनसुकै मुलुकहरूले विकासको कामलाई अगाडि बढाउने क्रममा तत्काल नभैनहुने वा तत्काल प्रतिफल चाहिने विषयलाई आधार मानेर विकासको गतिलाई अगाडि बढाएका उदाहरणहरू पाउन सकिन्छ । मानव समाजमा सबैभन्दा पहिले चाहिने बस्तु भनेको खाना हो । खाना नभइकन मान्छेले केही पनि गर्न सक्दैन । यो सर्वमान्य सिद्धान्त हो । विकसित देशहरूले विकासका योजनाहरू मध्य कृषिलाई बढी प्राथमिकता दिने गरेको पाइन्छ । अब नेपाल पनि त्यो दिशामा अगाडि बढ्नु पर्दछ ।
नेपाल प्राकृतिक रूपमा अनुपम र भरिपूर्ण छ । नेपाललाई विश्वका कतिपय देशहरूले सुनको चिढीया भनेर चिन्दछन् । दुर्भाग्य, प्राकृतिक रूपले भरिपूर्ण देशले असल नेतृत्व भने पाउन सकेन । त्यसैले देश धेरै पछाडि पर्न गयो । तर पनि अनुपम प्रकृति त हामी सँगै छ अबका शाषकहरूले विगतमा भएका कही, कमजोरी र गल्तीहरूबाट राम्ररी पाठ सिकेर राष्ट्र, रष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाललाई आत्मसाथ गरेर नेपाली विज्ञ, विशेषज्ञ, प्राविधिक, कुटनितिज्ञ र असल नागरिक समाजहरूसँगको परामर्श लिएर देशलाई समृद्धितर्फ लैजानको लागि अब बिलम्ब गर्न हुँदैन । शाषक वर्ग सदैभ र भ्रष्टाचारमा लिप्त रहे, भ्रष्टाचारले पनि सिमा नाघि सक्यो । आज विश्वभर कोरोना भाइरसको माहामारीले मानवसमाज अत्यन्तै अक्रान्त बनेको अवस्था छ । लाखौ मानिसको मृत्यु भैसकेको छ भने सङ्क्रमितको सङ्ख्या झन्‌भन्दा झन् बढेर विश्वभर भयावहको स्थिति उत्पन्न भएको छ । यो महामारीबाट नेपाल पनि अछुतो रहेन । हाम्रो देशमा पनि महामारीको पीडाले प्रवासी नेपालीहरू लगायत देश भित्रका नागरिकहरूको स्थिति पनि गम्भीर बन्दै गएको छ । कैयौँ नपालीहरूको ज्यान गैसकेको अवस्था छ । अहिलेसम्म देशभित्रभन्दा प्रवासमा रहेका नेपालीहरूको मृत्यु हुनेको सङ्ख्या बढीरहेको छ । महामारी र यसको प्रकोप दिनप्रति दिन बढ्दै गएको अवस्था छ । करिब ३ करोड जनसङ्ख्या भएको देश त्यसको एक चौथाई नागरिक रोजगारीको लागि भारत लगायत विश्वका अन्य देशहरूमा गएका छन् । विश्व महामारीबाट पीडित भई अलपत्र परेका प्रवासी नेपालीहरू आफ्नै देशभित्र आउन चाहेका छन् । भारतबाट त हप्तौ दिन लगाएर हिंड्दै लुकिछिपी नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । कैयौँ नेपालीहरू बोर्डर (दशगजामा) आएर अलपत्र छन् । कोही नेपालको बोर्डर नजिक भारतर्फ नै कोरेन्टाइनमा भेडाबाख्रा झैं एकै कोठामा दर्जनौलाई थुनेर राखेको अवस्था छ । उनीहरू नेपाल आउन चाहन्छन् । उनीहरू मर्नपरे पनि आफ्नै परीवारको नजिक रहेर मर्न चाहन्छन् । यही स्थिति विश्वका अन्य देशहरूमा रहने नेपालीहरूको पनि हो । यसरी प्रवासी नेपालीहरूले विभिन्न देशबाट रुदैं नेपालका प्रधानमन्त्रीसँग नेपाल फर्किने वातावरण मिलाई दिनोस् भनेर दिनदिनै चिच्याइ रहेका छन् । यस्तो दुःखको घडीमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भन्नु हुन्छ, “यतिठूलो सङ्ख्यामा रहेका प्रवासीहरूलाई कसरी देशभित्र हुल्ने ? मुखले भन्न जति सजिलो छ व्यवहारमा त्यस्तो हुँदैन, अलपत्र परेका नल्याई नहुनेलाई मात्र व्यवस्थापन हुन सक्तद । हुलाका हुल नेपालीहरूलाई ल्याउन त ल्याउने तर व्यवस्थापन कसरी गर्ने ?”
प्रधानमन्त्रीको यो अभिव्यक्ति सुन्दा दुनिया नै अचम्मित हुनेकुरा स्वभाविक नै छ । लाजैै नमानीकन प्रधानमन्त्री संवोधनमा बोलेका कुरा जगजाहेरै छ । मत प्रधानमन्त्रीलाई “विचरा” भन्न चाहन्छु । अहिले विश्व सङ्कटमा छ भने नेपाल त महांसङ्कटमा छ । यो माहासङ्कटलाई सामना गर्न नसक्नु ओलिको मात्र जिम्मेवारी हैन । यसको जिम्मा पूर्व सत्ताधारीहरूले पनि लिनुपर्दछ । पालैपालो सत्ताको रसस्वादन गरेका ति सबैले धेरै थोरै जिम्मा लिनुपर्दछ । ३ करोड नेपाली जनतालाई ति सबैले जबाफ दिनु पर्दछ । जसले विदेशमा बसेर खरबौ रेमिट्यान्स देशभित्र भित्राए । नेपालमा गणतन्त्र ल्याउनको लागि प्रवासी नेपालीहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ । लाखौ प्रवासीहरूको जिउ ज्यानको सुरक्षा यिनी भ्रष्टचारीहरूले लिन पर्नेकि नपर्ने ? नेपालीहरूलाई सङ्कटको घडीमा सुरक्षा दिन नसक्ने सरकार कस्को लागि हो ? यसको बढी जिम्मा वर्तमान दुई तिहाईको कथित कम्युनिष्ट सरकारले नै लिनु पर्दछ भने केही हदसम्म पूर्व सत्ताधारीहरू पञ्चे र काङ्ग्रेसले पनि लिनुपर्दछ ।
विश्वमा यस प्रकारका महामारी आउने गरेको यो पहिलो घटना हैन । सन् १८५२भन्दा पहिला नै यन्टोनाइन प्लेगबाट ५० लाख, जस्टीनियन प्लेगबाट ५ करोड, ब्लाक डेथ प्लेगबाट ५ करोड, १९१८ मा स्पेनिसफ्लुबाट ५ करोड, १९५७ मा एसीयन फ्लुबाट ११ लाख, १९१० मा कोलेरा (हैजा)बाट आठ लाख, १९६८ मा हङ्कङ् फ्लुबाट १० लाख, १९८१ मा एच.आई.भी. एड्सबाट दुईकरोड वाइस लाखसम्म विश्व मानवजातिको मृत्यु भएको रहेछ । संसारमा यस्ता महामारी आउने गर्दछन् । २०७२ सालमा नेपालमा भुकम्पले ठूलो क्षति पुर्‍यायो लगत्तै ४ वर्षको अन्तरालमा आत्मघाती महामारी कोरोना फैलियो । यो दुःखद पक्ष हो, तर पटक पटक मुलुकको शासन सत्ता सम्हालेका शाषकहरूले भैपरी आउने विपद तथा जोखीमहरूको बारेमा पूर्व सतर्कता तथा सावधानी अपनाउन पर्नेकी नपर्ने ? राज्यले विपत व्यवस्थापनका लागि अलगै कोष खडागरेर बाढी पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोष र महामारी जस्ता जघन्य रोगबाट कसरी बच्न सकिन्छ र कसरी आपत विपतलाई न्यूनिकरण गर्न सकिन्न भनेर पूर्वानुमान गर्न सक्नु पर्दथ्यो । जतिबेला विपद आइपर्दछ त्यतिबेला मात्र त्यसको उपाय खोज्न थाल्नु नै सरकारको असक्षमता हो । विगतबाट पाठ सिकेर आगामी हुने अप्रत्यासीत घटनाको बारेमा राज्य चनाखो हुन जरुरी छ । वर्तमान सरकारले समृद्धीका नारालाई निकै प्रचारको गरिरहेको छ । सरकारले एकैपटक दिर्घकालिन महत्वका राष्ट्रिय गौरवका योजनाहरू जस्तैः पानी जहाज, रेल, सडक, घर घरमा ग्याँस पाइप, विद्युत निर्यात जस्ता महत्वकांक्षी कुराहरू गरेको छ । कुरै गर्न नपाइने त होइन सरकारले सपना देख्नु पर्दछ तर तिनी सबै योजनाहरूलाई प्राथमिकताका आधारमा गर्नु पर्दछ । सरकारले अब कोही नेपाली भोको बस्नु पर्दैन पनि भन्यो । तर आफ्नै नागरिक प्रवासमा अलपत्र छन्, जसले मलाई नेपालसम्म पुर्‍याईदेउ भनेर चिच्चाएका छन् तिनीहरूको उद्दार गर्न सकेको छैन, यस्तो हैसीयतले कसरी हुन्छ समृद्ध नेपाल ?
देशलाई समृद्ध बनाउन एकै पटक चौतर्फी हात हालेर राष्ट्रिय ढिकुटीलाई कुखुरालाई चारो छरे जस्तै गरेर समृद्ध हुँदैन । तत्काल जनतालाई दैनिक नभईनहुने अत्यावश्यक उपभोग्य वस्तुहरूको अभावलाई परीपूर्ति गर्न जरुरी हुन्छ । राज्यले प्रवासबाट फर्केका र अब फर्किने युवा तथा देशभित्रका वेरोजगारहरूलाई राज्यले पहिलो रोजगारको प्राथमिकता कृषि, दोस्रो हाइड्रो, तेस्रो पर्यटनलाई दिनुपर्दछ । मान्छेलाई सबैभन्दा पहिला खान चाहिन्छ । त्यसपछि शिक्षा, स्वास्थ्य लगायत अन्य कुराको आवश्यकता पर्दछ । अहिले विश्वसामु सबैभन्दा ठूलो चुनौति खाद्यान्नको हुनेछ । जनतालाई भोकमरीबाट कसरी बचाउने भन्नेबारे विश्वको ध्यान जानु पर्नेछ । नेपालको हकमा त झनै चुनौती थपिएको छ । विश्वभर झण्डै ६०/७० लाखको हाराहारीमा रहेका युवा, युवतीहरू अहिलेको महामारीको कारणले लाखौको सङ्ख्यामा नेपाल भित्रीने छन् । त्यतिबेला खाद्यान्नको ठूलो सङ्कट पर्नेछ । प्रवासी नेपाली बाहेक देशमा मौज्दात जनसङ्ख्यालाई पनि वर्षमा अरबौँ रूपैया बराबरको खाद्यान्न आयात गर्न परेको छ, त्यसमाथि थपिने सङ्ख्यालाई कति चाहिन्छ स्वतः स्पष्ट छ । त्यसैले सरकारले अब विलम्ब नगरिकन पहिला काम कृषिकर्मलाई नै प्राथमिकता दिनुपर्दछ । हामीसँग प्रसस्त भूमी, जल र श्रम शक्ति छ, मात्र सरकारसँग भिजन छैन । यसको मतलब दक्षजनशक्ति अथवा देश विकास गर्ने प्लानर र तथा एक्सपर्टको खाँचो छैन । उनीहरूलाई राखेर देशलाई समृद्धि बनाउनको लागि छलफल गरी योजना बनाउने विषयमा सरकारको चासो रहेन । देशले गति लिन सकेन, सधंैभरि विदेशीहरूसँग हात थाप्ने, परनिर्भर हुने स्थतिको अन्त्य कहिलेसम्म हुने हो ? परनिर्भरताको कारण हामीलाई विदेशीले सधैँभरि हेपिरहन्छन् । हाम्रो सार्वभौमिता र राष्ट्रिय अखण्डतामाथि धावा बोल्दछन् ।
अब काम गर्ने क्षमता राख्ने युवाहरूलाई पलायन हुन दिने हैन, देश भित्रै रोजगारको व्यवस्था मिलाउनु पर्दछ । पहिलो काम अन्न, फलफुल, तरकारी, दुध, माछा, मासु, औषधी उत्पादन गरेर देशलाई आत्मनिर्भर गराउन पर्दछ । त्यसको लागि सरकारले कृषिमा बढी लगानी गर्नुपर्दछ । उन्नत बिउ बिजन, मल, सिञ्चाईको प्रबन्ध गर्नुपर्दछ । भ्रष्टचारलाई न्यूनिकरण लगायतका कामको लागि सरकारले सङ्कल्प प्रस्ताव पारीत गर्नुपर्दछ । भ्रष्टचार विकासको बाधक भएको छ । भ्रष्टाचारसम्मको अन्त्य भए पनि नेपाल राष्ट्रले कोल्टे फेर्न सक्नेछ । त्यसपछि मात्र समृद्ध नेपाल सुखी नेपाली भन्ने वर्तमान सरकारको नारा सार्थक हुनेछ ।

Friday, April 24, 2020

खाडीमा कोरोनाका कारण प्रभावित नेपालीका बारेमा राजदूतहरुको छलफल


खाडीमा कोरोनाका कारण प्रभावित नेपालीका बारेमा राजदूतहरुको छलफल

मध्यपूर्वमा कोरोनाका कारण प्रभावित नेपालीका बारेमा राजदूतहरुको छलफल ओमान  मध्यपूर्वमा तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट प्रभावित नेपालीहरुको बारेमा तत् देशमा रहेका नेपाली दूतावासका राजदूतहरुको अनलाईन छलफल भएको छ ।
नेपाली दूतावास ओमानकी राजदूत शर्मिला पराजुली ढकालद्धारा आयोजना गरिएको उक्त छलफलमा मध्यपूर्वका विभिन्न देशका राजदूतहरुले कोरोना महामारीले खाडी क्षेत्रमा पारेको प्रभाव, यसले नेपाली कामदारमा पारेको प्रभाव र भावी कार्ययोजनाका विषयमा छलफल गरिएको बताइएको छ ।
ओमानसहित कुवेत, युएई, बहराइन र कतारका राजदूतहरुबीच विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

ओमानमा नेपाली कामदारका विषयमा दूतावास र नेपाली संघसंस्थाबीच छलफल

ओमानमा नेपाली कामदारका विषयमा दूतावास र नेपाली संघसंस्थाबीच छलफल


ओमानमा कोरोनाको कहरः नेपाली कामदारका विषयमा दूतावास र नेपाली संघसंस्थाबीच छलफल
अ‍ोमान । विश्व्यापी कोरोनाको महामारी र त्यसले ओमान र ओमानमा रहेका नेपाली कामदारमा पारेको प्रभावको विषयमा छलफल भएको छ ।
नेपाली दूतावास ओमानकी राजदूत शर्मिला पराजुली ढकालद्धारा शुक्रबार आयोजित भिडियो कन्फरेन्समा ओमानस्थित सक्रिय नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग कोरोना भाइरसका कारण ओमानमा रहेका नेपाली श्रमिकहरूलाई तत्काल परेका समस्या तथा भविष्यमा आई पर्नसक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
उक्त छलफलमा एनआरएनए, ओमान तथा नेपाली सोसल क्लवका उपाध्यक्ष विकल झा,नेपाली समाज ओमानका अध्यक्ष दिल रोक्का, प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष उमेश वि.क, नेपाली जनसम्पर्क समिति ओमानका अध्यक्ष शालिकराम चापागाई, ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, तामाङ समाज ओमानका अध्यक्ष तेजप्रसाद तामाङ, मगर समाज ओमानका अध्यक्ष यमु थापा मगर, विवेकशील नेपाली ओमानका अध्यक्ष राजेन्द्र खनाल, म्याग्दी प्रवासी संघ ओमानका पूर्ण वि.क. पहाडी, तमु समाज ओमानका निकेश गुरूङ, सगरमाथा समाजका भिम निरौला, गुल्मी समाज ओमानका दुर्गा प्रसाद ढकाल, पाल्पाली समाज ओमानका नारायण खनाल, अन्तराष्ट्रिय साहित्यिक समाजका सुशील पुन विरही, बुद्धभिजन ओमानकी लक्ष्मी तामाङ बाग्लुङ समाजका अध्यक्ष खेम खड्काथोकी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा र श्रम सहचारी कृष्णाकुमारी गौली समेतको सहभागिता रहेको थियो ।
बैठकमा सहभागीहरू संघसंस्थाका अगुवाहरुले ओमानमा कोभिड-१९ का कारण तत्काल रोजगारी गुमाई खान÷बस्न नपाएर समस्यामा परेका, अवैध रूपले बसेका, उपचारको आवश्यकता महशुस गरेका नेपाली श्रमिकहरूको बारेमा ओमानमा विद्यमान अवस्थाको जानकारी गराउँदै सहयोगको खाँचो भएका नेपालीहरूका लागि दूतावाससँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै सहभागीहरूसँग ओमान सरकार तथा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकहरूप्रति पछिल्लो समय लिएको नीतिका विषयमा पनि छलफल गरिएको थियो । सहभागीहरूले बन्दाबन्दीको समयपश्चात नेपाल फिर्ता जान इच्छुक नेपाली श्रमिकहरूलाई सुरक्षित तरिकाले नेपाल जाने व्यवस्था मिलाउन दूतावाससमक्ष आग्रह समेत गरेका थिए ।
उक्त अवसरमा राजदूत ढकालले भिडियो कन्फरेन्सको माध्यमबाट जोडिएका सम्पू्र्ण संघ संस्थाका प्रतिनिधिहरूलाई धन्यबाद दिँदै विपदको घडीमा समेत आ–आफ्नो ठाउँबाट यथासक्य भूमिका निर्वाह गर्दै आएकोमा दूतावास परिवारको तर्फबाट कृतज्ञता व्यक्त गरेकी थिइन् ।
राजदूत ढकालले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली श्रमिकहरूलाई सू–सूचित बनाइ समस्यामा परेका वा पर्न सक्ने नेपालीहरूसँग जोडिइ आवश्यक सहयोग गर्न तथा प्राप्त सूचना दूतावासमा उपलव्ध गराउन समेत अनुरोध गरेकी थिइन् ।
राजदूत ढकालले नेपाली समुदायको सकारात्मक सहयोगमा विपद्बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको पूर्व तयारी तथा प्रतिरोधको तयारी कार्यका लागि दूतावास सक्षम हुनेछ भन्नेमा विस्वाश दिलाउदै ओमान सरकारले जारी गरेको सूचना तथा निर्देशनहरूको पालन गर्नसमेत सबैमा अनुरोध गरेकी थिइन् ।
हालसम्म ओमानमा ११ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १७६ जनाले स्वास्थ्य लाभ प्राप्त गरिसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
बैठकमा कोभिड १९ को विषयम परिस्थितिमा दूतावासले आयोजना गरेको भर्चुअल कन्फेरेन्सको लागि धन्यवाद दिंदै सहभागीहरुले दूतावासले धन्यवाद दिएका थिए ।
यदि कोहि नेपालीलाई समस्या परेमा तर दिइएका नम्बरमा फोन गर्न सकिनेछ
कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको टेलिफोनः2469६177/2469६883; हटलाइनहरूः71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506

ओमानमा लकडाउनको अवधि थप गरियो

ओमानमा लकडाउनको अवधि थप गरियो

ओमानमा लकडाउनको अवधि थप गरियो, दूतावासद्धारा नेपालीलाई सुरक्षित रहन अनुरोध
१० बैशाख, ओमान । ओमानमा लकडाउनको अवधि थप गरिएको छ । ओमान सरकारको कोभिड नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले मस्कट प्रशासकिय क्षेत्रिभित्र जारी रहेको लकडाउनको समय आगामी मे ८ सम्मलाई थप्ने निर्णय गरेको हो ।
ओमानमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५०८ पुगेको छ । जसमा २३८ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । साथै ओमानमा संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ८ रहेको छ l 
कोरोना संक्रमण र त्यसको महामारीलाई मध्येनजर गर्दै ओमानले आगामी रमदान पर्वमा मस्जिद लगायत अन्य सार्वजनिक स्थलहरुमा जमघट नगर्न तथा एकिकृत भोज भतेर गर्न समेत प्रतिबन्ध लगाएको छ ।
ओमानमा संक्रमणको दर अझै पनि फैलदो क्रममा रहेकोले ओमानमा रहने सम्पूर्ण नेपालीलाई भाइरसबाट बच्न अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धी सुरक्षाका उपायहरु अपनाउन र बाहिर ननिस्कन पनि नेपाली दूतावास ओमानले अनुरोध गरेको छ ।

दूतावासले समस्या परेमा दूतावासको टेलिफोन नम्बर २४६९६१७७/२४६९६८८३, हटलाइन सेवा ७१५९२४९०/७१५३०८४० र श्रम सहचारीको ७१५९२५०६ मा पनि सम्पर्क गर्न अनुरोध गरेको छ ।

कतार जेलमा रहेका १७ नेपालीले पाए आममाफी

कतार जेलमा रहेका १७ नेपालीले पाए आममाफी

कतारमा कोरोनाको कहरः जेलमा रहेका १७ नेपालीले पाए आममाफी
११ बैशाख, कतार । कोरोनाको संक्रमणको महामारीलाई मध्येनजर गर्दै कतार सरकारले केही कैदी बन्दीहरुको रिहाइ गरेको छ ।
जसमा १७ जना नेपाली नागरिकहरु पनि रिहाइ भएका छन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हाल विश्वव्यापी महामारीलाई मध्येनजर गर्दै बन्दीगृहमा रहेका नेपाली लगायतका बन्दीहरुलाई आममाफी दिएको सार्वजनिक घोषणा गरेका थिए ।
रिहाई हुने नेपालीमा १३ जना लागूऔषध कारोवारजन्य अपराध, २ जना चोरीजन्य, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेको नेपाली दूतावास कतारले जानकारी दिएको छ ।
दूतावासले आममाफी पाएका ती १७ नेपालीको विवरण भने जानकारी गराएको छैन ।
कतारमा हालसम्म ७३ हजार ७५४ जनामा कोरोनाको परीक्षण गरिएको छ । जसमा ७ हजार ७६४ जना संक्रमित भएको पुष्टि भएको छ । जसमा पछिल्लो २४ घण्टामा ६२३ जना नयाँ संक्रमित भेटिएका हुन् ।
त्यसैगरी ७५० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना निको भएर फर्किएका हुन् ।   हालसम्म १० जनाको निधन भएको समाचार छ ।

नेपालमा रेडजोनमा २८७ र आइसोलेनमा ८९ जना

नेपालमा रेडजोनमा २८७  र आइसोलेनमा ८९  जना

नेपालमा हालसम्म ४७ हजार बढीमा कोरोना परीक्षण, आइसोलेनमा ८९ र रेडजोनमा २८७ जना
१२ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म ४७ हजार ४९६ जनामा कोरोना परीक्षण गरिएको छ ।  जसमा पिसीआर प्रविधिबार ९ हजार ४०७ र र्यापिड टेष्टबाट ३८ हजार ९८ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा ३ हजार ७९१ जनामा परीक्षण गरिएको बताइएको छ ।
प्रदेशको परीक्षण विवरण
त्यसैगरी ७ वटै प्रदेशमा परीक्षण गरिएको विवरण अनुसार प्रदेश १ मा ३ हजार ९२९, प्रदेश २ मा ,४ हजार ९७७ बाग्मती प्रदेशमा ७ हजार १४३, गण्डकी प्रदेशमा ४ हजार ७८३, प्रदेश ५ मा २,८७४, कर्णाली प्रदेशमा ४ हजार ८७० र सूदूरपश्चिम प्रदेशमा ९ हजार ५१३ जनामा र्यापिड टेष्ट गरिएको हो ।
क्वारेन्टाइन, आइसोलसन र रेडजोन
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभरीका विभिन्न ठाउँमा रहेको क्वारेन्टाइनमा १२ हजार ९८५ रहेका छन् । आइसोलेसनमा८९ जना जसमा उपत्यकामा ३ र उपत्यका बाहिर ८६ जना रहेका छन् । त्यस्तै मन्त्रालयले क्वारेन्टाइनमा राखिएकाहरुको संख्या बढ्दै गएको विषयमा सोधिएको प्रश्नमा उपत्यका र विभिन्न स्थानबाट गएकाहरुलाई स्थानीय निकायले आ–आफ्ना ठाउँमा क्वारेन्टाइनमा राखिएको हुनाले केहिदिन यता संख्या बढिरहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म रोडजोनमा २८७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जना रेडजोनमा आएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको छ ।