Friday, April 24, 2020

ओमानमा लकडाउनको अवधि थप गरियो

ओमानमा लकडाउनको अवधि थप गरियो

ओमानमा लकडाउनको अवधि थप गरियो, दूतावासद्धारा नेपालीलाई सुरक्षित रहन अनुरोध
१० बैशाख, ओमान । ओमानमा लकडाउनको अवधि थप गरिएको छ । ओमान सरकारको कोभिड नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले मस्कट प्रशासकिय क्षेत्रिभित्र जारी रहेको लकडाउनको समय आगामी मे ८ सम्मलाई थप्ने निर्णय गरेको हो ।
ओमानमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५०८ पुगेको छ । जसमा २३८ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । साथै ओमानमा संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ८ रहेको छ l 
कोरोना संक्रमण र त्यसको महामारीलाई मध्येनजर गर्दै ओमानले आगामी रमदान पर्वमा मस्जिद लगायत अन्य सार्वजनिक स्थलहरुमा जमघट नगर्न तथा एकिकृत भोज भतेर गर्न समेत प्रतिबन्ध लगाएको छ ।
ओमानमा संक्रमणको दर अझै पनि फैलदो क्रममा रहेकोले ओमानमा रहने सम्पूर्ण नेपालीलाई भाइरसबाट बच्न अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धी सुरक्षाका उपायहरु अपनाउन र बाहिर ननिस्कन पनि नेपाली दूतावास ओमानले अनुरोध गरेको छ ।

दूतावासले समस्या परेमा दूतावासको टेलिफोन नम्बर २४६९६१७७/२४६९६८८३, हटलाइन सेवा ७१५९२४९०/७१५३०८४० र श्रम सहचारीको ७१५९२५०६ मा पनि सम्पर्क गर्न अनुरोध गरेको छ ।

No comments:

Post a Comment