Monday, October 14, 2019

जेवि टुहुरे र तुलसी घर्तीसँगै नाँचे ओमानवासी नेपाली


शालिकराम आचार्य, 
ओमानप्रवासी नेपाली एकता मञ्च ओमानद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको गोब्रास्थित अलमाहा इन्टरनेशनल होटलको हलमा अक्टोबर ११ तारिक शुक्रबारको दिन भब्यताको साथ सम्पन्न भएको छ ।प्रवासी नेपाली एकता मञ्च ओमानको कार्यदल सदस्य उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास ओमन कि श्रमसहचारी कृष्ण कुमारी गौली रहेकी थिइन् भने विशिस्ट अतिथिमा चर्चित जनवादी गायक जेबि टुहुरे रहेका थिए । 
त्यसैगरी अतिथिहरुमा लोक गायिका तुलसी घर्ती मगर, नेपाली जनसम्पर्क समिति ओमनका महामन्त्री नवीन पंगेनी, ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, नेपाली समाज ओमानका अध्यक्ष दिल रोका, गैरआवाशीय नेपाली सोसल क्लब ओमनका उपाध्यक्ष विकल झा, म्याग्दी प्रवासी संघ मोना ओमनका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमन कि अध्यक्ष मधु गुरुङ्ग ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ, बुद्ध भिजन ओमन,तमु समाज ओमान, नेपाल मगर संघ ओमान, दलित एकता संजाल ओमान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमन गुल्मी सेवा समाज ओमान, पत्रकार, बुद्धिजीवी, व्यावसायीहरु लगायतकाको उपस्थिति रहेको थियो ।

उपस्थित अतिथिहरुलाई संस्थाका सदस्य सम्झना केसी, बिबि माँया तामाङ्गले ब्याच लगाई सम्मान गरेका थिए ।ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै, मैनबत्ति बालेर राष्ट्रिय गीत बजाई कार्यक्रमको उद्दघाटन गरिएको उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च ओमनका सदस्य लिला नाथ कोइरालाको स्वागत मन्तव्य रहेको थियो ।प्रमुख अतिथी नेपाली राजदूतावास ओमनकी श्रमसहचारी कृष्ण कुमारी गौली लगायत विभिन्न संघ संस्थाहरुले दशैँ शुभकामना मन्तब्य राखेका थिए । मन्तव्यसँगै श्रमसहचारी कृष्ण कुमारी गौली संस्थाका कार्यक्रम अध्यक्ष उमेश विश्वकर्माले आशीर्वाद दिदै उपस्थित सबैलाई टीका जमरा लगाई दिएका थिए । पुर्ण विश्वकर्मा ( पहाडी) को संचालन रहेको उक्त कार्यक्रममा नेपाल जनवादी कलाकार जेवि टुहुरे, लोक गायिका तुलसी घर्ती मगरको प्रस्तुतिले सबैलाई रमाइलो बनाएको थियो ।
जेवि टुहुरे र तुलसी घर्तीसँगै नाँचे ओमानवासी नेपाली
ओमनस्थित विभिन्न संस्थाबाट प्रतिनिधित्व गरेर आएका स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम लाई थप रौनक थपेको थियो ।जनवादी गायक जेवि टुहुरे, लोक गायिका तुलसी घर्ती मगर, प्रमुख अतिथि श्रमसहचारी कृष्ण कुमारी गौलीलाई कार्यक्रमका अध्यक्ष कार्यदल सदस्य उमेश विश्वकर्मा, पदम प्रसाद अर्याल,सोम कृष्ण श्रेष्ठले प्रमाणपत्र खादा ओढाएर सम्मान गरेका थिए ।सोहि अवसरमा कलाकारद्धय जेवि टुहुरे, गायिका तुलसी घर्ती मगरलाई नेपाल मगरसँग ओमनले ओमनी चिनो प्रदान गर्दै सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।खाना पानी चिसो पियपदार्थको समेत व्यवस्था रहेको उक्त कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष उमेश विश्वकर्माले कार्यक्रम सफल पार्न नैतिक, भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण स्पोनसर, मिडिया पार्टनर सहयोगी उपस्थितिहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

No comments:

Post a Comment