Saturday, August 17, 2019

कतार नेपाली एकता समाजद्धारा दुर्गा खरेलको विदाई ।

कतार नेपाली एकता समाजद्धारा दुर्गा खरेलको

विदाई ।

उद्धव मगर दोहा कतार – मिति २०१९÷०८÷१६ का दिन कतार नेपाली एकता समाज केन्द्रिय समितिले एक कार्यक्रमको आयोजना गरी नेपालबाट आउनु भएकुा दुर्गा खरेललाई सम्मान तथा शुभकामना का साथ विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रमका अध्यक्षता हेमन्त वाईवा, अतिथी दुर्गा खरेल सचिवालय सदस्य लुमाकान्त पुन, सचिव विष्णु थापा, कोषाध्यक्ष राम इन्दल थिंङ्ग, रहेको थियो भने कार्यक्रम सञ्चालक संस्थाका महासचिव खिम बुढा मगरको रहेको थियो ।
 यस कार्यक्रमलाई आफ्ना शब्दले स्वागत मन्तव्य राख्दै थम्मन थापाले शुमकामना समेत दिनु भएको थियो । त्यस्तै शुभकामना दिने क्रममा लुमा कान्त पुन, विष्णु थापा, हेम थापा, राम ईन्दल थिङ्ग, गिरी काउछा, मीनराज पुन, प्रिजल राई, टिकाराम वटला, रहेको थियो भने अथिती दुर्गा खरेलले पनि आफ्ना केही भनाई राख्दै भन्नु भएको छ कतार नेपाली एकता समाज केन्द्रिय समितिले आफुलाई यहाँसम्म आउने वातावरण बनाई दिएकोले यस कतार नेपाली एकता समाजका सिंङ्गो केद्रिय समितिलाई धन्यवाद दिनु भएको थियो । अन्तमा यस कार्यक्रमका अध्यक्ष हे्मन्त वाईवाले कार्यक्रम सफल र शानदाररुपमा समापन भएको घोषणा गर्नु भएको थियो ।






No comments:

Post a Comment