“म नेपाली आफन्तहरु र मित्रहरुको माया पाएर हुर्किएको हुँ । यहि नेपालको माटोले मलाई अरुको भलाईको निम्ति केही गर्नुपर्छ भनेर सिकाएको हो । केही बनौँ भन्ने होइन, केही गरौँ भनेर म रेडक्रसमा संलग्न भएको हुँ । ” रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्टिय महासंघ International Federation of Red Cross and Red Crescent Societies ( IFRC) को नवनियुक्त महासचिव जगन चापागाईले आज शुक्रबार नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै बताउनुभएको हो । उहाँले भन्नुभयो “ हरेक देशका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीलाई सबल बनाउने मेरो अभियान हो र म त्यो पूरा गरेरै छाड्छु । ”
चापागाई आफ्नो नीजि भ्रमणको सिलसिलामा यसै साता नेपालमा आऊनुभएको हो ।
नवनियुक्त महासचिव जगन चापागाईँलाई नेपाल रेडक्रस सोसाइटीको परिसरमा सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुले स्वागत् गर्नुभएको थियो । अध्यक्ष थापाले चापागाईलाई बधाई ज्ञापन गर्दै थापाले भन्नुभयो ः कानुनी आधार सुदृढीकरण, स्रोत परिचालन र नेरेसोलाई अझ गतिशिल बनाउने क्षेत्रमा अन्तर्राष्टिय महासंघको सहयोग अपेक्षित छ ।
कार्यक्रममा नेपाल रेडक्रसको प्रदेश समितिका अध्यक्षहरुका साथै जापान, बेलायत लगायतका राष्टिय सोसाइटीका प्रतिनिधिहरु र अन्तर्राष्टिय महासंघको नेपाल स्थित कार्यालय प्रमुख र डेलिगेटहरुको उपस्थिति रहेको थियो ।
अवको प्राथमिकता प्रकोप न्यूनीकरण र उत्थानशीलता ः
अबको प्राथमिकता बारे नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलसँग रेडियो अन्तरर्वार्ताको क्रममा जगन चापागाईले भन्नुभयो ः पहिलो प्राथमिकता जलबायु परिवर्तन सम्बन्धी प्रकोपबाट मानिसहरुलाई बचाऊने र स्वास्थ्य पाण्डामिक समस्याहरुबाट छुटकारा दिलाउने नै हो । त्यसको लागि विभिन्न संस्थाहरुसँग मिलेर न्यूनीकरण गतिविधि र उत्थानशीलतामा जोड दिनुपर्ने छ । अर्को समस्या विश्वव्यापी स्थानान्तरण हो, शरणार्थीको मर्यादा जोगाऊने । उहाँले थप्नुभयो ः आर्थिक, शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा संसारमा उच्च प्रगति भएपनि केही मानिसहरु अझै बञ्चित भैआएका छन्, त्यसैले, खास जनसंख्या अझै पनि विकासको घेरामा पर्न नसकेकोले समावेशी कार्यक्रमको ठूलो महत्व छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बस नरपानीमा दुर्घटना हुँदा जना १९ को मृत्युु भएको छ । हालसम्म १७ जनाको घट्नास्थलमै र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा र एक जनाको उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा निधन भएको प्रहरी जनाएको छ ।
अर्घाखाँची जिल्लाको नरपानीमा भएको बस दुर्घटनामा यो समाचार तयार पार्दा सम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस सन्धीखर्क नगरपालिका नरपानीमा दुर्घटना भएको थियो । नरपानीमा भएको बस दुर्घटना तीव्र गतिका कारण भएको घाईतेहरुले बताएका छन् । दुर्घटनामा परि घाईते भएकाहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चौराह अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । क्रिमशन अस्पतालमा २ जना र भैरहवा मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ । चौराह अस्पतालमा उपचारर्थ ९ जना मध्ये ३ जना नाबालक छन् ।
३ नाबालक जो दुर्घटनाबाट बचे, एकले आमा गुमाए
अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ का साढे २ वर्षीय रिजन कुँवर चौराह अस्पतालको आकस्मिक कक्षमा छन् । उनको टाउकोमा चोट लागेको छ । आमा सपना कुँवर पनि घाइते अवस्थामा छिन । उनको पनि टाउकोमा चोट लागेको छ । चौराह अस्पतालको आकस्मिक कक्षमा आमा सपना र २ वर्षीय छोरा रिजन एउटै बेडमा उपचार गरिरहेका छन् । आमा छोराको हेराहेर हुन्छ तर दुवै राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन् ।
चौराह अस्पतालमा कपिलबस्तु कोईली बनगाईका ३ वर्षीय स्पर्श पोखरेलको पनि उपचार भइरहेको छ । उनको पनि टाउको चोट लागेको छ । आमा विमला पोखरेल पनि घाईते अवस्थामा छिन् ।उनको मेडिकल कलेजमा उपचार भइरहेको छ । विमलाका कान्छो ३ महिनाको छोरा शोभाखर पोखरेल अहिलेसम्म बेपत्ता छन् । त्यसैगरी सन्धिर्खक नगरपालिका–७ खाँचीकोटका १ वर्षीय गणेश पुरी पनि घाईते अवस्थामा अहिले चौराह अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा माया पुरीको भने घटनास्थलमै मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटनामा बच्चाहरु घाईते हुने गरेको भेटिन्छ । अर्घाखाँचीको यो दुर्घटनामा पनि भाग्यले यी तीन बालबालिको ज्यान बचेको छ । सवै बच्चाहरुको टाउको र हातमा चोट लागेको छ ।
दुर्घटनामा घाइते भएकी ४ वर्षिय अञ्जना पौडेल भण्डारी जो हिँजो मम्मी भोक लाग्यो भन्दै कराएकी थिइन् । उनकी आमा कहाँ थिइन् थाहा थिएन । पछि आमालाई बुटवलको अस्पतालमा उपचार गराइरहेको पाइएको थियो भने परिवारले प्रहरीको सरक्षणबाट ती बालिकालाई घर लिएर गएका थिए । बस दुर्घटनामा २७ वर्षिया सिता बस्नेतको ज्यान गएको छ । ज्यान गुमाएकी बस्नेत, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ बस्दै आएकी थिइन ।
घाईतेहरु भन्छन्–गाडी स्पीडमा थियो चालकले धेरै तीव्र गतिमा गाडी चलाएका थिए । स्पीड नचलाउनु भन्दा भन्दै पनि गाडी मालिक वसन्त थापाले भोलि छिटो फर्कनु छ भन्दै गाडी चालकलाई भनेको हामीले सुनेका थियौं । बस तीव्र गतिले हुईकिदा ब्रेक लागेन र दुर्घटना भयो । बाटो सजिलो भएको ठाउँमा दुर्घटना भएको हो । बस मालिक र चालककै लापरबाहीले यो दुर्घटना भएको हो । म बस पल्टदा ३/४ भर्लङ खाए । त्यसपछि उछिटिए । त्यसपछि मेरो होस हराएछ । पछि होसमा आउदा मलाई बाटोमा निकाल्नु भएको थियो । – १९ वर्षीय लोकनाथ पाण्डे, छत्रदेव गाउपालिका वडा नं. ७ घाईते । बस एकदम कुदेको थियो । म बच्चासँग साथमा थिए । बसका चालक र बस मालिकले अगाडिले के के कुरा गरिरहेका थिए, मैले सुनिन । हामी अलि पछाडि थियौं । तर घुम्ती आउनसाथ एक्कासी ठूलो आवाज आयो । त्यसपछि मैले केही थाहा पाईन । अलिअलि चिच्चाएको आवाज सम्झन्छु । म बससँगै तलै खसेको थिए रे । पछि होसमा आउँदा मलाई बुटवल ल्याईदैरहेछ । दुर्घटनाको कारण बसको तीव्र गति नै हो जस्तो लाग्छ । भाग्यले बाँचियो । छोरा पनि बाँच्यो । –२३ वर्षीया सपना कुँवर, अर्घाखाँची सन्दीखर्क नगरपालिका–७ ।
रगतको अभाव हुन सक्ने भन्दै स्वयमसेवक अस्पतालमा घाईतेहरुलाई रगत आवश्यक पर्न सक्ने भन्दै बुटवलका रक्तदान अभियान्ताहरु अस्पतालमा पुगेका छन् । रगत आवश्यक पर्न सक्ने भएकाले घाईते भएका अस्पताहरुमा ४ जना रक्तदाताहरुलाई पूर्व तयारी अनुरुप राखिएको छ । गोर्खाली युवा सशक्तिकरण संस्थाका भरतजंग क्षेत्रीले रगत आवश्यक पर्न सक्ने घाईतेहरु भएका अस्पतालमा रक्तदाताहरुलाई राखेको बताए । उनले अहिले सम्म कसैलाई पनि रगत चढाउन नपरेको बताए । मृत्यु हुनेहरुमा:१) शिवलाल भट्टराई, वर्ष ५६ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा २) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा ३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा ५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ , ठुला डेभा ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )७) छवीलाल गैरे, वर्ष ५४ भूमिकास्थान नगरपालिका – १० ८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने ९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका – ७ खाचिकोट काउले ११) राज कुमार महत, वर्ष २७ (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी) गुल्मी धुर्कोट गा.पा.२ पलधारा साबिक ३बन्ज्याङ १२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ १३) सिता घिमिरे वर्ष ५० भूमिकास्थान नगरपालिका ९ १४) बिष्णुमाया गैरे वर्ष ५० भूमिकास्थान नगरपालिका ९ १५) मैघनाथ जैसी भण्डारी वर्ष ५१ भूमिकास्थान नगरपालिका ७१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ १७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी १९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी
घाईते हुने र उनिहरुको अवस्था:- चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।२) नन्द बहादुर बि.क, वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६ खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका – ६ गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस । भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-१) कृष्ण बि.क. वर्ष ४१, पाणिनी गाउँपालिका वार्ड नं.७ चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।२) विष्णु बि.क., वर्ष ३५ पाणिनी गाउँपालिका वडा नं.७ दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८ अवस्था- सिरियस ।६) सरस्वती भट्टराई, वर्ष २३ सन्धिखर्क नगरपालिका – ४ दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४ टाउकोमा चोट, अवस्था- मध्यम ।८) स्पर्ष पोखरेल, ३ वर्ष, कपिलवस्तु बाणगंगा नगरपालिका – टाउकोमा चोट, अवस्था- मध्यम ।९) विमला पोखरेल, वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा) बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ१) प्रशान्त सुबेदी, बर्ष ३३ दाङ राप्ति गा.पा.९ टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको । अन्य घाईते१. एन्जल भट्टराई, वर्ष ३ सन्धिखर्क नगरपालिका – १ टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।२. लोकनाथ पाण्डे, वर्ष १९ छत्रदेव गाउँपालिका वडा नं. ७ हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)
अर्घाखाँची जिल्लाको नरपानीमा बुधवार भएको यात्रु वाहक बस दुर्घटनाको कारण समस्या , समाधान पत्ता लगाउन ९ सदस्यीय छानबिन समिती गठन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आज बसेको नरपानी दुर्घटना छलफल र समीक्षा बैठकले सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिती गठन गर्ने निर्णय गरेको हो । छानबिन समितीमा संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे, सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय सिबपुर, सन्धिखर्क नगरपालिका ६ वडा अध्यक्ष, पश्चिम नेपाल यातायात प्रा. लि., देउराली यातायात प्रा. लि., र नेपाल पत्रकार महासंघ रहेका छन् ।
छानबिन समितीले नरपानीमा बस दुर्घटनाको कारणको प्रतिवेदन १५ दिन भित्रमा बुझाउनु पर्नेछ । यस्तै सर्व पक्षिय बैठकले सबारी चालकलाई परिचय कार्डको अनिबार्य ब्यबस्था गर्नुपर्ने, साना कार बाहेक सबै गाडी चल्न मिल्ने ढोरपाटन बाटो बनेकोले त्यो सडकबाट पनि सबारी साधन चलाउन अनुरोध गर्ने र दिबंगत प्रती श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामनाको निम्ति शान्तिबगैंचामा १३ औं पुन्यतिथिमा दिप प्रज्जलित गर्ने लगायतका विषयमा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता प्रदेश सासद रामजी प्रसाद घिमिरेको प्रमुख अतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्मा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिकको उपस्थितिमा छलफल चलेको थियो ।
यस्तै छलफलमा जिल्ला स्थित सबै राजनीति दलका नेता तथा प्रतिनिधिहरु सुरक्षा निकाएका प्रमुखहरु यातायात ब्यबसायीहरु जनप्रतिनिधिहरु उधोग बाणिज्य सघ चेम्बर अफ कमर्सका प्रतिनिधि सबारी धनि सन्चारक्रर्मी नागरिक समाजका अगुवा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । छलफलमा सहायक प्रजिअ बिस्नु राज बेल्बासेले दुर्घटना न्युनिकरण सम्बधि कार्यपत्र प्रस्तुत गर्नु भएको छ । छलफलमा सरोकारवालाहरुले दुर्घटना न्युनिकरण गर्न सकिने उपाए दिर्घकालिन समधान यसबाट परेको असरका बिषयमा भनाई सुझाब राखेका थिए । मुख्य गरि दुर्घटना हुनुको प्रमुख कारण गाडीहरुले सडक क्षमता भन्दा ओभरलोड बोक्नु नै प्रमुख कारण भएको, सबारी चालकले सबारी चलाउदा मोबाइलको प्रयोग गर्नु, ट्राफिक प्रहरीलाई साधन स्रोत प्राय्त नहुनु, ठाउँ ठाउँमा ब्रेकर नराख्नु, सबारी चालकलाई अनिवार्य परिचयपत्र लगाउन नलगाउनु, दुर्घटना भएपछि के कारणले दुर्घटना भएको हो भन्ने बारे जाचबुझ समिति गठन नगर्नु जस्ता कुराले बढि दुर्घटना भएको कारण अब यस्ता कुराहरुलाई कडाईका साथ लागु गर्नु पर्ने सरोकारवालाहरुले माग गरेका थिए ।
साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन्। बुधबार दिउँसो दिउँसाे १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) कालाखोला / रातामाटामा अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त भएको हो।
बस दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री, बस धनि सन्तमणि बस्नेत, छत्रदेव ७ का ३६ बर्षिय सन्त बहादुर बस्नेत, बुटवल चौडाहा हस्पिटल रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।
गम्भिर घाइते १२ जनालाई उपचारकाे लागि बुटवल पठाईएकाे छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।
बस सडकबाट करिब ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो। गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानी – घुम्टीमा मंसिर १० गते देखि १० दिनका लागि बाटो चौडा र मोडहरु कटिङ गर्नका लागि भन्दै बिहान ७ बजे देखि ११ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म सडक बिस्तारका लागि टाईम टेवल अनुसार सबारी साधन सन्चालन हुँदै आएका थिए ।
ओमानका राजदूत द्धारा ओमानका पर्यटन मन्त्रीलाई नेपाल भ्रमण वर्ष २०२० को बृहत समुद्घाटन कार्यक्रमका लागी निमनत्रणा पत्र हस्तान्तरण
ओमान मस्कट,
नेपाली राजदूतावास ओमानका राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७६ मंसिर ५ गते ओमान अधिराज्यका पर्यटन मन्त्री महामहिम अहमद बिन नासेर अल मेहार्जी (Ahmed bin Nasser Al Mehrazi) लाई वहाँको कार्यकक्षमा भेटी नेपालमा आयोजना हुन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को बृहत समुद्घाटन कार्यक्रममा पाल्नुहुन नेपालका पर्यटन मन्त्री माननीय योगेश भट्टराईज्यूले पठाउनु भएको निमनत्रणा पत्र हस्तान्तरण गर्नुभयो। उक्त अवसरमा महामहिमहरू बीच नेपाल र ओमानबीच सम्पन्न हुन गइरहेको पर्यटन सम्बन्धी द्विपक्षीय सम्झौतालाई पनि उक्त अवसरमा हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल भयो। महामहिम राजदूतज्यूले नेपालले आगामी बर्ष मनाउन गइरहेको नेपाल भ्रमण बर्ष २०२० को पृष्ठभूमि तथा तयारी बारे माननीय मन्त्रीज्यूलाई जानकारी गराउनु भयो। माननीय मन्त्रीज्यूले नेपाल जान आफू इच्छुक रहेको र उक्त कार्यक्रममा सम्भव भएसम्म उपस्थित हुने प्रतिवद्धता जाहेर गर्नुभयो।
Monday, October 14, 2019
जेवि टुहुरे र तुलसी घर्तीसँगै नाँचे ओमानवासी नेपाली
शालिकराम आचार्य,
ओमानप्रवासी नेपाली एकता मञ्च ओमानद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको गोब्रास्थित अलमाहा इन्टरनेशनल होटलको हलमा अक्टोबर ११ तारिक शुक्रबारको दिन भब्यताको साथ सम्पन्न भएको छ ।प्रवासी नेपाली एकता मञ्च ओमानको कार्यदल सदस्य उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास ओमन कि श्रमसहचारी कृष्ण कुमारी गौली रहेकी थिइन् भने विशिस्ट अतिथिमा चर्चित जनवादी गायक जेबि टुहुरे रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा लोक गायिका तुलसी घर्ती मगर, नेपाली जनसम्पर्क समिति ओमनका महामन्त्री नवीन पंगेनी, ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, नेपाली समाज ओमानका अध्यक्ष दिल रोका, गैरआवाशीय नेपाली सोसल क्लब ओमनका उपाध्यक्ष विकल झा, म्याग्दी प्रवासी संघ मोना ओमनका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमन कि अध्यक्ष मधु गुरुङ्ग ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ, बुद्ध भिजन ओमन,तमु समाज ओमान, नेपाल मगर संघ ओमान, दलित एकता संजाल ओमान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमन गुल्मी सेवा समाज ओमान, पत्रकार, बुद्धिजीवी, व्यावसायीहरु लगायतकाको उपस्थिति रहेको थियो ।
उपस्थित अतिथिहरुलाई संस्थाका सदस्य सम्झना केसी, बिबि माँया तामाङ्गले ब्याच लगाई सम्मान गरेका थिए ।ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै, मैनबत्ति बालेर राष्ट्रिय गीत बजाई कार्यक्रमको उद्दघाटन गरिएको उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च ओमनका सदस्य लिला नाथ कोइरालाको स्वागत मन्तव्य रहेको थियो ।प्रमुख अतिथी नेपाली राजदूतावास ओमनकी श्रमसहचारी कृष्ण कुमारी गौली लगायत विभिन्न संघ संस्थाहरुले दशैँ शुभकामना मन्तब्य राखेका थिए । मन्तव्यसँगै श्रमसहचारी कृष्ण कुमारी गौली संस्थाका कार्यक्रम अध्यक्ष उमेश विश्वकर्माले आशीर्वाद दिदै उपस्थित सबैलाई टीका जमरा लगाई दिएका थिए । पुर्ण विश्वकर्मा ( पहाडी) को संचालन रहेको उक्त कार्यक्रममा नेपाल जनवादी कलाकार जेवि टुहुरे, लोक गायिका तुलसी घर्ती मगरको प्रस्तुतिले सबैलाई रमाइलो बनाएको थियो ।
ओमनस्थित विभिन्न संस्थाबाट प्रतिनिधित्व गरेर आएका स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम लाई थप रौनक थपेको थियो ।जनवादी गायक जेवि टुहुरे, लोक गायिका तुलसी घर्ती मगर, प्रमुख अतिथि श्रमसहचारी कृष्ण कुमारी गौलीलाई कार्यक्रमका अध्यक्ष कार्यदल सदस्य उमेश विश्वकर्मा, पदम प्रसाद अर्याल,सोम कृष्ण श्रेष्ठले प्रमाणपत्र खादा ओढाएर सम्मान गरेका थिए ।सोहि अवसरमा कलाकारद्धय जेवि टुहुरे, गायिका तुलसी घर्ती मगरलाई नेपाल मगरसँग ओमनले ओमनी चिनो प्रदान गर्दै सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।खाना पानी चिसो पियपदार्थको समेत व्यवस्था रहेको उक्त कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष उमेश विश्वकर्माले कार्यक्रम सफल पार्न नैतिक, भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण स्पोनसर, मिडिया पार्टनर सहयोगी उपस्थितिहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
नेपालको संविधान तथा राष्ट्रिय दिवस ओमानमा भब्यता का साथ मनाईयो । ओमानी तथा नेपाली राष्ट्रिय गान संगै सुरु गरियको कार्यक्रममा ओमानका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल बाट पानसमा दिप प्रज्योलित गरि कार्यक्रम उद्घाटन गरिएको थियोे साथै ओमान सरकार का प्रतिनिधि तथा महामहिम दार्रा केट काटेर नेपाली राष्ट्रिय दिवस तथा संविधान दिवस कार्यक्रमको सुरुवात गरिएको थियोे । नेपाल भर्मण वर्ष २०२० लाई प्रचार गर्दै र सबै अन्तर्राष्ट्रिय समुदायलाई नेपाली मौलीकताको परिचय दिदै अत्यन्तै अदभूत कार्यक्रम सन्चालन गरेकी थिईन सदिच्छा श्रेष्ठले, स्मरण रहोस् सदिच्छा नेपाल सुन्दरी २०१० रहेकी पनि थिईन तथा नेपाल भर्मण वर्ष २०२० लाई प्रचार गररिहेकी पनि छिन् ।
संविधान दिवसका अवसरमा विविध कार्यक्रमहरु आयोजना गरियो बिहिवार साँज ओमानको चर्चित पाँच
तारे होटेल सेरेर्टनको सभाहलमा ओमान सरकार तथा परराष्ट्र बिभाग तथा विभिन्न देशका नियोग प्रमुख अन्तर्राष्ट्रिय कुटनैतिक पाहुना तथा अन्तर्राष्ट्रिय समुदाय, उद्योगपति, व्यापारी लगायत ओमानमा क्रियासिल नेपाली संघसंथाका प्रतिनिधीहरु तथा ओमानका विभिन्न स्थानमा कार्यरत नेपाली जनसमुदायहरु को उपस्थिति थियोे ।
कार्यक्रमलाई बिशेश बनाउन नेपाल बाट निम्त्याएको झझशुरसुधाझझ सांगीतिक समुह ओमानका गायक गाईका हैतम मोहम्मद रफी, ग्रिक ओमनी गायक दनायी पाछीयाननाकीले नेपाली गीत प्रस्तुत गरेका थिए तथा ओमानलाई आफ्नो कार्मथलो बनाएर ओमानमा कलाकारीता गरेका दाजुभाइ दिदिबहिनीहरु दार्रा नेपाली मौलीक बाजागाजा को कणप्रिय लोकधुनहरुको प्रस्तुतिले तथा नृत्यहरु दिएका स्थानीय नेपाली कलाकारहरूले राष्ट्रिय दिवसलाई झनै संगितमय बनाएका थिय साथै विभिन्न जातीयता लाई प्रतिनिधित्व गर्ने पहिरनमा सजिएका नेपाली दाजुभाइ दिदिबहिनीहरु जब संगितको धुनमा नेपाली पन झल्काउदै थिय यस्तो लागिरहेको थियो जस्तै नेपाली मडलहरु अन्तर्राष्ट्रिय रेर्याम्पमा प्रदर्शन गरिरहेका छन , जसले ओमानमा रहेका अन्तर्राष्ट्रिय समुदाय लाई नेपाल प्रति मोह उत्पन्न गराउन सफल भयको थियो ।
कार्यक्रम सभाहलको ठिक अंगाडि नेपाली मौलीक समाग्रीहरु सजाईएको थियोे भने नेपाल भर्मण वर्ष २०२० लाई प्रचार गर्ने नेपालका मनोरम दृश्यहरु नेपालको नक्सा र विभिन्न पर्यटकीए स्थानहरुका दृश्यलाई चारैतिर राखिएको थियोे ।
अन्तर्राष्ट्रिय समुदायलाई जब सदिच्छा श्रेष्ठले नेपाली खानाका बारेमा बताएकी थिईन धेरैजसो पाहुनाको मुखमा पानी आयको थियोे । एकजना युरोपेली पाहुनाले आगामि छुट्टीमा नेपालमै पुग्ने प्रतिबद्धता पनि जाहेर गरेका छन । नेपालको वारेमा पहिला पहिला माउन्ट एभरेष्ट भयको यौटा भारतको राज्य भनियको अनुभव सुनाउदै ओमान आएपछि मात्र नेपाल अलकै सार्भभौम सुन्दर र कहिलै पनि कसैको अधिनमा नरहेको देश रहेछ भन्ने बारेमा थाहा पायको बताए । ओमानी नेपाली तथा अन्तर्राष्ट्रिय पत्रकार उपस्थिति भएको कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्दै नेपाल ओमानको सम्बन्ध, ओमान सरकारले नेपालमा लगानीका बिषयमा दिएको चाँसो र दुतावाशका गतिविधि र ओमानमा क्रीयासिल रहेका संघ संस्था तथा नेपाली समुदायसँगको निभाउन सकेको सम्बन्ध वारे आगवत गराउदैं राजदुत सर्मिला पराजुली ढकाल दार्रा सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
यसै कर्ममा शुक्रबारका दिन धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरुको बिदाहुने भयको र नेपाली संगितलाई बिस्वमा पुराउने सुरशुधाको उपस्थिति लाई अजै महत्त्वपूर्ण बनाउन राजदुत निवासको हलमा सांगीतिक कार्यक्रम नेपाली साँझ आयोजना गरिएको थियोे जहाँ सुरशुधाले संगितका सबै आरोह अवरोह ले सबैलाई मन्त्रमुक्त बनाउन सफल भयो, साथै ओमानी गायक गायिकाले नेपाली र नेपाली गायिकाले ओमानी गित गाएर सबैको मनोरंजन गरेका थिय ।
राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसर मा सबै नेपाली समुदायलाई समेट्न का लागि नेपाली साँझ सांगीतिक कार्यक्रम गरिएको हो जहाँ केहि अन्तर्राष्ट्रिय पाहुनाहरु पनि रहेका थिय जसले नेपाली राष्ट्रिय दिवसमा दिपावली गरिएका थिय । तथा सनिवार पनि नेपाली समुदायको उपस्थितिमा दुतावासमा दिपावली गरि नेपाली राष्ट्रिय दिवस तथा संविधान दिवस मनाईयो । यसपालिका कार्यक्रमहरुले ओमानमा नेपाल लाईचिनाउन र अन्तर्राष्ट्रिय समुदायलाई चिनाउन सफल भएको छ ।