Saturday, July 21, 2018

किड्नी

किड्नी


डा.राजदेव राम ….
 शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किडनीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ । किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक दवाईको अल्पकालनी सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ ।
यी आधुनिक दवाईहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ । किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ ।
मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा राख्दछ । किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ । नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षण किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ ।
यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् । किड्नी स्टोन (पत्थरी) र यसको लक्षण किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो ।
यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो । उपचार यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन ।
दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ adrenal_gland किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स, जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ ।
त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस्

Saturday, June 23, 2018

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको अध्यक्षमा गोपीकृष्ण पंगेनी
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । गएको २२ जुन शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा प्रवासमा पनि नेपाली गीत र संगीतलाई मलजल गर्दै उजागर गर्ने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको प्रथम अधिवेशन विविध लोक सांगीतिक माहौलमा सम्पन्न भएको छ । सो अधिवेशनले दुई बर्षे कार्यकालका लागि अध्यक्ष जस्तो गरिमामय पदमा गोपीकृष्ण पंगेनीलाई निर्वाचित गरेको हो ।
उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता संयोजक गोपीकृष्ण पंगेनीले गरेको थियो । त्यसैगरी विशिष्ठ अथितिमा रमेश बिजी वरिष्ठ उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कृष्ण आशु केन्द्रीय सदस्य राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए । अन्य अतिथिहरुमा समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरु रहेका थिए
कार्यक्रमको थालनी प्रमुख अतिथि, सभापति, बिशिष्ठ अतिथि र अन्य अतिथिहरुको दीप प्रजोलनका साथ नेपाली राष्ट्रिय गीतबाट भएको थियो । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणको औपचारिक कार्यक्रमलाई ओमप्रकाश पोखरेलले संचालन गरेको थियो भने दोस्रो चरणको सांगीतिक कार्यक्रमलाई ओमकुमारी खांडले संचालन गरेकी थिईन् ।
सो अधिवेशनका लागि एकेन्द्र थापाको संयोजकत्वमा सदस्य निर्भिक नारायण भुर्तेल र खिमलाल पाण्डेको तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो । उक्त निर्वाचन समितिले आगामी २ बर्षे कार्यकालका लागि २५ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ । जसमा क्रमशः अध्यक्षमा गोपीकृष्ण पंगेनी, उपाध्यक्षमा ओमकुमारी खांड, नारायण न्यौपाने, कोषाध्यक्षमा बिक्रम पौडेल, सह–कोषाध्यक्षमा गोपाल भट्टराई, सचिवमा ओमप्रकाश पोखरेल, सह–सचिवमा अमित बिश्वकर्मा र महिला सचिवमा लक्ष्मी केसी रहेको छ ।
त्यसैगरी अन्य सदस्यहरुमा प्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिश दुवाडी, बिरेन्द्र ढेंगाल, पारु मगर, हर्क सिंह, रमेश राणा, केविन जंग शाही, नरेन सापकोटा, बिमा देवी न्यौपाने, मणु क्षेत्री, बिकाश अधिकारी, होमनाथ कुंवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुलीलाई निर्वाचित गरेको छ ।
कार्यक्रमलाई स्थानीय कलाकारहरुले धेरै मनोरञ्जनात्मक बनाएको थियो । हलमा त्यसै त गर्मी अझै सालै जो गीतमा दर्शकहरु झुम्न थालेपछि गर्मीको चाप बढेको आभास हुन्थ्यो । दुबईमा निकै चर्चित दीपक गुरुङ र समिरा सुनारको नृत्यले सुनमा सुगन्ध थपिदिएको थियो । दैनिक आ–आफ्नो ड्यूटीमा व्यस्तता रहेता पनि शुक्रबारे बिदाको सदुपयोग गर्दै आफ्नै मौलिक सांगीतिक माहौलमा रम्न र रमाउनु पाउंदा गाउंबेशीको झझल्को मेताएको थियो ।







Sunday, June 3, 2018

साँढे, साउदी, र नेपालीको जीवन

साँढे, साउदी, र नेपालीको जीवन
(दिवंगत दिदीभिनाजुमा समर्पित) 

विश्वमान आङ्गदेम्बे,  MBA in Finance
अट्लान्टा, जर्जिया, अमेरिका


नेपाललाई सतिले श्रापेको देश भन्छन I कर्मले भन्दा पनि भाग्यले जीवन अनि मृत्यु निर्धारण हुन्छ भन्ने विश्वास र संस्कारले भिजेको नेपाली समाजमा अझै पनि भाग्यमा विश्वास गर्ने चलन छ I अझै पनि यस्तो मान्यताको परिबन्धमा थुनिएको हाम्रो समाज मानसिक र भौतिक विकासको हिसाबले विकसित देशभन्दा धेरै पछि छ जसले गर्दा नेपालको सार्वजनिक क्षेत्रहरुमा धेरै विकराल समस्याहरु छन् I मूल समस्या राजनीतिक भएपनि हाम्रो शिक्षा र संस्कृतिमा पनि ठूलो समस्या छ I एकातिर स्कूल र अस्पतालहरुको दयनिय स्थिति छ भने अर्का तर्फ़ अझै पनि नेपालीहरु ज्योतिषलाई हत्केला देखाउने अनि ग्रह-शान्ति गर्न छोडेका छैनन् I एकातिर दिनहू हज्जारौं कर्मठ युवाहरु रोजगारीको लागि खाडी पलयान हुन्छन भने अर्कोतर्फ़ दैनिक सयौं शिक्षित र सीपवान जनशक्ति प्रथम विश्वका देशहरुतर्फ़ स्थायी बसाईको सपना बोकी पलायन भइरहेका छन् I एकातिर खाडीमा  बर्सेनी सयौं नेपाली दाजुभाईहरु अनि दिदिबैनीहरुको दयनिय पेशागत सुरक्षाको कारणले अकालमै ज्यान गइरहेको छ भने अर्कातिर नेपालमा दक्ष डाक्टरहरुको अभावले अनि अस्पतालको चरम लापरवाहीले दैनिक सैयौं नेपाली दाजु-भाईहरु अनि दिदीबहिनीहरुको अकालमै ज्यान गइरहेको छ I

नेपालबाहिर अनि नेपालभित्र आम नेपालीको जीवन सस्तो छ I पहुँचवाला र ठूला नेताहरु र उनीहरुका परिवारबाहेक आम नेपालीको जीवन हरेक दिन सानो कारणले अकालमै ज्यान जाने जोखिममा छ I के हामी नेपालीहरु सधैंभरी साउदी र कतारको मरुभूमिमा हड्डी घोटेर हज्जारौं कोष पारीको बिरानो भूमिमा "असम्मानजनक" र कतिपय केसमा "अमानविय" व्यहार सही अन्तमा परिवारको मुख हेर्न नपाई अकालमै संसारबाट विदा लिनुपर्ने? के हामी नेपालीहरु सधैंभरी अस्पतालको लापरवाही अनि सिकारु डाक्टरहरुको हेलचेक्राईले बाँच्ने स्तिथि यथाह हुँदाहुँदै अकालमै मर्नुपर्ने? यो स्थिति कहिले सम्म? समस्या श्राप सराप हैन हाम्रो नेपाली मानसिकता हो I जनतादेखि नेतासम्मको मनासिकतामा परिवर्तन आउनुपर्छ I परिवर्तन ढिलै भएपनि आइरहेको अहिलेको स्तिथिमा धेरै नेपालीहरु यसरी नै दिनहुँ मरिरहेका छन् I यही आम नेपाली जीवनको दुईवटा प्रतिनिधि घटनाहरु म पस्कन गइरहेको छु I

नेपालको इटहरीमा दिदीको मृत्यु : साँढेले हानेर अनि अस्पतालको चरम लापरवाहीले

कुरो मे ९ (वैशाख २६) वुधवार अमेरिकी पूर्वीय समय अनुसार विहानको करिव ७ बजेतिरको हो I मेरो श्रीमती शान्तिको फेसबुक मेसेन्जरमा नेपालबाट भदै दीपाको मेसेज आयो - "गीता आन्टी (मेरी जेठी दिदी) बित्नु भो I" यस्तो समाचार नेपालबाट जहिले पनि बिहान आउने गर्छ I मलाई आजकल विहान कसैले नेपाल बाट मेसेज गर्यो भने कुनै नराम्रो समाचार पो सुन्नुपर्ने हो कि भनेर मन झस्कनछ I बुढीले समाचार सुनाएपछि आफैंले एक चोटी मेसेज हेरें I मन झसंग भयो I एकैचोटी मनको पहाडमा चिसो कुहिरो कहाँबाट आई ढाकेको अनुभव भयो I पत्याउन गारो भयो तर दीपा यस्तो कुरामा ठट्टा गर्ने मान्छे थिइन, न त कसैले यस्तो कुरामा ठट्टा गर्छ I हिजो मात्र इटहरीमै घर भएकी साहिली दिदी र ठूली दिदीलाई आफैं रंगेली नजिक आम्तोला लाने माहिला दाजु संग कुरा हुँदा स्थिति ठिक थियो भन्ने कुरा भएको थियो I यस्तो कसरी भयो त? मनमा चिसो पस्यो I मनको एउटा कुनामा झिनो डर र आशंका थियो, सायद १% भन्दा कम सम्भावनाको तर आँखिर त्यहि भयो I जति नै सानो सम्भावना भएपनि त्यो "असम्भव" हुन्न, भयो भने तेसैले मान्छेको ज्यान लान्छ I तुरुन्त फेसबुक मेसेन्जरबाट सिंगापुरमा रहेकी मेरी कान्छी बहिनीलाई फोन गरें तर उ मेसेन्जर कुरामै व्यस्त रैछ, सायद यहि घटनाको कुराले होला I उसलाई फेसबुक बाट सम्पर्क नभएपछि सिधै घरमा महिला दाजुलाई फोन लगाएँ I माइला दाजुलाई "हेलो" गर्न नपाउंदै उहाले आतिदै "गीता बिती" भन्नुभयो I त्यतिखेर उहाँले दिदीको शवलाई रंगेलीबाट बिराटनगर लाँदै हुनुहुँदो रहेछ I मैले केही भनिन I फोन राखे I मन खिन्न भयो I अनाहकमा मान्छेको ज्यान गयो I बाँच्नुपर्ने मान्छेको अकालमै ज्यान गयो I उपचार यथाह सम्भव भएको मान्छेको ख्याल-ख्यालमै ज्यान गयो I पत्याउन गारो भयो I एकछिन अस्पताल अनि आफ्नै मान्छेहरु देखि रीस पनि उठ्यो I

जेठा (ठूलो) दाईसँग १-२ दिन अघि मात्र काठमान्डौ उपचार गर्न लैजाने सल्लाह भएको थियो I उहालाई साँढेले हानेको ३ हप्ता भन्दा बढी भएको थियो क्यार I हामीले "समय छ" भनेर काठमान्डौ  लान अलि ढिलो पनि गर्यौं की? तर काठमान्डौ लानलाई पनि "प्लान" गर्नुपर्थ्यो I उहाँ उठ्न सक्नुहुन्थेन I उठाउन ४ जना मान्छे चाहिने I जता छोयो उतै दुख्ने I दिसाब-पिसाब गर्न पनि कम्तिमा दुईजना मान्छे चाहिने I अम्बुलेंस्मा १२ घण्टा गुडाएर काठमान्डौ लान लगभग असम्भव थियो I "प्लेन"बाट लानलाई बुझ्नुपर्थ्यो I उता फेरि काठमान्डौमा हेरचाह गर्ने २-३ जना मान्छे चाहिन्थ्यो I त्यहिपनि मनमा ग्लानीको अनुभूति भयो I काँडा कतै बिझे जस्तो भयो तर निकाल्न सकिन र सकिरहेको छैन I सायद भाग्य यस्तै हो भनेर चित्त बुझाउन सकिने भए सकिन्थ्यो होला?

त्यसपछि तुरुन्तै अफिसको ल्यापटप खोले अनि घर बाटै काम गर्ने सूचना छोडे मेनेजर र साथीहरुलाई I मेनेजरलाई अफिस मेसेन्जरबाट मेरो घटनाको बारे बताए र मे १५ सम्मको लागि बिदा मांगे I मलाई पहिले २०१४ को जनवरी ७ मा मेरा बुवा खस्नु हुँदा म नेपाल जान सकेको थिइन I त्यतिखेर म अमेरिका पढ्न आको ४ महिना पनि भएको थिएन I ऋण लिएर अमेरिका आको थिए I काम थिएन I घर आउने पैसा थिएन I त्यतिखेर बुवाको काममा घर आउन नपाएको कुराले मनमा बिझेको थियो र अझै पनि छ I तर, आफ्नो बाध्यता थियो I त्यसपछि मैले आफ्नो घर-परिवारको कुनै पनि सदस्यको मृत्युमा घर आउने वाचा गरेको छु I मे ९ को दिउँसो कतार एयरवेजको टिकट काढी साँझ ७:३० को फ्लाइटमा नेपाल तर्फ़ लागेँ, ठूली दिदीको अन्तिम संस्कारको लागि I अन्तिम चोटी उहाँको एक पटक अनुहार हेर्ने मन थियो I

साँढे र सार्वजनिक शुरक्षा: विकराल समस्या

मेरी ४५ वर्षीय दिदी, गीता कुमारी अन्ग्देम्बे आङ्गबुहांगलाई एउटा कालो साँढेले बैशाखको पहिलो साता बेहोस हुने गरी हानेको थियो I राति करिव १० बजे तिर साँढेले उहाँको इटहरी-८ (फूलबारी टोल) को घर नजिकको बारीको मकै खान आउँदा एक्लै साँढे धपाउन जाँदा साँढेले मूल बाटो नजिकको खेतमा लडाएर मरणासन्न हानेको रहेछ I घर-परिवारले पछि उहाँलाई साँढेले बेहोस अवस्थामा पनि हान्दै गरको अवस्थामा फेला परेछन I तुरुन्त रातिको १२ बजे धरानको "बी.पी. कोइराला स्मृति अस्पताल (घोपा क्याम्प)" लगेछन I त्यो कालो साँढेले त्यो टोलभरिका र इटहरीकै दर्जनौं मान्छेलाई हानिसकेको रहेछ भने कतिलाई अस्पताल नै भर्ना गराइदिएको रहेछ I एक जनालाई त "आई.सी.यू." मै भर्ना गरिदिएको रहेछ I त्यति हुँदा पनि इटहरी उप-महानगरपालिकाले केही नगरेको देखेर नेपालको "सार्वाजनिक सुरक्षा" कस्तो रहेछ भन्ने गहिरो अनुभव भयो I मलाई फेब्रुअरीमा नेपालमा हुँदा काठमान्डौको नियम-कानून बनाउने  "संबिधान सभा हल" को उत्तर भित्तानिरको सडकमा हिड्दै गर्दा एउटा कुकुरले तोकेको थियो तर कसलाई उजुरी गर्ने अनि को सँग क्षतिपूर्ति माग्ने? हुनत मैले तेस्को उजुरी नजिकैको पुलिस थानामा दिन लागेको थिए तर अमेरिका फर्कन ३-४ दिन मात्र थियो, समयको अभावले सकिन I दिदीको घटनापछि टोलका मान्छेले वडा कार्यालय घेरेपछि भने वडा अध्यक्षले आफ्नै पैसाले मान्छे र डोजर लगाएर त्यो साँढेलाई पक्रेर परको अर्को वस्तिनिरको जंगलमा छोडीदिएछन, जुन समस्याको दूरगामी समाधान थिएन I अमेरिकामा तेस्तो घटना को त कुरै छोडौं कसैलाई हानेको मात्र भए त्यो जनवारलाई पुलिसले गोलि हानेर मारीसक्थ्यो, अनि त्यो जनावरको धनिलाई कारवाही हुन्थ्यो I नेपालको हकमा २ वटा समस्या छ - (१) खुला जनावरहरु जसको धनी कोही छैन, (२) सार्वाजनिक सुरक्षा सम्बन्धि कडा नियम-कानूनको कमी तथा भएको कानूनको कार्यान्वयनमा कमजोरी I पहिलो त, सरकारले मान्छेलाई जनावर (चाहे कुकुर होस् या साँढे) खुला छोड्न दिनु भएन, छोड्ने लाई कडा कारवाहीको कानून बनाउनुपर्यो I अहिलेको नयाँ संरचनामा ७०% भन्दा बढी मानिस नगरपालिकामा बस्छन I शहरी विकासमा यो ठूलो समस्या हुनेछ I पहिले जस्तो गाउँमा पातलो बस्ति र अथाह ठाउँ भएकोले साँढे, कुकुर, वा अन्य जन्तुलाई खेल्ने घुम्ने ठाउँ हुन्थ्यो I शहरमा हर्के मोडमा मान्छेसँग जम्काभेट हुन्छ, जति बढी भयो, त्यति दुर्घटनाको सम्भावना हुन्छ I भएका खुला जनावरहरुको उचित व्यस्थापन हुनुपर्छ र नयाँलाई हुनबाट रोक्नुपर्छ I दोश्रो, सार्वाजनिक स्थानमा हिड्दा-डुल्दा मान्छेको सवारी-साधनले ठक्कर दिएर, बहुला कुकुरले टोकेर, साँढेले हानेर, इत्यादि घाइते हुन्छन अनि कति त मृत्युको मुखमा पुग्छन I समग्रमा हाम्रो सार्वजनिक स्थलहरु सुरक्षाको हिसाबले एकदम कम्जोर छन् I मानिसहरुलाई सुरक्षित महसुस गराउन "सार्वजनिक सुरक्षा कानून"  ल्याउनु पर्छ जसले सडक देखि पेटी सम्म, पार्कदेखि बजारसम्मलाई सुरक्षित बनाउन सकोस I

अस्पताल र स्वास्थ्य क्षेत्र: चरम लापरवाही

जब ठूली दिदीलाई "घोपा क्याम्प" लगियो रातिनै, त्यहाँ एमर्जेंसिमा पनि भनसुन नगर्ने हो भने पालो आउन गारो रहेछ I यस्तो स्थिति छ नेपालमा ! एमेर्जेंसी रूममा पनि खालि सिकारु डाक्टरहरु रहेछन I तेत्रो साँढेले जोड सँग "फोर्स" ले हान्दा तेस्को धक्कनले गाडीले हने जस्तै "भित्री अंगहरु (कलेजो, फोक्सो, पित्त, इत्यादि) को पनि कमसेकम जांच हुनुपर्ने हो I तर, ती सिकारु डाक्टरहरुले जम्मा "एक्स-रे" मात्र गराएर अनि दुई वटा औषधि दिएर २ दिनमा "डिस्चार्ज" गराएर पठाएको सुनेर म छक्क परें I उनीहरुले "उहाको सबै ठिक छ हड्डी मात्र टुटेका हुन्" भनेर पठाएछन् I पछि थाहा पाएँ ती डाक्टरहरु आफै बहस गर्दै रिपोर्ट तयार गर्दा "कन्फ्युज" देखिन्ते रे I "ए तेस्तो भयेछ? मैले नै लेखेको हो? तेती तिमीले मिलाएर बनाइदेउ न?" जस्ता एक दमै सिकारु, "अव्यावसायिक", र लापरवाही बहस गरेछन I दक्ष र अनुभवी डाक्टरहरु त अस्पतालमा त हैन आफ्नो प्राइभेट क्लिनिकमा हुँदा रहेछन I अनि नेपालमै दक्ष डाक्टरहरु विदेशिएर दक्ष डाक्टरहरुको कमी त छदै छ I तेस्ता डाक्टरहरुको कुरा अन्धाधुन्ध मानेको देखेर आफ्ना मान्छेहरुदेखि पनि अचम्म लाग्यो I  सामान्य विवेकले पनि विरामीको अवस्था देखेर नै "केही ठिक छैन" भन्ने अनुमान हुन्छ नि? ज्योतिषले यसो भनेको थियो, धामीले यस्तो भनेको छ भन्ने कुरामा बढी ध्यान गएपछि के भन्ने? पछि फेरि अवस्था बिग्रेर घोपा क्याम्प लाँदा पनि भित्री अंगहरु (कलेजो, फोक्सो, पित्त, इत्यादि)" को जांच भएनछ I मलाई सुरु देखिने "घोपा क्याम्प" को २ दिनमै "डिस्चार्ज"  गरे देखि विस्वास उडेको थियो I जसरी भएपनि काठमान्डौ लानुपर्छ, हैन भने दिदीको ज्यान खतरामा हुन्छ भन्ने लागेको थियो I

त्यसपछि बैसाख २४-२५ तिर दिदीलाई हड्डीको "आयुवेदिक उपचार" गर्न एउटा सतार वैधकोमा लगेछन I मैले त्यो थाहा पाउने बित्तिकै चिन्ता लागिसकेको थियो I  त्यहाँ भरेइ केहि भैदियो भने? मलाई यस्ता धामी-झाँक्री विश्वास लाग्दैन अनि आयुर्वेदिकहरुको एकदमै सिमित भर लाग्छ I अहिलेसम्म "भित्रि अंगहरु" को एउटा केहि भएको छैन, न एम.आर.आई. न त कुनै औसधी, खाली हड्दिमै केन्द्रित छ सबैको ध्यान I दिदीलाई "लो ब्लड प्रेसर" पनि थियो I भरेइ त्यहीं आम्तोलामा उपचारको क्रममा उहाँलाई "लो ब्लड प्रेसर" हो न भित्रि अंगहरुको कारणले स्थिति एकैछिनमा बिग्रिएर एम्बुलेन्स बोलाउँदा १ घण्टा जति कुर्दा कुर्दै पछि रंगेली लाँदै गर्दा बित्नु भएछ I त्यतिखेर बैसाख २६ गते बुधवारको दिन दिउँसो ३:३० बजेको थियो I हिजोसम्म आफू ठिक भएपछी के-के गर्ने कुरा गर्दै गरेको मान्छे अनि बिहान सम्म ठट्टा गरेको मान्छे एक्कासी दिउँसो स्तिथि बिग्रेर आफ्नो मरण आएको थाहा आएपछि उहाँले सांस जाने बेला "म जाँदै छु" भनेर हात पनि उठाएर इसारा गर्नुभएछ I  सुनेर मन भारी भयो I स्वास्थ्य क्षेत्रमा भैरहेको यस्तो विकराल बेथिति, लापरवाही, अनि अनियमितता रोक्न रोक्न सरकारले कडा "सार्वाजनिक स्वास्थ्य कानून" ल्याउनु पर्छ I तेस्ले स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर, नर्स, तथा अन्य पेसाका मानिसहरुले बिरामी र कुरुवाहरु प्रति गरिने व्यहार, गरिनु पर्ने जांच, स्वास्थ्यकर्मीहरुको दक्षताको परिक्षण, स्वास्थ्यकर्मीहरुप्रति गरिने व्यहार, कानूनी उपचार, इत्यादि सम्बोधन हुनुपर्छ I

साउदीको जेद्दामा भिनाजुको मृत्यु - नेपालीमाथिको हेपाई

ठूला भिनाजुको (राम कुमार आङ्गबुहांग) साउदीको जेद्दाहमा ५५ वर्षको उमेरमा २०७४ साल जेठ ३ गते आकस्मिक मृत्यु भएको थियो I १ वर्ष पुग्नु ठ्याक्कै १ हप्ता अघि दिदीको २०७५ साल बैसाख २६ गते ४५ वर्षको उमेरमा ठूली दिदीको मृत्यु भएको थियो I उहाँहरुले १२ वर्षीय छोरी र १९ वर्षीय छोरा छोडेर जानुभयो I आजभन्दा १ वर्ष १ महिना अगाडी दिदीको जसरी नै विहान फोन बाट घर बाट "ठूलो भिनाजु बित्नु भएको" मेसेज साहिली दिदी बाट आएको थियो I भिनाजु साउदी पहिलो चोटी गएको १२ वर्ष भन्दा बढी भएको थियो I २०७३ साल तिर दशैंमा घर फर्कदा उहाँ निकै लामो समय बस्नु भयो अनि नफर्किने सोचले आउनु भएको थियो तर बसाईकै क्रममा इटहरीको जग्गामा घर बनाउने सल्लाह भएछ जस्तो कारणले उहाँ फेरी अब विदेश जानु पर्ने भयो I ५५ वर्षको उमेरमा फेरी विदेश फर्किनु भयो I मलाई यो ठिक लागेको थिएन I आँखिर जीवन के का लागि? आफ्नो परिवार (बुढी अनि बाल-बच्चा) सँग टाढा बस्नुपर्ने अनि त्यसमाथि तेस्तो साउदीको मरुभूमिमा हड्डी घोटेर काम गर्नुपर्ने I  बरु कम पैसा भएपनि नेपालमै केहि गरेर आफ्नो परिवार पालेको राम्रो I कमसेकम परिवार सँग त बस्न पाइञ्छ I अन्तमा, त्यो घर राम्रो सुरु हुन नपाउदै उहाँ बित्नु भयो I न आफू त्यो घरमा बस्न पाउनु भयो, न त जीवन भर आफ्नो बाल-बच्चा सँग खेल्न हुर्काउन पाउनु भयो I कहिलेकाहीं लाग्छ उहाँले आफ्नो हैन अर्काको जीवन बिताउनुभयो I आफ्नो इच्छा-चाहनाको कुरै भएन I हुन त आ-आफ्नो क्षमता को कुरो पनि हो, तर विदेशमा जीवनभर परिवारसंग छुत्तियेर अनि परिवारसँग बस्न नपाई मर्नुभन्दा नेपालमै दुख गरेर बसेको राम्रो I दिनभरी बाहिर घाममा काम गर्नु पर्ने अनि राति चिसो ए.सी. मा सुत्दा उहाँलाई सायद हृदय-घात भएछ I उहाँको कुनै न त जीवन बीमा मिल्यो, न त कुनै क्षतिपूर्ति I कम्पनीले त नेपाल शब् ल्याउनमा सघाउन त कुरै छाडौं ल्याउन पनि दिएन I  ३ महिना भन्दा बढी लग्यो शव ल्याउन ! जेठमा बितेको मान्छेको शव भदौमा मात्र आइपुग्यो नेपाल I नेपालीको ज्यान कति सस्तो रहेछ त? हामी कति हेपिएका रहेछौं? यस्तो अवस्था हुँदा पनि हामी बोल्न सकिरहेका छैनौँ I ती खाडी राष्ट्रहरुले हामी नेपालीहरुलाई मान्छे लाई गर्नुपर्ने व्यहार नगर्दा पनि हामी बाध्य छौँ चुप लाग्न I यस्तो अवस्था कहिले सम्म?

वैदेशिक रोजगार: पिडा र समाधान

यो त एउटा प्रतिनिधि घटना हो I नेपालीहरु दिनहुँ खाडीको कुनामा मरिरहेका छन् I नेपालीको जीवन सस्तो छ I यो स्तिथि पक्कै पनि अनन्तकालको लागि होइन I यसमा सुधार हुनुपर्छ I सरकारले नेपालीहरुको हक-हितको लागि खाडी मुलुकहरुसँग कुरा उठाउनुपर्छ I बीमा  र उचित क्षतिपुर्तिको सुनिस्चितता गरिदिनुपर्छ I नेपालीहरुको अन्तर्राष्ट्रिय छाता संगठन "गैर-आवासिय नेपाली संघ" ले खाडी मुलुक र मलेसियामा काम गर्ने नेपाली कामदारको हक-हित र मानव अधिकारको लागी लड्ने अधिवक्ता र मानव अधिकारकर्मी सहितको टिम खडा गर्नुपर्छ I साथै उनीहरुको समस्या सुन्नको लागि एउटा "हेल्पलाइन" सुरु गर्नुपर्छ I उनीहरुको पेसागत सुरक्षा र अधिकार सम्बन्धि चेतना फैलाउने कार्यक्रम संचालन गर्नुपर्छ I यस्तो काम नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्नुपर्छ I दूरगामी हिसाबले नेपाल सरकारले स्वदेशमै रोजगारीको सिर्जना गर्ने वातारण खडा गर्नुपर्छ I राजनीतिक स्थायित्व संगै अब २४ घन्टी "पावर सप्लाई" सुचारु राखी बन्द भएका उद्योग-कलकारखानाहरुको संचालन तथा नयाँहरुको सुरुवात हुनुपर्छ I नेपाल देश आफैँ महँगो नभए सम्म हामी नेपालीहरुको जीवन यसरी नै सस्तो रहिरहनेछ I नेपाल र नेपालीको जीवन महँगो बनाउने विदेशीले हैन, हामी नेपालीले नै हो I

कतार नेपाली एकता समाजको प्रेस वक्तव्य

   कतार नेपाली एकता समाजको प्रेस वक्तव्य                    
                    



कतार नेपाली एकता समाजले रम्जान लगत्तैको ईद अल फितर २०१८ मा पाचौ राष्ट्रिय सम्मेलन गर्ने सूचना विभिन्न पत्र पत्रिका वा अनलाईन मिडिया र सामाजिक सन्जालहरुमा समेत जानकारी प्रकाशन गरेको थियो । संगठनको विविध आन्तरिक कारणले गर्दा उक्त समयमा सम्मेलन हुन नसकेको यसै वक्तव्य मार्फत सहर्ष जानकारी गर्दछौं । साथै पाचौं राष्ट्रिय सम्मेलन वक्री इद (इद अल अधा) २०१८ मा सारिएको व्यहोरा समेत सम्पूर्ण पवासी नेपाली दाजु भाई तथा दिदी बहिनी लगाएत कार्यकर्ता, समर्थक, शुभ चिन्तक,एवं न्यायाप्रमी जनसमुदायहरुमा जानकारी गर्दछौं । यो जानकारी संगै विगतका दिनहरुमा झै सम्पूर्ण समाजसेवी, व्यवसायी, बुद्धीजीवी, पत्रकार, कलाकार, र न्यायप्रेमी जनसमुदायहरुमा आर्थिक, भौतिक,र नैतिक, सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।

क्रान्तिकारी अभिवादन सहित

                                                

                                                  लुमाकान्त पुन
                                                      अध्यक्ष

                                         कतार नेपाली एकता समाज केन्दि«य समिति

Saturday, April 21, 2018

मन्त्री थापाद्धारा नेपाल रेडक्रस सोसाइटीको ४७ औं महाधिवेशन उद्घाटन

मन्त्री थापाद्धारा नेपाल रेडक्रस सोसाइटीको ४७ औं महाधिवेशन उद्घाटन       
                                                                             
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४७ औं महाधिवेशनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले आज बिराटनगरमा एक विशेष कार्यक्रमकाबीच समुद्घाटन गर्नुभयो ।
दुईदिनसम्म सञ्चालनहुने उक्त महाधिवेशन उद्घाटन कार्यक्रमा मन्त्री थापाले मानवजीवन र प्रतिष्ठाको विश्वव्यापी संरक्षणको लागि मानवीय सेवामा अहोरात्र खटिरहेका रेडक्रस तथा रेडक्रिसेण्ट अभियानका स्वयंसेवकप्रति हार्दिक सम्मान व्यक्त गर्दै नेपालका सबैजसो विपद्को अवस्था, विगतका द्वन्द्व र २०७२ सालको भूकम्पपश्चात नेपाल रेडक्रसले गरेको मानवीय सेवाको लागि धन्यवाद दिनुभयो ।  उहाँले महिला समावेशीकरणको विषयलाई मुलुकले प्राथमिकता दिएकोले सवैपक्षलाई त्यसतर्फ थप ध्यान दिनसमेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “धर्म, संस्कृति, संस्कार वा परम्पराका आधारमा हुने सबै प्रकारका विभेद शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको सिर्जना गर्न मानवीय मर्यादा र सामाजिक मूल्यको विकास गर्ने नेपालको आवश्यकता हो । नेपाल रेडक्रसले यी कुराहरुमा थप ध्यान दिने अपेक्षा गर्दछु ।” 
सोही अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले भन्नुभयो– “संस्थाका बिभिन्न तहबाट प्राप्त व्यवहारिक सुझावहरुलाई कार्यान्यनमा ल्याइ रेडक्रसलाई कसरी अझै सबल बनाउन सकिन्छ भन्ने विषयमा हाम्रो प्रयत्न निरन्तर रहनेनै छ । संस्थाको अल्पकालीन मध्यकालीन र दीर्घकालीन विकास र क्षमता अभिबृद्धिका लागि  र मानवीय सेवा  अझ परभावकारी बनाउन रेडक्रस प्रयत्नशील रहेको छ ।” अध्यक्ष थापाले भन्नुभयो– “ मुलुक संघीयतातर्फ अगाडि बढिरहको सन्दर्भमा नेपाल रेडक्रसको संगठनात्मक संरचना पनि विधानत सोहीअनुरुप अनुकुल बनाउने उद्देश्यका साथ महाधिवेशनले छलफल गर्दैछ् ।”
सोही अवसरमा बोल्दै समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले जस्तो सुकै विपत्तिमा पनि सेवाको लागि तत्पर रहने रेडक्रस अभियानको विश्वव्यापी स्वाभिमान र पहिचानलाई नेपाल रेडक्रसले कायम राख्दै आएकोमा प्रशंशा गर्दै पछिल्लो समयमा परिषद् र नेपाल रेडक्रसका पदाधिकारीहरु बीच निरन्तर छलफल भइरहेको जानकारी गराउनुभयो ।
मोरङ्ग जिल्ला शाखाका सभापति सुवोध सिंहको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा शाखा उपसभापति रामानन्द यादवले  सम्पूर्ण सहभागी प्रतिनिधिहरुलाई स्वागत गर्नुभएको थियो । महाधिवेशनको महत्वबारे प्रकाशपार्दै नेरेसोका महामन्त्री देवरत्न धाख्वाले विराटनगरमा तेस्रोपटक आयोजना भइरहेको चालु अधिवेशनले बदलिँदो समय र सन्दर्भमा जनअपेक्षा अनुसार सँस्थाका मानवीय सेवालाई अघि बढाउन महाधिवेशनले निर्देश गर्ने बताउनुभयो ।
यस अघि बाजागाजा र झाँकी सहित यूवा तथा सवै जिल्लाका प्रतिनिधिहरुको सहभागितामा बिहान ७ बजे सुरु भएको प्रभातफेरीले बिराटनगर शहरका विभिन्न भागहरु परिक्रमा गरी बजे शनिहाट चोकमा गई विर्सजन भएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
अतिथि सदनमा सञ्चालित समुद्घाटन समारोहमा बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङ्गका प्रमुख जिल्ला अधिकारी राम प्रसाद अधिकारी, साझेदार राष्ट्रिय रेडक्रस सोसाइटीका तर्फबाट ब्रिटिस रेडक्रसका प्रतिनिधि जिल क्लेमेन्टस र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि यादव दाहालले महाधिवेशनको सफलताको लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति नेपाल प्रमुख आन्द्रे पाके र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल स्थित प्रमुख प्रतिनिधि जुजा किमबाट महाधिवेशनको सफलताका लागि प्राप्त शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । 
रक्त परीक्षण तथा ल्याबखर्चमा सहयोग गर्ने र गरीव जनतालाई सहुलियतमा रक्तसेवा उपलव्ध गराउन महानगरपालिका र नगरपालिकाहरु सकारात्मक रहेको महानगरका मेयर भीम पराजुलीले रक्तसञ्चार कोष स्थापनाको लागि प्रस्ताव गर्नुभयो । 
देशका ७५ वटा जिल्लाबाट रेडक्रसका तीन–तीन जना प्रतिनिधिहरू, केन्द्रीय कार्यसमिति र मनोनित सभासद्हरू गरी २७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।  संस्थाको अभिन्न अङ्गको रूपमा रहेको जुनियर, युवा रेडक्रससाथै शिक्षक नायकको प्रतिनिधिहरु पनि महाधिवेशन पर्यवेक्षकको रूपमा भागलिइरहेका छन् ।
आजै बन्द सत्रका कार्यक्रमहरु सुरु भएका छन् र महामन्त्री तथा कोषाध्यक्षबाट प्रस्तुत गत आ.वको प्रगति तथा आगामी आवको लागि प्रस्तावित कार्यक्रम पारित भएका छन् । सो विषयमा पारित कार्यक्रम अनुसार भूकम्प प्रतिकार्य कार्यक्रम, विपत तथा सङ्कट व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक सशक्तिकरण, सङ्गठन तथा क्षमता विकास र मानवीय सिद्धान्त तथा कूटनीतिसम्बन्धी गतिविधिहरू तथा सँगठनविकास लाई उच्च प्राथमिकता दिइएको छ । सोको लागि रु. ५ अर्ब ८४ करोड कूल बजेट छुट्टइएको छ । साधारण र विकासतर्फको बजेटमा क्रमशः १४.२१ र ८५.७९ प्रतिशत हिस्सा रहेको छ । नेरेसोको सातौँ पञ्चबर्षीय योजनाअनुसार सामुदायिक उत्थानशीलताको लागि सवैपक्षको साझेदारी अवधारणालाई सफल बनाउने संकल्प गरिएको छ । 
साथै यूएनबाट ५० हजारको स्वयँसेवक पुरस्कार विजेता रेडक्रसकर्मी नारायण श्रेष्ठ र राजन श्रीवास्तवलाई अध्यक्ष थापाले नेरेसोका तर्फबाट सम्मान गर्नुभयो ।  
नेपाल रेडक्रसका ७५ जिल्ला शाखा, १,५१६ उपशाखा, ६ हजार ३ सय ४० जुनियर तथा युवा सर्कल गरी जम्मा ८ हजार ३५ स्थानीय निकायहरु छन् । जसमा १० लाख ९० हजार सदस्य रहेका छन् । 
भोजपुरबाट महाधिवेशनमा सहभागिताको लागि विराटनगरमा आइपुग्नुभएकी निर्मला खड्काले  रेडक्रसको सेवाकार्यको प्रचार प्रचार, गाँउघरमा विपद लगायतका सचेतना गतिविधि फैलाउन र सवैक्षेत्र तहलाई सक्रिय बनाउन यस महाधिवेशनले सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो । 
यसको पूर्व सन्ध्यामा हिजो नेरेसो महाधिवेशनको मूल विषय र तयारीका सन्दर्भमा जानकारी गराउने उद्देश्यले एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । यसका अलावा नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको स्वयंसेवक स्मृति भवनको नेरेसोका अध्यक्ष सञ्जीव थापाले समुद्घाटन गर्नुभएको थियो । हिजै नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमामा स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा इकाइमा २० लाख रुपैया बराबरको ब्लड कम्पोनेन्ट सेपरेशन मेशिनको शुरुवात पनि गरियो ।  

Thursday, January 4, 2018

नेपाल रेडक्रसको गोदाम घर निर्माणका लागि सम्झौता सम्पन्न

नेपाल रेडक्रसको गोदाम घर निर्माणका लागि सम्झौता सम्पन्न 
रेडक्रस सोसाइटी चाइना र नेपाल रेडक्रस सोसाइटीबीच केन्द्रीय गोदामघर निर्माणसम्बन्धी सहयोग सम्झौतामा आज काठमाडौंमा हस्ताक्षर भएको छ । 
सम्झौता पत्रमा चाइना रेडक्रसका तर्फबाट चाइनिज रेडक्रस (Red Cross Society of China)RCSC) का उपाध्यक्ष वाङ हाइजिङ Wang Haijing  र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वाले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार रेडक्रस सोसाइटी चाइनाको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघरको निर्माण हुँनेछ ।  
केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै चाइना रेडक्रसका उपाध्यक्ष वाङ हाइजिङले नेपाल रेडक्रसलाई गोदाम निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग गर्न चाइना रेडक्रस तयार रहेको बताउनुभयो । 
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले नेपाल रेडक्रसले विपद्को लागि पूर्वतयारी गरे पनि २०७२ सालको भूकम्पको समयमा ठूलो मात्रामा सहयोग गर्न ठूलो गोदामघरको आवश्यकता महसूस भएपछि चाइना रेडक्रस समक्ष गोदाम निर्माणको लागि प्रस्ताव गरिएको बताउनुयो । उहाँले भूकम्पका बेला चाइना रेडक्रसले पु¥याएको आर्थिक र सामग्रीगत सहयोगको प्रशंसा पनि गर्नुभयो ।
यस्तै सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रसको सन् २०२० सम्मको विकास योजना अनुसार यो गोदामघर निर्माण परियोजना प्रस्तुत गरिएको बताउनुभयो । 
प्रस्तावित भवनको विस्तृत डिजायन ३ महिना भित्र  तयार हुने छ । रु. १३ करोडको लागतमा दुईवर्षभित्र गोदामघर निर्माण सम्पन्न गरी आवश्यक उपकरणहरुको समेत व्यवस्था गरिनेछ ।  
रेडक्रस सोसाइटी चाइनाका उपाध्यक्ष वाङ हाइजिङका नेतृत्वमा नेपालको तीन दिने भ्रमणमा आएको प्रतिनिधिमण्डलले आजै भक्तपुरस्थित गोदामघर निर्माण स्थलको अवलोकन समेत गरेको छ भने भोली काभ्रेका भूकम्प प्रभावित समुदायहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलमा  चाइना रेडक्रसका डेपुटी डाइरेक्टर, इन्टरन्यासनल कोओपरशेन डिभिजन प्रमुख सम्मिलित हुनुहुन्छ । (Ms. Yu Liying, Deputy Director, Ms. Hai Liman, Head of International Cooperation Division and Ms. Chen Yue, International Cooperation Division, External Liaison Department)
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकाल, कार्यकारी निर्देशक इन्द्रबहादुर केसीलगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

Key information-
Central Warehouse Construction agreement was signed today at Kathmandu between Red Cross Society of China (RCSC) and Nepal Red Cross Society (NRCS). The agreement paper for a duration period of 2 years (1 January 2018 to 31 December 2019) was inked by Mr. Dev Ratna Dhakhwa, Secretary General of NRCS and Mr. Wang Haijing, Vice President of the Red Cross Society of China.
 This RCSC support is based on the earthquake recovery frame work of NRCS in which RCSC is supporting the implementation of the warehouse construction project by providing financial assistance of 1.3 million USD.
Mr. Wang Haijing, Vice President of the RCSC said, "RCSC will explore other areas of support to Nepal."
NRCS chairman Mr. Sanjiv Thapa said, "The main objective of the signed project is to construct a central warehouse building of NRCS at Bhaktapur with adequate equipment and facilities."
A high level team from Red Cross Society of China (RCSC) is in Nepal for a 3-day visit. The RCRC team led by Mr. Wang Haijing, Vice President of the Red Cross Society of China comprised of Ms. Yu Liying, Deputy Director, Ms. Hai Liman, Head of International Cooperation Division and Ms. Chen Yue, International Cooperation Division, External Liaison Department. 
 Addressing the signing ceremony NRCS Secretary General Dev Ratna Dhakhwa highlighted the relevance of the warehouse construction project and said," it was realized that the existing capacity of the NRCS warehouse was not enough to cope with mega disaster like earthquake of 2015 April. Likewise, it was learnt that it is not advisable to have a warehouse in the National Headquarters where access is limited for big vehicles."
 Currently, NRCS is managing its central warehouses in temporary structures and rub halls. And other warehouses in different 11 strategic places of the country.
The team today also observed the construction site at Bhaktapur. The team will visit kavrepalanchok district tomorrow and observe Red Cross support activities targeting people affected by 2015 earthquake.