गुल्मी सेवा समाज ओमानको उदघाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मस्कट,ओमान - सामाजिक कार्यमा टेवा पुर्याउने उदेश्यका साथ चार महिना पहिला ओमानमा संगठित भएको संस्था गुल्मी सेवा समाज ओमानले शुक्रबार आधिकारिक रुपमा उदघाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गुल्मी लगायत देसभरी बाट रोजगारीको लागी बाहिर रहने नेपालीहरुलाई आईपर्ने समस्यामा सहकार्य गर्दै पीडित लाई मलम लगाउनु यो संस्थाको मुख्य उद्देश्य हो । साथै यो संस्थाले गुल्मी जिल्लाको कला संस्कृति र पर्यटनलाई नेपाल अधिराज्यभर तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनको लागी पनि गृहकार्य गरिरहेको संस्थाका सचिब प्रकाश न्यौपानेले बताएका छन्। कतार,युएई,साउदी अरव,बहराईन ,कुवेतमा लगायत बिस्वका अन्य मुलुकमा गुल्मी सेवा समाजको बलियो संगठन छ । २०७४ बैशाख ०१ गते ९ जना गुल्मेलीहरुको उपस्थितिमा स्थापना भएको गुल्मी सेवा समाज ओमानले चार महिना बितिसक्दा करिव ५० जना गुल्मेलिहरुलाई समेट्दै ओमानमा आफुलाई एक दरिलो सामाजिक संगठनको रूपमा चिनाउन सफल भएको छ ।
शुक्रबार मस्कट स्थित स्पाईसी भिलेज रुसेलको सभाहलमा सम्पन्न उक्त उदघाटन तथा अन्तरक्रिया कार्यक्रम संस्थाका अध्यक्ष घनश्याम भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहेकी ओमानका लागी नेपाली राजदुत सर्मिला पराजुली ढकालले सम्बोधन गर्दै प्रवासमा सामाजिक कार्यका लागी अग्रसर हुँदै नयाँ संस्था स्थापना हुनु गौरव र खुशिको कुरा भएको अनि यसले ओमानमा रहने नेपालीलाई फाइदा पुग्ने बताएकि थिइन् । साथै प्रमुख अतिथि पराजुलीले आगमी दिनहरुमा गुल्मी जिल्लाबासी मात्रै लाई केन्द्रित नभई सिङ्गो नेपाली समुदायको लागी हित हुने कार्यहरू गर्नको लागी अनुरोध गरेकी थिइन् । उनले सोहि कार्यक्रममा अहिले दूतावासले गर्दै आएका विभिन्न गतिविधिको बारेमा पनि जानकारी गराएईकि थिइन् ।
उक्त कार्यक्रममा गैर- आवसिय नेपाली सोसियल क्लव ओमानका अध्यक्ष दिपक श्रेष्ठ ,अन्तरास्ट्रिय एकता समाजका केन्द्रिय महासचिव शोभाकान्त लामिछाने ,प्रवासी नेपाली मञ्च ओमानका उपाध्यक्ष लिलानाथ कोईराला ,जन- सम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल,जन- प्रगतिशील समिति ओमानका उपाध्यक्ष हेम आचार्य, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, बिबेकशिल साझा पाटी ओमानका ब्यवस्थापिका प्रमुख जिवन कार्कि ,महिला समुह ओमानकि अध्यक्ष उमा आचार्य,नेपाली समाज ओमानका महासचिब दिल रोक्का,मगर संघ ओमानका अध्यक्ष सुर्य बहादुर थापा ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याटरका प्रतिनिधि दिल प्रसाद पौड्याल ,डिसि नेपाल ओमान संवाददाता बिनेश खनाल लगायत ओमानमा क्रियाशिल रहेका अन्य संघ- संस्थाका प्रतिनिधिहरुले अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा पहिलो कार्यकालको लागी सहमतिमा बनेको संस्थाको कार्यसमितिका पदाधिकारीरुलाई पनि सार्वजनिक गरिएको थियो
पदाधिकारीको नामावली, अध्यक्ष - घनश्याम भन्डारी, उपाध्यक्ष - सुर्य पन्थी र गोमा पाडे, महासचिव - पुकार जिसि, सचिव- प्रकाश न्यौपाने, सह- सचिव - दिपक घिमिरे, कोषाध्यक्ष -मदन गौतम, सह- कोषाध्यक्ष -ठाकुर प्रसाद डम्बरपाल, सांस्कृतिक विभाग संयोजक - महादेब धितान, खेलकुद- बिभाग संयोजक -श्रीराम थानी मगर, वरिष्ठ सल्लाहकारहरु:- राम प्रसाद भट्टराई,लेख खत्री दुर्गा प्रसाद ढकाल ,युवराज सापकोटा र हिरामणी काफ्ले, प्रथम कार्यकाल ( २०१७/२०१९} को चयन भएको यो समितिलाई कार्यक्रमकि प्रमुख अतिथि रहेकी नेपाली दूतावासकि राजदुत सर्मिला पराजुलि ढकालले पद तथा गोप्यनियताको सपथ खुंवाउदै सफल कार्यकालको लागी शुभकामना दिइएकि थिइन् ।
ओमानमा रहेका करिव १५० जना भन्दा धेरै नेपालीहरु सहभागी भएको सो कार्यक्रममा गुल्मी सेवा समाज ओमानका कलाकर तथा ओमानमा रहेका अन्य नेपाली कलाकारहरुले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । कार्यक्रम समापन समारोहमा बोल्दै कार्यक्रमका सभाअध्यक्ष समेत रहेका गुल्मी सेवा समाज ओमानका अध्यक्ष घनश्याम भन्डारीले लामो संघर्षपछि ओमानमा कार्यरत गुल्मेली समुदायलाई संगठित गर्दै संस्था निमार्ण गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । साथै उनले यो कार्यक्रमले आफ्नो संस्थालाई ओमानको सन्दर्भमा आगामी दिनहरुमा काम गर्न सहज हुने बताउंदै सहभागी भैइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद ब्यक्त गरेका थिए । उपाध्यक्ष सुर्य पन्थिको स्वागत भासण तथा महासचिव पुकार जिसि र सचीव प्रकाश न्यौपानेको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
Current disaster situation updates
Statistical Situation: Summary
| ||
Dead
|
119
| |
Missing
|
16
| |
Injured
|
60
| |
Displaced Families
|
44683
| |
Affected Families
|
301453
| |
Houses Destroyed
| ||
Completely
|
9853
| |
Partially
|
30745
| |
NFRIs distribution
| ||
NFRIs full set
|
644
| |
Shelter kit
|
0
| |
Tarpaulin
|
2617
| |
Hygiene kit
|
30
| |
Volunteers mobilized
|
927
| |
FA service
|
85
| |
Food distribution in shelter
|
6008
| |
Utensil
|
196
| |
Mosquito net
|
741
| |
Blanket
|
858
| |
Mattress
|
534
| |
NDRT Deployment
|
20
| |











































