Monday, March 20, 2017

नेकपा मशाल का महामन्त्री लेख्छन..? मधेशको समस्या’ को समाधानका दुई विकल्पहरू ।

                     नेकपा मशाल का महामन्त्री लेख्छन..?
             मधेशको समस्या’ को समाधानका दुई विकल्पहरू ।

मोहन विक्रम सिंह
अब यो कुरा प्रष्ट भएको छ कि ५ नं. प्रदेशको विभाजन मूल रूपमा भारतीय योजना अनुसार नै भएको हो । स्वयं मधेशवादीहरूले ५ नंं. प्रदेशभित्रका तराईमा पर्ने केही जिल्लाहरूको बेग्लै प्रदेशहरूको निर्माण समेत गर्ने प्रस्तावित विधयकलाई अपूरो भन्दै त्यसलाई समर्थन नगर्ने घोषणा गरेका थिए । त्यसपछि तुरुन्तै भारतीय दुतावास सक्रिय भयो । त्यसले मधेशवादी सङ्गठनका नेताहरूलाई बोलाएर त्यो विधेयकलाई समर्थन गर्न निर्देशन दियो । त्यसबाट ५ नं. प्रदेशको विभाजन भारतीय विस्तारवादी योजना अनुसार नै भएको हो भन्ने कुरामा कुनै शङ्का रहन्न । त्यो अवस्थामा ५ नंं. प्रदेशको विभाजनलाई रोक्न खालि वर्तमान सरकारको मात्र विरोध गरेर पुग्दैन, त्यसको साथै भारतीय विस्तारवाद विरुद्ध पनि सङ्घर्ष गर्नु आवश्यक हुन्छ ।
वर्तमान सरकारले जसरी भारतीय विस्तारवादी उद्देश्य पूरा गर्न वर्तमान संशोधन विधेयक अगाडि ल्यायो, त्यसबाट वर्तमान गठबन्धन सरकारको गठन नेपालप्रतिको भारतीय विस्तारवादी नीतिलाई पूरा गर्नलाई गरिएको हो भन्ने कुरा दिनको उज्यालो झै छर्लङ्ग छ । भारतीय शासक वर्ग र मधेशवादीहरूले समेत बारम्बार मधेशको समस्यालाई उठाएर त्यसको सही समाधान वा निकासमा जोड दिइरहेका छन् । वास्तवमा उनीहरूले जुन कुरालाई मधेशको समस्याको रूपमा प्रस्तुत गरिरहेका छन्, वास्तवमा त्यसको प्रकृति के हो ? स्पष्ट हुनुपर्ने आवश्यकता छ । वास्तवमा उनीहरूले जुन रूपमा र जसरी मधेशको समस्यालाई उठाइरहेका छन्, त्यो मधेशको समस्या नै होइन । त्यो मधेशवादी वा भारतीय विस्तारवादको समस्या हो । उनीहरूले भारतीय विस्तारवादी आवश्यकता अनुसार संविधानमा संशोधन गराउन चाहन्छन् । त्यसको उद्देश्य पुनः तराईलाई नेपालबाट अलग गराउन र अन्तमा पूरै नेपाललाई सिक्किम बनाउने हो । त्यो समस्याको समाधान वा निकासका लागि खालि दुईवटा विकल्पहरू छन् ः प्रथम, भारतीय विस्तारवाद वा मधेशवादीहरूको योजनालाई पूरा गर्न बाटो प्रसस्त गर्दै जानु । द्वितीय, त्यस प्रकारका योजनालाई असफल पारेर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्नु । ती दुवैमध्ये कुन बाटो अपनाइन्छ ? त्यसले नेपालको भविष्यलाई निर्धातिर गर्नेछ । जनसाधारण, कैयौँ बुद्धिजीवी र राजनीतिक नेताहरूले समेत मधेशवादीहरू वा भारतीय शासक भारतीय सरकारसित संवाद गरेर त्यो समस्यालाई समाधान गर्न जोड दिएको पाइन्छ ।
तर त्यस सन्दर्भमा निर्णयात्मक महत्वको प्रश्न यो हो ः त्यो समाधान कसरी गर्ने ? जुनसुकै तरिका अपनाएर पनि त्यो समस्यालाई समाधान गर्न जोड दिने सोचाइलाई सही भन्न सकिन्न । हामी यो कुरामा स्पष्ट हुनु पर्छ– जुन तरिका अपनाउँदा राष्ट्रिय हितमा मद्दत पुग्दछ, त्यसलाई समाधान गर्नुपर्छ र राष्ट्रघात हुने तरिकाको दृढतापूर्वक र सम्झौताहीन तरिकाले विरोध गर्नुपर्दछ । ती दुवै तरिकाको बीचमा भएको त्यो आधारभूत अन्तरका बीचमा स्पष्ट अन्तर गर्नु पर्दछ ।
ओली सरकारले शुसिल कोइरालाको सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई पारित गराएर त्यो समस्यालाई समाधान गर्ने प्रयत्न गरेको थियो । यद्यपी राजमोका अध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री चित्र बहादुर के.सी. र त्यही पार्टीका अन्य सांसदहरूले त्यो विधयकका विरुद्ध मतदान गर्नु भएको थियो ।पछि व्यवहारले बतायो– ओलीको त्यस प्रकारको प्रयत्नका बाबजुद मधेशवादीहरू सहमतिमा आएनन् र उनीहरूले आफ्नो विरोध वा आन्दोलनलाई कायम राखी राखे । तर भारतले जुन हदसम्म ओली सरकारलाई झुकाउन चाहन्थ्यो, त्यो हदसम्म झुक्न तयार नभएको हुनाले त्यसले (भारतीय विस्तारवादले) ओली सरकारलाई अपदस्त गरायो । अहिले प्रचण्डको सरकारले पनि मधेशवादीहरूको केही मागहरूलाई पूरा गर्ने गरी उनीहरूको भारतीय विस्तारवाद, मधेशवादीहरूको समर्थन प्राप्त गर्न प्रयत्न गर्दै छ । तर मधेशवादीहरूले यो स्पष्ट गरिसकेका छन् कि सरकारले अगाडि ल्याएको त्यस प्रकारको विधेयकद्वारा उनीहरूका सबै मागहरू पूरा हुने छैनन् । त्यो अवस्थामा भारत सरकारले उनीहरूलाई प्राप्त भए जति उपलब्धिहरूलाई सुदृढ गर्दै बाँकी मागहरू पूरा गर्न आफ्नो प्रयत्न वा सङ्घर्षलाई जारी राख्नु पर्छ भन्ने निर्देशन दिएको छ । त्यसको अर्थ यो हुन्छ ः सुदुर पूर्व र सुदुर पश्चिमका कतिपय जिल्लाहरूलाई पहाडी भूभागबाट अलग गरेर मधेशका प्रदेशहरूमा सामेल गर्ने कार्य तत्काल पूरा हुन नसके पनि ५ नं. प्रदेशका तराईका जिल्लाहरूलाई मधेश प्रदेश बनाउने सरकारी विधेयकलाई समर्थन गर्नु पर्छ । त्यसरी ५ नंं प्रदेश विखण्डनको सरकारको योजनालाई सफल पार्न भारत सरकारले पूरै शक्ति लगाएको देखिन्छ । त्यसैले ५ नं. प्रदेशलाई विखण्डन गर्ने सरकारको विधेयकलाई असफल पार्न भारतीय विस्तारवादका विरुद्ध पनि आन्दोलनलाई उठाउनु पर्ने आवश्यक भएको कुरा प्रष्ट छ ।
नेपालका राजनीतिक पार्टीहरूमा सामान्यतः यो कमजोरी रहेको पाइन्छ ः भारतीय विस्तारवादको नेपालप्रतिको विस्तारवादी नीतिलाई सही परिप्रेक्ष्यमा बुझ्न असमर्थ रहने गरेका छन् । वास्तविकता यो हो कि त्यस प्रकारको विस्तारवादी नीति सरदार बल्लभ भाइ पटेलको नेपाललाई भारतमा गाभ्ने नीतिद्वारा निर्देशित छ । उनीहरूले किस्ताबन्दीमा गर्ने बेग्ला–बेग्लै हस्तक्षेप वा दिने दबाबको मुख्य उद्देश्य पनि त्यही उद्देश्यद्वारा निर्देशित छ । उनीहरूको त्यो रणनैतिक योजनालाई सही प्रकारले बुझेर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि ठोस नीति अपनाएर काम गर्नु राष्ट्रिय आवश्यकता हो । तर त्यसका विपरीत नेपालका विभिन्न प्रमुख राजनीतिक शक्तिहरूमा बेग्ला–बेग्लै समयमा बनेका सरकारहरूले भारतीय विस्तारवादप्रति सम्झौतापरस्त नीतिहरू अपनाउने गर्दछन् । भारतको दबाबमा आएर राष्ट्रिय हितका विरुद्ध आत्मसमर्पण गर्ने वा सम्झौताहरू गर्ने गर्दछन् । त्यस प्रकारका कार्यहरूको लामो सूचि छ । नेकाको सरकार भएको बेलामा त्यस प्रकारका कैयौँ सम्झौताहरू गरिएका थिए । कतिपय मान्छेहरूमा राजाद्व

Wednesday, March 15, 2017

बवाद्राको सरकारले नियोजित रुपमा फिंजीलाई भारतीयकरण ग¥यो ।

- साध्यबहादुर भण्डारी
सन् १९, मई २००० मा फिंजीको राजधानी सुवामा भारतीयमूलका प्रधानमन्त्री श्री महेन्द्र चौधरी अपदस्त भए । भारतको हरियाणा राज्यमा रहेका उनका वंशजहरु, कुलघराना, नातेदारहरु र परिवारजनहरुले उनको दिपावली गरेर रिहाईको माग गरेका थिए । फिंजीका तात्कालीन प्रधानमन्त्री सीतिवेनी रावुका र भारतीय मूलका राजनैतिक नेता जयराम रेड्डिीका वीचमा सन् १९७७ मा एउटा सम्झौतामा संविधानद्वारा नै नेपालले सन् १९५० को सन्धिमा जस्तै ‘राष्ट्रिय व्यवहार’ दिएर भारतीय आप्रवासीहरुलाई फिंजीका नागरिक सरह नै उद्योगधन्दामा सहभागिता, सम्पत्ति आर्जन गर्ने, घुमफिर र बसोबास गर्ने, राजनैतिक स्वतन्त्रता, नागरिकता प्रदान गर्ने र संवैधानिक कानूनी अधिकारहरु दिने प्रावधान गरेको थियो । तत्कालै भारतीयहरुले जयराम रेड्डिको नेतृत्वमा ‘नेशनल फेडरेशन पार्टी’ पनि गठन गरे । भारतीय एकाधिकार पुँजीवादको पक्षपोषण गर्ने हाम्रो देशका नेपाली काँग्रेस, अझ अंगीकृतबाटै बनेको तमलोपा, सद्भावना पार्टी जस्तै विस्तारवादी÷साम्राज्यवादीहरुद्वारा समर्थन प्राप्त दलालहरुको ‘लेवर पार्टी’ पनि अघिदेखि नै त्यहाँ कार्यरत थियो । सम्झौता भएको दसैं वर्षमा वा सन् १९८७ मा भारतीय विस्तारवादको दलाली गर्ने ‘लेवर पार्टी’ र भारतीयहरुको आफ्नो ‘नेशनल फेडरेशन पार्टी’ मिलेर सरकार कब्जा ग¥यो ।
भारतीय एकाधिकार पुँजीवादको कठपुतली बनेको नयाँ तिमोसी बवाद्राको सरकारले नियोजित रुपमा फिंजीलाई भारतीयकरण ग¥यो । औद्योगिक प्रतिष्ठान, सेवा व्यवसाय, प्रेस प्रकाशन, शिक्षा संस्कृति, बजार, व्यापार, व्यवसाय लगायत कर्मचारीतन्त्र, प्रहरी, न्यायालय आदि सबै क्षेत्रमा भारतीयकरणद्वारा फिंजीसीयनहरुको परम्परा पुख्र्यौली (नृतत्व) सन्तुलन समेत धुजा धुजा पा¥यो । यसरी त्यस सरकारले परम्परागत फिंजीवासीहरुको आर्थिक मेरुदण्डलाई नै धरासायी गर्दै उद्योग, बजार, व्यापार, कृषि, सेवा आदि सम्पूर्ण क्षेत्रमा दलाल पुँजीवादको प्रभूत्व कायम भयो । त्यहाँको राष्ट्रिय अर्थतन्त्र धरासायी भयो । यहाँ जस्तै दलाल अर्थतन्त्रको विगविगी चरम रुपमा बढ्यो ।
चिनी उत्पादनका निम्ति विश्व–विख्यात फिंजीमा सन् १८७४ मा बेलायतले आफ्नो उपनिवेश बनाएपछि त्यहाँ ‘ठेकेदारी मजदुर’ को रुपमा भारतीयहरुलाई लगेको थियो । सन् १९६३ मा संयुक्त राष्ट्र संघले फिंजीलाई उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राष्ट्रको रुपमा स्थापित गर्ने निर्णयानुसार सन् १९७० मा फिंजी मुक्त भयो । मुक्त भएको ७ वर्षमै भारतीय षड्यन्त्रको कोपभाजनमा परेको फिंजी २० वर्ष पनि पुग्न नपाउँदै स्वतन्त्र अस्तित्व गुमाउन पुग्यो । भारतीय अंगिकृत नागरिक महेन्द्र चौधरी प्रधानमन्त्री बन्न पुगे ।
भारतभन्दा करीब १५,००० कि.मि. टाढा दक्षिण प्रशान्त महासागरीय तटमा रहेको शान्त, सौम्य र स्वाधीन तथा सार्वभौम मुलुक फिंजी टापुमा भारतीय आप्रवासीहरुको प्रवाह तथा चापले गर्दा आदिवासी, कविला फिंजीसियनहरुको पुख्र्यौली सन्तुलन मात्र भत्किएन कि साम्प्रदायिक सद्भाव तथा साँस्कृतिक प्रदुषणले समेत गम्भीर आघात पा¥यो । सामन्ती, पछौटे अर्थतन्त्रमा बाँचेका फिंजीसियनहरु भन्दा उन्नत सीप र जाँगर, प्रविधि, केहि दक्षता, विश्वासिलो श्रम तथा आँटिलो साहस लिएर जाने भारतीय आप्रवासीहरुलाई फिंजीमा सजिलैसँग बढी भन्दा बढी व्यवसायीक अवसरहरु प्राप्त भयो । जसका कारण जीवन बाँच्न भौतारिएका भारतीय आप्रवासीहरुको ओइरो लाग्दै गयो । राज्यले निर्वाध ढोका खोलिरह्यो । उनीहरुले व्यवसायीक अवसर मात्र होइन कि नागरिकता समेत प्रदान ग¥यो । उनीहरुको पक्षमा राज्यको हक सिर्जना भयो । सम्पत्ति आर्जन गर्ने, चुन्ने, चुनिने, शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा तथा प्रकाशन एवं निजामति क्षेत्रमा समेत उनीहरुले प्रभुत्व कायम गरे । दलाल पूँजीको सहाराले उनीहरुलाई थप अनुकुलता मात्र दिइएन कि स्थानीय र परम्परावादी कविला, फिंजीसियनहरुको व्यवसायलाई समेत बिना प्रतिस्पर्धा धाराशायी गर्न निर्णायक भूमिका खेल्यो । भारतीयहरुले दावा गरेको राजनैतिक कानूनी एवं संवैधानिक अधिकारको प्राप्तिले गर्दा राष्ट्रिय जीवनका सबै महत्वपूर्ण अंगहरुमा अल्पावधिमा नै सुदृढ ढंगले हावी हुन पुगे । संविधानबाट प्राप्त भूमिका र पहिचानलाई उनीहरुले फिंजीसियनहरुलाई विस्थापित गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रयोग गरे । फिंजीसियनहरुको त्यही नै दुर्भाग्य भयो । यसरी जति जति अधिकारहरु भारतीयहरुलाई प्राप्त भयो उनीहरु फस्टाउँदै गए । त्यति त्यति फिंजीसियनहरु विस्थापित हुँदै, विलाउँदै, लखेटिदैं र खेदीदै गए । भारतीय विस्तारवादी एकाधिकार पुँजीवादले उनिहरुको सहयोगको लागि संयुक्त लगानी कोष खडा गरे । उनिहरुलाई थप सहारा र टेवा दिएर अझ फस्टाउने मौका दिइयो । फिंजीसियनहरुका आफ्ना स्थापित व्यवसायहरु टिक्न सकेनन् । उद्योग धन्दा व्यवसायहरु चौपट भयो । उनीहरुको उद्योग धन्दा बन्द व्यापार, सेवा, कृषि, प्रकाशन एवं राजकीय अवसरहरु गुम्यो । प्रतिस्पर्धामा टिक्न सकेनन् । जोखिम ब्यहोर्न बाध्य भए । सहारा दिने राष्ट्रिय तत्व केन्द्रबाट विस्थापित भेसकेको थियो । उनीहरु कंगाल बन्दै गए । टाट पल्टिदै गए । गरीब र बेसहारा बन्दै गए । निरीह र अधिकार विहिन बन्दै गए । अन्ततः सम्पूर्ण क्षेत्रमा उनीहरुको प्रभुत्व समाप्त भयो भारतीयहरुको प्रभूत्व कायम भयो । भारतीयहरु धनी÷सम्पन्न भए र राष्ट्रिय अर्थतन्त्र कब्जा गरे । यसका विरुद्ध उठ्ने जनसंघर्षलाई बवाद्रा सरकारले निर्ममतापूर्वक दमन गर्दै गयो । अन्ततः १९८७ मै बवाद्रा सरकारलाई अपदस्त गरी सैनिकको सहायतामा सीतिवेनी राबुकाले पुनः सत्ता हातमा लिए ।
भारतीय एकाधिकार पुँजीवादलाई फिंजीमा कविलाहरुका महापरिषद् (लेवुवाकातुरागा)का अध्यक्ष तथा सामन्ती अभिजात वर्गको पार्टी (सोकोसोको नी वाकावुलेवा नी तौकेई) का नेता सितिविनी रावुकाले व्यवस्थित रुपमा भिœयाएका थिए । नेपालमा झैं (सन् १९३० को दशकमा नेपालको उद्योगमा भारतीय पूजी“ सामन्ती साँठगाँठमा प्रवेश गरेको थियो) । फिंजीमा भारतीय एकाधिकार पुँजीवाद सामन्तवर्गसँग मिलेर दमनात्मक शासन लाद्न सफल भयो । यसको परिणामले गर्दा नै हो सन् २००० मा भएको सत्ता विद्रोहमा फिंजीबासीहरुले भारतीय आर्थिक निकायहरु, औद्योगिक प्रतिष्ठानहरु एवं व्यापारिक केन्द्रहरुलाई नै विध्वंशको लक्ष बनाए । उनीहरुले ३ करोड डलर बराबरको सम्पत्ति मात्र नष्ट पारेनन् कि त्यसलाई पूरै धूँवामा मिलाई दिएका थिए । यसबाट फिंजीसियनहरुबाट घृणाको ज्वाला विष्फोटन भएको दह्रो संकेत गर्दथ्यो ।
 भारतीय शासक गुटको मुखपत्र रहेको India Today ले टेरिसिवा टिवालाई उदृत गर्दै आफ्नो उद्देश्यलाई यसरी नाङ्गै प्रस्तुत ग¥यो । “कुनै फिंजी राष्ट्र छैन, केवल फिंजीयाली प्रान्त छ र पारम्परिक फिंजीयाली राज्यसंघ छ” (India Today 7 Jun 2000) उनीहरुको दृष्टिमा फिंजी एउटा भारतको प्रान्त हो र फिंजीयाली मूलका मानिसहरु बस्ने भारतीय संघभित्रको एउटा राज्य बाहेक केही पनि होइन । यसरी फिंजीको सार्वभौमिकता माथि धावा बोलेको थियो । संसारका न्याय तथा स्वतन्त्रताप्रेमी जनता सामु भारतले तेस्र्याएको गम्भीर र घातक हाँकको विरुद्ध सामना गर्ने दृढता हामीले व्यक्त गर्नै पर्दछ । फिंजीको सामन्त वर्गसँग भारतीय विस्तारवादी शासक गुटको मेलमिलाप भएकै कारण सन् १९८७ मा सितिवेनी रावुकाले गरेको सत्ता विद्रोहको घटनालाई विर्सिदिन महेन्द्र चौधरीले आफू सत्तामा बहाल भएपछि जनतासँग आग्रह गरेका थिए । भारतले (अपदस्तको घटनापछि) पनि महेन्द्र चौधरीलाई आदर्शपुत्र मान्दछ र उनको सत्ता पुनर्जीवित गर्न प्रयत्नमा छ । फिंजीमा जरो गाडेको दलाल पुँजीवादले महेन्द्र चौधरीको सत्तालाई पुनर्जीवित गर्ने सम्भावना स्वरुप अर्को महेन्द्र चौधरी जन्माएर कब्जामा लिने योजनामा छ । सर रामगुलामद्वारा शाशित मौरिसस र हालको ट्रिनिडा टोवागो लगायतका घटनाबाट नेपालीले सिक्ने कि नसिक्ने हो ?
फिंजीमा सन् १९९७ मा नयाँ संविधान लागु भयो । संविधानले फिंजीमा बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणाली लागु ग¥यो । संविधान मुताविक ७१ सीटको प्रतिनिधि भएको संसदको रचना गरेको छ । यसमा फिंजीसियनहरुलाई ३१ सीट र अन्यलाई ४० सीट विभाजन गरिएको छ । फिंजीमा ८ लाख जनसंख्या रहेका छन् । जसमा ४४ प्रतिशत भारतीय मूलका आप्रवासी रहेका छन् । प्रहरी बलमा ४० प्रतिशत भारतीय छन् । अत्यधिक जनसंख्या रहेको फिंजीको समथर, सुगम, मलिलो जमीन, शहर तथा औद्योगिक इलाकाहरुमा भारतीयहरु घना आवादीमा रहेका छन् । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम भएकोले ती ठाउँबाट संसदमा सधैं बहुमत हुन्छ । जुन फिंजीयालीहरुले गुमाइसकेका छन् । चुनावमा भारतीयहरु ती ठाउँहरुबाट मतदान गर्ने भएकाले सन् १९९७ को आम चुनावमा महेन्द्र चौधरीको पार्टी गठवन्धनले ७१ सीट मध्ये ३७ सीट हाँसिल गरी सरकार भारतीयहरुले बनाएका थिए । पातलो जनसंख्या, दुर्गम, विकट पहाडी तथा ग्रामिण इलाकाबाट चुनावमा उठ्ने मूल फिंजी आदिबासी जनसमुदायको लागि ३१ सीट मात्र तोकिएको थियो । यसरी संविधानतः आदिबासी फिंजीयालीहरु अल्पमतमा परेका थिए । त्यसकारण भारतीय शासकवर्गको कोपभाजनको शिकार बन्न पुगेको सिक्किम र फिंजीको घटनाबाट नेपाली राष्ट्रप्रेमी जनताले थुप्रै पाठ सिक्नु पर्ने हुन्छ । हामी सतर्क भएनौ भने अन्तमा हामी पनि घातक चक्रब्यूहको शिकार बन्ने छौं । त्यस्तो सम्भावनाको कतै निकटमै त हामी पुगेनौं ?
हामीले संसारभरका इतिहासलाई नियालेर हेर्दा के पाउँछौं भने राष्ट्र गुमिसकेपछि पनि राष्ट्रिय आन्दोलनमा सहस्रौं देशभक्तहरुले रक्तरञ्जित इतिहासबाट गुमेको राष्ट्र फिर्ता गरेका छन् तर प्रशव पिडाजन्य राष्ट्रियताको आन्दोलन लडेर मात्र । कुनै पनि व्यवस्थाले राष्ट्रको उत्पादन गर्न सक्दैन, राष्ट्रले नै व्यवस्थाको उत्पादन गर्दछ । यदि कुनै व्यवस्था लागु भैसकेपछि त्यो व्यवस्थाले रष्ट्रिय स्वतन्त्रता सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई नै अवसान गर्दछ भने त्यस्तो व्यवस्थालाई नै पहिले समाप्त गरिदिनु पर्दछ । फिंजीवासीहरुको लागि गुमेको राष्ट्रियता फिर्ता गर्ने संवैधानिक निकाय नै थुनिएको सन्दर्भमा विद्रोह के न्यायिक ठहर्दैन ? साम्राज्यवाद एवं विस्तारवादका टट्टुहरुले जतिसुकै निन्दा भत्र्सना गरे पनि र त्यहाँका सैनिक तानाशाहहरुले जतिसुकै षड्यन्त्र र साजिस रचे पनि अपार जनसमर्थकको लहर बोकेको जर्जस्पाइट कालासुलु र मेजर इलिसोनी लेगाइरीले चालेका विद्रोही राष्ट्रवादी कदम सामयिक र न्यायिक थिए । त्यतिखेर सैनिक तानाशाहहरुको विश्वासघातको चपेटामा परे पनि पुनः त्यस प्रकरणले गति लिने कुरोमा कुनै शंका छैन । तर, फिंजीयालीहरुले साम्राज्यवाद र सामन्तवादलाई चिहानमा नदबाएसम्म यस्तै घटनाचक्रको शिकार भैरहने कुरामा भने शंका छैन । India Today 7 June/ Frontline 7 July 2000 तथा अन्य स्रोतहरुमा आधारित
नेपालमा संविधान सभाबाट २०७२ असोज ३ गते नेपालले आफ्नो संविधान जारी ग¥यो । संविधान जारि हुन नदिनको लागि भारतीय प्रधानमन्त्रीका विशेष दुत एस. जयशंकर नेपालमा आए र ठूलै दवाव दिए । राष्ट्रपतिले पनि ठूलै दवाव दिए । आखिरमा राष्ट्रपतिद्वारा संविधान जारी गराउन संकल्प प्रस्ताव नै पारित गर्नुप¥र्यो । संविधान जारी भएको दोस्रो दिन भारतले ‘नोट’ गरेको वक्तव्य जारी गर्दै ७ वटा बुँदा परिवर्तन गर्ने गरी उसले विश्वव्यापी अभियान चलायो । अर्कोतर्फ २०७२ आश्विन ७ देखि नेपालमाथी ‘नाकाबन्दी’ लगायो र नाकाबन्दीको पक्षमा तराई केन्द्रित दलहरुलाई आफ्नो दसगजामा लगेर उभ्यायो र रसदपानी, जमीन तथा सरकारी सुरक्षा समेत भारत आफैले उपलब्ध गरायो । तराई केन्द्रित दलहरुले भने त्यतिखेर कुनै माग थिएनन् तर कार्तिक १५ गते मात्र भारतको मागलाई संयोजन गरी आफ्नो ११ बुँदे मागपत्र जारी गरे । अनौपचारीक रुपमा विरगञ्जस्थित महाबाणिज्य दुतावासले दिन भरी रक्सौल नाकामा बस्नेहरुलाई ठूलै आर्थिक चलखेल गरेको सूचनाहरु पनि बाहिर आए । विरगञ्जमा भारतीय नागरिक प्रक्राउ खाए र प्रहरी कारवाहीमा मारीए । भारतले नाकावन्दी लगाउन प्रकाशीत असहमतिको बुँदाहरु १) तराईमा दुइवटा मात्र प्रदेश, २) अंगीकृत नागरिकलाई सवै संवैधानिक पदहरुमा खुला गर्नुपर्ने, ३) निर्वाचन क्षेत्र जनसंख्याको आधारमा घोषणा गर्ने, ४) वैवाहिक अंगीकृतको व्यवस्था हटाउनु पर्ने, ५) निर्वाचन क्षेत्र १०÷१० वर्षमा पुनरावलोकन गर्नुपर्ने, ६) समानुपातिक व्यवस्थाको प्रवन्ध गर्नुपर्ने, ७) राष्ट्रिय सभामा पनि जनसंख्याकै आधारमा प्रतिनिधिहरुको व्यवस्था गर्नु पर्ने थिए । भारतले यी कुरा पुरा नभएसम्मको लागि विश्वव्यापी अभियान चलायो र मानवअधिकार सम्बन्धि अन्तराष्ट्रिय कार्यक्रम, भारत वेलायतको संयुक्त वक्तव्य, भारत तथा युरोपियन युनियनका संयुक्त वक्तव्यहरुमा नेपालको संविधान अपुरो भएको दावीहरु वक्तव्यका विषय बने । नेपालले त्यस विरुद्ध कडा प्रतिक्रिया व्यक्त ग¥यो भने चीन, जापान र अमेरिकासँग भरतले असफल प्रयत्न जारी राख्यो ।
नेपालमा सन् १९६३ मा वर्माबाट धपाइएका सिन्धी र मेवाडी मूलका, सुरेखा, चोखानी, सवनामी, भावनामी र जाटिया लगायतका ८० हजार जनसंख्यालाई नागरिकता दिइयो । नवलपरासी, रुपन्देही, कपिलवस्तुमा, विर्ता र किपट प्रथा जस्तै ः– भारतीय नागरिकलाई खेतीपाती गर्न दिइएको जमीन उखडा प्रथा थियो ती उखडा प्रथाका किसानलाई नागरिक बनाएर मुआब्जा दिलाउन थुप्रै भारतीयले नेपाली नागरिकता लिएका थिए । त्जभ क्तबतभकmभल ट व्गलभ ज्ञढडद्द मा हिन्दुस्तानबाट नेपालमा ३८ लाख भारतीय भएकोमा २३, ८७,९७३ ले नागरिकता लिएको खुलाएको थियो । घुम्ती शिविर मार्फत सूर्यबहादुर थापाको पालामा ३० लाख १२ हजार, २०६३ मा गीरिजाप्रसादको पालामा २६ लाख १६ हजार, नेपाली नागरिकता नै नलिएकाहरुबाट जन्मिएका मानिसले १ लाख ७२ हजारले नागरिकता पाए । पहिलो संविधान सभामा ३० प्रतिशत गैर नेपालीले मतदान गरेको निर्वाचन आयोगको विवरण आइरहदा अंगीकृतहरुलाई संबैधानिक उच्च पदमा ल्याउने गरी संविधान संशोधनको विकल्प अत्यन्त भयावह हुनसक्छ । २०५४ सालमा जीतेन्द्र नारायण देवको अध्यक्षतामा बनेको समितिले वाँडेको ३४,०९० नागरिकता मध्ये अत्याधिक भारतीयले पाएको विवरण खुले पछि अदालतले सबै नागरिकता खारेज गरको थियो । त्यस्तै पूर्व कृषि राज्य मन्त्री करिमा वेगमले भारतीयलाई नागरिकता दिलाएको कारण पर्सा अदालतले २० हजार जरिवाना गर्ने फैसला सुनाएको छ । जुन नागरिकताका नाममा भएका यी निकृष्ट नमुनाहरु हुन । जसको लामो बयानका फेहरिस्तहरु छन् ।
सिक्किम भारतमा विलय गरेपछि ‘र’ को त्यो टोली नेपालको तराई टुक््रयाएर भारतमा गाभ्ने कार्यमा व्यस्त थियो । तर इन्दिरा गान्धीले सन् १९७७ मा पराजय व्यहोरे पछि त्यो कदम रोकिएकोमा भारतले त्यो कदम पुनः अघि बढाएकोले संविधान संशोधन गराउन भारत तल्लीन भएको छ । आफ्नो हितमा नेपालको संविधान पूरा नभइसकुञ्जेल सम्म रंगीचंगी पिपलपाते शासकहरु खडा गरेर भारतले यो कार्य निरन्तर अगाडी बढाइरहने छ । यो कुरा तराइमा चुरे सहित २ प्रदेश हुनुपर्ने र नेपाल दुई राष्ट्रको एउटा देश भएकोले मधेस छुट्टै देश बन्नुपर्ने मागले यो कुराको पुस्टि गर्छ । श्रीलंका, पाकिस्तान टुक््रयाउँदा तथा हाल पाकिस्तानबाट सिन्ध र बलुचिस्तान टुक््रयाउने भारतीय गेम प्लानका मुख्य च्बध का अधिकारी कल्भसन यादवले पक्राउपछि आफू यस अघि नेपालको तराई आन्दोलनमा सक्रिय रहेको वयानले झन झस्काएको छ । सन् १९७५ मा सिक्किम विलय पछि एकातिर तराई टुक््रयाउन विशेष टोली नेपालमा कार्यरत थियो भने, तत्कालीन च्बध का प्रमुख आनन्द कुमार वर्माले नेपालमा व्यापक रुपमा भारतीयलाई प्रवेश गराउने अभियान चलाएका थिए । (भू. राजनैतिक दाउपेच) २०५८ सालमा भारतीय विदेश मन्त्री जसवन्त सिंह नेपाल आउँदा नेपालको तराईमा ४८% भारतीय नागरिक रहेका र त्यस मध्ये ४० लाखले नागरिकता नपाएकोले उनिहरुलाई नागरिकता दिलाएर नेपालमानै Shattlement (व्यवस्थापन) गर्ने योजना अनुसार भारतले विदेश मन्त्रालय अन्तर्गत छुट्टै शाखा खोली कार्य भइरहेको उल्लेख गरे भने, २०५८ सालमा नै टी.यु. सीनासले दिएको रिपोर्टमा सन् १९९१ देखि २००० सम्म दक्षिण तिरबाट आएर नेपालमा २० लाख भारतीयहरु बसाई सरी बसोवास गरेको उल्लेख गरेको थियो । नाकावन्दीको अवधिमा लखनउमा भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीय रहेको खुलासा गरेका थिए । भारतले अहिले पनि संविधान संशोधनको प्रकृयाको मात्र स्वागत गर्ने जारी संविधानको विरोध गर्ने भारतीय शासक वर्गको नीति र अंगीकृतको हितमा हुने नेपाली शासकहरुको संविधान संशोधनको प्रकृयाले मुलुकको अस्तित्व हामी आफैले सिद्धयाउन कसम खाएका त छैनौं ? आफ्नो देशको सार्वभौमिकता रक्षाको मुद्दाको साँचो पराइको हातमा सुम्पेर राष्ट्रियताका गीत गाउनेहरुबाट सतर्क हुँदै पुरै संसोधन प्रकृयाको विरुद्ध आन्दोलनमा आउनुको विकल्प छैन । र यसले मात्र फिंजीबाट पाठ सिकेको अनुभूति गराउन सक्छ ।

Sunday, March 12, 2017

कतारमा महिला समाजले श्रमिक दिवस मनायो ।

 कतारमा महिला समाजले श्रमिक दिवस मनायो । 
Displaying IMG_1479.JPG
उद्धव मगर दोहा कतार– मिति २०१७/०३/१० का दिन  कतार नेपाली महिला समाजले १०७ औं अन्तर्राष्ट्रिय   महिला दिवस आयोजना गरेको छ । महिला समाजद्धारा आयोजित वृहत श्रमिक दिवस कतारको (मनसुरा) ढाका रेष्टुरेण्टमा सम्पन्न गरेको थियो । 
Displaying IMG_1401.JPG कार्यक्रम सन्चालक विभागका सचिव अम्बिका खत्रीको रहेको थियो भने  कार्यक्रमको अध्यक्षता संस्थाका भरखरै नव निर्वाचित अध्यक्ष सुस्मिता भूषालको अध्यक्षता रहेको थियो ।
 Displaying IMG_1473.JPGउक्त कार्यक्रममा प्रमुख अतिथी माया के.सी र अतिथीहरुमा प्रवासी मन्चका अध्यक्ष रामहरि गैरे, जनप्रगतिशिल कतारका रकम ध्वज राई, जनसम्पर्क समिति सह–कोषाध्यक्ष सुरज अधिकारी, NRNA NCC का सदस्य सम्झना पुडा सैनी, मानार्थ सदस्य तिलविक्रम थेवे, कतार नेपाली एकता समाजका सदस्य सन्जु सुनदास, Displaying IMG_1449.JPGपत्रकार महासंघका सचिव नवराज वि.क, अलखोर सन्ध्याग्रुपका विरेन्द्र याकथुम्बा, नि वर्तमान अध्यक्ष रेखा राई, रामेछाप दोहा सम्पर्क समाजका सचिव ललिति कुमार तामाङ्ग, चर्चित लोक गायीका देवीका के.सी, को आतिथ्य रहेको कार्यक्रम देशका लागि केहि गर्नुपर्छ भन्ने सोच लिएर आगाडी बढेका ज्ञात अज्ञात शदिहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात कार्यक्रम विधिवत रुपमा अगाडी बढेको कार्यक्रमलाई यसै महिला विभागका प्रथम उपाध्यक्ष अमिना खानले सम्पूर्ण यस १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सफल पार्नु आउनु भएका उपस्थित महानुभावलाई शब्दले स्वाथत गर्नु भएको थियो त्यस्तै गरी अन्तर्राष्ट्रिय महिला दिवस किन मनाईन्छ भन्ने सन्दर्भमा मुिहला समाजका उपाध्यक्ष जानुका बस्नेत (खड्काले) स्पनस्ट पार्नु भएको थियो । 
 Displaying IMG_1489.JPGत्यसलाई थप स्पष्ट पार्दै भन्नु भएको छ नेपाली महिलाले दशकौंदेखि आफ्नो स्वतन्त्रता समान्ता र मुक्तिको लागि संगठितरुपमा संघर्ष गर्दै आईरहेका छन् । तर प्रतिकृयावादी राज्यव्यवस्थाले उनीहरुप्रति सधै उपेक्षाको निती अपनाउदै आईरहेको छ र  उनीहरुमाथि भईरहेको भेदभाव अन्ययाय अत्यचार शोषण दमन अहिले पनि विद्दमान छ र महिलामाथिको हिंसा दिनानुदिन बढिरहेको छ यसका लागि हामी महिलाहरु एकजुट हुन अति जरुरी भएको वहाँले प्रस्ट पार्नु भएको थियो । अन्तमा कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको अध्यक्ष सुष्मिता भूषालले कार्यक्रम सौहद्रपुर्ण वातावरणमा समापन भएको घोषणा गर्नु भएको थियो ।  Displaying IMG_1482.JPG

Wednesday, March 8, 2017

१०७ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको विश्वभरी छरिएर रहेका श्रमजिबि महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु |

१०७ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको विश्वभरी छरिएर रहेका श्रमजिबि महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु |

आज 8 मार्च 107औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस ! अधिकारका नाममा भित्रीयी रहेको बिसंस्कृती,  बृकृर्ती  कुसंस्कार  विषेश युवा युवतीले फैलाउदै लगेको छाडा र बिलासि पुर्ण जिबन  अर्कोलाई बिस्बासै गर्न न मिल्ने अबिस्वास्निय समाज जसरी निर्माण भयकाे छ र नेपाल र नेपालीमा फैलिएको छ यस्ता कुरामा  सबैको धयान समयमै जान जरुरी छ र  सम्पूर्ण सचेत महिलाहरुले अाबाज उठाउनु अाजकाे अाबस्क्ता भयकाे छ  !!!
सबै प्रकारका अन्याय, अत्याचार, शोसण, दमन, लुट, छुवाछुत, बलत्कार, हिंसा, भ्रुण हत्या जस्ता कुराहरुको बिरुद्द संसारका महिला एक हुन जरुरी छ ।  
सामाजीक बिभेदको अन्त्य ,समानता र न्यायपुर्ण अस्तित्वको लागी खटने र लडने सबै सबैलाई हार्दिक शुभ कामना । 
१०७ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको विश्वभरी छरिएर रहेका श्रमजिबि महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु |

संघीयता

संघीयता

(कान्तिपुर दैनिक २०६९।३।८)
प्रा. गणेशमान गुरुङ
पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाल भावी सन्ततिलाई त्यस्तै रूपमा हस्तान्तरण गर्न नसकिने पो हो कि ? अहिलेको चिन्ता हो । सांस्कृतिक, भाषिक, हरेक दृष्टिले राम्रो फूलबारीको 'जातीय फूल'मा मलजल नपुगेको हो भने त्यसलाई राष्ट्रले सम्बोधन गरिदिए कुनै समस्या आउने थिएन । विकेन्द्रीकरणको अवधारणा गाउँ-गाउँ र वडा-वडासम्म पुगेको भए संघीयताको प्रश्नै उठ्ने थिएन । समाजशास्त्रको विद्यार्थीका नाताले संघीयताको अवधारणालाई बुझ्ने जमर्को गर्दा हाम्रोजस्तो मिश्रति बसोबास भएको समाजमा जातीय संघीयता हुँदैन भनेर मंगलसिद्धि मानन्धरहरूले आयोजना गरेको एउटा कार्यक्रममा बताएको थिएँ । त्यसबेला मैले उहाँलाई तपाइर्ँ नेवारभन्दा माथि, म गुरुङभन्दा माथि उठ्न सक्यौं भने सबै कुरा मिल्छ भनेको थिएँ ।
यस्तो मिश्रति समाज जहाँ हाम्रो एउटै कुवा छ, एउटै पँधेरी छ, एउटै वनपाखो छ, एउटै जंगल छ, एउटै चरी-चरन छ । एैँचो चल्छ, पैँचो चल्छ, लेनदेन चल्छ, एउटाले कपाली तमसुक लेख्छ, अर्कोले सवाइ लेख्छ । यस्तो राम्रो सम्बन्ध बिथोलिँदै सामाजिक तन्तुहरू नष्ट हुँदै गएको छ ।
घुम्ने क्रममै हुम्लाको यस्तो बाहुन गाउँमा पुगेँ, जहाँका धेरै उमेर ढल्केका केटाहरूको बिहे हुन गाह्रो रहेछ, किनभने त्यहाँ ती केटाका कुटुम्ब रहेनछन् । बझाङ, अछामतिर जानुपर्ने बाध्यता रहेछ । १५ वर्ष अघिको कुरा हो यो । एउटा केटी ल्याउन असी हजार परेको कुरा तिनले सुनाएका थिए । तर त्यहाँका चेलीबेटीलाई बझाङी र अछामीले यति चाँडै तलतिर लैजाँदा रहेछन् कि ती बाहुनी केटीहरू जति पनि काम गर्न सक्दारहेछन् । यस्तो सामाजिक असन्तुलन पनि देखियो । असमानता जुनसुकै जात, समुदाय र वर्गबीच विद्यमान छ । यस्तो स्थितिमा जातीय प्रदेश कसरी हुन्छ ?
फेरि कणर्ालीकै कुरा, त्यहाँका क्षत्रीहरूलाई बाबुसाहेब त भनिन्छ, तर आर्थिक रूपमा उनीहरूको अवस्था निकै नाजुक छ । त्यस्तै चितवन टाँडीमा पुग्दा चेपाङ, गुरुङहरू पाँडे बाजेकहाँ ग्रहदशा हेर्न पुग्ने गरेको पाएँ । त्यस्तै तामाङ झाँक्रीहरू भए ठाउँमा अरू जातिका मानिस झारफुक गर्न पुगेको देखेँ । योभित्र कसिएको सद्भाव र सम्बन्ध देख्दा लोभै लाग्छ । चुनौती यसलाई अटुट रूपमा कसरी बचाएर लैजाने भन्ने हो ।
अब दशैँको कुरा गरौं । कलकत्तामा भाँडा माझ्न गएको केटो तुरुन्त घर आइपुग्छ । दशैंका बेला कलंकीबाट बसहरू चल्न थालेपछि मलाई काठमाडौंमा पटक्कै बस्न मन लाग्दैन । तपाईँहरूलाई पनि त्यस्तै हुँदो हो । मनै नमिलेका राजनीतिक नेताहरूबीच बोलचाल हुने, अंशबन्डामा झगडा भएका दाजुभाइबीच बोलचाल गराउने र दाजुबहिनीको सम्बन्धलाई प्रगाढ बनाउँछ, अर्को चाड तिहारले । कोटमा गयो, मगर पुजारी छ । मुक्तिनाथ पुग्यो, झुमा बसेकी गुरुङ्नी केटी र यतापट्ट िबाहुन पुजारी बसेको छ । यस्तो खालको हाम्रो सद्भाव छ । के मगर पुजारी भएको ठाउँमा अन्य जाति जाँदैनन् र ?
भाषिक सन्दर्भमा नेपाली कांंग्रेसका नेता बलबहादुर केसीले भनेको कुरा स्मरण गर्छु । उनले घरमा चाहिं आफ्नो भाषा नबोल्ने अरूको भाषा बोल्ने अनि बाहिरचाहिं सरकारले सहयोग गरेन भन्ने ? व्यवहारमा एउटा कुरा गर्ने बोली अर्कै गर्नुभन्दा गुरुङ भाषाको उन्नतिमा मैले नै ध्यान नदिने अरूलाई दोष दिएर हुन्छ ? यो काम अर्को जातले गर्दैन । २०४६ सालअघि जाति, भाषा र धर्मका आधारमा विभेद थियो, तर त्यसयता क्रमशः जाति, भाषा र धर्मका कुरा मूलधारमा आइरहेका छन् । मिडियाले विभिन्न भाषामा समाचार पस्कन थालेका छन्, कार्यक्रम बनाएका छन् । यो काम क्रमैसँग हुँदैछ, हुुनुपर्छ । एउटा नजीर, जब म मुगुबाट आइरहेको थिएँ, मसँग त्यहाँका ४/५ जना मानिस थिए । जाडो भएकाले केही मानिस आगो बालेर ताप्दै थिए । त्यत्तिकैमा त्यहाँ अरू दुई-तीनजना बाहिरका पनि थपिए । तर कस्तो भयो भने बाहिरबाट आएको मान्छे बडो बाठो भएर हत्तपत्त आगो ताप्न गयो । त्यो हिउँबाट आएको रहेछ । हिउँबाट आउनासाथ आगो ताप्दा त औंलै जाँदोरहेछ । उसले हिउँबाट आउने बित्तिकै आगोमा औंला नतेर्साएको भए त्यो दुर्दशा हुने थिएन ।
अहिले हामी हतारमा जे पनि प्राप्त गर्न खोजिरहेछौं । यो घातक हुनसक्छ । फेरि यस्तो किन भैरहेछ त ? यी सबै क्रियाकलाप आत्मकेन्दि्रत कुरा गर्ने र राष्ट्रिय सोचको अभावले भएका हुन् । आफ्नो समुदाय/जातको कुरा गर्ने अनि आफ्नो टोल र दलको मात्र कुरा गर्ने केको राष्ट्रिय व्यक्तित्व ? राष्ट्रिय व्यक्तित्वले त देशलाई कसरी बचाउने भनी सोच्नुपर्छ । त्यसरी सोच्नसके सबै कुरा मिल्न सक्छ ।
नेताहरूले आफ्नो भोटब्यांक बढाउने कुरामात्र गर्न थाले । प्रचण्डले झैं जाति विशेषलाई सडकमा जाऊ भनेर कुनै राजनीतिज्ञले भन्छ होला ! यहाँको आर्थिक, सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा तपाईँहरूका हकअधिकार कहाँनेर खुम्चिएको छ, के केमा चित्त दुःखाइ हो, त्यसमा समाधानको बाटो निकाल्छौं भन्ने पो त ।
त्यो नभनी सडक कब्जा गर्न जाओ भन्ने नेताले देश हाँक्न सक्छ ?
संघीयता, जो पछाडि परेका छन्, तिनका लागि हो । बाहुन पनि सबै एकै स्तरका कहाँ छन् र ? हुम्लाको बाहुनबारे सोच्ने कि नसोच्ने ? गुरुङमा पनि सबै एकै प्रकारका कहाँ छन् ? राजनीतिक दलले हामीलाई रनभुल्ल पारिदिएका छन् । तिनले डरलाग्दोसँग 'क्लास पोलिटिक्स'को डंका पिटे र 'कास्ट पोलिटिक्स' गर्न थाले ।
पहिचान भनेको सबै जातिले आफ्नो भाषा, संस्कृति, धर्म आफैले बचाउने हो । यसका लागि राज्यले एउटा संयन्त्र विकास गरिदिने हो । त्यो संयन्त्र बनिसकेको छ । त्यो के भने आदिवासी जनजाति उत्थान प्रतिष्ठान । त्यो केका लागि बनाएको त ? त्यसको कार्यक्षेत्र ब्याख्या गर्नुपर्यो । जनजातिहरूको भाषा, धर्म र संस्कृति बचाउने काममा त्यसलाई प्रयोग गर्नुपर्यो । महिला आयोगले महिला हकहितका लागि के गर्यो ? त्यस्तै दलित आयोगले दलित उत्थानका लागि के गर्यो ?
म त आरक्षण पनि चाहिँदैन भन्ने पक्षको मान्छे । पहिले आरक्षण दिनुपर्ने समुदायको छोराछोरीको क्षमता विकास गरौं । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले यसपालि लोकसेवा दिने आदिवासी जनजातिका उम्मेदवारलाई ६ महिना त्यसबारे पढाउने व्यवस्था किन नगर्ने ? हामीले एकै प्रकारका कर्मचारी तयार गर्ने कि दुई प्रकारका ? अहिले त दुई प्रकारका शाखा अधिकृत, दुई प्रकारका खरिदार र दुई प्रकारका सुब्बा तयार गरिरहेका छौं । अनि प्रतिस्पर्धाबाट आउनेले ए उहाँ त आरक्षणबाट आउनुभएको त भन्छ होला । त्यसबेला उस्तै क्षमता भएर पनि आरक्षणबाट शाखा अधिकृत, खरिदार, सुब्बा भएको आदिवासी, जनजातिलाई कस्तो लाग्दो हो ! यसले हीनताबोध हुन्छ । राज्यले उसलाई ६ महिना ट्युसन पढाइदियो भने प्रतिस्पर्धा गर्न सक्छ । महिला आयोग, दलित आयोग सबैले यस्तै कोर्स पढाइदिए भइहाल्छ ।
एउटा महाशयले एकदिन कार्यपत्र प्रस्तुत गर्दा ८४ प्रतिशत बाहुनले खाए, अनि नेवारले खाए भन्ने तथ्यांक पेस गरे र हामीलाई केही छैन भने । कार्यक्रममा पूर्वसभामुख पनि थिए । त्यो सुनेपछि मलाई दिक्क लाग्यो । दरखास्त कतिले दिए भन्ने नै आएन, ती महाशयको कार्यपत्रमा । सतहमा बाहुन, क्षत्रीले यति खाए भनेर मात्रै त भएन नि । त्यो सुनिसकेपछि मलाई यो समय नै बाहुन, क्षत्रीको विरोध गर्ने बेला रहेछ भन्ने लाग्यो ।
अब सामथ्र्यको कुरा गरौं । हामीसित हिमाल, पहाड, तराई के छैन ? हाम्रा हिमालहरूले के कमाउँदैन ? डलर, पाउन्ड सबै कमाउँछ । पर्वतारोहण त्यहीं हुन्छ, पाँच औंले, यार्शागुम्बा, जठामसी के छैन त्यहाँ ? पहाडमा जलस्रोत र खनिज पदार्थको भण्डारै छ । देउडा नाचदेखि दोहोरी गीतसम्म के पाउनुहुन्न तपाईँले पहाडमा ? हरियाली वनजंगल, तालतलैया, झरना सबैथोक छ । तराईमा त्यत्रो उर्वर भूमि छ । यसलाई सही उपयोग गर्न सक्नुपर्यो ।
गुरुङ समाज, शेर्पा समाज आदि आ-आफ्नो समूहमा मात्र बस्ने हो भने त त्यो झन् कमजोर भैहाल्छ । हिमाली भेकाका बासिन्दाको ज्ञानगुनका कुरा अन्य भूभागमा बस्नेले ग्रहण गर्न सक्नुपर्छ । त्यस्तै तराईका बासिन्दाको ज्ञानगुणका कुरा पहाड र हिमाली भेगका बासिन्दाले बुझ्न सक्नुपर्छ, अनि पहाडका बासिन्दाले दुवैतिरका क्षमतासित साक्षात्कार हुन सक्नुपर्छ । त्यसो भए पो धेरै कुरा सिक्न सकिन्छ । एउटामात्र समुदाय बस्दा त्यो अवसरबाट वञ्चित हुनुपर्ने स्थिति आउँछ । हिमाली, पहाडी र तराईका मानिस बसेर देश बनाउने काम
गरौं । सबैबीच अन्तरक्रिया गर्दा त्यसबाट धेरै 'आइडिया' आउँछ ।
प्रदेश निर्माण गर्दा उत्तर-दक्षिण नै बनाउनुपर्छ । यति सानो मुलुकलाई आठ, एघार अनि चौध टुक्रामा भागबन्डा गरेर के गर्न खोजेको ? जहाँ एअरपोर्ट जान एक घन्टा लाग्दैन । म त प्रशासनिक खर्च धान्न सकिने चिटिक्क परेको पाँच प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा छु । जुनसुकै प्रदेशको नागरिकलाई मेरो हिमाल पनि छ, पहाड पनि छ, तराई पनि छ भन्ने नैसर्गिक अधिकारबाट बन्चित गरिनु हुँदैन । प्रस्तावित प्रदेशले चीन र भारतसित सम्बन्ध राख्ने अधिकारबाट वन्चित गर्न मिल्दैन । फेरि तराईमा दुई टुक्रा भए पुग्ने पहाडमा चाहिं पन्ध्र बनाउनुपर्ने ? यो के राजनीति हो ? यसको कारण सबैले बुझ्नु जरुरी छ ।
प्रदेश नामकरणको सन्दर्भमा यति असहज लाग्ने काम भइरहेको छ कि लोकतन्त्रचाहिं भन्ने तर अरूको भावनाको चाहिं कदर नगर्ने । गण्डकीको जनसंख्याको विश्लेषण गर्दा तमुहरूको संख्या १६ प्रतिशतजति हुँदोरहेछ । त्यो भेगलाई तमुवान प्रदेश बनाएमा ८४ प्रतिशत विरोधमा लाग्ने स्थिति आउँछ । त्यसैले त्यो नाम राख्नु उपयुक्त हुँदैन । अल्पमतले बहुमतलाई शासन गर्ने कस्तो लोकतन्त्रको परिकल्पना गर्दैछौं हामी ? नाम त सबैको सल्लाहमा सबैलाई चित्त बुझ्ने राख्ने हो । तमुवानको सट्टा माछापुच्छ्र्रे नाम राख्दा त्यहाँको दलितले स्विकार्छ, तामाङले स्विकार्छ, दुराले स्विकार्छ, गोरखाको बरामले स्विकार्छ, गुरुङ र थकालीले स्विकार्छ । त्यो नाम त सबैलाई स्विकार्य हुन्छ । कसैको पनि चित्त दुख्ने, दुःखाउने कुरा लोकतन्त्रमा हुनुहुँदैन । त्यसकारण जातीय आधारमा नाम राख्नु उचित हुँदैन ।
हामी कहाँ चुक्यौं त ? मेरो अध्यक्षतामा जुन राज्य पुनर्संरचना आयोग बनेको थियो, त्यसको भोलिपल्टै कांंग्रेसका केही नेता लगायतले समर्थन छैन भनिदिए । त्यसपछि प्रक्रिया बढ्न सकेन । त्यहाँनेर दूरदर्शिता भएन । फेरि आयोगमा माओवादीले आफ्नो पार्टीको एकजना सदस्य जसलाई संघीयताबारे केही थाहा थिएन, उनलाई नियुक्त गरेर गल्ती गर्यो ।
त्यसपछि अर्को राज्य पुनर्संरचना आयोग बन्यो । त्यसमा सडक आन्दोलन गरिरहेका व्यक्तिहरूलाई राखियो । आयोगमा जाने खुला दिमाग लिएर नेपाल र नेपालीको हित सोचेर काम गर्नसक्ने हुनुपर्नेमा म गएँ भने मेरै जातको नाममा प्रदेश बनाइहाल्छु भनेर गए । त्यस्ताहरूबाट केको राज्य पुनर्संरचनाको उचित प्रस्ताव आउँथ्यो ? जसका कारण दुइटा प्रतिवेदन आए । यो दुर्भाग्य हो । संघीयताबारे दलहरूभित्र छलफल पनि हुनसकेन । कारण दलहरू आन्तरिक किचलोमा फसेकाले तिनीहरू कमजोर बने । अनि 'ककस' जन्म्यो । राजनीतिक दलमा भएका मानिस 'ककस'मा लागेर जे पनि गर्न पाउने कि नपाउने ? 'ककस'को नाममा अप्राकृतिक गठबन्धन भयो भन्दा मैले खप्की खानुपर्यो । दलहरूले नै उनीहरूभित्रका जातीय संघ, संगठनलाई अनावश्यक उचाले, मनोबल बढाइदिए । उनीहरूले हरेक जातभित्र शोषक र शोषित छन्, सुविधाभोगी र सुविधाबाट बन्चितमा परेका छन् भन्ने बिर्से । यसले कुरा बिगार्यो ।

अन्तर्राष्ट्रिय नारी दिवस्

                                                   अन्तर्राष्ट्रिय नारी दिवस्

आउनुहोस आज संसार अनि समाजको कुरा गरौं, कुरा गरौं समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गीक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसीत भनिएका देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा यूगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ, है ।

राष्ट्राध्यक्षका रुपमा महामहीम राष्ट्रपतिदेखि संविधान सभाको सभामुख लगायत न्यायपालिकाको प्रमुख जस्तो गरिमामय अनि महत्वपूर्ण पदहरुमा यसपाला नेपालले नारी नेतृत्वको अद्भुत चयनको उदाहरण संसारलाई दिएको छ । शक्तिराष्ट्र अनि प्रजातान्त्रिक अभ्यासको अद्वितीय देश अमेरिकाले समेत आजको दिनसम्मा महिला राष्ट्रप्रमुखको स्वागत गर्न नसकेको इतिहासमा नेपालले यसपाला नेपालीपन अनि नारी लैङ्गीक समानताबिचको एउटा गज्जब उदाहरण बनाएकै हो ।

आज संसारले यसअर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलार्इ गरेको छनौटलाई वेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानूनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गीक संरचनाका कारण दैनिकजसोका समाचारमा महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन्, कति कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखाैटाबिच लुकाइन्छ, दबाइन्छ ।

समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ अाैं शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको अारोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् । पुरानो उखान छ, ''यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता''... अर्थात्, ''जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्" ।  तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ... सतिले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखाैं सामाजिक संकिर्णताका सिकार महिलाहरूको अाँशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।

विश्व परिपेक्ष्यको कुरा गर्दा आमा दिवस् या भ्यालेन्टाईन दिवसजस्ता विशेष दिवसहरुमा मानिसहरुले आफ्ना आमा या मायालुलाई ससम्मान स्नेह ब्यक्त गर्ने गर्दछन्, तर आज भने त्यस्ता सम्पूर्ण नारीमय दिवसहरुको समायोजन हो, आउनुहोस एकफेर संकल्प अनि संझना गरौ ति नारी पात्रहरुलाई जस्ले हाम्रो जिवनमा स्नेह अनि ममताको बर्षा गरेका छन्, ति सबैप्रति एकफेर कृतज्ञ बनौ अनि सदा सर्वदा उनिहरुलाई सम्मान गर्ने प्रतिवद्धता जाहेर गरौ । संसारभरिका मान्छेले वैजनी रगंको रिबन लगाएर पनि आज नारी शक्ति अनि समानताकोलागी एैक्यबद्धता जनाउँदछन् । 

यस पटकको नारी दिवस विभिन्न नारी केन्द्रित संघ-संस्थाहरु, सामाजिक अभियन्ताहरूले, "परिवर्तनकालागि खरो भएर उत्रिअाैं अनि अझ समावेशी अनि लैङ्गीक समानता सहितको कार्य वातावरणकालागि" भनेर पैरवी गरेका छन् । एकफेर सोचौं, हामीले हाम्रा दिदी-बहिनीहरुकालागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौ?...., चाहे हामी महिला हौं या पुरुष, नारी समानताकालागि हाम्रो भुमिका उत्तिकै महत्वपूर्ण छ ।

शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरु गुञ्जियोस्, फेरि नारी समानता भनेको नारी र पुरुषहरु विचको टक्कर वा द्वन्द्व नभएर अगुवार्इ गरीरहेको सामाजिक संरचनाले तोकीदिएको महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमा अनि समानतामा ठूलो दूरी हो जसलार्इ चिर्न नवपुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौं, समानतालाई सहकार्यमा रुपान्तरण गरौं, देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरुपमा नेपाली समाजले नारीको अर्चना गर्दैआएकै हो, यो क्रम चाडबाडमा एउटा अनि व्यवहारमा एउटा बनेर चलिनरहोस् । नारीहरु अामा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्वपूर्ण कारण हो, सुन्दरता अनि समानता दुबैको समानान्तर लहरहरु बढ्दै जाउन, तमाम अामा, हजूरअामा, दिदि बहिनी समग्रमा नारीस्वरूपलार्इ धेरै शुभकामना। 

"नारी पुरुष सरोबरी, सँधै भरि बरोबरी" 

 सुयोग ढकालले तयार पार्नुभएको ।