मिति ः २०७३ माघ १८
वक्तव्य
भारत सरकारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एयर मार्शल राख्न र नेपाली सेना शान्ति सेनामा भारतको सेनाको मातहतमा जान नेपाललाई दबाव दिएको कुरा संचार माध्यममा आइरहेको प्रति राष्ट्रिय जनमोर्चाको गम्भीररुपमा ध्यानाकर्षण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्शल राख्न भारतले पहिलेदेखि प्रयत्न गरेको हो । अहिले नेपाली शान्ति सेना आफ्नो सेनाको मातहतमा पठाउन दबाव दिएको छ । यी दुवै कुरा नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सार्वभौमिकताको लागि गम्भीर खतरनाक कुरा हुन् । साथै नेपालको तटस्थ तथा असंलग्न परराष्ट्र नीतिको विरुद्ध छन् । त्यसैले हाम्रो पार्टीले दुवै कुराप्रति घोर आपत्ति र विरोध गर्दछ ।
यी विषयमा नेपाल सरकार प्रकट रुपमा मौन रहेको छ । २०६५ सालमा कोशी बा“ध फुट्दा भारत सरकारले उद्दारको नाममा सीमित समयको लागि विराटनगरस्थित राखेको निकाय अहिले भारतीय दुतावासको सहयोगी कार्यालय भन्दै अनधिकृत रुपमा बसेको छ । त्यसलाई हटाउन नेपालका राजनीतिक पार्टीहरुले आग्रह र संघर्ष गर्दै आएका छन् । त्यसबारे न त नेपाल सरकारले औपचारिक रुपमा हटाउन प्रयत्न गर्दछ, न त भारत सरकारले त्यसलाई हटाउ“छ । त्यसले हाम्रो देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने र भारतीय विस्तारवादी नीतिहरु लागु गर्न प्रयत्न गरिरहेको छ । यदि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्शल राखेमा र शान्ति सेनामा भारतीय सेना मातहतमा भएमा हामी दीर्घकालीन र सैनिक स्तरमा समेत फस्ने छौं । यति गम्भीर विषयमा सरकार मौन बस्नुलाई हामीले गलत ठान्दछौं । तसर्थ उपरोक्त कुराको सत्यतथ्य नेपाली जनता सामु राख्न नेपाल सरकारस“ग विशेष आग्रह गर्दछौं । भारत सरकारलाई आफ्ना साना छिमेकी देशप्रति आफ्ना नीतिहरु जोड जबरजस्ती नलाद्न पनि चेतावनी दिन चाहन्छौं ।
चित्रबहादुर के.सी.
अध्यक्ष


















































































































































































