सालीक राम आचार्य÷मस्कट, ओमान
२०७९ असोज ३ गते नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस शेराटन ओमान होटलमा रात्री भोज सहितको एक भब्य कार्यक्रम गरी मनाइयो ।
म्हामहिम राजदूत डोरनाथ अर्यालको संयोजंकत्व तथा कार्यक्रमको संचालन राजदूतावास का द्वितीय सचिव सोमेश थापाले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा ओमानको प्रमुख अतिथिमा ओमानको राष्ट्रिय महोत्सव सचिवालयका महासचिव शेख सिबा हमदान बिन सिबा अल साअदी (न्गभकत या ज्यलयगच) रहेकाथिय । साथै स्टेट काउन्सिल (प्रतिनिधि सभा) र शुरा काउन्सिल (राष्ट्रिय सभा) का दुई–दुई जना सदस्यहरु, परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिला हेर्ने सचिव, शिष्टाचार महापाल, पश्चिम एशिया महाशाखा नि. प्रमुख लगायत विभिन्न कूटनीतिक नियोगका प्रमुखहरु, विभिन्न सरकारी उच्च पदस्थ अधिकारीहरु, पत्रकार, उद्योग व्यवसायी, नेपाली संघ संस्थाका प्रतिनिधिहरु विशिष्ट नेपाली समुदाय लगाएत राजदूतावासका कर्मचारी तथा परिवार गरी करिब २४० जनाको उपस्थिति रहेको थियो ।राष्ट्रिय दिवस तथा संविधान दिवसको कार्यक्रममा स्वागत मन्तब्य दिंदै राजदूत डोरनाथ अर्यालले संविधानको महत्वपूर्ण विशेषताहरु, नेपाल र ओमान बीच रहेको सुमधुर सम्बन्ध माथि विशेष प्रकाश पार्नु भएको थियो । साथै राजदूत अर्यालले राजनीतिक स्थायीत्व पश्चात अहिले नेपालले आर्थिक, सामाजिक विकास तथा नेपालीहरुको समृद्धिको लागि आफ्नो प्राथमिकता र योजनाहरु केन्द्रित गरेको जानकारी गराउनु भयो ।
नेपालले छोटो समयमा नै विद्युत उत्पादनमा उल्लेख्नीय प्रगति गरेको र एक मेगावाट माथिका करिब २२० वटा भन्दा बढी आयोजना निर्माणधीन अवस्थामा रहेको र यसबाट ७००० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने तथ्य अवगत गराउनु भयो । राजदूत अर्यालले एकैसाथ थप निर्माण गरिएका दुई वटा अन्तरराष्ट्रिय विमानस्थल सहित तीन वटा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणबाट पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुग्ने बताउनु भयो । उहाँले नेपाल विश्वका ठूला आर्थिक शक्ति राष्ट्रहरुको बीचमा रहेको र यसको रणनीतिक अवस्थिति व्यपार र लगानीको लागि ठूलो अवसरकोरुपमा रहेको बताउनु भयो । नेपालको अत्यन्त रमणीय प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाहरुको बारेमा चर्चा गर्दै नेपाल पर्यटकका लागि आकर्षक गन्तब्य भएको कुरा बताउनु भयो ।
सो कार्यक्रममा प्रमुख अतिथि र राजदूतले संयुक्तरुपमा केक काटी राष्ट्रिय दिवसको उत्सव मनाइको थियो । साथै नेपाली फुड कर्नर स्थापना गरेर नेपाली खानाहरु जस्तै मोमो, चिकेन छोएला, अचार आदि पस्किइएको थियो भने नेपाली हस्तकला तथा उत्पादनका सामानहरु प्रदर्शन गरिनुका साथै सभाहलको भित्र र बाहिर ठूला–ठूला पाँचबटा मोनिटरबाट नेपालको पर्यटन प्रर्वद्धन गर्ने भिडियोहरु नियमित रुपमा प्रशारण गरिएको थियो ।
जसले कार्यक्रममा आएका विभिन्न देशका प्रतिनिधीहरु उत्साहीत भएका थिय । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओमानबाट काठमाडौं जानेआउने तीनवटा र भैरहवा जाने आउने एउटा गरी चारवटा हवाई टिकट र चन्द्रागिरी हिल रिसोर्टमा दुई रात दुई–दुई जना बस्ने भौचर चिठ्ठा मार्फत उपलब्ध गराइएको थियो ।