Tuesday, September 20, 2022

ओमानमा राष्ट्रिय दिवस तथा संविधान दिवस मनाइयो

 

ओमानमा राष्ट्रिय दिवस तथा संविधान दिवस मनाइयो


                                                                                                            सालीक राम आचार्य÷मस्कट, ओमान 

२०७९ असोज ३ गते नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस शेराटन ओमान होटलमा रात्री भोज सहितको एक भब्य कार्यक्रम गरी मनाइयो । 

म्हामहिम राजदूत डोरनाथ अर्यालको संयोजंकत्व तथा कार्यक्रमको संचालन राजदूतावास का द्वितीय सचिव सोमेश थापाले गर्नु भएको थियो । 

उक्त कार्यक्रममा ओमानको प्रमुख अतिथिमा ओमानको राष्ट्रिय महोत्सव सचिवालयका महासचिव शेख सिबा हमदान बिन सिबा अल साअदी (न्गभकत या ज्यलयगच) रहेकाथिय । साथै स्टेट काउन्सिल (प्रतिनिधि सभा) र शुरा काउन्सिल (राष्ट्रिय सभा) का दुई–दुई जना सदस्यहरु, परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिला हेर्ने सचिव, शिष्टाचार महापाल, पश्चिम एशिया महाशाखा नि. प्रमुख लगायत विभिन्न कूटनीतिक नियोगका प्रमुखहरु, विभिन्न सरकारी उच्च पदस्थ अधिकारीहरु, पत्रकार, उद्योग व्यवसायी, नेपाली संघ संस्थाका प्रतिनिधिहरु विशिष्ट नेपाली समुदाय लगाएत राजदूतावासका कर्मचारी तथा परिवार गरी करिब २४० जनाको उपस्थिति रहेको थियो ।



राष्ट्रिय दिवस तथा संविधान दिवसको कार्यक्रममा स्वागत मन्तब्य दिंदै राजदूत डोरनाथ अर्यालले संविधानको महत्वपूर्ण विशेषताहरु, नेपाल र ओमान बीच रहेको सुमधुर सम्बन्ध माथि विशेष प्रकाश पार्नु भएको थियो । साथै राजदूत अर्यालले राजनीतिक स्थायीत्व पश्चात अहिले नेपालले आर्थिक, सामाजिक विकास तथा नेपालीहरुको समृद्धिको लागि आफ्नो प्राथमिकता र योजनाहरु केन्द्रित गरेको जानकारी गराउनु भयो ।


 नेपालले छोटो समयमा नै विद्युत उत्पादनमा उल्लेख्नीय प्रगति गरेको र एक मेगावाट माथिका करिब २२० वटा भन्दा बढी आयोजना निर्माणधीन अवस्थामा रहेको र यसबाट ७००० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने तथ्य अवगत गराउनु भयो । राजदूत अर्यालले एकैसाथ थप निर्माण गरिएका दुई वटा अन्तरराष्ट्रिय विमानस्थल सहित तीन वटा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणबाट पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुग्ने बताउनु भयो । उहाँले नेपाल विश्वका ठूला आर्थिक शक्ति राष्ट्रहरुको बीचमा रहेको र यसको रणनीतिक अवस्थिति व्यपार र लगानीको लागि ठूलो अवसरकोरुपमा रहेको बताउनु भयो । नेपालको अत्यन्त रमणीय प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाहरुको बारेमा चर्चा गर्दै नेपाल पर्यटकका लागि आकर्षक गन्तब्य भएको कुरा बताउनु भयो । 


 

सो कार्यक्रममा प्रमुख अतिथि र राजदूतले संयुक्तरुपमा केक काटी राष्ट्रिय दिवसको उत्सव मनाइको थियो । साथै नेपाली फुड कर्नर स्थापना गरेर नेपाली खानाहरु जस्तै मोमो, चिकेन छोएला, अचार आदि पस्किइएको थियो भने नेपाली हस्तकला तथा उत्पादनका सामानहरु प्रदर्शन गरिनुका साथै सभाहलको भित्र र बाहिर ठूला–ठूला पाँचबटा मोनिटरबाट नेपालको पर्यटन प्रर्वद्धन गर्ने भिडियोहरु नियमित रुपमा प्रशारण गरिएको थियो ।


जसले कार्यक्रममा आएका विभिन्न देशका प्रतिनिधीहरु उत्साहीत भएका थिय । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओमानबाट काठमाडौं जानेआउने तीनवटा र भैरहवा जाने आउने एउटा गरी चारवटा हवाई टिकट र चन्द्रागिरी हिल रिसोर्टमा दुई रात दुई–दुई जना बस्ने भौचर चिठ्ठा मार्फत उपलब्ध गराइएको थियो । 















Tuesday, June 28, 2022

कतार नेपाली एकता समाजद्धारा दुर्गा खरेलको 
विदाई ।

 उद्धव मगर दोहा कतार – मिति २०१९÷०८÷१६ का दिन कतार नेपाली एकता समाज केन्द्रिय समितिले एक कार्यक्रमको आयोजना गरी नेपालबाट आउनु भएकुा दुर्गा खरेललाई सम्मान तथा शुभकामना का साथ विदाई कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमका अध्यक्षता हेमन्त वाईवा, अतिथी दुर्गा खरेल सचिवालय सदस्य लुमाकान्त पुन, सचिव विष्णु थापा, कोषाध्यक्ष राम इन्दल थिंङ्ग, रहेको थियो भने कार्यक्रम सञ्चालक संस्थाका महासचिव खिम बुढा मगरको रहेको थियो । यस कार्यक्रमलाईआफ्ना शब्दले स्वागत मन्तव्य राख्दै थम्मन थापाले शुमकामना समेत दिनु भएको थियो । त्यस्तै शुभकामना दिने क्रममा लुमा कान्त पुन, विष्णु थापा, हेम थापा, राम ईन्दल थिङ्ग, गिरी काउछा, मीनराज पुन, प्रिजल राई, टिकाराम वटला, रहेको थियो भने अथिती दुर्गा खरेलले पनि आफ्ना केही भनाई राख्दै भन्नु भएको छ कतार नेपाली एकता समाज केन्द्रिय समितिले आफुलाई यहाँसम्म आउने वातावरण बनाई दिएकोले यस कतार नेपाली एकता समाजका सिंङ्गो केद्रिय समितिलाई धन्यवाद दिनु भएको थियो । अन्तमा यस कार्यक्रमका अध्यक्ष हे्मन्त वाईवाले कार्यक्रम सफल र शानदाररुपमा समापन भएको घोषणा गर्नु भएको थियो ।