Monday, September 14, 2015


नेपाली महिला समूहद्वारा तीज कार्यक्रम सम्पन्न



शालीकराम आचार्य
मस्कट, ओमान
नेपाली महिला समूह ओमानले महिलाहरूको महान चाड तीजको अवसरमा गत शुक्रवार सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको नेपाली राजदूतावास ओमानकी  कार्यबाहक  राजदूत रोजिना ताम्राकारको प्रमुख आतिथ्य रहेकी थिईन कार्यक्रमको अध्यक्षमा  पार्वती श्रेष्ठ थिईन् तथा अञ्जु लामा उमा ढुंगानाले सञ्चालन गरेका थिय 
 साथै अतिथिहरु मा गैर आवासीय नेपाली संघ ओमानका अध्यक्ष दीपक श्रेष्ठ, ओमान नेपाली एकता समाजका अध्यक्ष शिबलाल गिरी, नेपाली समाज ओमानका अध्यक्ष ईच्छा राई, जनप्रगतिशील मञ्च ओमानकी प्रतीनिधि कान्छीमाया तामाङ, प्रवासी नेपाली मञ्चका गगन कार्की, जनप्रगतिशील मोर्चा ओमानका समित अधिकारी, बुद्ध भिजन ओमानका ङेमा तामाङ, तमु समाज ओमानका अमीर गुरुङ,  तामाङ समाज ओमानका राम तामाङ, जनसम्र्पक समिती ओमान प्रतीनिधि धनु पोख्रेल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो   कार्यक्रममा तीज गीत तथा नृत्यहरुलाई नै बिशेष प्रथमिकता दिएको थियो  
तमु समाज ओमान, मिर्मिरे सांस्कृतिक परिवार तथा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको समेत प्रस्तुति रहेको सो कार्यक्रममा अन्य स्थानीय कलाकारहरूद्वारा पनि आफ्नो गायन तथा नृत्यहरु प्रस्तुत गरिएको थियो साथै बिचबिचमा कबिताहरु पनि बाचन गरिएको थियो 

 समाज राष्ट्रको लागि योगदान दिने प्रतिभावान सुपुत्र सुपुत्रीहरुलाई जन्म दिने दुई आमाहरुलाई सो अवसरमा सम्मानित गरिएको थियो उत्त साँगीतकि तीजी कार्यक्रममा ओमानको राजधानी मस्कट स्थीत बिभिन्न् सहरहरु बाट उल्लेखनीय संख्यामा दर्शकहरूको उपस्थिति रहेको उमा ढुंगानाले जानकारी  दिएकी छिन

Tuesday, September 8, 2015

एकता समाज महिला बिभाग द्वारा तीज बिशेष कार्यक्रम

एकता समाज महिला बिभाग द्वारा तीज बिशेष कार्यक्रम




शालीकराम आचार्य
 मस्कट ओमान 
अनेकता मा एकताको गाँठो भने झै  हामी नेपालीरुका  जती जती धर्म भाषा र सभ्यता भयपनी चाड पर्व सबैका साझा बनेका छन । बिगतको समंयमा भएका  सबै पानाहरु खेलेर हेरेयौ भने हामिलाई छर्लङ्ग हुन्छौ हामि र हाम्रो नेपाली  संस्कृतीक धरोहर लाई बोकेका सबै चाड पर्वहरु आफैमा रोचकता ले भरीपुण छन, अझ पर्व पनी तिज होस त… हर समुदायका महिलाहरुमा नयाँ नयाँ उमंग र उत्साहा नै छायको हुन्छ तेस्तै नै उमंग देखियो एकता समाज महिला बिभागको तीजी कार्यक्रम मा राता राता पहिरनमा दुलाहि जस्तै सजीएका नेपाली चेलीहरु ले उत्साहाका साथ तीज मनायका छन, ओमानमा पनि तीजको रौनकता ले छाएको देखियो जहाँ  तीजी गित संगित ले सबैलाई नाच्न बाध्य बनाएको थियो l

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान ओमानका कलाकारहरु द्वारा प्रस्तुत  जोशिला संघियता बिरोधी नृत्य, शोषण, दमन र जातीय छुवाछूतबिरुद्धको  गीतिनाटक का मार्मिक दृश्यहरुले उपस्थित दर्शकहरुलाई भावुक बनाउनु को साथ आफु देश भित्र आफ्नै गाँउमा पुगेको अनुभुती गरेका थिय तर ढेरै जसो बिनासकारी  भूकम्पमा खेप्नु परेको दुखः र बेदना का गीतहरुले सबै दर्शकहरुका आँखा रशाएका थिय । 
 

मिर्मिरे साँस्कृतिक परिवार, तमु समाज, जनप्रगतिशील मञ्च तथा अन्य कलाकारहरु द्वारा प्रस्तुत अभिनय, नृत्य र गीत तथा कविताहरुले कार्यक्रमलाई झन मनोरन्जंन  बनाएको थियो । 

नेपाली महिलाहरुको महान  सांस्कृतिक पर्व तीजको अवसर पारेर ओमान नेपाली एकता समाज महिला बिभागले  तीज बिशेष कार्यक्रम सम्पन्न  गरेको छ । एकता समाज महिला बिभागकी  अध्यक्ष लक्ष्मी रायमाझीको अध्यक्षता तथा ईन्दरा गुरुङ र मनु सुनुवारको सञ्चालन रहेको थियो ।  प्रमुख अतिथि मा नेपाली दुतावासका कार्यबाहक  राजदूत श्रीमती रोजीना ताम्रकार रहेकी  थिईन तथा अतिथिहरुमा  अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने, ओमान नेपाली एकता समाजका अध्यक्ष शिवलाल गिरी, जनप्रगतिशील मञ्च ओमानका अध्यक्ष पदमप्रसाद अर्याल, प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की, गैर आवासीय नेपाली संघ ओमानका सल्लाहकार मुक्ति बराल, नेपाली समाज ओमानका अध्यक्ष इच्छा राई, जनप्रगतिशील मोर्चा ओमानका अध्यक्ष समित अधिकारी, नेपाली महिला समूह ओमानका प्रतिनिधी उमा ढुंगाना, एकता समाज सोहार क्षेत्रीय समितिका अध्यक्ष जनक भुसाल, बुद्ध भिजन ओमानका अध्यक्ष ङेमा तामाङ, तमु समाज ओमानका दिल गुरुङ, तामाङ समाज ओमानका अध्यक्ष राम तामाङ, नेपाली क्रिश्चियन फिलोसिप ओमानका अध्यक्ष संगम सिंह, सागरमाथा समूह ओमानका प्रतिनिधी अमर थापा, आदिकवि भानुभक्त जयन्ती द्विषतबार्षिकी समिति ओमानका अध्यक्ष मुना नेपाल श्रेष्ट, एकता समाज खेलकूद बिभागका अध्यक्ष तुल्सीराम खनाल, रक्तिम ओमानका अध्यक्ष नारायण ज्ञवाली, प्रवास  खबरडटकमका सम्पादक बसन्त नेपाल लगायतका अतिथिहरुको प्रतिनिधित्व रहेको थियो ।
 प्रमुख अतिथि नेपाली दुतावासका कार्यबाहक  राजदूत श्रीमती रोजीना ताम्रकार द्धारा दीप प्रज्वलन गरी उदघाटन गरिएको थियो । नेपाली राष्ट्रियगान र सहिदहरुप्रति एक मिनेट मौनधारण गरेर अघि बढाइएको  कार्यक्रममा कार्यवाहक राजदूत रोजिना ताम्राकारलाई ओमान नेपाली एकता समाज महिला विभाग द्वारा स्वागत सम्मान गरिएको थियो साथै  नेपालमा गएको भूकम्पपीडितलाई उल्लेख्य सहयोग गरेका  भारतीय नागरिक राजीव सक्सेनालाई सम्मान गरिएको थियो । 

प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै कार्यवाहक राजदूत रोजिना ताम्राकारले खाडी मुलुकमा रहेतापनि यसरी एक आपसमा मिलिजुली आफ्नो मौलिक चाड तीज मनाइरहँदा हाल नेपालमा भइरहेको पीडादायी क्षणलाई केही समय भए पनि भुलेको बताइन् । स्वदेशमै बसेर तीजपर्वको रमाइलो गरिरहेको अनिभूति आफूलाई भएको बताउँदै यस्तो अवसर जुराउने ओमान नेपाली एकता समाजको महिला विभागलाई धन्यवाद दिईन l 


कार्यवाहक राजदूत ताम्राकारले भनिन्  “हाम्रो संस्कृतिअनुसार प्राचीनकालदेखि नै नारीलाई शक्तिको प्रतिकको रुपमा पुजिएको भए पनि हाम्रो समाजमा र खाडी मुलुकहरुमा नेपाली महिलाहरुको अबमूल्यन भइरहेको छ “महिलाहरुले आफूमा कुनै हीनताबोध नगरी हामी सक्षम छौ भनी लक्ष्य लिएर अघि बढ्न सकेमा आफ्नो हकअधिकार प्राप्ति लगायत कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ l “तपाईंहरु सबै मिलेर अघि बढेको हुनाले नै प्रवासी भूमिमा पनि महिलाहरुले यसरी भब्य रुपले आफ्नो मौलिक चाडपर्व मनाउन पाएका छौंउनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई तीजको शुभकामना दिंदै आगामी नोभेम्बर २४ तारीखदेखि हस्तलिखित राहदानीले काम नगर्ने हुनाले छिटोभन्दा छिटो सबैले मेशिनले पढ्न सकिने राहदानी बनाउन पनि सबैलाई अपील गरिन् ।


 मिडिया पार्टनरमा हलकारा नेपाल डटकम तथा हाँक साप्ताहिक रहेको सो कार्यक्रमको लागि खानेपानीको ब्यवस्था तमु समाज ओमानले गरेको थियो भने ओमान इन्टरनेशनल एक्सचेन्ज र अल मुदिस कम्पनीले प्रायोजन गरेका थिए ।